अब “मेरो ज्योतिष” एपबाट सजिलै कुण्डली बनाउन मिल्ने

अब सझिलै “मेरो ज्योतिष” एपबाट कुण्डली बनाउन मिल्ने

ज्योतिषसँग सम्बन्धित विभिन्न कुराहरुको लागि अब “मेरो ज्योतिष” एपमा गएर हेर्न सकिने भएको छ । कम्पनीका अनुसार विशेष गरेर ज्योतिष कार्यमा संलग्न र यसमा रुचि राख्ने वा अध्ययन गर्नेहरूलाई ध्यानमा राखेर यो अयाप बनाइएको हो । यहा वैदिक ज्योतिष शास्त्रलाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउनुका साथै यो एपमा एउटा ज्योतिषलाई चाहिने सबै कुराहरू देख्न सकिन्छ ।

अयाप्को बिशेषता:

“मेरो ज्योतिष” एपलाइ एक पटक डाउनलोड गरि सकेपछि यस एपबाट धेरै कुण्डली बनाउन सकिन्छ र  यसकै लागि भनेर हामीले छुट्टै अकाउन्ट भने बनाइ राख्न पर्दैन। 

यो एपमा अन्य ज्योतिष एपको तुलनामा बढी फिचरहरु दिएको पाईन्छ । जस्तै यहा पञ्चाङ्ग र मुहूर्त, कुण्डली, कुण्डली मिलान, राशिफल, सपनाफल, नेपालि पात्रो, मिति परिवर्तन, घडीपला, हनुमान, घरजग्गा प्रश्नावली, मन्त्र लगायत धेरै फिचर रहेका छन् ।

 

चिना बनाउनको लागि मेरो ज्योतिष अयाप खोलिसके पछि होमपेज देखिन्छ। अब कुण्डली भित्र गई सम्बन्धित व्यक्तिको पुरा विवरण जसमा नाम, मिति समय र स्थान लगाएत त्यहा सोधिएका कुराहरु भरिसके पछि यो एपले आधिकारिक कुण्डली बनाईदिन्छ। 

भने यसमा दैनिक, मासिक र वार्षिक गरी तीन प्रकारको राशिफल हेर्न सकिन्छ ।

यसमा मन्त्र अन्तर्गत नौ ग्रहकै मन्त्रहरु राखिएको छ

त्यस्तै यो एपको यूजर इन्टरफेस भने निकै सामान्य छ। यो एप कुण्डली बनाउनका लागि साथै दैनिक, मासिक र बार्षिक राशिफल हेर्नका लागि प्रयोग गर्न सकिन्छ । हाल यस एपको एनड्रोईड र आईओएस दुवैमा गरी एक लाख बढी पटक डाउनलोड गरिएको छ भने यसको यूजरहरु एनड्रोईडमा ३५ हजार रहेका छन् भने आईओएसमा ८ हजार बढी रहेका छन्। 

निस्कर्ष:

“मेरो ज्योतिष” एपको प्रयोगकर्ताहरु बढोक्रममा रहेको बेला यो एपको यूजर इन्टरफेस सुधार्दै लग्न सके प्रयोगकर्तालाई थप सहज हुन सक्छ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.