एप्पल भिजन प्रो vs मेटा क्वेस्ट प्रो: के फरक छ?

Apple Vision Pro vs Meta Quest Pro

गत महिना एप्पलले भिजन प्रो लञ्च गरेपछि त्यसबारे विभिन्न खालका (प्राय: सकारात्मक) टिकाटिप्पणी भए । एप्पल भिजन प्रो के हो ? यसले के-के गर्न सक्छ ? भन्नेबारे हामीले छुट्टै विस्तृत लेख नै लेखेका छौँ । 

तर हामी यो लेखमा भने यसको प्रमुख प्रतिस्पर्धी मानिएको मेटा क्वेष्टसँग तुलना गर्नेछौँ । हुन त लञ्च भएलगत्तै एप्पल भिजन प्रोबारे मेटाका मालिक मार्क जगरबर्गले आफ्नो धारणा कर्मचारीहरूसँग राखेका थिए । 

कम्पनीका सिईओहरूको हेर्ने आफ्नो धारणा हुन्छ तर प्रयोगकर्ताको धारणा भने बेग्लै हुन्छ । उनीहरूले आफूलाई लागेको सहजता, कार्यक्षमता, विशेषता, उपयोगीता लगायतका कुराहरूको मुल्याङ्कन गरेर आफ्नो धारणा राख्ने गर्छन् । 

हामी यहाँ इन्टरनेटमा भेटिएका विभिन्न अनुभवहरूलाई पनि आधार मानेर एप्पल भिजन प्रो र मेटा क्वेष्टबीच तुलना गर्नेछौँ ।

विशेषता र कार्यक्षमता

एप्पल भिजन प्रोमा M2 र R1 चिपसेट प्रयोग गरिएको छ । यो मार्फत् तपाईँले थ्रीडि फिल्म हेर्न र गेम खेल्न सक्नुहुन्छ । साथै आफै वरिपरिका वातावरणमा अ्यापहरूको नवीन अनुभव भिआर मार्फत् गर्न सक्नुहुन्छ । 

भिजन प्रोमा तपाईँले २३ मिलियन (२ करोड ३० लाख) पिक्सेल पाउनुहुन्छ जुन सामान्यत: 4K टिभीहरूको भन्दा बढी हुन्छ । फलस्वरूप तपाईँ हरेक कुरा निकै स्पष्ट रेजोलुशनमा देख्न सक्नुहुन्छ । 

भिजन प्रोमा तपाईँले आवाज, आँखा र हाते इसाराले हेडसेटलाई नियन्त्रण गर्न सक्नुहुन्छ । जबकि मेटा क्वेष्ट प्रोलाई त्यो गर्नको लागी छुट्टै कन्ट्रोलर चाहिन्छ । हुन त यो हातमै सजिलै अट्न सकिने सानो आकारको हुन्छ तर भिजन प्रोको हाते इसाराको अगाडी पक्कै पनि यो फिक्का लाग्छ । 

मेटा क्वेष्ट प्रो Snapdragon XR2 Plus Gen 1 प्रयोग गरिएको एउटै चिपसेटले चलेको हुन्छ । साथै यसको १२ जिबि र्यामको कारण कुनै झ्याउलाग्दा सुस्तता र समस्याहरू बिना नै प्राय: सबै कुराहरू ह्याण्डल गर्न सक्छ । 

डिजाइन

दुबै डिभाइसहरू नवीन शैली र प्रविधिको प्रयोग गरेर बनाइएका छन् । 

क्वेष्ट प्रोको गाढा कालो रङ र गोलाकार परिधिको कारण यो चम्किलो र अत्याधुनिक स्वरूपको देखिन्छ । यो चलाउन सजिलो भएतापनि ७२२ ग्रामको वजन भएकोले लगाउँदा भारी हुनसक्छ । 

उता एप्पल भिजन प्रो को भने स्कि गगल (ski goggle) जस्तो देखिने भविष्यमा सुहाउँदो खालको डिजाइन छ । यसको हेडसेट पातलो छ र पछाडि पट्टि आन्ददायी प्लश ब्याण्ड छ । यो चाँदीको रङको छ भने २ घण्टा थग्ने ठिक्कको ब्याट्री छ । 

मूल्य

अब मूल्यबारे जानकारी गराऔँ । जकरबर्गले नै भनेका थिए कि मेटाले ल्याउने भिआर हेडसेटहरू सस्ता हुनेछन् । मेटा क्वेष्ट प्रोको मूल्य $९९९ देखि $१४९९ पर्छ भने एप्पलका अनुसार भिजन प्रोको मूल्य $३४९९ पर्नेछ जुन तुलनात्मक रूपमा साह्रै महङ्गो हो । 

विशेषता

मुख्य कुराहरू माथि नै गरिसकियो । तैपनि यदि तपाईँलाई यसका विशेषताहरूको बारेमा अझै विस्तृतमा जान्न मन छ भने तलका तालिकामा स्पष्ट रूपमा देखाइएको छ । 

डिभाइसएप्पल भिजन प्रो मेटा क्वेष्ट प्रो
डाइमेन्शन/वजन२६५ x १२७ x १९६ मिमी७२२ ग्राम
डिसप्ले र अप्टिक्स– 2x अल्ट्रा-उच्च-रिजोल्युसन डिस्प्ले
– 23 मिलियन पिक्सेलमाइक्रो
– ZEISS अप्टिकल Eyesight
– २x 1१८०० x १९२० (३६०० x १९२०) pixels
– ७२/९० हर्ट्ज रिफ्रेस रेट
– 106° horizontal field of view
– 96° vertical field of view
– प्यानकेक ग्लास लेन्स५५ – ७५ मिमी (IPD)
प्रोसेसर Dual-chip design (Apple M2 chip, Apple R1 chip)Qualcomm Snapdragon XR2+ Gen (17 nm)
मेमोरी12 GB LPDDR5256 GB ROM
क्यामरा/ट्र्याकिङ– 12 cameras
– 5 sensors
– Eye tracking
4 x 6 DoF inside-out tracking camera
– 1x RGB camera
– IR eye tracking
– IR face tracking
ब्याट्री र चल्ने समय२ घण्टा१-२ घण्टा
कनेक्टिभिटि– Wi-Fi 6E (2.4 GHz – 5 GHz – 6 GHz)
– Bluetooth 5.2
साउण्डस्पेसियल अडियोस्पिकरहरू कान नजिकै राखिएका हुन्छन्६ माइक्रोफोनहरूस्टेरियो स्पिकरहरूथ्रीडी स्पेसियल ध्वनि३ माइक्रोफोनहरू
कन्ट्रोलरBody movement (आँखा, हात र आवाज)– क्वालकम स्न्यापड्रागन 662३x ६DoF जोइस्टिक र बटनहरू ६-अक्ष सेन्सर (जाइरोस्कोप)
– हाइपरसेन्स-कम्पन मोटर
रिचार्जेबल ब्याट्री (१० घन्टा चल्छ)
सार्वजनिक मिति र मूल्यजुन ५, २०२३ (संयुक्त राज्य अमेरिका)$३,४९९अक्टोबर २५, २०२२ (संयुक्त राज्य अमेरिका)$१,४९९
एप्पल भिजन प्रो र मेटा क्वेष्ट प्रो बीच तुलना

निष्कर्ष

अब तपाईँ आफैले पनि निर्क्यौल गरिसक्नुभयो होला कि मेटा क्वेष्ट प्रो धेरैभन्दा धेरै प्रयोगकर्तामाझ सकेसम्म सामाजिक काम र उत्पादकत्व बढाउनको लागी प्रयोग गर्न सकिने हिसाबले बनाइएको छ । यो अहिले नै किन्न पाइन्छ ।

तर एप्पल भिजन प्रो भने भिआर र एमआर प्रविधिको भरपुर उपयोग र मनोरञ्जन लिने हिसाबले अहिलेसम्मकै सर्वोत्कृष्ट त्यस्तो डिभाइसको रूपमा आएको छ जुन ज्यादै क्षमतावान र उन्नत खालको छ । यो किन्न तपाईँले अझै केही महिना कुर्नुपर्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.