नेपाल भित्रिएको नथिङ फोन कस्तो छ? मूल्य घट्यो !

Nothing PHONE

सन् २०२२ जुलाई १२ मा Nothing कम्पनीले Nothing Phone (1) रिलिज गर्ने भनेर अनाउन्समेन्ट गरेको थियो र जुलाई १६ मा रिलिज गरेको थियो। यसको फ्रान्चाइजमा यो पहिलो फोन भए तापनि यस फोनले मार्केटमा राम्रो चर्चा पाएको थियो।

सोहि फोन केहि दिन अगाडि नेपालमा पनि रिलिज भएको छ। यस फोनका फिचरहरु अन्य फोनहरु भन्दा त्यति धेरै फरक नभए तापनि केहि नौलो फिचरहरुले गर्दा यस फोनले निकै चर्चा पाएको थियो। यस फोनको जनरल ओभरभिउ यस प्रकार रहेको छ।

फोनको जनरल ओभरभ्यु

डिजाइन तथा डिस्प्ले

यस फोनको सबै भन्दा नौलो फिचरमा यसको डिजाइन र डिस्प्ले पर्दछ। डिजाइन र डिस्प्लेमा यो फोन मार्केटमा उपलब्ध हुने नौलो फोनहरु मध्येमा पर्दछ। यस फोनको नौलो फिचर यसको पछाडिको डिजाइन अर्थात् यसको ब्याक डिजाइन हो। यसको नौलो ब्याक डिजाइनले यसलाई २०२२ को निकै चर्चित फोन बनाएको थियो। 

यसको डिजाइन अन्य फोनहरु भन्दा भिन्न एउटा ट्रान्सप्यारेन्ट ब्याक प्यानेलको साथ आउँछ जुनमा पाँचवटा LED स्ट्रिपहरु अलग-अलग स्थानमा समावेश गरिएको छ। अलग-अलग कार्यहरुको लागि यी पाँचवटा LED स्ट्रिपहरु अलग तरिकामा बल्दछन्। उदाहरणको लागि यसमा चार्जिङ र नोटिफिकेसनको यी स्ट्रिपहरु अलग कम्बिनेसनमा बल्दछन्। Nothing ले यसलाई ग्लिफ इन्टर्फेस (Glyph Interface) भन्ने नाम दिएको छ।   

यसमा रहेको LED स्ट्रिपलाई कन्ट्याक्ट्स या नोटिफिकेसनको लागि कस्टमाइज गर्न सकिन्छ। यसको डुवल मेन क्यामेरा सेटप ठाडो गरी फोनको ब्याक प्यानलमा माथिल्लो बायाँ कुनामा भेट्न सकिन्छ। यस फोनको ब्याक प्यानललाई गोरिला ग्लास ५ को प्रोटेक्सन प्रदान गरिएको छ। 

यसको अगाडिको डिजाइन या डिस्प्लेको कुरा गर्ने हो भने यसमा ६.५५ इन्चको फुल एचडि OLED डिस्प्ले रहेको छ जुन १२० हर्ट्ज रिफ्रेस रेटसँग उपलब्ध छ। यसको ब्राइटनेसको कुरा गर्दा यस फोनले १२०० निट्स सम्मको उच्चतम ब्राइटनेस सपोर्ट गर्छ। यसको फ्रन्ट प्यानलको लागि पनि गोरिला ग्लास ५ को प्रोटेक्सन प्रदान गरिएको छ। फिङ्गरप्रिन्टको लागि यहाँ अप्टिकल अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर समावेश गरिएको छ।

क्यामेरा

यस फोनको ब्याक क्यामेरा सेटपको लागि डुवल क्यामेरा सेटप समावेश गरिएको छ। यसको मेन क्यामेरा या प्राइमेरी क्यामेरा ५० मेगापिक्सल (f/1.88) को रहेको छ जुन Sony IMX766 sensor सहित तयार पारिएको छ। 

यसलाई ५० मेगापिक्सल (f/2.2) को अल्ट्रा वाइड क्यामेराले सपोर्ट गरेको छ र यसको फिल्ड अफ भ्यु अर्थात् FOV ११४  डिग्रि रहेको छ। यसले ४ सेन्टिमिटरसम्मको म्याक्रो मोड पनि सपोर्ट गर्छ। यस फोनको मेन क्यामेराले 4K@30 fps सम्म भिडियो रेकर्डिङ सपोर्ट गर्छ।   

यसको मेन क्यामेराले OIS र EIS स्टेबलाइजेसन सपोर्ट गर्छ भने यसको अल्ट्रा वाइड क्यामेराले EIS स्टेबलाइजेसन सपोर्ट गर्छ। यस बाहेक यसको मेन क्यामेराले Bokeh, Panorama, Beauty, HDR, Scene Detection, Live Photo, Document Mode, Night Mode, Slo-Mo, Time Lapse जस्ता फिचरहरु सपोर्ट गर्दछ।

यस फोनमा १६ मेगापिक्सल (f/2.45) सेल्फि क्यामेरा रहेको छ जुनमा Sony IMX471 sensor समावेश गरिएको छ। यस फोनको सेल्फि क्यामेराले 1080p@30 fps सम्म भिडियो रेकर्डिङ सपोर्ट गर्छ।

प्रोसेसर र पर्फमेन्स

यो मोबाइल फोनलाई Snapdragon 778G+ (6nm) चिपसेटले पावर गरेको छ। यस प्रोसेसरलाई २.५ गिगाहर्ट्जमा क्लक गरिएको छ। यो एउटा अक्टा कोर सिपियु हो। यो अक्टा कोर सिपियु २.५ गिगाहर्ट्जमा क्लक गरिएको एउटा A78 कोर, २.४ गिगाहर्ट्जमा क्लक गरिएको तीनवटा A78 कोर र १.८ गिगाहर्ट्जमा क्लक गरिएको चारवटा A55 कोरले तयार पारिएको छ।

गेमिङ र पर्फमेन्सको हिसाबले यो एउटा राम्रो प्रोसेसर हो। यस फोनमा जिपियुको लागि Adreno 642L GPU को प्रयोग गरिएको छ।

सफ्टवेयरको कुरा गर्ने हो भने यो फोन Android 12 सहित आउँछ जुन Android 13 मा अपडेट गर्न सकिन्छ। यस फोनको युजर इन्टरफेसको लागि कम्पनीले Nothing OS समावेश गरेको छ।

यसको मेमोरी र स्टोरेजको कुरा गर्ने हो भने यस फोनमा ८ जिबि र १२ जिबिको LPDDR5 र्याम मेमोरी भेट्न सकिन्छ भने स्टोरेजको लागि यहाँ १२८ जिबि र २५६ जिबिको UFS 3.1 इन्टर्नल स्टोरेज प्रदान गरिएको छ।

ब्याट्रि र चार्जिङ 

यस फोनमा ४५०० एमएएचको ब्याट्रि साइज भएको ब्याट्रिको समावेश गरिएको छ जुनले ३३ वाटको वायर चार्जिङ, १५ वाटको वायरलेस चार्जिङ र ५ वाटको रिभर्स चार्जिङ सपोर्ट गर्छ। 

यसको मार्केटिङ अनुसार ३३ वाट वायरलेस चार्जिङको सपोर्टमा मोबाइल फोन ७० मिनेटमा फुल चार्ज हुन्छ भने १५ वाटको वायरलेस चार्जिङले १२० मिनेटमा मोबाइल फुल चार्ज गर्न सकिन्छ। अन्य चार्जरहरु प्रयोग गर्दा Quick Charge 4.0 सँग कम्प्याटिबल हुने चार्जर मात्र प्रयोग गर्न यसमा सिफारिस गरिएको छ।

यस मोबाइलको ओभरभ्यु यस प्रकार छ। तर यति चारवटा कुराले मात्र यो मोबाइलको पूर्ण जानकारी थाहा पाउन सकिँदैन। यसको लागि अन्य विशेषता या फिचरहरु पनि छन् जुनलाई समग्रमा तल जनाइएको छ।

मोबाइलको समग्र फिचरहरु

यस मोबाइलको समग्र फिचरहरुलाई तलको टेबलमा जनाइएको छ। यस मोबाइल फोनको फिचरहरु यसप्रकार रहेका छन्।

मोबाइलको बाहिरी फिचर
डाइमेन्सन (Dimension)१५९.२ x ७५.८ x ८.३ मिलिमिटर
वजन (Weight)१९३.५ ग्राम
बडि (Body)गोरिला ग्लास ५ फ्रन्ट र ब्याक प्रोटेक्सन, एलुमिनियम फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
आइपि रेटिङ (IP Rating)IP53 रेटिङ प्राप्त (धुलो, पानी र स्प्लास रेजिस्टेन्ट) 
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.५५ इन्च 
डिस्प्ले (Display)OLED, HDR10+ डिस्प्ले, 10 bit color depth
रिफ्रेस रेट (Refresh Rate)१२० हर्ट्ज
टच स्याम्प्लिङ रेट (Touch Sampling Rate)२४० हर्ट्ज टच स्याम्प्लिङ रेट
रेजोल्युसन (Resolution)FHD, 2400 x 1080p 
ब्राइटनेस (Brightness)५०० निट्स, १२०० निट्स (अधिकतम ब्राइटनेस)
सिस्टम फिचर
सफ्टवेयर (Software)Android 12 (३ वर्षको एन्ड्रोइड अपडेट सपोर्ट)
युजर इन्टरफेस/ युआइ (UI)Nothing OS
चिपसेट (Chipset)Snapdragon 778G+ 5G
प्रोसेसर (Processor)Octa core (1×2.5 GHz Cortex-A78 & 3×2.4 GHz Cortex-A78 & 4×1.9 GHz Cortex-A55)
जिपियु (GPU)Adreno 642L
मेमोरी र स्टोरेज
र्याम मेमोरी (RAM Memory)८ जिबि / १२ जिबि
स्टोरेज (Storage)१२८ जिबि/ २५६ जिबिUFS 3.1
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP, f/1.88, Sony IMX766 sensor मेन क्यामेरा, 50 MP, f/2.2, 1140 FOV अल्ट्रा वाइड क्यामेरा)4K@30 fps भिडियो रेकर्डिङ
सेल्फि क्यामेरा (Selfie Camera)16 MP, f/2.45, Sony IMX471 sensor सिङ्गल सेल्फि क्यामेरा1080@30 fps भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 4/5/6 र 802.11 a/b/g, डुवल ब्यान्ड, वाइफाइ डिरेक्ट, हटस्पट
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.२
युएसबि (USB)युएसबि टाइप-सि २.० (USB Type-C 2.0), ओटिजि (OTG)
पोजिसनिङ (Positioning)GPS, GLONASS, BDS, GALILEO, QZSS
NFCउपलब्ध
अडियो 
इयरफोन पोर्ट (Earphone Port)अनुपलब्ध
स्पिकर (Speaker)डुवल स्टेरियो स्पिकर
माइक्रोफोन (Microphone)३ वटा हाइ डेफिनेसन माइक
सेन्सर
बायोमेट्रिक सेन्सर (Biometric Sensor)इन डिस्प्ले फिङ्गरप्रिन्ड रिडर (In display fingerprint sensor)
अन्य सेन्सरएक्सेलेरोमिटर (Accelerometer), इलेक्ट्रोनिक कम्पास (Electronic Compass), जाइरोस्कोप (Gyroscope), एम्बियन्ट लाइट सेन्सर (Ambient Light Sensor), प्रोक्सिमिटि सेन्सर (Proximity Sensor)
मोबाइल नेटवर्क
नेटवर्क टेक्नोलोजि (Network Technology)2G (GSM), 3G UMTS (WCDMA), 4G (LTE), 5G
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)4500 mAh
चार्जिङ (Charging)३३ वाट वायर चार्जिङ (७० मिनेटमा फुल चार्ज)१५ वाट वायरलेस चार्जिङ, डुवल चार्जिङ सपोर्ट (१२० मिनेटमा फुल चार्जिङ)५ वाट रिभर्स चार्जिङ

मूल्य (Price)

यस फोनको सबै फिचरहरु प्राय राम्रो छ। । इन्टरनेसनल रिलिजको तुलनामा नेपालमा यस मोबाइलको प्राइस केहि महँगो छ। 

यस मोबाइलको प्राइस निम्नलिखित छ।

भेरियन्टमूल्यउपलब्धता
८ जिबि र्याम र २५६ जिबि इन्टर्नल स्टोरेजरु. ६१,९९९   Daraz

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.