5G चल्ने ३० हजार देखि ५० हजारका १० मोबाइल

मोबाइल नेटवर्क टेक्नोलोजिमा 5G सबैभन्दा नयाँ टेक्नोलोजी हो। विश्वको विभिन्न ठाउँमा यो विस्तारित भइसके तापनि नेपालमा भने यो आउन केही समय लाग्ला नै। त्यैपनि 5G को चासो जान्ने मान्छेलाई हुन्छ नै।

5G सपोर्ट गर्ने फोनहरु नेपाली मार्केटमा उपलब्ध छन्। सस्तो मूल्यका फोनहरुमा 5G सपोर्ट हुँदैन। प्राय जसो ३० हजार वा सो भन्दा बढी मूल्य पर्ने फोनहरुमा 5G उपलब्ध हुन्छ।

यस आर्टिकलमा 5G सपोर्ट गर्ने ३० हजार देखि ५० हजार सम्मका उत्कृटष्ट 5G फोनहरुको बारेमा केही जानकारी प्रदान गरिएको छ। 

5G सपोर्ट गर्ने ३० देखि ५० हजारका १० मोबाइल फोनहरु (सारांश)

मोबाइल फोनमुल्य
Samsung Galaxy F42 5Gरू. ३१,९९९ (६/१२८)
रू. ३४,९९९ (८/१२८)
Samsung Galaxy M33 5Gरू. ३३,९९९ (६/१२८)
रू. ३५,९९९ (८/१२८)
Realme 9 Pro 5Gरू. ३८,९९९ (८/१२८)
Redmi Note 11 Pro 5Gरू. ३८,४९९ (६/१२८)
रू. ४१,४९९ (८/१२८)
One Plus Nord CE2 Lite 5Gरू. ४०,९९९ (८/१२८)
Samsung Galaxy M52 5Gरू. ४२,९९९ (६/१२८)
रू. ४५,९९९ (८/१२८)
Realme 9 Pro+ 5Gरू. ४२,९९९ (६/१२८)
रू. ४५,९९९ (८/१२८)
Realme 10 Pro+ 5Gरु. ४५,९९९ (८/१२८)
Xiaomi 11 Lite NE 5Gरू. ४५,९९९ (८/१२८)
Poco F3 5Gरू. ४६,९९९ (६/१२८)
रू. ५१,९९९ (८/१२८)*
नोटः यस आर्टिकलमा मोबाइलहरुलाई मुल्यको आधारमा मिलाइएको छ।

मोबाइलमा रूचि राख्नुहुन्छ? यी आर्टिकलहरु पनि हेर्नुहोस्ः

Samsung Galaxy F42 5G

samsung-galaxy-f42-5g

यस लिस्टलाई सुरुवात गर्दै छ Samsung Galaxy F42 5G फोनले। यस लिस्टमा मोबाइलहरुलाई बढ्दो मुल्य अनुसार सेट गरिएको ले Samsung Galaxy F52 5G यस लिस्टको सबै भन्दा कम मुल्य पर्ने फोन हुन जान्छ। यस फोनमा २.२ गिगाहर्ट्जमा क्लक गरिएको Mediatek Dimensity 700 चिपसेट समावेश गरिएको छ जुन यस मुल्य अनुसार नराम्रो प्रोसेसर हैन।    

डिस्प्लेको लागि यहाँ ६.६ इन्चको TFT LCD डिस्प्ले प्यानल समावेश गरिएको छ जुनले FHD+ रेजोल्युसन अफर गर्छ। यहाँ तपाईँहरुले AMOLED डिस्प्ले पाउनुहुने छैन जुन यस मोबाइलको नकारात्मक पक्ष हुन जान्छ। 

क्यामेराको लागि यहाँ ६४ मेगापिक्सलको मुख्य क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र इन्फिनट-भि नच (Infinity-V notch) सहितको ८ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ र यसलाई One UI Core 3.1 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। ब्याट्रिको लागि यहाँ तपाईँहरुले 5000 mAh को ब्याट्रि पाउनुहुनेछ भने यहाँ साइड फिङ्गरप्रिन्ट स्क्यानर पनि समावेश गरिएको छ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल तपाईँहरुले ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी सहित पाउन सक्नुहुनेछ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ।   

Samsung Galaxy F42 5G को विशेषताहरु

डिस्प्ले (Display)६.६ इन्च, TFT LCD प्यानल, FHD+ (2408x1080p) रेजोल्युसन, इन्फिनिटि भि नच (infinity V notch) डिस्प्ले 
चिपसेट (Chipset)Mediatek Dimensity 700 (7nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@2.2 GHz/ Mali-G57 MC2
ओएस/युआइ (OS/UI)Android 11/ One UI 3.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 5 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 बोके (bokeh) क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.0 फ्रन्ट क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १५ वाट चार्जिङ सपोर्ट
मुल्य (Price)रू. ३१,९९९ (६/१२८)
रू. ३४,९९९ (८/१२८)

Samsung Galaxy M33 5G

samsung-galaxy-m33-5g

5G मोबाइलको यस लिस्टमा अर्को नाम रहेको छ Samsung Galaxy M33 5G। यस फोनलाई ३५ हजार भन्दा कम मुल्यको समग्रमा एउटा राम्रो फोन हो।

यस मोबाइललाई Exynos 1280 प्रोसेसरले पावर गरेको छ जुनले २.४ गिगाहर्ट्जको क्लक स्पिड अफर गर्छ। यस मुल्यको लागि यो राम्रो प्रोसेसर मध्येमा पर्छ। यहाँ ६.६ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको TFT LCD FHD+ डिस्प्ले समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५  प्रदान गरिएको छ।

तपाईँहरुले यहाँ ५० मेगापिक्सलको मेन क्यामेरा सहित क्वाड ब्याक क्यामेरा सेटप र इन्फिनिटि-भि नच (infinity-V notch) सहित ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 समावेश गरिएको छ जुनलाई सामसङको One UI 4.1 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ जुनले २५ वाटको चार्जिङ धान्न सक्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। समग्रमा यो निकै राम्रो मोबाइल रहेको छ। 

Samsung Galaxy M33 5G को विशेषताहरु

डिस्प्ले (Display)६.६ इन्च, TFT LCD प्यानल, FHD+ (2408x1080p) रेजोल्युसन, इन्फिनिटि भि नच (infinity V notch) डिस्प्ले, १२० हर्ट्जको रिफ्रेस रेट, गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Exynos 1280 (5nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.4 GHz/ Mali-G68
ओएस/युआइ (OS/UI)Android 12/ One UI 4.1
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 मेन क्यामेरा, 5 MP f/2.2 FOV 1230 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 डेप्थ क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8 MP f/2.2 फ्रन्ट क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबिसम्म बढाउन सकिने)
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, २५ वाट चार्जिङ सपोर्ट
मुल्य (Price)रू. ३३,९९९ (६/१२८)
रू. ३५,९९९ (८/१२८)

Realme 9 Pro 5G

redmi 9 pro 5g

यस लिस्टको लागि अर्को मोबाइल रहेको छ Realme 9 Pro 5G। यस मोबाइललाई Qualcomm Snapdragon 695 5G प्रोसेसरले पावर गरेको छ जुन राम्रो प्रोसेसर हो र यसले २.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। 

यहाँ ६.६ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको IPS LCD FHD+ डिस्प्ले समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ६४ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहित १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 समावेश गरिएको छ जुनलाई Realme UI 3.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। 

5G मोबाइलको लागि यो मोबाइललाई नराम्रो मोबाइल फोन भन्ने मिल्दैन। यसको एक मात्र नराम्रो पक्ष भनेको यसमा AMOLED स्क्रिनको अनुपलब्धता मात्र हो। यो कुरालाई मध्यनजर गर्न सकियो भने यो एउटा राम्रो फोन हो।

Realme 9 Pro 5G को विशेषताहरु

डिस्प्ले (Display)६.६ इन्च IPS LCD, FHD+ (2412x1080p) डिस्प्ले, पन्च होल (punch hole) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, २४० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.2 Ghz/ Adreno 619 
ओएस/युआइ (OS/UI)Android 12/ Realme UI 3.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.05 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी 
हाइब्रिड मेमोरी कार्ड स्लट 
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट डार्ट चार्जर
मुल्य (Price)रू. ३८,९९९ (८/१२८)

Redmi Note 11 Pro 5G

redmi note 11 pro 5g

यस लिस्टमा अर्को नाम रहेको छ Redmi Note 11 Pro 5G। यस मोबाइललाई पनि Qualcomm Snapdragon 695 5G प्रोसेसरले पावर गरेको छ जुन एउटा राम्रो प्रोसेसर हो र यसले २.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। 

यहाँ ६.६७ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको AMOLED FHD+ डिस्प्ले समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ प्रदान गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १०८ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहित १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ जुनलाई MIUI 13 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। मुल्य र ओभरल पर्फमेन्स हेर्ने हो भने लागि यो फोन ४० हजार भित्रमा सबैभन्दा राम्रो 5G फोन हुन जान्छ।

Redmi Note 11 Pro 5G को विशेषताहरु

डिस्प्ले (Display)६.६७ इन्च AMOLED प्यानल, FHD+ (2400x1080p) रेजोल्युसन, पन्च होल (punch hole) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, गोरिला ग्लास ५ (Gorilla Glass 5), ३६० हर्ट्ज टच स्याम्प्लिङ रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G (5nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@2.2 GHz/ Adreno 619
ओएस/युआइ (OS/UI)Android 11/ MIUI 13
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (108 MP f/1.9 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1180 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.4 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट 
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, डुवल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ६७ वाट टर्बो चार्जिङ सपोर्ट
मुल्य (Price)रू. ३८,४९९ (६/१२८)
रू. ४१,४९९ (८/१२८)

OnePlus Nord CE 2 Lite 5G

one plus nord ce 2 lite

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ OnePlus Nord CE 2 Lite 5G। यस मोबाइललाई पनि Qualcomm Snapdragon 695 5G प्रोसेसरले पावर गरेको छ जुन एउटा राम्रो प्रोसेसर हो र यसले २.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। 

यहाँ ६.५९ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको IPS LCD FHD+ डिस्प्ले समावेश गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ ६४ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहित १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 समावेश गरिएको छ जुनलाई Oxygen OS 12.1 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। यसको स्पेसिफेसन अनुसार यस फोनको मुल्य निकै महँगो छ। उस्तै स्पेसिफिकसन भएको यस लिस्टमा रहेको अर्को फोन Realme 9 Pro 5G तपाईँहरुले अझै सस्तो मुल्यमा भेट्नुहुनेछ। 

OnePlus Nore CE 2 Lite 5G को विशेषताहरु

डिस्प्ले (Display)६.५९ इन्च IPS LCD प्यानल, FHD+ (2412x1080p) रेजोल्युसन, पन्च होल डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 695 5G(6nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.2 GHz/ Adreno 619 
ओएस/युआइ (OS/UI)Android 12/ Oxygen OS 12.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.7 मेन क्यामेरा, 2 MP f/2.4 देप्थ (depth) क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.0 फ्रन्ट क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट 
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ३३ वाट सुपरभुक (SUPERVOOC) चार्जिङ 
मुल्य (Price)रू. ४०,९९९ (८/१२८)

Samsung Galaxy M52 5G

samsung galaxy m52 5g

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ Samsung Galaxy M52 5G। यस मोबाइललाई Qualcomm Snapdragon 778 5G प्रोसेसरले पावर गरेको छ जुन निकै उत्कृष्ट प्रोसेसर हो र यसले २.४ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। 

यहाँ ६.७ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको Super AMOLED+ डिस्प्ले प्यानल समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। 

क्यामेराको लागि तपाईँहरुले यहाँ ६४ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र इन्फिनिटि-ओ नच (infinity-O notch) सहित ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ जुनलाई One UI 3.1 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। 

भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। मुल्य र स्पेसिफिकेसन दाँज्ने हो भने यसको मुल्य सेग्मेन्टको लागि यो फोनसँग प्रतिस्पर्धा गर्न सक्ने फोन कमै छन्।

Samsung Galaxy M52 5G को विशेषताहरु

डिस्प्ले (Display)६.७ इन्च Super AMOLED+ डिस्प्ले प्यानल, FHD + (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज रिफ्रेस रेट, इन्फिनिटि-ओ (infinity-O) नच डिस्प्ले, गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Qualcomm Snapdragon 778G 5G (6nm)
सिपियु (CPU)Octa-core@2.4 GHz
जिपियु (GPU)Adreno 642L
ओएस/युआइ (OS/UI)Android 11/One UI 3.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (64 MP f/1.8 मेन क्यामेरा, 12 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 5 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)32 MP f/2.2 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
अन्य फिचर (Other Features)हाइब्रिड डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, सिङ्गल स्पिकर, Dolby Atmos अडियो
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, २५ वाट चार्जिङ 
मुल्य (Price)रू. ४२,९९९ (६/१२८)
रू. ४५,९९९ (८/१२८)

Realme 9 Pro+ 5G

realme 9 pro + 5g

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ Realme 9 Pro+ 5G। ४५ हजार भन्दा कम मुल्यको लागि यो निकै नै राम्रो फोन हो। यस मुल्य सेग्मेन्टको लागि अगाडि देखि नै Realme 9 Pro+ ले सबै भन्दा राम्रो फोनको उपाधी हात पारेको थियो तर Samsung Galaxy M52 को मुल्यमा गिरावट भएपछि यी दुई बिचमा प्रतिस्पर्धा देखिएको हो।

यस मोबाइललाई पनि Samsung Galaxy M52 जस्तै Qualcomm Snapdragon 778 5G प्रोसेसरले पावर गरेको छ जुनले २.४ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। यहाँ ६.४ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ ९० हर्ट्जको Super AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। 

क्यामेराको लागि तपाईँहरुले यहाँ ५० मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र इन्फिनिटि-ओ नच (infinity-O notch) सहित १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 समावेश गरिएको छ जुनलाई Realme UI 3.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 4500 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ६० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यस फोनमा तपाईँहरुले इन-डिस्प्ले फिङ्गरप्रिन्ट (In-display fingerprint) स्क्यानर पाउनुहुनेछ। यस लिस्टमा अंकित गरिएका मोबाइलहरु मध्ये यो पहिलो मोबाइल हो जुनमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर समावेश गरिएको छ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ।

Realme 9 Pro+ को विशेषताहरु

डिस्प्ले (Display)६.४ इन्च Super AMOLED डिस्प्ले प्यानल, FHD + (2400x1080p) रेजोल्युसन, पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Mediatek Dimensity 920 5G (6nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.5 GHz/ Mali-G68 MC4 
ओएस/युआइ (OS/UI)Android 12/ Realme UI 3.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 सुपर वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा), OIS
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.2 फ्रन्ट क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), इन-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर, ३.५ मिलिमिटर हेडफोन ज्याक, डुवल स्टेरियो स्पिकर, Dolby Atmos अडियो
ब्याट्रि र चार्जिङ (Battery and Charging)4500 mAh ब्याट्रि, ६० वाट सुपरडार्ट (Superdart) चार्जिङ 
मुल्य (Price)रू. ४२,९९९ (६/१२८)
रू. ४५,९९९ (८/१२८)

Realme 10 Pro+ 5G

realme 10 pro + 5g

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ Realme 10 Pro+ 5G। यस मुल्य सेग्मेन्टको लागि यो निकै नै उत्कृष्ट  मोबाइल फोन हो। यस मुल्य सेग्मेन्टको लागि यो सबै भन्दा उत्कृष्ट 5G फोन हो जुनले Reale 9 Pro+ लाई पनि मात दिन्छ। यस फोनमा Realme 9 Pro+ को स्पेसिफिकेसनको तुलनामा त्यति धेरै बदलाव नभए तापनि डिजाइनमा पुर्ण बदलाव भएको छ। 

यस मोबाइललाई पनि Mediatek Dimensity 1080 प्रोसेसरले पावर गरेको छ जुनले Realme 9 Pro+ को Mediatek Dimensity 920 सँग मिल्दो पर्फमेन्स दिन्छ भने यसले २.६ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। Realme ले यस फोनमा डिजाइनमा फोकस गरेको देखिन्छ किनकी यहाँ ६.७ इन्चको कर्भ भिजन डिस्प्ले प्रदान गरिएको छ। यस डिजाइनका साथ यो फोन कुनै फ्लागसिप फोन भन्दा कम देखिँदैन। 

डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको रिफ्रेस रेट सहितको FHD+ AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। क्यामेराको लागि तपाईँहरुले यहाँ १०८ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल एआई ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहित १६ मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ जुनलाई Realme UI 4.0 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। यहाँ 5000 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। Realme 9 Pro+ जस्तै यहाँ पनि तपाईँहरुले इन-डिस्प्ले फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ। 

Realme 10 Pro+ 5G को विशेषताहरु

डिस्प्ले (Display)६.७ इन्च HDR 10+, AMOLED डिस्प्ले प्यानल, FHD+ (2412x1080p) रेजोल्युसन कर्भ भिजन (Curve Vision) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, पन्च होल (punch hole), गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Mediatek Dimensity 1080 (6 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.6 GHz/ Mali-G68 MC4
ओएस/युआइ (OS/UI)Android 13/ Realme UI 4.0
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (108 MP f/1.75 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1120 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.45 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), इन-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर, डुवल स्टेरियो स्पिकर, Hi-Res अडियो सर्टिफिकेसन
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, ६७ वाट फास्ट चार्जिङ सपोर्ट 
मुल्य (Price)रू. ४५,९९९ (८/१२८)

Xiaomi 11 Lite NE 5G

xiaomi 11 lite NE 5g

यस लिस्टमा अर्को मोबाइल फोन रहेको छ Xiaomi 11 Lite NE 5G। यस मुल्य सेग्मेन्टको लागि यो पनि अर्को राम्रो मोबाइल फोन हो जुन Realme 9 Pro+ र Samsung Galaxy M52 भन्दा केहि पछि पर्छ।

यस मोबाइललाई पनि Qualcomm Snapdragon 778 5G प्रोसेसरले पावर गरेको छ जुन निकै उत्कृष्ट प्रोसेसर हो र यसले २.४ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। यहाँ ६.५५ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ ९० हर्ट्जको Dolby Vision सपोर्ट सहितको 10 bit AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। 

क्यामेराको लागि तपाईँहरुले यहाँ ६४ मेगापिक्सलको मेन क्यामेरा सहित डुवल ब्याक क्यामेरा सेटप र पन्च होल (punch hole) सहित २० मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ जुनलाई MIUI 12.5 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 4250 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ पनि तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ भने स्टोरेज बढाउन यहाँ हाइब्रिड मेमोरी कार्ड स्लट पनि उपलब्ध छ। 

Xiaomi 11 Lite NE 5G को विशेषताहरु

डिस्प्ले (Display)६.५५ इन्च, HDR 10+, 10 bit AMOLED FHD+ डिस्प्ले, Dolby Vision, ९० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, पन्च होल (punch hole), गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Qualcomm Snapdragon 778G 5G (6nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 2.4 GHz/ Adreno 642L
ओएस/युआइ (OS/UI)Android 11/ MIUI 12.5
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (64 MP f/1.79 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 अल्ट्रा वाइड क्यामेरा, 5 MP f/2.4 टेलिम्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)20 MP f/2.24 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी
हाइब्रिड मेमोरी कार्ड स्लट
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, डुवल स्टेरियो स्पिकर
ब्याट्रि र चार्जिङ (Battery and Charging)4250 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ 
मुल्य (Price)रू. ४५,९९९ (८/१२८)

Poco F3 5G

poco f3 5g

यस लिस्टमा अन्तिम मोबाइल फोन रहेको छ Poco F3 5G। ४५ हजार भन्दा केहि माथि बजेट छुट्याउन सक्नुहुन्छ भने यो फोन पनि धेरै उत्कृष्ट फोन हो।

यस मोबाइललाई पनि Qualcomm Snapdragon 870 5G प्रोसेसरले पावर गरेको छ जुन ५० हजार भित्र भेट्न विरलै छ। यो धेरै उत्कृष्ट प्रोसेसर हो जुनले ३.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड अफर गर्छ। यस मुल्यको लागि यो धेरै पावरफुल प्रोसेसर हो। गेमिङ र पावरफुल प्रोसेसिङ चाहिने एप्लिकेसनहरु प्रयोग गर्न यसमा त्यति आपत्ति हुँदैन।

यहाँ ६.६७ इन्चको स्क्रिन साइज रहेको छ भने डिस्प्लेको लागि यहाँ १२० हर्ट्जको AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि यहाँ गोरिला ग्लास ५ (Gorilla Glass 5) प्रदान गरिएको छ। 

क्यामेराको लागि तपाईँहरुले यहाँ ४८ मेगापिक्सलको मेन क्यामेरा सहित ट्रिपल ब्याक क्यामेरा सेटप र डट डिस्प्ले सहित २० मेगापिक्सलको फ्रन्ट क्यामेरा पाउनुहुनेछ। अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ जुनलाई MIUI 12 युजर इन्टर्फेसले सपोर्ट गरेको छ। 

यहाँ 4520 mAh ब्याट्रि समावेश गरिएको छ भने यस फोनले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यहाँ तपाईँहरुले साइड फिङ्गरप्निन्ट स्क्यानर पाउनुहुनेछ। भेरियन्टको कुरा गर्दा यो मोबाइल ६/८ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरीको साथ उपलब्ध छ। 

Poco F3 5G को विशेषताहरु

डिस्प्ले (Display)६.६७ इन्च AMOLED डट डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, १२० हर्ट्ज रिफ्रेस रेट, ३६० हर्टजको टच स्याम्प्लिङ रेट, गोरिला ग्लास ५ (Gorilla Glass 5)
चिपसेट (Chipset)Snapdragon 870 5G (7 nm)
सिपियु (CPU)/ जिपियु (GPU)Octa-core@ 3.2 GHz/ Adreno 650
ओएस/युआइ (OS/UI)Android 11/ MIUI 12 for POCO
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (48 MP f/1.79 मेन क्यामेरा, 8 MP f/2.2 FOV 1190 सुपर वाइड क्यामेरा, 5 MP f/2.4 टेलिम्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)20 MP f/2.45 सेल्फि क्यामेरा
मेमोरी (Memory)६/८ जिबि र्याम र १२८/२५६ जिबि इन्टर्नल मेमोरी
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, डुवल स्टेरियो स्पिकर, Dolby Atmos अडियो
ब्याट्रि र चार्जिङ (Battery and Charging)4520 mAh ब्याट्रि, ३३ वाट फास्ट चार्जिङ 
मुल्य (Price)रू. ४६,९९९ (६/१२८)
रू. ५१,९९९ (८/१२८)*

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.