नेपालमा उपलब्ध ८ उत्कृष्ट गेमिङ ल्यापटपहरु

BEST GAMING LAPTOPS IN NEPAL

ल्यापटप र डेस्कटप कम्प्युटरहरु अहिलेको समयका लागि निकै ठुलो आवश्यकता नै बनेका छन्। विद्यार्थी र कार्यालयका जागिरेहरूलाई ल्यापटप र कम्प्युटरको जति आवश्यकता हुन्छ त्यो भन्दा धेरै पावरफुल कम्प्युटर र ल्यापटपको आवश्यकता गेमरहरुलाई पर्ने देखिन्छ । 

हेभि गेमहरुको लागि पावरफुल प्रोसेसर र धेरै राम्रो ग्राफिक्स चाहिने हुँदा साधारण ल्यापटपहरुमा राम्रो गेमप्लेको अनुभव लिन सकिँदैन। त्यसैले गेमरहरुलाई टार्गेट गरेर गेमिङ कम्प्युटर र गेमिङ ल्यापटपहरु बनेका हुन्छन्। उस्तै मुल्यको लागि गेमिङ कम्प्युटरले गेमिङ ल्यापटपलाई मात दिने भएतापनि ल्यापटपलाई सरलतापूर्वक जतापनि लैजान सक्ने फिचरले गर्दा धेरै मानिसहरुले डेस्कटप भन्दा ल्यापटप खरीद गर्दछन्।

गेमिङ ल्यापटपकै सेरोफेरोमा रहेर यस आर्टिकलमा नेपालमा उपलब्ध ८ वटा उत्कृष्ट गेमिङ ल्यापटपहरुको बारेमा केहि जानकारी दिन खोजिएको छ।

८ उत्कृष्ट गेमिङ ल्यापटपहरु (सारांश)

गेमिङ ल्यापटपमुल्य
Acer Predator Helios 300 (2022)रु. १,९४,८००
Asus ROG Strix G15 (2022) G513रु. २,६४,०००
Asus ROG Zephyrus G14 (2022) GA402रु. २,६४,९००
Dell Alienware x14रु. २,३५,०००
Lenovo Legion 5 Pro (Gen 7)रु. २,२५,०००
Ripple Nova Proरु. २,३८,०००
Gigabyte Aorus 5 SE4रु. २,२५,०००
Acer Predator Helios 16 (2023)रु. २,३५,०००

Acer Predator Helios 300 (2022)

acer predator helios 300 2022

नेपालमा उपलब्ध उत्कृष्ट गेमिङ ल्यापटपहरुको यस लिस्टलाई सुरुवात गर्दै छ Acer Predator Helios 300 (2022) ले। यहाँ यस ल्यापटपको  Core i7-12700H भेरियन्टको जानकारी दिइएको छ। 

यस ल्यापटपलाई 12th Gen Intel Core i7-12700H प्रोसेसरले पावर गरेको छ। यस प्रोसेसरले टेट्राडेका (tetradeca) कोर अफर गर्छ जुनमा ६ पर्फमेन्स र ८ इफिसियन्सि कोर समावेश गरिएको छ। 

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 3060 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १५.६ इन्चको QHD एन्टि ग्लेयर (anti glare) IPS प्यानल पाउनुहुनेछ र यसको १६५ हर्ट्जको स्क्रिन रिफ्रेस रेटले गेमिङ अनुभव निकै राम्रो बनाउँछ।  

यहाँ तपाइँहरुले १६ जिबि DDR5 र्याम पाउनुहुनेछ जुन ३२ जिबि सम्म बढाउन सकिन्छ भने यसमा ५१२ जिबिको SSD स्टोरेज उपलब्ध छ जुन २ टिबि सम्म पनि भेट्न सकिन्छ। यसबाहेक यसमा ९० वाट हावर (90 Whr) सम्मकोको ब्याट्रि पाउन सकिन्छ। 

Acer Predator Helios 300 (2022) को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५९.४ x २७६.४ x २५.५५ मिलिमिटर
  • वजन (Weight): २.५ किलो 
  • डिस्प्ले (Display): १५.६ इन्च anti-glare IPS प्यानल, FHD (1920x1080p), १६५ हर्ट्ज रिफ्रेस रेट, ३ मिलिसेकेन्डको ओभरड्राइभ, ३०० निट्स ब्राइटनेस
  • प्रोसेसर (Processor): 12th Gen Intel Core i7-12700H
  • जिपियु (GPU): NVIDIA GeForce RTX 3060 (115W TGP), ६ जिबि GDDR6 
  • र्याम (RAM): १६ जिबि DDR5-4800 MHz SO-DIMM x 2 (३२ जिबि सम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): ५१२ NVMe SSD (२ टिबि सम्मको स्टोरेज भेरियन्ट उपलब्ध)
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home
  • आईओ पोर्ट (I/O Ports): १ x USB 3.2 Gen 2 Type-C पोर्ट, २ x USB 3.2 Gen 2 Type-A पोर्ट, १ x USB 3.1 Gen 1 Type-A पोर्ट, १ x HDMI 2.1 पोर्ट, १ x RJ45 इथरनेट पोर्ट, १ x मिनि डिस्प्ले पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): डुवल स्पिकर, DTS:X Ultra अडियो
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 56 WHrs ब्याट्रि
  • मुल्य (Price): रु. १,९४,८००

Asus ROG Strix G15 (2022) G513

asus rog strix g15 2022

यस लिस्टमा सातौँ स्थानमा रहेको छ Asus ROG Strix G15 (2022) G513। यस ल्यापटपको भेरियन्टहरु मध्येमा यहाँ G513RM भेरियन्टको जानकारी दिइएको छ। 

यस ल्यापटपलाई AMD Ryzen 9 6900HX प्रोसेसरले पावर गरेको छ जुनले १६ मेगाबाइट क्याचे (cache), ८ कोर, १६ थ्रेड सहित ४.९ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 3060 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १५.६ इन्चको FHD एन्टि ग्लेयर (anti glare) IPS प्यानल पाउनुहुनेछ र यसको ३०० हर्ट्जको स्क्रिन रिफ्रेस रेटले गेमिङ अनुभव धेरै उत्कृष्ट बनाउँछ।  

यहाँ १६ जिबि DDR5 र्याम भेटिनेछ जुन ३२ जिबि सम्म बढाउन सकिन्छ भने यसमा १ टिबिको SSD स्टोरेज उपलब्ध छ। यसबाहेक यहाँ ९० वाट हावर (90 Whr) को 4-cell लिथियम आयन ब्याट्रि प्रदान गरिएको छ। मुल्य अनुसारको स्पेसिफिकेसन हेर्ने हो भने यो ल्यापटप केहि महँगो लाग्छ। यस कारणले यो ल्यापटप उक्त सथानमा रहेको छ।

Asus ROG Strix G15 (2022) G513 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५.४ x २५.९ x २.२६ ~ २.७२ सेन्टिमिटर
  • वजन (Weight): २.३० किलो सम्म
  • डिस्प्ले (Display): १५.६ इन्च anti-glare IPS प्यानल, FHD (1920x1080p) रेजोल्युसन, ३०० हर्ट्ज रिफ्रेस रेट, sRGB: 100%, Dolby Vision HDR सपोर्ट, ३ मिलिसेकेन्डको रेस्पोन्स टाइम
  • प्रोसेसर (Processor): AMD Ryzen 9 6900H (8 cores/ 16 threads, 16 MB cache, 4.9 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): NVIDIA GeForce RTX 3060 GPU, ६ जिबि GDDR6 
  • र्याम (RAM): १६ जिबि DDR5-4800 SO-DIMM x 2 (३२ जिबि सम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): १ टिबि PCIe 4.0 NVMe M.2 SSD
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Pro
  • आईओ पोर्ट (I/O Ports): २ x USB 3.2 Gen 2 Type-C पोर्ट, २ x USB 3.2 Gen 1 Type-A पोर्ट, १ x HDMI TDMS 2.1 पोर्ट, १ x RJ45 इथरनेट पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 1080p FHD क्यामेरा, Backlit Chiclet किबोर्ड (नम्बर प्याड सहित), Dolby Atmos, AI noise क्यान्सिलेसन, Hi-Res सर्टिफिकेसन, २ स्पिकर सिस्टम 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 90 WHrs ब्याट्रि, २४० वाट AC अड्याप्टर
  • मुल्य (Price): रु. २,६४,०००

Asus ROG Zephyrus G14 (2022) GA402

asus zephyrus z14 (2022) GA402

यस लिस्टमा छैटौँ स्थानमा पनि ASUS कै ROG Zephyrus G14 (2022) गेमिङ ल्यापटपले स्थान तय पारेको छ। यस ल्यापटपलाई AMD Ryzen 9 6900HS प्रोसेसरले पावर गरेको छ जुनले १६ मेगाबाइट क्याचे (cache), ८ कोर र १६ थ्रेड अफर गर्दछ र ४.९ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

यस ल्यापटपमा जिपियु पनि AMD कै AMD Radeon RX 6800s समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १४ इन्चको QHD+ एन्टि ग्लेयर (anti-glare) IPS प्यानल पाउनुहुनेछ भने यसको १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेटले गेमिङ अनुभव निकै राम्रो बनाउँछ।  

मेमोरी र स्टोरेजको लागि यहाँ १६ जिबि DDR5 र्याम र १ टिबिको SSD स्टोरेज भेट्न सक्नुहुनेछ भने ब्याट्रिको लागि यहाँ ७६ वाट हावर (76 Whr) को 4-cell लिथियम आयन ब्याट्रि समावेश गरिएको छ। यस ल्यापटपको समस्या भनेको यसको महँगो मुल्य नै हो।

Asus ROG Zephyrus G14 (2022) GA402 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३१.२ x २२.७ x १.८५ सेन्टिमिटर
  • वजन (Weight): १.६५ – १.७२ किलो
  • डिस्प्ले (Display): १४ इन्च anti-glare IPS प्यानल, ROG Nebula डिस्प्ले, QHD+ (2500x1600p) रेजोल्युसन, १२० हर्ट्ज रिफ्रेस रेट, Dolby Vision HDR, ३ मिलिसेकेन्डको रेस्पोन्स टाइम
  • प्रोसेसर (Processor): AMD Ryzen 9 6900HS (8 cores/ 16 threads, 16 MB cache, 4.9 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): AMD Radeon RX 6800S, ८ जिबि GDDR6
  • र्याम (RAM): १६ जिबि DDR5-4800 MHz (३२ जिबि अधिकतम क्यापासिटि)
  • स्टोरेज (Storage): १ टिबि 4.0 NVMe M.2 SSD स्टोरेज
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home
  • आईओ पोर्ट (I/O Ports): २ x USB 3.2 Gen 2 Type-A पोर्ट, २ x USB 3.2 Gen 2 Type-C पोर्ट, १ x कार्ड रिडर (microSD), १ x HDMI TMDS 2.1 पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 720p HD IR क्यामेरा, Backlit Chiclet किबोर्ड, 1 zone RGB टचप्याड, Dolby Atmos, AI noise क्यान्सिलेसन, Hi-Res सर्टिफिकेसन, ३ माइक्रोफोन एरे, ४ स्पिकर सिस्टम
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 76 WHrs ब्याट्रि, २४० वाट AC अड्याप्टर
  • मुल्य (Price): रु. २,६४,९००

Dell Alienware x14

dell alienware x14

Dell Alienware x14 ल्यापटपले यस लिस्टमा पाचौँ स्थान ओगट्न सफल बनेको छ। यो ल्यापटप अलग-अलग भेरियन्टमा उपलब्ध भएतापनि यहाँ यस ल्यापटपको सबैभन्दा उच्च प्रोसेसर र भिडियो कार्ड समावेश भएको भेरियन्टको कुरा गरिएको छ। 

यस ल्यापटपको माथिल्लो भेरियन्टलाई 12th Gen Intel Core i7-12700H प्रोसेसरले पावर गरेको छ जुनले २४ मेगाबाइट क्याचे (cache), १४ कोर तथा २० थ्रेड अफर गर्दछ र ४.७० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

साथै यसमा भिडियो कार्डको लागि NVIDIA GeForce RTX 3060, ६ जिबि GDDR6 प्रयोग गरिएको छ। डिस्प्लेको लागि तपाईँहरुले यहाँ १४ इन्चको FHD ComfortVies Plus, NVIDIA G-SYNC डिस्प्ले पाउनुहुनेछ भने यसको १४४ हर्ट्जको स्क्रिन रिफ्रेस रेट अफर गर्दछ जुन उत्तिकै स्तरिय छ।

मेमोरी र स्टोरेजको लागि यहाँ १६ जिबिको LPDDR5 र्याम र २ टिबिको अधिकतम SSD स्टोरेज भेट्न सक्नुहुनेछ भने ब्याट्रिको लागि यहाँ ८० वाट हावर (80 Whr) को 6-cell लिथियम आयन ब्याट्रि समावेश गरिएको छ। मुल्यको हिसाबमा पनि यो ल्यापटप केहि सस्तो छ। 

Dell Alienware x14 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३२१.५ x २६२.७७ x २४.५० मिलिमिटर
  • वजन (Weight): १.७९ – १.८४१ किलो 
  • डिस्प्ले (Display): १४ इन्च FHD (1920x1080p) डिस्प्ले, १४४ हर्ट्ज रिफ्रेस रेट, ३ मिलिसेकेन्डको रेस्पोन्स टाइम, Advanced Optimus, ComfortView Plus, NVIDIA G-SYNC
  • प्रोसेसर (Processor): 12th Gen Intel Core i7-12700H (24 MB cache, 14 cores, 20 threads, 4.70 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): NVIDIA GeForce RTX 3060, ६ जिबि GDDR6
  • र्याम (RAM): १६ जिबि LPDDR5-5200 MHz
  • स्टोरेज (Storage): १ टिबि M.2 PCIe NVMe SSD स्टोरेज
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home/ Windows 11 Pro
  • आईओ पोर्ट (I/O Ports): १ x USB 3.2 Gen 1 पोर्ट, १ x USB 3.2 Gen 2 Type-C पोर्ट, १ x HDMI 2.1 पोर्ट, १ x microSD कार्ड रिडर, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, Alienware X Series 1-Zone AlienFX RGB किबोर्ड (N-key rollover technology सहित), माइक्रोसफ्ट प्रिमियम प्रेसिजन ग्लास टचप्याड 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 80 Whr, २३० वाट पावर अड्याप्टर
  • मुल्य (Price): रु. २,३५,०००

Lenovo Legion 5 Pro (Gen 7)

lenovo legion 5 pro gen 7

यस लिस्टमा चौँथो स्थानमा रहेको छ Lenovo Legion 5 Pro (Gen 7)। यहाँ यस ल्यापटप AMD Ryzen 7 भेरियन्टको जानकारी दिइएको छ। यस ल्यापटपलाई AMD Ryzen 7 6800H प्रोसेसरले पावर गरेको छ जुनले १६ मेगाबाइट क्याचे (cache), ८ कोर र १६ थ्रेड अफर गर्दछ र ४.७० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 3060 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १६ इन्चको WQXGA IPS प्यानल पाउनुहुनेछ र यसको १६५ हर्ट्जको स्क्रिन रिफ्रेस रेटले गेमिङ सहित अन्य अनुभव निकै राम्रो बनाउँछ।  

यहाँ १६ जिबि DDR5 र्याम भेटिनेछ जुन ३२ जिबि सम्म बढाउन सकिन्छ भने यसमा २ टिबिसम्मको SSD स्टोरेज उपलब्ध छ। यसबाहेक यहाँ ८० वाट हावर (80 Whr) को 4-cell लिथियम पोलिमर ब्याट्रि प्रदान गरिएको छ। मुल्य अनुसारको स्पेसिफिकेसनको कुरा गर्दा यो ल्यापटप निकै नै राम्रो छ।

Lenovo Legion 5 Pro (Gen 7) को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५९.९ x २६२.४ x १९.९ सेन्टिमिटर
  • वजन (Weight): २.४९ किलो सम्म 
  • डिस्प्ले (Display): १६ इन्च IPS प्यानल, ROG Nebula डिस्प्ले, WQXGA (2560x1600p) रेजोल्युसन, १६५ हर्ट्ज रिफ्रेस रेट, ५०० निट्स ब्राइटनेस, 100% sRGB, Dolby Vision, NVIDIA G-SYNC 
  • प्रोसेसर (Processor): AMD Ryzen 7 6800H (8 cores/ 16 threads, 16 MB cache, 4.70 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): NVIDIA GeForce RTX 3060, ६ जिबि GDDR6
  • र्याम (RAM): १६ जिबि DDR5-4800 MHz (३२ जिबि सम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): ५१२ जिबि M.2 PCIe 3.0 NVMe SSD स्टोरेज (२ टिबि सम्म उपलब्ध)
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home/ Windows 11 Pro
  • आईओ पोर्ट (I/O Ports): ३ x USB 3.2 Gen 1 Type-A पोर्ट, ३ x USB 3.2 Gen 2 Type-C पोर्ट, १ x HDMI 2.1 पोर्ट, १ x इथरनेट पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा (प्राइभेसि सटर सहित), 4 zone RGB ब्याकलाइट किबोर्ड (WSAD किहरु स्वाप गर्न सकिने)
  • ब्याट्रि (Battery): 80 Whr ब्याट्रि
  • मुल्य (Price): रु. २,२५,०००

Ripple Nova Pro

ripple nova pro

यस ल्यापटपसँगै हामी यस लिस्टको अन्तिम तीन ल्यापटपमा प्रवेश गर्दै छौँ जस अन्तर्गत Ripple Nova Pro ले तेस्रो स्थान ओगट्न सफल बनेको छ। यस ल्यापटपको भेरियन्टहरु मध्येमा यहाँ Intel Core i7 12700H भेरियन्टको जानकारी दिइएको छ। 

यस ल्यापटपलाई 12th Gen Intel Core i7 12700H प्रोसेसरले पावर गरेको छ जुनले १४ कोर, २० थ्रेड सहित ४.७ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 3060 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १५.६ इन्चको LED प्यानल पाउनुहुनेछ र यसको १६५ हर्ट्जको स्क्रिन रिफ्रेस रेटले गेमिङ अनुभव धेरै राम्रो बनाउँछ।  

यहाँ ३२ जिबि सम्मको DDR5 र्याम भेटिनेछ भने यसमा १ टिबिको SSD स्टोरेज उपलब्ध रहेको छ। यसबाहेक यहाँ ६३ वाट हावर (63 Whr) को  4-cell ब्याट्रि प्रदान गरिएको छ। मुल्य अनुसारको स्पेसिफिकेसनको लागि यो ल्यापटप पनि माथिल्लो स्थान तिर पर्छ। Lenovo Legion 5 Pro भन्दा यसको प्रोसेसर राम्रो हुनाले यस ल्यापटपलाई उक्त सथानमा राखिएको छ।

Ripple Nova Pro को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३६०.२ x २४३.५ x १९.९ मिलिमिटर
  • वजन (Weight):  १.९१ किलो सम्म
  • डिस्प्ले (Display): १६५ हर्ट्ज गेमिङ १५.६ इन्च QHD (2560 x 1440p) LED न्यारो प्यानल, 100% sRGB
  • प्रोसेसर (Processor): INTEL 12th Gen 12700H (14 Cores, 20 Threads), 4.7 GHz सम्मको क्लक स्पिड
  • जिपियु (GPU): NVIDIA RTX 3060 OC Max- P 
  • र्याम (RAM): ३२ जिबि DDR5-4800 MHz (१६ जिबि भेरियन्ट पनि उपलब्ध)
  • स्टोरेज (Storage): १ टिबि M.2 SSD (२५६ जिबि SSD र ५१२ जिबि SSD स्टोरेजमा पनि उपलब्ध)
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Pro
  • आईओ पोर्ट (I/O Ports): १ x USB 2.0 पोर्ट, २ x USB 3.1 Gen 1 Type-A पोर्ट, १ x USB 3.1 Gen 2 Type-C पोर्ट, १ x HDMI 2.1 पोर्ट, १ x RJ45 इथरनेट पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): फुल साइज RGB किबोर्ड,२ x २ वाट स्पिकर सिस्टम 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 63 WHrs ब्याट्रि, १८० वाट AC अड्याप्टर
  • मुल्य (Price): रु. २,३८,०००

Gigabyte Aorus 5 SE4

gigabyte aorus 5 se4

गेमिङ ल्यापटपमा अर्को एउटा उत्कृष्ट नाम रहेको छ Gigabyte Aorus 5 SE4। यस ल्यापटपलाई 12th Gen intel i7 12700H प्रोसेसरले पावर गरेको छ जुनले ४.७ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्दछ।

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 3070 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १५.६ इन्चको FHD एन्टि ग्लेयर (anti glare) IPS प्यानल पाउनुहुनेछ र यसको १४४/२४०/३६० हर्ट्जमा उपलब्ध हुने स्क्रिन रिफ्रेस रेटले गेमिङ अनुभव धेरै उत्कृष्ट बनाउँछ।  

यहाँ १६ जिबि DDR4 र्याम भेटिनेछ जुन ६४ जिबि सम्म बढाउन सकिन्छ भने यसमा १ टिबि सम्मको अधिकतम स्टोरेज उपलब्ध रहेको छ। यसबाहेक यहाँ ९९ वाट हावर (99 Whr) को ब्याट्रि प्रदान गरिएको छ। मुल्य अनुसारको स्पेसिफिकेसन हेर्दा सायदै केहि ल्यापटपहरु यस ल्यापटपहरु भन्दा राम्रो होलान्।

Gigabyte Aorus 5 SE4 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५.७ x २५.४ x २.३६ ~ २.७४ सेन्टिमिटर
  • वजन (Weight): २.३० किलो सम्म
  • डिस्प्ले (Display): १५.६ इन्च anti-glare IPS प्यानल, FHD (1920x1080p) रेजोल्युसन, ३६० हर्ट्ज रिफ्रेस रेट
  • प्रोसेसर (Processor): 12th Gen intel i7 12700H (2.3GHz~4.7GHz क्लक स्पिड)
  • जिपियु (GPU): NVIDIA GeForce RTX 3070 GPU, ८ जिबि GDDR6 
  • र्याम (RAM): १६ जिबि DDR4-3200 (६४ जिबि सम्म बढाउन सकिने), 2x DDR4 स्लट (DDR4-3200)
  • स्टोरेज (Storage): ५१२ जिबि NVMe SSD स्टोरेज
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home
  • आईओ पोर्ट (I/O Ports): २ x USB 3.2 Gen1 Type-A पोर्ट, १ x Thunderbolt 4 Type-C पोर्ट,  १ x HDMI 2.1 पोर्ट, १ x mini DP 1.4, १ x RJ45 इथरनेट पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x कार्ड रिडर, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, 3-Zone RGB किबोर्ड किबोर्ड, २ x २ वाट सपिकर, DTS:X Ultra अडियो टेक्नोलोजि
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 90 WHrs ब्याट्रि, २३० वाट AC अड्याप्टर
  • मुल्य (Price): रु. २,२५,०००

Acer Predator Helios 16 (2023)

acer predator helios 16 (2023)

गेमिङ ल्यापटपको लिस्टमा प्रथम स्थानमा रहेको छ Acer Predator Helios 16 (2023)। यो ल्यापटप 13th Gen intel core i7 प्रोसेसर र 13th Gen intel core i9 प्रोसेसर भेरियन्टमा उपलब्ध छ। 

ग्राफिक्सको लागि यहाँ NVIDIA GeForce RTX 4060 देखि यसको माथिल्लो भेरियन्टमा NVIDIA GeForce RTX 4080 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १६ इन्चको WQXGA IPS डिस्प्ले प्यानल पाउनुहुनेछ र यसको स्क्रिन रिफ्रेस रेट पनि १६५ हर्ट्ज र २४० हर्ट्ज गरी भेरियन्ट अनुसार छुट्टिएको छ।  

मेमोरी र स्टोरेजको कुरा गर्दा यहाँ तपाइँहरुले १६ जिबि र ३२ जिबि DDR5 र्याम पाउनुहुनेछ भने यसमा १ टिबिको SSD स्टोरेज उपलब्ध रहेको छ। ब्याट्रिको लागि यहाँ ९० वाट हावर (90 Whr) को ब्याट्रि समावेश गरिएको छ। मुल्य अनुसारको स्पेसिफिकेसनले गर्दा यस ल्यापटपलाई यस लिस्टको सबैभन्दा उत्कृष्ट गेमिङ ल्यापटप मानिएको छ र यसले गर्दा यो ल्यापटप प्रथम स्थानमा रहेको छ।

Acer Predator Helios 16 (2023) को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५७.७८ x २७८.७४ x २४.९-२६.९ मिलिमिटर
  • वजन (Weight): २.६~२.७ किलो 
  • डिस्प्ले (Display): १५.६ इन्च anti-glare IPS प्यानल, WQXGA (2560x1600p) रेजोल्युसन, १६५/२४० हर्ट्ज रिफ्रेस रेट, १००% sRGB/ १००% DCI-P3, NVIDIA Advanced Optimus
  • प्रोसेसर (Processor): 13th Gen Intel Core i7-13700HX
  • जिपियु (GPU): NVIDIA GeForce RTX 4060, ८ जिबि डेडिकेटेड मेमोरी
  • र्याम (RAM): १६ जिबि DDR5 SDRAM, 4800 MHz
  • स्टोरेज (Storage): १ टिबि SSD स्टोरेज
  • अपरेटिङ सिस्टम (Operating System): Windows 11 Home
  • आईओ पोर्ट (I/O Ports): २ x USB 3.2 Gen 2 Type-C पोर्ट, २ x USB 3.2 Gen 2 Type-A पोर्ट, १ x USB 3.2 Gen 1 Type-A पोर्ट,  १ x HDMI 2.1 पोर्ट, १ x RJ45 इथरनेट पोर्ट, १ x ३.५ मिलिमिटर अडियो ज्याक, १ x कार्ड रिडर, १ x पावर ज्याक
  • अन्य फिचर (Other Features): 1080p HD क्यामेरा, डुवल स्पिकर अडियो सिस्टम
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 90 WHrs ब्याट्रि, २३० वाट AC अड्याप्टर
  • मुल्य (Price): रु. २,३५,०००

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.