के-के फाईदा हुन्छ त फेसबुकलाई प्रोफेशनल मोडमा लैजाँदा ?

FaceBook Professional Mode

तपाईँले चिन्नुभएका कतिपयले प्रोफेशनल मोडमा फेसबुक चलाएको देख्दा तपाईँलाई पनि मनमा लागिरहेको प्रश्न हुन सक्छ कि यसका के-के फाईदा छन् भनेर ।

सिधा भाषामा भन्दा यसले तपाईँलाई तपाईँको फेसबुक अकाउन्टबाट पैसा कमाउन बाटो खोलिदिन्छ । पहिले यो सुविधा पेजहरूलाई मात्र थियो । पछि अमेरिकामा व्यक्तिगत प्रोफाइलहरूलाई पनि दिइयो । तर अहिले संसारभरका मानिसहरूले यो सुविधा उपभोग गर्न पाउँछन् । 

यो मोडमा चलाउँदा तपाईँले फलोवर बढाउने, विश्वव्यापी समुदाय (global community) हरुमा जोडिने, अतिरिक्त सुरक्षा पाउने, थुप्रै प्रोफेशनल टूलहरू चलाउन पाउने, आफ्नो अकाउन्ट र प्रडक्टहरूलाई मनिटाइज गर्ने लगायतका सुविधाहरू पाउनुहुन्छ । 

प्रोफेशनल मोडमा चलाउँदा तपाईँले धेरै नै फरक पाउनुहुन्छ । यसमा थप्रै फीचरहरू छन् । हामी तिनको बारेमा यहाँ केही चर्चा गर्छौँ । 

प्रोफाइल अपडेट

यो मोडमा गएपछि तपाईँका पोष्टहरू पब्लिक हुन्छन् र जो कसैले पनि तपाईँलाई फलो गर्न सक्छन् । तपाईँका फलोवर जति पनि हुन सक्छन् । यद्यपि तपाईँले आफ्ना पोष्टहरू कसले हेर्न मिल्ने वा नमिल्ने पनि बनाउन सक्नुहुन्छ । 

तपाईँको इन्ट्रो (Intro) सेक्शनले तपाईँको बारेमा झन् धेरै जानकारी दिन्छ र स्वत: यसको क्याटेगोरीमा Digital Creator भनेर राखिदिन्छ । यद्यपि सेटिङ् मार्फत् यो तपाईँले चेन्ज गर्न सक्नुहुन्छ । 

प्रोफेशनल टुलहरू

तपाईँले आफ्नो अकाउण्टको ड्याशबोर्डमा गएर आफ्ना फलोवर र पोष्टहरूको बारेमा झन् धेरै कुराहरू थाहा पाउन सक्नुहुन्छ । 

तपाईँका फलोवरले पनि तिनीहरूका फ्रेन्डहरूलाई तपाईँलाई फलो गर्नको लागी इन्भाइट गर्न सक्छन् । र तपाईँले केही क्राइटेरिया पुर्याउनुभयो भने फेसबुकले तपाईँलाई सपोर्ट पनि प्रदान गर्छ । 

फेसबुकले तपाईँलाई योग्य ठानेको खण्डमा आफै तपाईँका कन्टेन्ट वा प्रडक्टहरूलाई अरू समक्ष रेकमेन्ड पनि गरिदिन्छ । 

कन्टेन्ट मनिटाइज

अठार वर्ष नाघेकाहरूले यो फीचर प्रयोग गर्न पाउँछन् । फेसबुकले योग्य ठानेको खण्डमा तपाईँका कन्टेन्टहरूमा विज्ञापन हालिदिने बाटो खोलिदिन्छ ।

फेसबुकमा रीलहरूमा तपाईँ आफैले विज्ञापन राख्न सक्नुहुन्छ । त्यस्तै तपाईँले आफै आफ्ना भिडियोहरूमा विज्ञापनहरू जुनसुकै बेलामा हेर्न पनि सक्नुहुन्छ जसकारण पैसा अझ धेरै कमाउन मद्दत गर्छ । 

सेफ्टी फीचर

जो कसैले फलो गर्न पाए पनि तपाईँको प्राइभेसी सेटिङ्स (privacy settings) चाहीँ चेन्ज भएको हुँदैन । तपाईँको थप सुरक्षाको लागी फेसबुकले विभिन्न फीचरहरूको सुविधा दिन्छ । जस्तै filter profanity, किवोर्ड (keyword) ब्लक गर्ने, कमेन्टमा विभिन्न नियमहरू राख्न मिल्ने इत्यादी । 

त्यस्तै यसमा तपाईँले कमेन्ट नै गर्न नमिल्ने वा कसले गर्न मिल्ने वा नमिल्ने पनि पार्न मिल्छ । 

प्रोफेशनल मोडमा कसरी लैजाने त?

यति पढेपछि तपाईँलाई पनि प्रोफेशनल मोडमा जान मन लाग्यो होला । त्यसको लागी यस्तो गर्नुस्:

१। आफ्नो प्रोफाइलमा गएर प्रोफाइल फोटोको दाँयाँपट्टी मुनितिर तीनवटा थोप्लामा ट्याप गर्नुस् ।

२। अब प्रोफाइल सेटिङ्स (Profile settings) को लिष्टमा तलपट्टी Turn on professional mode ट्याप गर्नुस् । 

३। अब Turn on मा ट्याप गर्नुस् । 

नोट: यदी तपाईँलाई यो मोडमा चलाउन ठिक लागेन भने उस्तै प्रक्रियामार्फत् Turn off पनि गर्न सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.