गिट र हब गरी दुई शब्दले गिटहब बनेको छ। हब भनेको कम्युनिटिहो भन्ने बारेमा त हामी सबै अवगत नै छौँ। तर गिट भनेको के हो त?
गिट (Git)
गिट एउटा भर्जन कन्ट्रोल सिस्टम हो जसमा कम्प्युटर फाइलमा भएका मोडिफिकेसनहरुको ट्र्याक राख्नन सकिन्छ। यसकारणले यो कम्प्युटर प्रोग्रामरहरु बिचमा निदै प्रचलित छ। गिटले जत्रो ठुलो साइजको प्रोजेक्ट पनि थाम्न सक्छ।
प्रोजेक्ट टिम मेम्बरहरुको कामको तालमेल मिलाउन र उनीहरुको कामको ट्र्याक राख्न गिटको प्रयोग गरिन्छ। गिटमा धेरै युजर्सहरुलाई एकैसाथ काम गर्न सक्छन्। कुनै ठुलो कम्पनिले धेरै कर्मचारीको कामको ट्र्याक राखन गिटको प्रयोग हुन्छ।
भर्जन कन्ट्रोल सिस्टम (Version Control System)
एउटा भर्जन सिस्टमले कुनै फाइलमा गरिएको सबै मोडिफिकेसनहरुलाई रेकर्ड गर्छ। यस्ता मोडिफिकेसनलाई नै भर्जन भनिन्छ। यस्ता रेकर्ड गरिएका भर्जनहरु मध्ये आफुलाई चाहिएको भर्जन पछि खोज्न सकिन्छ। यसले दिनदिनै एडिट गर्नुपर्ने दुख नै हटाएको छ।
यसका साथै भर्जन कन्ट्रोल सिस्टमले केहि ठुलो कम्पनिका लागि सबै जनाले त्यस फाइलको नयाँ भर्जनमा नै काम गर्दैछन् भन्ने कुराको सुनिश्चितता दिलाउँछ।
गिटहब (Github)
गिटहब सफ्टवेयर डेभलपमेन्ट र भर्जन कन्ट्रोलको लागि निर्मित एउटा इन्टर्नेट होस्टिङ सर्भिस हो। गिटहबले गिटको डिस्ट्रिब्युटेड भर्जन कन्ट्रोल(distributed version control) को साथै एक्सेस कन्ट्रोल(access control), बग ट्रयाकिङ(bug tracking), टास्क म्यानेजमेन्ट(task management) जस्ता सुविधाहरु पनि प्रदान गर्छ।
एउटा इन्टर्रनेट अन्तर्गतको होस्टिङ प्लाटफर्म भएकोले गिटहबले संसार भरिका डेभलपर्सहरुलाई एउटा प्रोजेक्टमा संलग्नता जनाउन दिन्छ। यसले गर्दा संसार भरिका पोटेन्सियल डेभलपर्सहरुले आफुमा भएको ज्ञान पस्किन पाउँछन्।
गिटहबको डिस्ट्रिब्युटेड भर्जन सिस्टमले गर्दा एउटा काममा संलग्न भएका प्रोग्रामरहरु सबैमा त्यस फाइलकोकपि बनाएर सबैलाई उपलब्ध गराएको हुन्छ। यसकारणले आफ्नो फाइल कम्प्युटरबाट केहि गरी हरायो भने पनि त्यसलाई गिटहबबाट फिर्ता ल्याउन सकिन्छ।
जेनेवरी २०२३ सम्मको स्ट्याटिस्टिक्स अनुसार यसमा १० करोड भन्दा माथि डेभलपर्सहरु र ३७ करोड भन्दा बढी भण्डारहरु (repositories) रहेका छन् जुसमा मगभग ३ करोड जति पब्लिक गरिएका छन्। रिपोजिटरिमा आफ्नो प्रोजेक्टको हरेक फाइलहरु र त्यस फाइलमा भएको सबै रिभिजन हिस्टोरीहरु रहेको हुन्छ।
विद्यार्थी र गिटहब
गिटहब एउटा ग्लोबल सेयरिङ प्लाटफर्म भएकोले स्कुल, कलेज तथा युनिभर्सिटिका विद्यार्थीहरुको लागि यसको धेरै महत्त्व रहेको छ। गिटहबको बेलै देखिको प्रयोगले विद्यार्थीहरुको पोटेन्सियल पक्कै पनि निखारिने छ र भविष्यको लागि केहि हदसम्म तयार पनि पार्नेछ। मुख्यतः प्रोग्राम डेभलपिङमा इच्छुक विद्यार्थीहरुलाई गिटहबबाट निकै फाइदा मिल्ने देखिन्छ।
विद्यार्थीहरुमा गिटहबले ल्याउने फाइदाहरु के हुन् त ? आउनुहोस् हेरौँ।
प्रोजेक्ट डेभलपमेन्ट
गिटहबले प्रदान गरेको सुविधाहरुको प्रयोग गरेर विद्यार्थीहरुले यसमा राम्रो प्रोजेक्ट तयार पार्न सक्छन्। ग्लोबल प्लाटफर्म भएकोले बाहिरका विद्यार्थीहरुसँग मिलेर पनि एउटा राम्रो प्रोजेक्ट बनाउन सक्छन् भने रेफरेन्सको लागि पहिले देखि नै गिटहबमा रहेको फाइलहरुको पनि एक्सेस पाउन सक्छन्।
कामलाई सार्वजनिक पार्न
गिटहब विद्यार्थीहरुले आफ्नो काम सार्वजनिक पार्न एउटा राम्रो प्लाटफर्म हो। कामलाई पब्लिक गरेपछि सारा गिटहब युजर्सहरुले तो प्रोजेक्ट एक्सेस गर्न पाउँछन् भने कुनै राम्रा कोलाबोरेटर्सले त्यसलाई इम्प्रुभ पनि गर्न सक्छन्।
यसका साथै यसबाट विद्यार्थीहरुको कोडिङ स्किल, इनोभेटिभ स्किल, प्रेजेन्टेसन स्किल पनि बढ्ने हुँदा भविष्यमा राम्रो ठाउँमा प्लेसमेन्ट पाउन पनि यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ।
रिपोजिटरिको उपलब्धता
गिटहबको रिपोजिटरिमा धेरै भन्दा धेरै महत्त्वपूर्ण फाइलहरुको एक्सेस पाइने हुँदा विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट तथा अन्य बेलाको लागि पनि गिटहबको रिपोजिटरिमा रहेको फाइलहरुबाट रेफरेन्स लिन सक्छन्।
सहभागिता (Collaboration)
गिटहबले अरु प्रोजेक्ट मेम्बरहरुसँग कोलाबोरेसन गर्न एउटा राम्रो प्लाटफर्म प्रदान गर्छ। यस्ता मेम्बरहरु अन्य विद्यार्थी पनि हुन सक्छन् भने प्रोफेसनल डेभलपर पनि हुन सक्छन्। यसले टिममा काम गर्नका साथै एक्सपेरियन्स बढाउन पनि ठुलो सहयोग पुर्याउँछ।
एकेडेमिक डेभलप्मेन्ट
एउटा स्कुल, कलेज या युनिभर्सिटिमा कक्षा संचालन गर्दा पनि गिटहबको प्रयोग गरियो भने यसले हरेक विद्यार्थीको सिकाइमा राम्रो सहयोग पुर्याउँछ। सँगै साथीभाइसँग कोलाबोरेसन गरेर प्रोजेक्ट गर्नुपर्ने हुँदा हरेक विद्यार्थीले यसबाट केहि न केहि स्किल बिकास गर्छन् नै्
प्रोग्रामिङ सबैलाई सजिलै आउँछ भन्ने हुँदैन। कसैलाई गार्हो लाग्छ त कसैलाई सजिलो। तर गिटहबमा स्किल सेयर हुन्छ। यस कारणले कुनै कमजोर विद्यार्थीले पनि जान्ने विद्यार्थीसँगको कोलाबोरेसनमा धेरै नसिके पनि केहि न केहि विकास पक्कै पनि हुन्छ। गिटहबको याे विषयलाई लिएर केस स्टडि नै प्रकासित छ।
अन्त्यमा,
गिटहबले स्ट्यान्डर्ड युनिभर्सिटि र युनिभर्सिटि अनलिमिटेड भनेर एजुकेसन प्याक नै तयार पारेको छ। तर कलेजहरुले नै यसको महत्त्वलाई ध्यान दिएका छैनन्। विद्यार्थीहरुको विकास र एकेडेमिक डेभलप्मेन्टको लागि कलेज तथा युनिभर्सिटिहरुले यसमा आफ्नो पाइला अघि बढाउने हो भने धेरै राम्रो हुने छ।