ब्लुटुथ एउटा छोटो रेन्जमा काम गर्ने वायरलेस टेक्नोलोजि हो जुन कम्प्याटिबल डिभाइसहरु बिचमा डाटा ट्रान्समिसन तथा कनेक्टिभिटिको लागि प्रयोग गरिन्छ। सन् १९९८ मा इन्भेन्ट भएको ब्लुटुथको अफिसियल रिलिज भने सन् १९९९ मा गरिएको थियो।
ब्लुटुथ पहिला सेयरिङ प्लाटफर्मको रुपमा युज गरिन्थ्यो। जब सेयरिङ अ्यापहरु बनेका थिएनन् तब एउटा डिभाइसबाट अर्को डिभाइसमा फोटो तथा भिडियो ट्रान्सफर गर्न ब्लुटुथको प्रयोग गरिन्थ्यो।
हालको समयमा भने दुईवटा डिभाइसहरु बिचमा कनेक्टिभिटि मेनटेन गर्न ब्लुटुथ प्रयोग गरिन्छ। आजभोलि इयरबड, नेकब्यान्ड, स्पिकर, स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक प्रोडक्टहरु तथा किबोर्ड, माउस, भिडियोगेम कन्ट्रोलरहरु जस्ता पेरिफेरलहरुलाई ब्लुटुथको माध्यमबाट कम्प्युटर, मोबाइल तथा अन्य कम्प्याटिबल डिभाइसहरुमा कनेक्ट गरिन्छ।
यसरी पहिलाको तुलनामा ब्लुटुथको युजमा परिवर्तन आएको छ। टेक्नोलोजिमा नयाँ कुराहरुको आगमनसँग पुरानो ब्लुटुथ कम्प्याटिबल नहुने हुँदा ब्लुटुथको नयाँ भर्जनहरु समयसँग अपडेट गर्न थालियो। अहिलेको समयसम्म ब्लुटुथ ५.३ भर्जन रिलिज भइसकेको छ।
यसरी २० वर्षको अन्तरालमा ब्लुटुथमा निकै कुराहरु परिवर्तन भएको छ। यस आर्टिकलमा सोहि विषयमा कुरा गरिएको छ।
के कुराले फरक पार्छ त ब्लुटुथ ५.० लाई अरु भर्जनबाट?
२० वर्को अन्तरालमा ब्लुटुथमा परिवर्तन भएको कुरालाई समग्रमा हेर्ने हो भने यसको कनेक्सन रेन्ज, डाटा ट्रान्सफर स्पिड, कनेक्सन स्ट्याबिलिटि, इनर्जि इफिसियन्सिमा परिवर्तन भएको देखिन्छ। ब्लुटुथको हरेक अपडेट पछि यिनै कुराहरुलाई सुधारिँदै ल्याइएको हुन्छ।
ब्लुटुथ ५.० मा पनि यिनै कुराहरुमा परिवर्तन भएको पाइन सकिन्छ। विस्तारमा हेरौँ।
स्पिड (Speed)
ब्लुटुथ १.१ भर्जनको स्पिड धेरै नै ढिलो थियो। तर भर्जन २.० र त्यसपछाडिको ब्लुटुथ भर्जनमा समावेश गरिएको इडिआर (EDR) अर्थात् इन्हान्स्ड डाटा रेट (Enhanced Data Rate)ले ब्लुटुथको स्पिडमा वृद्धि भएको छ।
ब्लुटुथ भर्जन १.० ले म्याक्सिमम अफर गर्ने स्पिड ७२१ केमिपिएसको थियो। ब्लुटुथ भर्जन २.० को अन्त्यसम्म यसको स्पिड भेरिएसन २.१ एमबिपिएस सम्मको थियो। भर्जन ३.० सबै भन्दा बढि स्पिड दिने भर्जनमा पर्छ जुनमा २४ एमबिपिएस सम्मको स्पिड भेरिएसन हुन्थ्यो।
अगाडिका भर्जनहरुमा इनर्जि खपत बढि हुन्थ्यो। ब्लुटुथ भर्जन ४.० देखि यता इनर्जि खपत कम गर्न स्पिड कम गरियो। त्यसैले भर्जन ४.० ले धेरैमा १ एमबिपिएसको स्पिड दिन्थ्यो भने भर्जन ५.० ले बढिमा २ एमबिपिएसको स्पिड दिन सक्छ। यस बाहेक भर्जन ५.० मा १ एमबिपिएस, ५०० केबिपिएस र १२५ केबिपिएस गरी चारवटा डाटा रेटमा फाइल ट्रान्सफर गर्न सकिन्छ। कम डाटा रेटले रेन्ज बढाउँछ।
रेन्ज (Range)
हरेक ब्लुटुथ भर्जन अपडेट पछाडि रेन्जलाई सुधारिने गरिएको छ। ब्लुटुथ भर्जन १.० देखि ३.० सम्मको लागि रेन्जलाई १० मिटर देखि ३० मिटरसम्म बढाइएको थियो भने यो ब्लुटुथ भर्जन ४.० र ५.० मा अझै सुधारिएको छ।
ब्लुटुथ भर्जन ४ को रेन्ज ६० मिटर (घर भित्र १० मिटर) को रहेको छ भने भर्जन ५.० को म्याक्सिमम रेन्ज भनेको २४० मिटर (घर भित्र ४० मिटर) को रहेको छ। त्यसैले वायरलेस इयरफोनहरु ब्लुटुथको अगाडिका भर्जनहरु भन्दा ब्लुटुथको भर्जन ५.० र नयाँ भर्जनसँग अझै धेरै कम्प्याटिबल हुन्छ।
कम्प्याटिबिलिटि (Compatibility)
हरेक ब्लुटुथ अपडेटहरु ब्याकवार्ड कम्प्याटिबल (backward compatible) हुन्छन्। ब्याकवार्ड कम्प्याटिबल भनेको हरेक नयाँ ब्लुटुथ भर्जन युज गर्ने डिभाइस त्यसभन्दा अगाडिका ब्लुटुथ डिभाइससँग पनि कम्प्याटिबल हुन्छ भन्नु हो।
यस कारणले ब्लुटुथ भर्जन ५.० भएको फोन ब्लुटुथ भर्जन ४.२ को डिभाइससँग पनि कम्प्याटिबल हुन्छ जसकारण त्यस डिभाइससँग सजिलै कनेक्ट हुन्छ। तर ब्लुटुथ भर्जन ४.२ को फोन ब्लुटुथ भर्जन ५.० को डिभाइससँग कम्प्याटिबल हुँदैन।
इनर्जि इफिसियन्सि (Energy Efficiency)
अगाडिको ब्लुटुथ भर्जनहरुले धेरै नै पावर खपत गर्थे जसकारण ब्याट्रि लाइफ चाँडै नै ड्रेन हुन्थ्यो। यो भर्जन ३.० मा अझै बढि थियो किनकी भर्जन ३.० ले २४ एमबिएिएस सम्मको हाई स्पिड डाटा रेटमा ट्रान्सफर गर्थ्यो। धेरै स्पिडको तुलनामा ब्याट्रि लाईफ त्यति नै चाँडो खपत हुन्थ्यो।
तर ब्लुटुथ भर्जन ४.० र ५.० मा डाटा रेट घटाएर इनर्जि इफिसिुन्सिलाई ध्यान दिइएको छ। ब्लुटुथ भर्जन ५.० ले इनर्जि इफिसियन्सिलाई कम गराई भर्जन ४.० को भन्दा दोब्बर स्पिड समेत प्रदान गर्दछ। इनर्जि खपत कम गर्ने भएकोले ब्याट्रि लाईफ पनि अझ धेर समय टिक्दछ।
इनर्जि इफिसियन्ट भएको कारणले ब्लुटुथ भर्जन ४.० तथा ५.० लाई “ब्लुटुथ लो ईनर्जि” (Bluetooth Low Energy) भनेर वर्गीकरण गरिएको छ।
रिलायबिलिटि (Reliability)
पहिलाको ब्लुटुथ भर्जनहरुमा इन्क्रिप्सन प्रोटोकोल (encryption protocol) राम्रो हुँदैन थियो भने रेन्ज पनि कम हुन्थ्यो। त्यस कारणले धेरै भीँडभाँड भएका ठाउँमा यिनीहरुमा इन्टरफेरेन्सको सम्भावना बढि हुन्थ्यो।
ब्लुटुथ भर्जन ५.० ले अ्याड्याप्टिभ फ्रिक्वेन्सि हपिङ (Adaptive Frequency Hopping) वा AFH र स्लट एभायलेबिलिटि मास्क (Slot Availability Mask) वा SAM को प्रयोग गर्ने हुँदा यसमा सिग्नल रिलायबिलिटि बढेको छ।
SAM ले एलटिइ च्यानल व्यस्त छ कि छैन भनेर निर्धारण गर्छ भने AFH ले व्यस्त नभएको च्यानलमा जम्प गरेर डाटा ट्रान्समिट गर्न सहयोग पुर्याउँछ। यसरी इन्टरफेरेन्सको सम्भावनालाई यसले हटाउँछ। यसको कारणले धेरै भीँडभाँड भएको ठाउँमा पनि कुनै इन्टरफेरेन्स बिना ब्लुटुथ चलाउन सकिन्छ।
अन्त्यमा,
ब्लुटुथको नयाँ भर्जनहरुमा नयाँ परिवर्तन आउने हुँदा ब्लुटुथको भर्जन ६.० रिलिज हुँदा पनि अझै राम्रा सुविधाहरु थपिने छन् भन्ने आशा गर्न सकिन्छ।