गुगल ड्राइभमा नि: शुल्क वेबसाइट कसरी होस्ट गर्ने ?

website host google drive

यदि तपाईंले वेबसाइट बनाउनु भएको छ र त्यसलाई सित्तैमा होष्ट गर्न चाहनुहुन्छ भने गूगल ड्राइभमा त्यो गर्न मिल्छ । हुन त अन्य थुप्रै क्लाउड स्टोरेज सर्भिसहरूले पनि यस्तो सुविधा दिएका छन् तर प्राय: मानिसहरूले गुगल नै चलाउने हुँदा गुगल ड्राइभमा गर्नु सहज हुन सक्छ । 

सामान्यतया साह्रै साधारण वेबसाइटलाई सित्तैमा राम्ररी होष्ट गर्नको लागि गुगल ड्राइभको प्रयोग गरिन्छ । कतिपयले रमाइलोको लागि मात्रै भए पनि यसको प्रयोग गर्ने गर्छन् । 

दाँयाँबाँयाँ केही पनि कुरा नगरी अब हामी तपाईंलाई गूगल ड्राइभमा निशुल्क वेबसाइट कसरी होष्ट गर्ने भनेर सिकाउँदैछौँ । त्यसको लागि तलका कदमहरू क्रमश: कार्यान्वयन गर्नुस् । 

१. सबैभन्दा पहिला तपाईंले नयाँ फोल्डर क्रिएट गर्नुस् र त्यसको नाम आफ्नो वेबसाइटकै नामको राख्नुस् । जस्तै यो इमेजमा हामीले Techpankti.com भन्ने फोल्डर बनाएर राखेका छौँ ड्राइभमा ।

Naming Folder of Website in Drive

अब तपाईंले आफ्नो HTML फाइल बनाएर त्यसको नाम index.html राख्नुस् र यो फाइल कपि गरेर माथि बनाएको फोल्डर भित्र पेष्ट गर्नुस् । 

तपाईंले यो फोल्डरभित्र आफ्नो वेबसाइटको सम्पूर्ण HTML फाइलहरू मात्रै हैन, Javascript र CSS फाइलहरू पनि कपि गरेर पेष्ट गर्नुपर्छ । त्यसपछि यो फोल्डरलाई गुगल ड्राइभभित्र हाल्नुस् ।

Google Drive HTML

२. अब यो गुगल ड्राइभभित्र त्यो फोल्डरलाई राइटक्लिक गर्नुस् र Get link मा क्लिक गर्नुस् । 

Click Get link

३. त्यसपछि यसको पहुँचलाई अब तपाईंले पब्लिक गर्नुपर्ने हुन्छ । त्यसको लागि General access भन्दा तलको ड्रपबक्समा क्लिक गरेर Anyone with link मा क्लिक गर्नुस् ।

Select Anyone With the link Done

४. अब तपाईं ड्राइभ टु वेब (Drive to web) मा जानुस् । त्यसमा Host on Google Drive मा क्लिक गर्नुस् ।  Select Host on Google Drive

५. त्यसपछि तपाईंले आफ्नो गुगल अकाउण्ट सेलेक्ट गर्नुपर्ने हुन्छ । 

Choose an Account Drive to Web

६. त्यसपछि Admin panel लेखिएको वेबपेज आउँछ जसको अर्थ तपाईं अब आफ्नो वेबसाइटका विभिन्न पेजहरू शेयर गर्न सक्नुहुन्छ । तपाईंले त्यहाँ तलतिर कष्टोम डोमेन नेम (Custom Domain Name) पनि सेलेक्ट गर्न सक्नुहुन्छ । तपाईंले सित्तैमा डोमेन नेम (Domain Name) लिन सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.