गूगलमा सर्च गर्ने एडभान्स तरिका !

Google Search Tricks

दैनिक रुपमा करोडौं मानिसहरु गूगलमा आफूले चाहेको कुरा खोज्ने गर्दछन् । आफूलाई मनमा आएको प्रश्नको उत्तर खोज्नको लागि सर्वाधिक प्रयोग गरिने ठाउँ हो गूगल सर्च। 

गूगल सर्च गर्दा के लेखेर सर्च गर्ने भन्ने बारेमा ज्ञान नहुँदा घरि-घरि सिंगो वाक्य नै प्रयोग गर्ने गरिन्छ। साथै कहिले गूगलले नतिजा दिँदा पनि हामीले खोजेको नतिजा नदिई अन्य कुराको नै नतिजा दिइरखेको हुन्छ र हामीले चाहेको नतिजा खोज्न समय लाग्छ। 

यस्तो समस्याहरु नहुन् र हामीले चाहेको नतिजा नै एकै चोटी हामीलाई प्राप्त हुनलाई केहि सर्टकट र ट्रिक्सहरु अपनाउनु पर्ने हुन्छ। आउनेहोस् केहि ट्रिक्सहरुको बारेमा जानकारी लियौँ।   

गूगल टुल्स

गूगल सर्च गरेपछि सर्च बारको तल गूगल टुल्स प्रदान गरिएका हुन्छन् जसअन्तर्गत वेब, ईमेज, न्युज र मोर पर्दछन्। 

यसरी तपाईँहरु ईमेज खोज्दै हुनुहुन्छ भने ईमेजमा क्लिक गर्न सक्नुहुनेछ, भिडियोहरु खोज्दै हुनुहुन्छ भने भिडियोजमा क्लिक गर्न सक्नुहुनेछ र हालसालैको समाचार खोज्दै हुनुहुन्छ भने न्युजमा क्लिक गर्न सक्नुहुनेछ।  यसका साथै मोरमा किताबको लागि बुक्स, स्ट्याटिस्टिकल रिपोर्ट्सको लागि फाइन्यान्स र लोकेसनको लागि म्याप्सको अपसनहरु दिइएको हुन्छ । 

कोटेसन

तपाईँहरु गूगलमा केहि कुरा कोटेसन बिना खोज्दै हुनुहुन्छ भने गूगलले ती शब्दको अर्डरलाई ध्यान नदिइ रिजल्ट खोज्ने गर्दछ। 

उदाहरणको लागि question and answer भनेर खोज्नुभयो भने रिजल्ट खोज्दा answer लाई अगाडि बनाएर पनि खोज्ने गर्दछ।  

अब त्यहि कुरा कोटेसनमा राख्नु भयो भने त्यहि टर्म भयेको नतिजा मात्र निकाल्छ।  यसले तपाईँहरुलाई खोजे जस्तो रिजल्ट निकाल्न मद्दत पुर्यौउँछ। 

हाईफनको प्रयोग

हाइफनको राम्रो प्रयोग छ गूगल सर्चमा। कुनै शब्द हाइफनको पछाडि लेखेर सर्च गरिन्छ भने गूगलले नतिजा निकाल्दा त्यस्ता शब्द नभएको नतिजा प्रदान गर्दछ। 

जस्तै jungle -tiger लेखेर सर्च गर्नुभयो भने गूगलले मात्र त्यस्ता नतिजा प्रदान गर्छ जुनमा tiger भन्ने शब्द हुँदैन। 

कोलोन चिह्नको प्रयोग

घरि-घरि यस्तो स्थिति आउन सक्ला कि एउटा कुनै एउटा सिमित वेबसाइटको नतिजामात्र चाहियोस्। त्यसतो बेला हामी कोलोन चिह्नको प्रयोग गर्न सक्छौँ। 

उदाहरणको लागि shahrukh khan:imdb.com लेखेर सर्च गर्नुभयो भने imdb.com बाट आएको नतिजा गूगलले सुरुमा राखिदिन्छ। 

एक वेबसाइटसँग मिल्दाजुल्दा ‍अन्य वेबसाइटहरु खोज्न

एउ्टा चलाउदै आउनुभएको साइट जहिल्यै पनि चल्छ भन्ने हुँदैन। घरि-घरि साइट क्र्यास हुन सक्छ र त्यस्तै अन्य साइटहरु खोज्नुपर्ने हुन्छ।  त्यसको लागि related: लेखेर त्यो साइटको नाम लेख्नुपर्ने हुन्छ। 

उदाहरणको लागि related: 123series.com लेख्नुभयो भने 123series.com सँग मिल्दाजुल्दा अरु साइट्सहरुको नतिजा यस्ले प्रदान गर्छ।  

किवर्डहरुको प्रयोग 

पुरै एउटा वाक्य लेखिरहनु भन्दा भने चाहिने शब्दहरु मात्रै प्रयोग गर्नुभयो भने समयको बचत निकै हुनेछ। 

जस्तै what are the different states of matter लेख्नु भन्दा states of matter लेख्नु भयो भने झन छिटो हुनेछ। 

त्यसतै what are the nearest hospitals to me भन्दा hospitals near me मात्रै लेखेर पनि सर्च गर्न सक्नुहुनेछ। 

म्याथ र गूगल सर्च 

म्याथ विषयको धेरै प्रब्लमहरु समाधान गर्न गूगल सर्चले मद्दत पुर्याउछ। चाहे पैसा र युनिट कन्भर्जन होस् या त क्याल्कुलेटरमा समाधान गर्ने प्रश्नहरु होस् गूगलले तिनिहरुको समाधान गर्न सक्छ। त्यसतै कुनै फरमुला याद छैन भने गूगल सर्चमा खोज्न सक्नुहुनेछ। 

उदाहरणको लागि formula for compound interest वा Pi Value लेखि सर्च गर्न सक्नुहुन्छ। 

भाषा र गूगल सर्च

गूगलले भाषाको दुरि पनि कम गरेको छ। एउटा भाषाको कुनै शब्दलाई अर्को भाषामा के भनिन्छ भनेर जान्नलाई कतै बुझ्न जानु पर्दैन गूगल सर्चबाट नै थाहा पाउन सकिन्छ।  

उदाहरणको लागि कुनै इंगलिस शब्दको अर्थ नेपालीमा थाहा पाउनलाई गूगल सर्चमा english to Nepali conversion लेखेर सर्च गर्नुहोस्। त्यसपछि इंगलिस शब्द टाइप गर्नुहोस् गूगलले आफैँ त्यसलाई नेपालीमा अर्थ्याइदिन्छ।  जुनै भाषाको लगि पनि यो तरिका लागु छ। 

भाषा र गूगल सर्च

तपाईँहरुलाई कुनै फाइल कुनै एउटा स्पेसिफिक फर्म्याटमा चाहिएको छ भने त्यसको लागि पनि गूगल सर्चमा एउटा ट्रिक छ। चाहिएको फाइल नेम लेखि त्यसको फाइल टाइप खुलाउन सक्नुहुनेछ। 

उदारहणको लागि python notes pdf लेखि सर्च गर्न सक्नुहुनेछ। 

स्पेलिङमा ध्यान नदिने  

गूगल सर्च गर्दा स्पेलिंगमा ध्यान दिइरहनु पर्ने छैन। गूगल आफैँमा एउटा स्मार्ट सर्च इन्जिन हो जुनले स्पेलिंग गल्ती भए तापनि सहि सजेसन दिने गर्दछ।  त्यसैले स्पेलिंग आउँदैन भनेर चिन्ता लिनु पर्दैन।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.