कम्प्युटर उचित तरिकाले शटडाउन गरेन भने के हुन्छ ?

DON'T TURN OFF computerr

अहिलेको हाम्रो डिजिटल जिन्दगी निकै छिटो चलिरहेको छ र फुर्सद भन्ने कुरा कमै मानिसलाई मात्रै छ भन्दा हुन्छ, कम्तीमा डिजिटल डिभाइस दिनदिनै चलाउने मानिसहरुलाई । 

त्यसैले धेरैले कम्प्युटर चलाउँदा-चलाउँदै उचित तरिकाले शटडाउन नगरिकनै सिधै पावर अफ गर्ने गर्छन् । पहिले-पहिले कम्प्युटर सुरुसुरुमा चलाउनेहरुले यस्तो गर्थे तर आजकाल कम्प्युटर धेरै चलाउनेहरु मध्ये कतिपयले यस्तो गर्छन् ।

हुन त यस्तो काम कमैले गर्छन् । कतिपयले चाहीँ नियमित जस्तै यसो गर्ने गर्छन् । 

खासमा यसरी उचित तरिकाले शटडाउन नगरेको खण्डमा थुप्रै समस्याहरु निम्तिन सक्छन् भन्ने कुरा तपाईँलाई थाहा नहुन पनि सक्छ । 

हामी यहाँ तपाईँलाई त्यस्ता समस्याहरुबारे अवगत गराउँदैछौँ ताकी यस्तो गल्ती पछि तपाईँबाट नहोस् र तपाईँको कम्प्युटरमा समस्या नआओस्। 

शटडाउन प्रक्रिया के हो ?

जब तपाईँले कम्प्युटर शटडाउन गर्नुहुन्छ, तब विभिन्न सञ्चालन कार्यहरुको एउटा श्रीङ्खला सुरु हुन्छ ताकी तपाईँको कम्प्युटर सक्रिय अवस्थाबाट बन्द हुने अवस्थासम्म सुरक्षित तरिकाले सम्पन्न होओस् । 

यो प्रक्रियामा सबै जारी प्रक्रियाहरु बन्द हुन्छन् , सेभ नगरिएका डेटाहरु सेभ हुन्छन् र सबै हार्डवेयर अवयवहरु क्रमिक रुपमा शटडाउन हुन्छन् । 

तपाईँले सबै प्रोग्रामहरु बन्द गरेर मात्रै कम्प्युटर शटडाउन गर्नुभयो भने राम्रो हुन्छ ।

उचित तरिकाले कम्प्युटर शटडाउन गरेन भने के हुन्छ ?

यदी माथि भनिए जसरी तपाईँले रित पुर्याएर उचित तरिकाले कम्प्युटर शटडाउन गर्नुभएन भने निम्नानुसारका समस्याहरुको सामना तपाईँले गर्नुपर्ने हुन्छ । 

१. डेटा हराउन वा बिग्रन सक्छ

पहिलो कुरा त यदी तपाईँले कुनै अ्याप चलाइरहनुभएको वा कुनै वेबसाइटमा काम गरिरहनुभएको छ भने त्यसमा भएका कामहरु सेभ नहुन सक्छन् । फलस्वरुप त्यसले त्यसका डेटाहरु हराइदिने वा गुमाइदिने खतरा हुन्छ यदी शटडाउन गरेन भने । 

यो मूलत: वर्ड प्रोसेसर वा ग्राफिक डिजाइनिङ टूल जस्ता सफ्टवेयरहरुमा घट्ने गर्छ जहाँ काम सम्पन्न हुनको लागी एउटै सत्रमा त्यसलाई सेभ गर्नुपर्ने हुन्छ । 

अझ डेटाबेस र भर्चुअल मशिन जस्ता जटिल सफ्टवेयर प्रणालीहरुमा त झन् अनुचित शटडाउनले गम्भीर रुपमा डेटा गुम्ने वा विग्रने समस्या हुनसक्छ । 

यिनको प्रणाली नै यस्तै हुन्छ कि उचित तरिका नअपनाउँदा यिनीहरु बिग्रने वा हराउने गर्छन् । त्यसको लागी केही काम र समय लाग्छ । 

२. प्रणालीमा अस्थिरता ल्याउन सक्छ

बारम्बार अनुचित शटडाउनले प्रणालीमै अस्थिरता ल्याइदिन सक्छ । जस्तै शटडाउन बीचमै अवरूध्द भयो भने महत्वपूर्ण सिस्टम अपडेटहरु राम्ररी हुनसक्दैन जसले प्रणालीमै त्रुटीहरु ल्याइदिन सक्छ वा कम्प्युटर नै फेरी बुट नभइदिन पनि सक्छ । 

त्यस्तै कुनै सफ्टवेयर अपडेट वा ईन्स्टल भैरहेको बेलामा अनुचित तरिकाले शटडाउन गर्यो भने त्यो सफ्टवेयर या त बिग्रन सक्छ वा कामे नगर्न पनि सक्छ । 

३. हार्डवेयर बिग्रन सक्छ

अनुचित शटडाउनले गर्दा हार्डवेयर अवयवहरुमा अधिक दबाब पैदा गर्न पनि सक्छ जसले गर्दा अन्तत: हार्डवेयर नै बिग्रन पनि सक्छ । साथै हार्डवेयर तुरुन्तै नबिग्रे पनि जति यो चल्न सक्थ्यो, त्यति नचलेर चाँडै नै बिग्रने समस्या आउन सक्छ । 

सुरक्षित शटडाउन कसरी गर्ने?

त्यसो भए सुरक्षित शटडाउन चाहीँ कसरी गर्ने त भन्ने तपाईँको मनमा जिज्ञासा आयो होला यतिन्जेलसम्म । तलका कुराहरुलाई ध्यानमा राख्नुस् र शटडाउन गर्नुभन्दा अगाडी सधैँ यी कुराहरुलाई सम्झनुस् । 

  • शटडाउन गर्नुभन्दा अघि चालु प्रोग्रामहरु सबै बन्द गर्नुस् । सेभ नभएका कामहरु सेभ गर्नुस् । 
  • तपाईँको अपरेटिङ सिस्टमकै अनुसारको शटडाउन गर्ने बानी बसाल्नुस् जसले उचित तरिकाले कम्प्युटर बन्द गर्छ र समस्याहरु निम्त्याउँदैन । 
  • यदी तपाईँलाई साह्रै हतारो भएको छ भने Sleep वा Hibernate मोडमा लग्नुस् । यी विकल्पहरुले तपाईँका कामहरुलाई जस्ताको तस्तै अवस्थामा राख्ने गर्छ र फेरी कम्प्युटर खोल्दा तपाईँ त्यहीँबाट सुरु गर्न सक्नुहुन्छ । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.