टेक जगतमा Apple जतिको चर्चित ब्रान्ड कमै मात्रै छन्। Apple ब्रान्डको प्रत्येक ग्याजेटमा यसको क्वालिटि, वर्क पर्फमेन्स र फिचरहरु राम्रो हुने गरेको हुन्छ। Apple कम्पनीको म्याकबुक र आइफोन चर्चित हुनुको कारण पनि ज्यादातर यहि नै हो।
केहि अगाडि Apple ले वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्स २०२३ (Worldwide Developers Conference 2023) या WWDC23 आयोजना गरेको थियो। WWDC23 कन्फेरेन्सकाे हाइलाइटहरु मध्ये यसको मुख्य हाइलाइटको रुपमा Apple Vision Pro रहेको थियो तर यो सँगै Apple ले अन्य नौला र महत्त्वपूर्ण टेक्नोलोजिको कुराहरु पनि अघि बढाएको थियो।
यी मध्येमा Apple iOS 17 आइओएस अपडेट पनि यस कन्फेरेन्सको अर्को एउटा महत्त्वपूरण हाइलाइट रहेको थियो। यस आर्टिकलमा Apple iOS 17 को रिलिज मिति, यसको नयाँ सुविधाहरु, उपकरण अनुकूलता, beta भर्जनको विवरणहरु जस्ता विषयको बारेमा केहि जानकारी प्रदान गरिएको छ।
- यो पनि पढ्नुहोस्ः एप्पल भिजन प्रो हेडसेट: एप्पलले पहिलो मिश्रित-रियालिटी हेडसेट लञ्च गर्यो
- यो पनि पढ्नुहोस्ः मार्क जकरबर्ग एप्पलको भिजन प्रो बारे के सोच्छन्?
- यो पनि पढ्नुहोस्ः Apple Mac Studio (2023): M2 Max र M2 Ultra अब नेपालमा पनि उपलब्ध
- यो पनि पढ्नुहोस्ः स्टिभ जब्सदेखि टिम कुकसम्मको एप्पलको इतिहास
Apple iOS 17 भनेको के हो?
गत साल अथवा २०२२ सेप्टेम्बरको Apple iOS 16 रिलिज पछाडि Apple युजरहरु Apple iOS 17 अपडेटको प्रतिक्षामा छन्। Apple iOS 17 भनेको iOS को सबैभन्दा नयाँ भर्जन हो।
केहि अगाडि सम्पन्न भएको Apple को वर्ल्डवाइड कन्फेरेन्स २०२३ (WWDC23) मा Apple को अन्य टेक्नोलोजि विकाससँग Apple iOS 17 को कुरा गरिएको थियो जस अन्तर्गत यसको रिलिज मिति, नयाँ सुविधाहरु, उपकरण अनुकूलता र beta भर्जनको बारेमा जिकर गरिएको थियो।
Apple iOS 17 को आधिकारिक रिलिज मिति
WWDC 2023 इभेन्टमा Apple ले Apple iOS 17 beta भर्जन जुन ५, २०२३ मा रिलिज भइसकेको जानकारी खुलाएको थियो र iOS 17 को public beta भर्जन भने जुलाई २०२३ मा रिलिज हुने जानकारी दिएको थियो। यद्दपी जुलाईको कुन दिनमा beta भर्जन पब्लिकलाई उपलब्ध गराउने कुराको जानकारी भने Apple ले दिएको छैन।
२०२२ को सेप्टेम्बरमा रिलिज गरिएको Apple iOS 16 जस्तै Apple iOS 17 को अन्तिम प्रडक्ट रिलिजलाई चाहिँ २०२३ को सेप्टेम्बरसम्म नै कुर्नुपर्ने जानकारी खुलासा भएको छ।
यसको पब्लिक बेटा भर्जन रिलिज भएपछि तपाईँहरुले apple को अफिसियल साइटमा लेखिएका स्टेपहरु पछ्याउनुभएर iOS 17 को beta भर्जन डाउनलोड गर्न सक्नुहुनेछ।
iOS 17: नयाँ सुविधाहरु
चाहे त्यो कम्प्युटरको लागि विन्डोज अपडेट होस्,एन्ड्रोइड मोबाइलहरुको लागि एन्ड्रोइड अपडेट होस् या आइफोनको लागि iOS अपडेट होस्, हरेक अपडेटमा पछिल्लो अपडेटको तुलनामा सेक्युरिटि अपग्रेड र मोबाइल फोनको पर्फमेन्स अपग्रेड सहित अन्य नयाँ फिचरहरु समावेश गरिएका हुन्छन्।
यस आधारमा iOS 17 मा पनि विभिन्न नयाँ फिचरहरु समावेश गरिएको छ जुन यसप्रकार रहेका छन्ः
Journal App
Apple ले iOS 17 अपडेटमा Journal एप समावेश गर्ने भएको छ जुन एपमा तपाईँहरुले कुनै ठाउँको या तपाईँहरुको जीवनमा घटेको अविश्मरणीय पलहरुलाई जर्नलमा टिपोट गर्न सक्नुहुन्छ र पछाडि त्यसलाई एक्सेस गरी फेरी हेर्नसक्नुहुन्छ।
टेक्स्ट, लोकेसन, फोटो लगायत अरु कुराहरु समावेश गरी तपाईँहरुले जस्तो यादगार क्षणलाई Journal एपमा मा टिपोट गर्न सक्नुहुनेछ र पछि कुनै दिनमा फेरी त्यसलाई एक्सेस गरी सम्झना ताजा पार्न सक्नुहुनेछ।
बाहिर अन्य यस्ता जर्नल एपहरु नभएका हैनन् तर Apple ले अन-डिभाइस मेसिन लर्निङ (on-device machine learning) को प्रयोग गरेर पर्सनलाइज प्रम्प्ट तयार गर्नमा मद्दत पुर्याउँछ। यस बाहेक तपाईँहरुले यसको नोटिफिकेसन प्रयोग गरी आफैँलाई केहि कुरा लेख्नलाई पनि याद दिलाउन सक्नुहुनेछ।
यो एपमा लेखिएका सबै जर्नलहरु अन-डिभाइस प्रोसेसिङ, इन्ड-टु-इन्ड इन्क्रिप्सन (end-to-end encryption) र एप लकको मद्दतले प्राइभेट रहनेछन् र अरु कसैले पनि तपाईँको जर्नललाई एक्सेस गर्न पाउने छैनन्।
Check-In
Apple iOS 17 मा नयाँ फिचरको रुपमा चेक-इन (Check-In) भन्ने फिचर समावेश गरिएको छ। चेक-इन फिचरले तपाईँहरुको साथीभाई या परिवारका सदस्यहरुलाई तपाईँहरु आफ्नो गन्तव्यमा पुग्नुभयो भनेर स्वचालित रुपमा नोटिफाइ गर्छ। यो गन्तव्य तपाईँरुको घर पनि हुन सक्छ भने कुनै अन्य ठाउँ पनि हुन सक्छ।
तपाईँहरुले आफ्नो गन्तव्य तिर अघि बढ्नुभएन भने यसले तपाईँहरुसँग चेक-इन रेस्पोन्स लिन खोज्छ र तपाईँहरुले कुनै रेस्पोन्स दिनुभएन भने यसले लोकेसन, ब्याट्रि लेभल र आइफोनको सेल सर्भिस स्टेटस (cell service status) जस्ता जानकारी तपाईँहरुको साथी या परिवारकाे सदस्यलाई फर्वार्ड गर्दिन्छ। तपाईँहरुले message app बाट चेक-इन फिचर प्रयोग गर्न सक्नुहुनेछ।
StandBy mode
iOS 17 ले StandBy मोडको नयाँ फिचर प्रदान गरेको छ। यो मोड इनेबल गरी तपाईँहरुले आफ्नो आइफोनलाई लक अवस्थामा ल्यान्डस्केप (landscape) पोजिसनमा अपराइट (upright) चार्जरमा सेट गर्नुभयो भने, तपाईँहरुको आइफोनले एउटा स्मार्ट डिस्प्लेको रुपमा काम गर्नेछ। यस मोडमा समय, विजेटहरु (widgets), लाइभ एक्टिभिटिहरु र अन्य कुराहरु डिस्प्ले हुनेछन्।
तपाईँहरुलाई केहि परबाटै पनि डिस्प्ले भएका जानकारीहरु हेर्न सक्नुहुनेछ। यो फिचर प्रयोग गरी तपाईँहरुले आफ्नो आइफोनलाई बेडसाइड क्लक (bedside clock) मा पनि परिणत गर्न सक्नुहुनेछ।
यो फिचर सबै आइफोनहरुमा काम गर्छ भन्ने छैन। हालको लागि iPhone 14 Pro र Pro Max ले यो फिचर सरलतापूर्वक प्रयोग गर्न सक्छन् भने iOS 17 अपडेट सपोर्ट गर्न सक्ने अगाडिका डिभाइसमा यो फिचर चले तापनि केहि समयपछि स्क्रिन आफैँ बन्द हुन सक्नेछ।
FaceTime
iOS 17 ले अपडेट गरेको FaceTime फिचरको सहायतामा FaceTime एपमा कसैले तपाईँहरुको कल रिसिभ गर्न भ्याउनुभएन या छुटाउनुभयो भने अब सोहि व्यक्तिलाई तपाईँहरुले भिडियो वा अडियो मेसेज छोड्न सक्नुहुनेछ। यस बाहेक तपाईँहरुले यस एपमा रमाइला 3D रियालिटि एफेक्टहरु पनि हाल्न सक्नुहुनेछ।
त्यसैगरी Apple TV प्रयोग गर्ने आइफोन र आइप्याड युजरहरुले Continuity Camera for FaceTime on the big screen प्रयोग गरेर FaceTime एपलाई Apple TV मा पनि चलाउन सक्नुहुनेछ।
Personalized Contact Posters
आइफोनको Phone एपले पनि iOS 17 सँग अपग्रेड पाउने भएको छ। त्यो फिचर अपग्रेड के हो भने तपाईँहरुले आफ्नो डिभाइसमा सेभ भएका प्रत्येक कन्ट्याक्टको लागि कन्ट्याक्ट पोस्टर कस्टमाइज गर्न सक्नुहुनेछ।
अन्य मानिसहरुको लागि कन्ट्याक्ट पोस्टर राख्ने भन्दा पनि तपाईँहरुले यो फिचर प्रयोग गरेर कोहि व्यक्तिलाई कल गर्दा सो व्यक्तिले आफ्नो स्क्रिनमा तपाईँको कल आउँदा के देख्न सक्छन् भन्ने कुरा यस फिचरबाट सेट गर्न सक्नुहुनेछ। अर्थात् तपाईँहरुले कसैलाई फोन लगाउँदा अन्य मानिसले आफ्नो मोबाइल स्क्रिनमा तपाईँको पोस्टर कस्तो देख्छन् भन्ने कुरा तपाईँले यो फिचर प्रयोग गरेर कस्टमाइज गर्न सक्नुहुनेछ।
तपाईँहरुले पोस्टरको लागि आफ्नै इमेज पनि हाल्न सक्नुहुनेछ भने कुनै मेमोजि (Memoji) पनि राख्न सक्नुहुनेछ। यस बाहेक तपाईँहरुको नामको फन्ट र रङ पनि सँगसँगै कस्टमाइज गर्न सक्नुहुनेछ।
AirDrop Update
AirDrop अन्तर्गत थपिएको NameDrop भन्ने नयाँ फिचरको सहाययतामा तपाईँहरुले दुईवटा आइफोनहरु सँगसँगै राखेर या आइफोन र स्मार्टवाच सँगसँगै राखेर कन्ट्याक्ट इन्फरमेसन साटासाट गर्न सक्नुहुनेछ।
यस अन्तर्गत तपाईँहरुले कुनै पनि सेलेक्टेड फोन नम्बर या इमेल एड्रेस सेयर गर्न सक्नुहुनेछ भने कसैलाई आफ्नो कन्ट्याक्ट फोटो पनि पठाउन सक्नुहुनेछ।
AirDrop फिचर यतिमा मात्र सिमित छैन र तपाईँहरुले दुईवटा आइफोन सँगसँगै राखेर एयरड्रपको सहायतामा फाइल ट्रान्सफर पनि गर्न सक्नुहुनेछ जसले गर्दा तपाईँहरुले डक्युमेन्ट र फोटो लगायतका फाइलहरु पठाउन सक्नुहुनेछ।
त्यसैगरी तपाईँहरुले यो फिचरको प्रयोगमा SharePlay पनि सुचारु गर्न सक्नुहुनेछ र यसको सहायतामा तपाईँहरुले अरुसँग मिलेर आ-आफ्नो डिभाइसमा सँगसँगै गीत सुन्ने, फिल्म हेर्ने या गेम खेल्ने जस्ता कार्यहरु गर्न सक्नुहुनेछ।
Stickers
iOS 17 ले स्टिकरको लागि पनि अपडेट ल्याएको छ। Apple को मेसेज एपलाई अझै रोमाञ्चक बनाउन iOS 17 ले लाइभ स्टिकर फिचर समावेश गरेको छ। यो फिचर प्रयोग गरेर तपाईँहरुले आफ्ना फोटोलाई नै लाइभ स्टिकरमा परिणत गर्न सक्नुहुनेछ र त्यसमा एडिटहरु पनि थप्न सक्नुहुनेछ।
यस बाहेक यी स्टिकरहरु किबोर्डबाट नै तान्न सकिने हुँदा तपाईँहरुले कसैलाई मेसेज रेस्पोन्स दिन पनि लाइभ स्टिकर प्रयोग गर्न सक्नुहुनेछ।
Interactive Widgets
iOS 17 अपडेटमा अर्को फिचर भनेको तपाईँहरुले यसमा इन्टर्याक्टिभ विजेट (interactive widget) पाउन सक्नुहुनेछ। लक स्क्रिन र होम स्क्रिनका विजेटहरु इन्टर्याक्टिभ हुने हुँदा तपाईहरुले एप नखोली डाइरेक्ट यी विजेटहरु प्रयोग गर्न सक्नुहुनेछ।
कुनै एप नखोली पनि तपाईँहरुले नोट बनाउने, गीत प्ले गर्ने, लाइट बन्द गर्ने लगायत अन्य थुप्रै कार्यहरु विजेटबाटै गर्न सक्नुहुनेछ।
Siri
एन्ड्रोइडको गूगल असिस्टेन्ट (Google Assistant) जस्तै आइफोन असिस्टेन्ट सिरि (Siri) को बारेमा त तपाईँहरुलाई पक्कै ज्ञात छ। iOS 17 अपडेटले सिरिको लागि पनि अपडेट ल्याएको छ।
यस अपडेटले सिरिमा ल्याएको परिवर्तन भनेको अब तपाईँहरुले सिरिलाई एक्टिभेट गर्न “Hey Siri” भन्नुपर्ने छैन। तपाईँहरुले “Siri” उच्चारण गर्नुभएर मात्रै पनि सिरि एक्टिभेट गर्न सक्नुहुनेछ। तर यो भन्दैमा “Hey Siri” ले काम नगर्ने हैन। अर्थात् तपाईँहरुले रोजाइ अनुसार “Siri” या “Hey Siri” उच्चारण गरी सिरि एक्टिभेट गर्नसक्नुहुनेछ।
यस बाहेक अर्को अपडेट भनेको तपाईँहरुले सिरि एक्टिभेट भएपछि लगातार धेरै इन्स्ट्रक्सनहरु दिन सक्नुहुनेछ। पहिला एउटा इन्स्ट्रकसन दिएर यसलाई फेरी एक्टिभेट गर्नुपर्थ्यो भने अहिले एकपटक एक्टिभेट भएपछि तपाईँहरुले धेरै निर्देशनहरु दिन सक्नुहुनेछ।
Live Voicemail
यदि कसैले तपाईँहरुलाई कल गरेर भोइसमेल छोड्नुभयो भने, फोन गर्ने मानिसले भोइसमेल छाडिरहनुभएको बेलामा तपाईँहरुले आफ्नो फोनको स्क्रिनमा एउटा लाइभ ट्रान्सक्रिप्ट (live transcript) देख्नुहुनेछ। त्यसो हुँदा तपाईँहरुले सो ट्रान्सक्टिप्ट या मेसेज पढी फोन उठाउने कि नउठाउने भनेर निर्धारण गर्न सक्नुहुनेछ।
अन्य फिचरहरु
यति बाहेक Apple ले iOS 17 अपडेटमा Visual Look Up, किबोर्ड अपडेट, Maps अपडेट, Photos अपडेट, Health अपडेट, Airpod अपडेट, AirPlay अपडेट, Music अपडेट, Camera अपडेट लगायत अन्य धेरै अपडेटहरु पनि समावेश गरेको छ। यी अपडेटहरुमा कुनै अपडेटहरु आइफोनमा भएका एपहरुसँग संलग्न छन् भने कुनै अपडेट एपसँग संलग्न नरहेका पनि छन्।
उपकरण अनुकूलता (Device Compatibility)
iOS 17 सबै iOS प्लाटफर्म सपोर्ट गर्ने डिभाइसमा चल्छ भन्ने हैन। सेलेक्टेड डिभाइसहरुले मात्र iOS 17 अपडेट सपोर्ट गर्ने छन् भने अन्य डिभाइसहरुले यसलाई सपोर्ट गर्ने छैनन्। Apple ले iOS 17 सपोर्ट गर्ने डिभाइसहरु तोकेको छ। ती डिभाइसहरु यस प्रकार छन्ः
१) iPhone 14
२) iPhone 14 Plus
३) iPhone 14 Pro
४) iPhone 14 Pro Max
५) iPhone 13
६) iPhone 13 mini
७) iPhone 13 Pro
८) iPhone 13 Pro Max
९) iPhone 12
१०) iPhone 12 mini
११) iPhone 12 Pro
१२) iPhone 12 Pro Max
१३) iPhone 11
१४) iPhone 11 Pro
१५) iPhone 11 Pro Max
१६) iPhone XS
१७) iPhone XS Max
१८) iPhone XR
१९) iPhone SE (दोस्रो जेनरेसन या सो भन्दा पछाडिको)