एलन मस्क र मार्क जकरबर्ग प्रविधि जगतमा दुई प्रतिस्पर्धी हुन् । उनीहरूको प्रतिस्पर्धा केही दिनअघि ठूलै चर्चामा आयो जब मस्कले जकरबर्गलाई सिङ्गल-सिङ्गल रेस्लिङ खेल्ने खुला हाँक दिए र लगत्तै जकरबर्गले कहाँ खेल्ने ठाउँ तोक्न आग्रह पनि गरे ।
उनीहरूबीच रेस्लिङ होला-नहोला, तर प्रविधिमा हुने प्रतिस्पर्धा चाहिँ यो क्षेत्रमा चासो राख्नेको लागी रोचक हुनेछ । मस्कले ट्विटरमा केहि सुविधा लिनको लागी पैसा तिर्नुपर्ने जस्ता नियम ल्याएपछि उनको आलोचना पनि भएको थियो ।
पैसा तिरेर कुनै सोसल मिडिया मानिसले किन चलाईरहला र बजारमा अन्य थुप्रै विकल्प हुँदाहुँदै ? ट्विटरलाई नै चुनौती दिने मनसायले ल्याइएको थ्रेड्सले मस्कका सनकहरूको फाइदा लुट्ने प्रक्षेपण गरिएको छ ।
यो पनि पढ्नुहोस्: ट्विटरका पूर्व-सिईओले बनाएको ब्लुस्काइ एपस्टोरमा सार्वजनिक
जकरबर्गले आफ्ना प्रतिस्पर्धी अ्यापहरू सस्तोमा किन्न नसके त्यस्तै खालको अर्को अ्याप बनाउने गरेका छन् । जस्तै टिकटक किन्न नसकेपछि उनले त्यस्तै खालको रिल्स अ्याप बनाएका थिए जुन धेरै रूचाइएको छ ।
यसै साता मेटाका प्रमुख मार्क जकरबर्गले ट्विटरको प्रतिद्वन्दी मानिएको अ्याप थ्रेड्स को प्रारम्भिक संस्करणको घोषणा गरेका छन् । यसलाई टेक्स्ट शेयर गर्ने प्ल्याटफर्मको रूपमा इन्स्टाग्राम टिमले बनाएको हो ।
चाहे तपाईँ सर्जक हो वा मौसमी प्रयोगकर्ता, थ्रेड्सले वास्तविक समयको अपडेट र सार्वजनिक संवादको लागी नयाँ छुट्टै स्थानको अवसर दिएको छ ।
मेटाले थ्रेड्सलाई एउटा खुला, अन्तरक्रियात्मक सोसल नेटवर्कसँग अनुकुल हुनेगरी बनाइरहेको र यो इन्टरनेटको भविष्य हुने विश्वास गरेको जनाएको छ।
इन्स्टाग्राममा फोटो र भिडियो मार्फत् अरबौँ मानिसहरू जोडिएका छन् तर थ्रेड्स चाहीँ टेक्स्टको मामिलामा विभिन्न विचारहरू शेयर गर्ने सकारात्मक र सिर्जनशील प्ल्याटफर्म बन्ने अपेक्षा मेटाले गरेको छ ।
इन्स्टाग्राममा जस्तै थ्रेड्समा पनि तपाईँले आफुलाई मन लागेका मानिसहरूलाई फलो गर्न सक्नुहुन्छ, त्यो पनि इन्स्टाग्रामकै अकाउण्टले सजिलै लग इन गरेर । यसमा भेरिफाइ त गर्न पर्छ नै तर त्यसपछि तपाईँले थ्रेड्सको लागी आफ्नो छुट्टै प्रोफाइल मिलाउन पनि सक्नुहुन्छ ।
यसमा देश अनुसार १६ वा १८ वर्ष मुनिका बालबालिकाहरू स्वत: प्राइभेट प्रोफाइलमा गएर बस्छन् । तपाईँले यसमा इन्स्टाग्रामकै अकाउण्टहरू पनि फलो गर्न सक्नुहुन्छ ।
स्क्रिन रिडर सपोर्ट र एआइ जेनेरेटेड इमेज डिस्क्रिप्शन जस्ता इन्स्टाग्रामका फिचरहरू तपाईँले थ्रेड्समा पनि प्रयोग गर्न पाउनुहुन्छ ।
तपाईँको थ्रेड्स फीडमा या त तपाईँले फलो गरेका अकाउण्टबाट या त यसले आफैले सिफारिश गरेका पोष्टहरू आउने गर्छ । पोष्ट बढिमा ५०० क्याराक्टर लामो हुनसक्छ भने लिङ्क, फोटो र बढिमा ५ मिनेट लामो भिडियो पनि हाल्न पाइन्छ ।
तपाईँले आफ्नो पोष्टलाई सजिलै इन्स्टाग्राम स्टोरीमा वा अन्य प्ल्याटफर्ममा लिङ्क हाल्न सक्नुहुन्छ ।
थ्रेड्सलाई अझै सकारात्मकर र उत्पादनशील प्ल्याटफर्म बनाउनको लागी प्रयोगकर्तालाई अनफलो, ब्लक, रेस्ट्रिक्ट, रिपोर्ट इत्यादी गर्ने सुविधा दिएको छ । साथै कसले मेन्शन गर्ने, hidden words प्रयोग गर्ने र इन्स्टाग्राममा गरेका ब्लक थ्रेड्समा पनि कायम राख्नेछ ।
साथै मेटाले थ्रेड्सलाई अ्याक्टिभिटिपब सँग पनि अनुकुल पार्ने बताएको छ । अ्याक्टिभिटि पब वर्ल्ड वाइड वेब कन्सोर्टियमले स्थापना गरेको ओपन सोसल नेटवर्किङ प्रोटोकल हो । यो आधुनिक वेबलाई शक्ति दिने खुला नीतिहरूको लागी जिम्मेवार हुन्छ ।
यो कदमले थ्रेड्सलाई अ्याक्टिभिटिपबलाई सपोर्ट गर्ने म्यास्टोडोन, वर्डप्रेस जस्ता अन्य महत्वपूर्ण अ्यापहरूसँग पनि अन्तरक्रिया गर्न बाटो खुल्नेछ ।
त्यस्तै मेटाले थ्रेड्सको अकाउण्ट बिना नै यो प्रयोग गर्न सकिने वा भनौँ यसमा अकाउण्ट भएकाहरूसँग अन्तरक्रिया गर्न सकिने सुविधा पनि दिने जनाएको छ ।
यदी यसमा पब्लिक प्रोफाइल छ भने अकाउण्ट नभएकाले पनि हेर्न र अन्तरक्रिया गर्न सहज हुनेछ तर प्राइभेट प्रोफाइल छ भने चाहिँ तपाईँले अनुमति दिएका प्रयोगकर्ताले मात्रै पाउने व्यवस्था हुनेछ ।
मेटाको उद्देश्य भनेको थ्रेड्स अकाउण्ट नै मानिसहरूले कम चलाउन् र धेरैभन्दा धेरै अन्य उस्तै खालका नेटवर्कहरू एकापसमा जोडिएर सहजै अन्तरक्रिया गरून् भन्ने पनि हो ।
यस्ता खुला सोसल नेटवर्किङ प्रोटोकलका फाइदा भनेको मानिसहरूले एकापसमा अन्तरक्रिया गर्ने तरिका विद्यमान तरिकाहरूभन्दा माथि वा बाहिर जान्छ । यसले अन्य सोसल नेटवर्किङ एकापसमा प्लग इन गर्न सजिलो होस् र मानिसहरुको अन्तरक्रिया बाक्लियोस् भन्ने हो ।
थ्रेड्स मेटाको त्यस्तो पहिलो अ्याप हुनेछ जुन ओपन सोसल नेटवर्किङ प्रोटोकलसँग अनुकुल हुनेछ । त्यसकारण थ्रेड्सले जुनसुकै अ्याप प्रयोग गर्ने प्रयोगकर्तालाई पनि सहयोग गर्न सकोस् भन्ने मेटाको विचार छ ।