अब यसरी एउटा वालेटबाट अर्को वालेटमा पैसा पठाउनुहोस!

Moru Wallet to Wallet Fund Transfer

डिजिटल वाल्लेट चलाउने धेरै प्रयोगकर्ताको गुनासो भनेको एउटा वालेट बाट अर्को वालेटमा पैसा पठाउन नमिल्ने हो। सोहि कुरालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा अन्य डिजिटल वालेटहरूमा पनि पैसा ट्रान्सफर गर्न मिल्ने सुबिधा लिएर आउन आह्वान गरेको थियो । तर अझै पनि इसेवा, खल्ती जस्ता कम्पनीले यो सुविधा ल्याउन आनाकानी गर्दै गरिरहेको बेला मोरु डिजिटल वालेटले वालेट टु वालेट ट्रान्सफर को सुविधा ल्याएको छ। योसँगै मोरु इन्टरअपरेबिलिटी लागू गर्ने पहिलो डिजिटल वालेट बन्न सफल भएको छ ।

मोरु वालेट टु वालेट ट्रान्सफरले प्रयोगकर्ताहरूलाई मोरुबाट अन्य डिजिटल वालेटहरूमा पनि पैसा ट्रान्सफर गर्न सहमति दिन्छ। यानिकि अब मोरुबाट सजिलै मोबाइल नम्बरको आधारमा एउटा वालेट बाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न मिल्छ। मोरुबाट आईएमई पे, नमस्ते पे, साजिलो पे, प्रभु पे जस्ता अन्य धेरै डिजिटल वालेटहरुमा पैसा ट्रान्सफर गर्न सकिने छ । मोरुबाट नै कनेक्ट आइपिएस मार्फत पैसा पठाउन पनि सकिन्छ। हालका लागि यो सुबिधा इसेवामा भने उपलब्ध हुन सकेको छैन । 

यहा हामीले मोरु वालेटबाट अन्य वालेटमा पैसा ट्रान्सफर कसरी गर्ने भनेर जानकारी दिनेछौ। 

मोरु वालेट टु वालेट ट्रान्सफर कसरी गर्ने त?

Moru बाट अन्य वालेटमा पैसा पठाउनको लागि सबैभन्दा पहिला तपाइको मोबाइलमा मोरुको KYC verified अकाउन्ट हुनुपर्छ र त्यसपछि यी स्टेप्सहरु अपनाउनुहोस:

  •  सुरुवातमा तपाई यस्तो खालको होमपेजमा पुग्नुहुन्छ, यहाँ तपाई पेआउट भन्ने अप्सनमा जानुहोस। 
  • तपाइले IME Pay, Khalti जस्तो विभिन्न वालेटको अप्सन देख्न सक्नुहुन्छ, यहा तपाइले कुन वालेटमा पैसा पठाउन खोज्दै हुनु हुन्छ त्यसलाई सेलेक्ट गर्नु होस।
  • अब मोबाइल नम्बर, पठाउनु पर्ने पैसा र म्यासेज लेख्ने ठाउ देख्नु हुन्छ, सोधिएको कुरा लेखेर proceed गर्दिनुहोस। 
Moru-Wallet-to-Wallet-Transfer-3
  • प्राेसिड गरीसकेपछि अब पेमेन्टलाई कन्फर्म गर्दिनुस् ।

नोट: Moru अनुसार तपाइले रु.दश हजारसम्म अरु वालेट मा सित्तैमा पैसा पठाउन सक्नु हुन्छ।

निष्कर्ष

वालेट टु वालेट ट्रान्सफर फिचर अन्य डिजिटल कम्पनीले ल्याउन आनाकानी गर्दै गरिरहेको बेला मोरु डिजिटल वालेटले ल्याएको यो सुबिधा प्रशंसनिय छ। 

मोरु वालेट टु वालेट ट्रान्सफरले प्रयोगकर्ताहरूलाई मोरुबाट अन्य डिजिटल वालेटहरूमा पैसा ट्रान्सफर गर्न मिले जस्तै  E-sewa, Khalti लगायत अन्य डिजिटल वाल्लेटहरुमा पनि यस्तै फिचर ल्याएमा प्रयोगकर्ताहरुलाइ अझ सहज हुने थियो। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.