चिनियाँ स्मार्टफोन बजारमा “अनर” शीर्ष स्थानमा पुग्न सफल

HONOR Takes the Lead in Chinese Smartphone Market

काउन्टरपोइन्ट रिसर्चको नयाँ रिपोर्ट अनुसार चिनियाँ स्मार्टफोन कम्पनी अनरले चीनमा स्मार्टफोन बिक्रीमा अग्रता लिएको छ। २०२३ को तेस्रो त्रैमासिकमा १८.३% बजार हिस्साको साथ अनरले शीर्ष स्थान सुरक्षित गर्न सफल भएको हो, जसको मुख्य कारण अनरले हालसालै लन्च गरेको अनर X५० र अनर ९० रहेको छ।  

रिपोर्टलाई हेर्ने हो भने, अनर पहिलो स्थानमा रहेको देख्न सकिन्छ जबकि भिभो र ओप्पो क्रमशः १७.८ % र १६.० % को बजार हिस्साको साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यस्तै एप्पललाई भने १४.२ % बजार हिस्साको साथ चौथो स्थानमा पाउन सक्छौ। एप्प्लको आइफोन १५ सिरिज सुरु भए सँगै यसको माग आइफोन १५ म्याक्सको भन्दा कम देखिएको छ, जसले गर्दा आइफोन १४ सिरिज को तुलनामा बिक्री पनि घट्दै गएको छ।  

यस्तै अनुसन्धान विश्लेषक एलिसा गंगले अनरको सफलताको कारण अनरको दुबै खुद्रा बिक्रेता र उपभोक्ताहरूलाई कुनै पनि सम्भावित गिरावटको दबाबलाई अफसेट गर्न दिएको प्रमोशनल प्राइस सहित थप सस्तो मूल्यको प्रोडक्टहरु उत्पादन गर्न तर्फ केन्द्रित भएको बताएकी छिन्। 

यसबाहेक अनर शीर्ष स्थानमा रहनुको श्रेय अनरको तीनओटा नयाँ फोल्डेबल स्मार्टफोनहरुलाई पनि जान्छ। अहिले चीनमा स्मार्टफोनको बिक्रीमा समग्र गिरावट आए पनि फोल्ड गर्न मिल्ने स्मार्टफोनको बजार भने बढिरहेको छ। जसले प्रत्यक्ष रूपमा अनरको फोल्डेबल स्मार्टफोनको बिक्री बढाइरहेको छ। त्रैमासिक अवधिमा, ओप्पो फाईन्ड एन२ फ्लिप सबैभन्दा धेरै बिक्री हुने क्ल्यामशेल-टाइप फोल्डेबल रहेको छ भने, अनर म्याजिक भी२ बुक-टाइप फोल्डेबल मोडेलहरूमा पहिलो स्थानमा रहेको छ। 

समग्रमा, चिनियाँ स्मार्टफोन बजारमा विभिन्न ब्रान्ड र उत्पादनहरूमा प्रतिस्पर्धा रहेको देख्न सकिन्छ, जसले प्रत्यक्ष रुपमा इनोभेसनलाई प्रोत्साहन गर्दछ। यसरी विभिन्न ब्रान्डहरुमा प्रतिस्पर्धा हुदा उपभोक्ताहरूले बजारमा  कम मूल्यमा पनि धेरै राम्रो स्मार्टफोनहरुको विकल्पहरु पनि पाउने छन्।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.