भिभोको नयाँ स्मार्टफोन “V29e” नेपालमा प्रि-अर्डरको लागि उपलब्ध

Vivo V29e Price in Nepal

भिभोले आफ्नो भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी २९ई नेपालमा आधिकारिक रुपमा खरिदको लागि उपलब्ध गराएको छ। यस लेखमा भने तपाइलाई यो स्मार्टफोनको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Vivo V29e Price in Nepal) बारेमा बताउने छौ।

“भिभो भी २९इ” बिस्तृतमा

यसको डिजाइनबाट सुरु गर्नु पर्दा, स्मार्टफोनमा हामीले बक्सी डिजाइन संगै कर्भ डिस्प्ले पाउन सक्छौ भने यसको पछाडिको क्यामेरा मोड्युलमा भी २७ई जस्तै रिंग लाइट देख्न सक्छौ। फोनको तौल पनि जम्मा १९०ग्राम छ र मोटाई पनि जम्मा ७.६९ एमएम रहेको छ। डिस्प्लेमा भने २४०० x १०८० पिक्सल रिजोल्युसन र १२० हर्ज़ रिफ्रेस रेट भएको ६.६७ इन्चको एमोलेड स्क्रीन दिएको छ। साथै फोनमा हामीले रोज गोल्ड र फरेस्ट ब्ल्याक गरि दुइओटा कलर अपशनहरु पाउन सक्छौ।

यस्तै पर्फमेन्सको कुरा गर्दा, फोनमा  स्न्यापड्रागन ६९५ चिपसेट जडान गरिएको छ, जुन ६एनएम आर्किटेक्चरमा आधारित अक्टा-कोर भएको प्रोसेसर हो। उक्त चिपसेटले २२०० मेगाहर्जमा दुईओटा कोर क्रायो ६६० गोल्ड (कोर्टेक्स-ए७८) र १८०० मेगाहर्जमा छ ओटा कोर क्रायो ६६० सिल्भर (कोर्टेक्स-ए५५) अफर गर्दछ। यस्तैगरी फोनमा ८जीबी र्याम र १२८/२५६ जीबी सम्मको स्टोरेज उपलब्ध छ। साथै सफ्टवेयरमा भने फोन एन्ड्रोइड १३ र युजर इन्टरफेसमा फनटच ओएस १३ को साथ आउछ।

यससंगै स्मार्टफोनमा डुअल क्यामेरा सेटअप दिएको छ, जहाँ OIS सहितको ६४ मेगपिक्सलको मुख्य सेन्सर र ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स रहेको छ। साथै अगाडि, सेल्फीहरू र भिडियो कलहरूको लागि ५० मेगपिक्सलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ।

यो पनि पढ्नुहोस्ः

यस्तैगरी फोनमा ४४ वाट वायर्ड चार्जिङ सपोर्टको साथ ४८००mAh को ब्याट्री दिएको छ भने कनेक्टिभिटीको लागि वाईफाई ५, ब्लुटुथ ५.१, USB-C पोर्ट पाउन सकिन्छ। यसबाहेक अन्य फिचरहरुको कुरा गर्दा भने फोनमा सुरक्षाको लागि अन्डर-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, जाइरोस्कोप, एम्बियन्ट लाइट सेन्सर थुप्रै सुबिधाहरु दिएको छ। 

“भिभो भी २९इ” को बिशेषता (Specifications):

डिस्प्ले (Display)६.६७ इन्च एमोलेड डिस्प्ले , १२० हर्ज़ रिफ्रेस रेट, ११५० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)२४०० x १०८० पिक्सल (FHD+), २०:९ रेसिओ
प्रोसेसर (Processor)क्वालकम स्न्यापड्रागन ६९५ ५जी (६ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (FunTouch OS 13)
क्यामेरा (Camera)६४ मेगापिक्सल, अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS)
८ मेगापिक्सल (अल्ट्रा-वाइड)
फ्रन्ट क्यामेरा (Front Camera)५० मेगापिक्सल
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, २५६ जीबी स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)४८००mAh ब्याट्रि, ४४वाट वायर्ड चार्जिङ 
अन्य फिचर (Other Features)वाइफाइ ८०२, ब्लुटुथ ५.१, फिंगरप्रिन्ट सेन्सर 
कलर अपशन (Color Options)रोज गोल्ड, फरेस्ट ब्ल्याक

नेपालमा मूल्य र उपलब्धता (Vivo V29e Price in Nepal and Availability)

नेपालमा भिभो भी २९ई को ८जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु ४२,९९९ तोकिएको छ। यो फोन यहि नोभेम्बर २ देखि नोभेम्बर ५ गते सम्म प्रि-अर्डरको लागि उपलब्ध छ भने नोभेम्बर ६ देखि सबै आधिकारिक आउटलेटहरूमा खरिदको लागि उपलब्ध हुनेछ।

भिभो भी २९इनेपालमा आधिकारिक मुल्य ( Vivo V29e Price in Nepal)
८/२५६ जीबी रु ४२,९९९ 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.