नेपाली ब्रान्ड अल्टिमाको नयाँ “अल्टिमा बुम १४१” इयरबड सार्वजनिक

Ultima-Boom-141-Price-in-Nepal

अल्टिमाले आफ्नो नयाँ बजेट-रेन्ज इयरबड “अल्टिमा बुम १४१” यहि कार्तिक २० गते दराज मार्फत लन्च गर्ने भएको छ। यस लेखमा हामी अल्टिमा बुम १४१ को स्पेसिफिकेशन, उपलब्धता र नेपाली आधिकारिक मूल्यको (Ultima Boom 141 Price in Nepal) साथै यसको अफर मूल्यको बारेमा छलफल गर्ने छौँ। 

“अल्टिमा बुम १४१” विस्तृतमा : 

डिजाइनको बारेमा कुरा गर्दा, यहाँ अल्टिमाले इयरबडहरुमा मेटालिक कोटिंगको साथ म्याट फिनिश सँगै सिलिकन इयर टिप्स भएको इन-इयर डिजाइन दिएको छ। यस्तै यो गोलाकारको रेक्टेंगुलर केसमा आउँछ र केसको भित्री भागमा भने फरक कलर टोनहरु पाउन सकिन्छ, जसले केसलाई डुअल-टोन फिनिश दिन्छ। 

त्यस्तै, यी इयरबड्सको तौल जम्मा ३.३ ग्राम र केसको तौल ३८ ग्राम रहेको छ। साथै कम्पनीले यहाँ आईपी X५ रेटिङ दिएको छ, जसले गर्दा इयरबड पनिको कारण बिग्रिन्छ भनेर डरै राख्नु पर्दैन। यससँगै इयरबडमा स्पेस ब्ल्याक, सेरेन वाइट गरि दुईओटा कलर अपशनहरु पनि पाउन सकिन्छ। 

यस्तैगरि, अल्टिमाको यी इयरबडहरु १३ एमएम अडियो ड्राइभर जडान गरिएको छ। त्यस्तै इयरबडहरूमा ३० dB सम्मको एक्टिभ न्वाइज क्यान्सिलेशन र ट्रान्सपरेन्सी मोडहरु पनि दिएको छ। साथै कनेक्टिभिटीको लागि हाइपर सिङ्क सहितको ब्लुटुथ भर्सन ५.३ पाउन सक्छौ र यसले १० मिटरको रेञ्जसम्म अडियो सपोर्ट गर्ने कुरा कम्पनीले बताएको छ। 

साथै यसलाई एन्ड्रोइड र आईओएस दुवै स्मार्टफोनमा कनेक्ट गरि प्रयोग गर्न पनि मिल्छ। यसबाहेक इयरबडले सिरी र गुगल भ्वाइस असिस्टेन्ट सपोर्ट पनि गर्दछ भने इयरबडहरूमा ट्याप गरेर भोल्युम, म्युजिक र कलहरु कन्ट्रोल गर्न सकिन्छ। 

अब ब्याट्रीमा भने ६० प्रतिशत भोल्युममा इयरबड प्रयोग गर्दा ४५ घण्टा र एएनसी अन गर्दा ३६ घण्टासम्म टिक्ने र इयरबडहरुमा मात्र एएनसी अफ गरेर ६० प्रतिशतमा भोल्युममा ७ घण्टासम्म अनि एएनसी अन गरेर ६० प्रतिशत भोल्युममा प्रयोग गर्दा ५.५ घण्टा सम्म ब्याट्री टिक्ने कम्पनीले जनाएको छ। यस्तै चार्जको लागि यहाँ टाइप-सी सपोर्ट पाउन सकिन्छ र १० मिनेट चार्ज गर्दा १८० मिनेटसम्म प्रयोग गर्न मिल्ने कुरा कम्पनीले दाबी गरेको छ। 

अल्टिमा बुम १४१ को बिशेषता:

ड्राइभर (Drivers)१३ एमएम 
न्वाईज क्यान्सिलेसन (Noise Cancellation)३० dB सम्म (ANC)
कनेक्टिभिटि (Connectivity)ब्लुटुथ ५.३ 
आईपी रेटिंग (IP Rating)आईपी X५ वाटर रेसिस्टेन्स
कन्ट्रोल (Control)टच कन्ट्रोल
चार्जिङ (Charging)फास्ट चार्जिङ (१० मिनेट = ३ घण्टा सम्मको प्लेब्याक)
कलर (Color)स्पेस ब्ल्याक, सेरेन वाइट

मूल्य (Ultima Boom 141 Price in Nepal and Availability)

अल्टिमा बुम १४१ इयरबडको मूल्य नेपाली बजारमा रु  ३,४९९ तोकिएको छ तर तपाइले यसलाई लन्च भएको दिन (कार्तिक २०) दराज मार्फत जम्मा रु. १,९९९ मा खरिद गर्न सक्नु हुन्छ। यसलाई तपाइले अल्टिमाको अधिकार वेबसाइटबाट वा दराज जस्ता अरु विभिन्न ई-कमर्स साइटहरुबाट पनि किन्न सक्नुहुन्छ। 

इयरबडअफर मूल्य (Offer Price)नेपालमा आधिकारिक मुल्य (Ultima Boom 141 Price in Nepal)
अल्टिमा बुम १४१ रु. १,९९९रु. ३,४९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.