संगीत सुन्नुहुन्छ? प्रयोग गर्नुहोस् यी एप्सहरु!

Music Apps

संसार भरिमा संगीत नरुचाउने र नसुन्ने व्यक्तिहरु विरलै होलान्। संसारको जुनसुकै कुनामा पनि संगीतले आफ्नो मौलिकता बोकेको हुन्छ। अलग-अलग देशहरुको अलग-अलग भाषाको संगीत हुन्छ। पहिले देखि नै संगीत चलिआएको हो र यो निरन्तर रुपमा पछि सम्म चल्छ।

संगीतले समय अनुसार रुप फेर्छ तर कहिल्यै सकिँदैन। संगीत समयसँगै परिवर्तन हुँदा टेक्नोलोजि पनि साथीझैँ समयसँगै परिवर्तन हुँदै आएको छ। संगीत र टेक्नोलोजिको साथ निकै पुरानो छ। यो कुरा यसरी पनि हेर्न सकिन्छ। संगीत पहिला रेडियोमा सुनिन्थ्यो भने,पछि टिभी हुँदै अहिले इन्टर्नेट मार्फत सुनिन्छ।

इन्टर्नेट मार्फत संगीत सुन्न युट्युब निकै लोकप्रिय छ। तर युट्युबको एउटा नराम्रो पक्ष भनेको गीत मात्र छुट्टै सुन्न नपाउनु हो। यहि कुरालाई ध्यानमा राखेर पछि गीतमात्रै सुन्ने गरी धेरै एपहरु निर्माण भए र मानिसहरुले यस्ता एप निकै रुचाए पनि। 

यस्तै केहि गीत सुन्न बनेका राम्रा एपहरुको बारेमा तल लेखिएको छ। आउनुहोस् हेरौँः-

स्पटिफाइ (Spotify)

Spotify Music
Spotify

संगीत सुन्नका लागि अहिलेको समयमा सबै भन्दा बढी युज भएको एप स्पटिफाइ हो। सबै भन्दा बढी रुचाइएको यो एप ३५० मिलियन यजर्सले चलाउनुहुन्छ भने १५० मिलियन युजर्सले यसलाई सब्सक्राइब गर्नुभएको छ।

यो एपको तपाईँहरुले फ्रि र पेड गरी दुईवटा भर्जन भेट्न सक्नुहुनेछ। यसले प्रदान गर्ने फ्रि भर्जन नै यो एपको सबैभन्दा ठुलो अट्ट्राक्सन हो। फ्रि भर्जनमा तपाईँहरुले ८० मिलियन ट्राक्स र ४ मिलियन पोडकास्टहरु सुन्न सक्नुुनेछ।

फ्रि भर्जनको बेफाइदा भनेको यसको एड, १६० केबिपिएस(160 kbps) को कम अडियो क्वालिटिको अप्सन र अफलाइन मोडमा गीत सुन्न नपाउनु हो। स्पटिफाइको पुरै फाइदा लिन तपाईँहरुले पैसा तिरेर प्रिमियम भर्जन चलाउनु पर्ने हुन्छ।   

प्यान्डोरा (Pandora)

प्यान्डोरा पनि निकै पपुलर एप मध्ये पर्दछ। यसको चर्चित हुनुको कारण धेरैले यसलाई बेस्ट म्युजिक एपको रुपमा लिनु हो। वाइफाइको सहायतामा यसमा तपाईँहरुले राम्रो म्युजिक स्ट्रिमिङको अनुभव लिन सक्नुहुनेछ। प्यान्डोराले ३०मिलियन भन्दा बढीको म्युजिक लाइब्रेरी प्रदान गर्छ।

आफुलाई सुन्न मन भएको आर्टिस्टको नाम हाल्नुभयो भने प्यान्डोराले तिनै आर्टिस्टको गीतहरु प्ले गर्छ र अन्य मिल्दा आर्टिस्टहरु पनि रेकमेन्ड गर्छ। यसरी आफुलाई मन पर्ने गीत जस्ता अन्य गीतहरु खोज्न यसले सहयोग गर्छ।

यसका साथै यसमा गीतहरु रेट गर्न मिल्छ र रेटिङका आधारमा यसले तपाईँहरुलाई राम्रो लागेका गीतहरु धेरै प्ले गर्छ र राम्रो नलागेका गीतहरु प्ले गर्दैन। तपाईँहरुको रेटिङको आधारमा यो सर्भिसले सजेसनहरु पनि सुधार्छ।

युट्युब म्युजिक (Youtube Music)

Youtube Music
YT Music

युट्युब म्युजिकले ६०मिलियन भन्दा बढीको म्युजिक लाइब्रेरी प्रदान गर्छ। चर्चित आर्टिस्ट मात्र नभएर कम चलेका आर्टिस्टहरुको पनि गीत र भिडियो क्रिएसनहरु तपाईँहरुले यहाँ भेट्न सक्नुहुनेछ। तपाईँहरुले अगाडि सुन्नु भएको गीतहरुको आधारमा यसले आफैँ सोहि प्रकारका गीतहरु सजेस्ट गर्छ।

भिडियो अप्सनमा तपाईँहरुले यहाँ चर्चित भएका साङ्गीतिक भिडियोहरु बाहेक लाइभ रेकर्डिङ, इन्टरभ्युज, कन्सर्ट फुटेज आदिका भिडियोहरु पनि पाउन सक्नुहुन्छ। यसका साथै यसमा तपाईँहरुले मन पर्ने गीतहरुको प्लेलिस्ट पनि बनाउन सक्नुहुन्छ।

यसको फ्रि भर्जनमा तपाईँहरुले एड सहनुपर्ने हुन्छ र भिडियोको अप्सनमात्र पाउनुहुनेछ। गीत मात्र सुन्न भने यसको प्रिमियम भर्जनको आवश्यकता पर्ने देखिन्छ।

टाइडल (Tidal)

टाइडल यस्तो स्ट्रिमिङ सर्भिसमध्येमा पर्छ जुनले उपभोक्ताहरुमा मात्र केन्द्रीत नभई आर्टिस्टहरुलाई पनि उत्तिकै महत्त्व दिन्छ। टाइडलमा तपाईँहरुले ९० मिलियन माथिको म्युजिक लाइब्रेरीको साथै ४५,००० भिडियो कन्टेन्ट पनि भेट्न सक्नुहुन्छ जुनमा म्युजिक भिडियो र आर्टिस्ट माथि फोकस भएका फिल्म, कन्सर्ट भिडियोहरु पर्दछन्।

यसको फ्रि भर्जनमा तपाईँहरुले लिमिटेड एड सहित १६०केबिपिएस (160kbps)को अडियो क्वालिटिमा गीत सुन्न सक्नुहुनेछ र अफलाइन म्युजिकको सुविधा लिन सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। यसमा डिस्काउन्टेड फेमिलि, मिलिटेरि, स्टुडेन्ट र फर्स्ट रेस्पोन्डर गरी धेरै किसिमका सब्स्क्रिप्सन प्लानहरु रहेका छ्न्।

यहाँ रहेका अन्य एपहरु भन्दा यसको एउटा रााम्रो पक्ष भनेको टाइडलले डल्बि एट्मस(Dolby Atmos) अडियो फर्म्याट सपोर्ट गर्छ। 

एपल म्युजिक (Apple Music)

Apple Music
Apple Music

२००१ मा एपलले रिलिज गरेको आइट्युन्स(iTunes) ले म्युजिक इन्डस्ट्रिमा ठुलो बदलाब ल्याएको थियो। त्यहि आइट्युन्स विकसित भएर अहिले म्युजिक स्ट्रिमिङ सर्भिसको रुपमा एपल म्युजिकमा परिणत भएको छ।

एपल म्युजिक युजर्ससँग ९० मिलियन भन्दा माथि गीतहरुको पहुँच रहेको हुन्छ। टाइडल जस्तै एपल म्युजिकमा पनि डल्बि एट्मस(Dolby Atmos) अडियो फर्म्याटको सपोर्ट रहेको छ। सबै फाइदाहरु को अनुभव भोग्नलाई सब्स्क्रिप्सन लिनु पर्ने हुन्छ। 

एपल म्युजिक एपल युजर्सहरुले त चलाउन पाउनुहुनेछ नै भने एन्ड्रोइड युजर्सका लागि पनि यसको उपलब्धता प्रदान गराइएको छ।

गाना (Gaana)

Gaana Music
Ghana

गाना इन्डियाको सबैभन्दा ठुलो म्युजिक स्ट्रिमिङ सर्भिस हो। यसमा प्रत्येक महिना २०० मिलियन भन्दा बढी युजर्सहरुले गीतहरु स्ट्रिमिङ गर्दछन्। 

सुरुमा हिन्दि भाषाका गीतहरुको लागि चर्चा कमाएको गानामा अहिले अङ्ग्रेजी गीतहरु सहित ३०मिलियन भन्दा बढीको म्युजिक लाइब्रेरी रहेको छ। 

यसको फ्रि भर्जनमा अनलाइन स्ट्रिमिङको मात्र अप्सन तपाईँहरुले पाउनुहुन्छ भने अफलाइन मोडमा गीतहरु सुन्नलाई सब्सक्रिप्सन लिनु पर्ने हुन्छ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.