सजिलै लोगो बनाउन प्रयोग गर्न सक्नुहुन्छ यी याप्सहरु!

LOGO MAKING APPS

यदी तपाईँ अनलाईनमार्फत् सजिलै लोगो बनाउन चाहनुहुन्छ भने हामी यहाँ उत्कृष्ट ५ याप्सहरूबारे सङ्क्षेपमा बताउँदैछौँ। 

पक्कै पनि तिनीहरू चलाउने तरिकाहरू फरक छन् । तपाईँ कत्तिको सजिलो वा जटिल लोगो बनाउन चाहनुहुन्छ भन्नेमा पनि तरिका सजिलो वा गाह्रो हुने कुरा निर्भर हुन्छ । 

तर, ढुक्क हुनुस् । यी याप्सहरू सामान्य मानिसहरुले पनि सजिलै प्रयोग गर्न सक्छन् । तपाईँलाई फोटोशपजस्ता जटिल सफ्टवेयरको ज्ञानको आवश्यकता पर्ने छैन। 

आवश्यकता पर्ने छैन 

अब ढिलो नगरी ती उत्कृष्ट ५ याप्सहरूबारे चर्चा गरौँ। 

१। ह्याचफुल (Hatchful)

HatchFul Logo Maker

फोटो ईडिट गर्नै नजान्नेहरुले समेत निकै सजिलै चलाउन सक्ने ए्याप हो ह्याचफुल । यसले तपाईँलाई मनपर्न सक्ने थुप्रै विकल्पहरू प्रदान गर्छ जसकारण एकपटक यसमा बानी परेपछि अर्को चलाउनै मन लाग्दैन । 

यसमा लोगो बनाउनको लागी तपाईँले business space छान्नुपर्ने हुन्छ । त्यसपछि आकर्षक बनाउन विभिन्न विकल्पहरू भएको visual style छान्नुस् । 

त्यति गरेपछि ह्याचफुल आफैले अब थुप्रै लोगोहरु बनाइदिन्छ । तपाईँलाई जुन मन पर्छ, त्यो छान्नुस् र आफूले चाहे बमोजिम ईडिट गर्नुस्। 

ईडिट गर्दा रङ्, फन्ट, लेआउट, आइकन, आकार इत्यादी तपाईँले छान्न सक्नुहुन्छ । 

ह्याचफुलमा जानुहोस

२। जाइरो (Zyro)

Zyro AI Logo Maker

 जाइरो चलाउन तपाईँले न त अकाउन्ट खोल्नुपर्छ न त पैसा नै तिर्नुपर्छ र यो चलाउन धेरै नै सजिलो छ । 

यसमा तपाईँले पहिले ब्राण्डको नाम र ट्यागलाईन टाइप गर्नुपर्छ । त्यसपछि कुन आकारको लोगो बनाउने हो, त्यो छान्नुपर्छ । त्यसको हजारौँ विकल्पहरू हुन्छन् । 

त्यसको लागी तपाईँले कुनै कि-वोर्ड (keyword) टाइप गरेर खोज्न पनि सक्नुहुन्छ । अब तपाईँले नाम, ट्यागलाइन, आकार, रङ् इत्यादी मिलाउनुपर्ने हुन्छ । 

अन्त्यमा सबै काम सकिएपछि त्यो लोगो तपाईँ आफ्नो डिभाइसमा डाउनलोड गर्न सक्नुहुन्छ । 

जाइरोमा जानुहोस

३। क्यान्भा (Canva)

Canva Logo Maker

क्यान्भाको नाम त तपाईँले सुन्नु नै भएको होला । यो पनि चलाउन साह्रै सजिलो हुने भएकोले सन्सारमा सर्वाधिक रूचाइएको र प्रयोगमा आएको याप हो । 

डिजाइनको सामान्य ज्ञान पनि नभएको मान्छेले हेर्दै आकर्षक लोगो एकैछिनमा बनाउन सक्छ क्यान्भामार्फत् । 

यसमा तपाईँलाई आफ्नो कम्पनीको बारेमा सामान्य (जस्तै नाम) कुराहरू सोध्छ । त्यसपछि यसले लोगो बनाइदिन्छ ।

अब तपाईँले फन्ट, रङ्, आकार, थीम इत्यादी छान्न पाउनुहुन्छ । चित्त नबुझेसम्म आफ्नो रूचि अनुसार ईडिट गर्नुस् । 

अन्त्यमा त्यो लोगो डाउनलोड गर्न मिल्छ ।

क्यान्भामा जानुहोस

४। युक्राफ्ट (Ucraft)

UCraft Logo Maker

तपाईँहरूमध्य कतिपयलाई माथिका यापहरू झ्याउ लाग्यो होला वा खासै मन परेन होला । 

माथिका यापहरू सर्वाधिक प्रयोगमा आउने भएकाले धेरैले बनाएका लोगोहरू हेर्दा उस्तै-उस्तै लाग्छ जसकारण सिर्जनशीलता नभएको जस्तो हुन्छ ।

यदी त्यस्तो लाग्छ भने युक्राफ्ट चलाउनुस् किनकि यसले तपाईँलाई सुरूदेखि नै आफ्नै छुट्टै सिर्जनशील लोगो बनाउन सहयोग गर्छ । 

शङ्का गर्न पर्दैन, यो पनि चलाउन धेरै नै सजिलो छ । यसको vector editor ले तपाईँलाई थुप्रै विकल्पहरू र सुविधाहरू दिएको हुन्छ जसमा आइकन, फन्ट, रङ, आकार, ब्याकग्राउन्ड लगायत पर्छन् ।

आफुखुसी विकल्पहरू छानेर मनपर्ने लोगो बनाउनुस् र हाई रेजोलुशनमा डाउनलोड गर्नुस् । यसका टन्नै विकल्पहरूका कारण यसबाट बन्ने लोगोहरू अरूले बनाएकाभन्दा भिन्न देखिन्छन् । 

युक्राफ्टमा जानुहोस।

५। विक्स लोगोमेकर (Wix Logo Maker)

Wix Logo Maker

हुन त यो याप पनि माथिका जस्तै चलाउन सजिलो र अकाउन्ट खोलेर विभिन्न विकल्पहरू छानेरै बनाउने हो । यसमा पनि रङ्, फन्ट, आकार, टेक्स्ट इत्यादी छान्न मिल्छ ।

तर यो त्यतिमा मात्र सीमीत छैन । यसबाट बनाएको लोगो तपाईँले कपिराइट सहित प्रयोग गर्न पाउनुहुन्छ । आफ्ना बिजनेस कार्ड, वेबसाइट, लुगा इत्यादीमा बिना चिन्ता प्रयोग गर्न सक्नुहुन्छ । 

त्यति मात्र हैन, यसले तपाईँलाई तपाईँको व्यवसायको नाम जेनेरेट गरिदिने र आफै वेबसाईट बनाईदिने जस्ता कुरामा पहुँच समेत प्रदान गर्छ । 

विक्स लोगोमेकरमा जानुहोस

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.