एप्पलको नयाँ एम३ चिपसेटको साथ “१४-इन्चको म्याकबुक प्रो” सार्वजनिक

Apple Macbook Pro 14 M3 Price in Nepal

एप्पलले यहि अक्टोबर ३० गते “Scary Fast” इभेन्टमा आफ्नो नयाँ एम ३ सिरिज चिपसेट भएको म्याकबुक प्रो १४ र म्याकबुक प्रो १६ सार्वजनिक गरेको छ। आज यस लेखमा हामी एप्पल म्याकबुक प्रो १४ (एम३) को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत यसकाे मुल्यको (Apple Macbook Pro 14 M3 Price in Nepal) बारेमा चर्चा गर्ने छौ।

‘एप्पल म्याकबुक प्रो १४ (एम३)’ विस्तृतमा:

म्याकबुक प्रो १४ को मुख्य आकर्षण भनेको यसको नयाँ एम ३ सिरिजको चिपसेटहरु रहेको छ। एप्पलले यस सिरिज भित्र एम ३, एम ३ प्रो र एम ३ म्याक्स गरि तिनओटा चिपसेटहरु समावेश गरेको छ। साथै यो तिन-न्यानोमिटर प्रविधिमा तयार गरिएको चिपसेटहरु एप्पलको अहिले सम्मकै शक्तिशाली चिप रहेको छ। 

एप्पलको इन्टर-लेभल म्याकबुक प्रो १४ नयाँ एम३ चिपसेटको साथ आउछ जसले १०-कोर जिपियु र १६-कोर न्यूरल इन्जिन सहितको ८-कोर सिपियु अफर गर्दछ। यस्तै एम३ प्रो भने १२-कोर सिपियु, १८ कोर जिपियु, र १६ कोर न्यूरल इन्जिन को साथ आउछ र एम३ म्याक्सले १६-कोर सिपियु, ४०-कोर जिपियु, र १६ कोर न्यूरल इन्जिन अफर गर्दछ। 

स्टोरेजको कुरा गर्ने हो भने, यहाँ एम ३ चिपसेट जडान भएको म्याकबुक प्रो १४ मा ८/१६/२४जीबी सम्मको र्याम र ५१२जीबी/१टीबी/२टीबी सम्म स्टोरेज पाउन सक्छौ भने एम ३ प्रो र एम ३ म्याक्समा क्रमशः १८/३६ जीबी र १२८जीबी सम्मको र्याम संगै एम३ प्रो को लागि ४टीबी, र एम३ म्याक्सको लागि ८ टीबी सम्मको स्टोरेज पाउन सकिन्छ। 

डिस्प्लेको कुरा गन्रु पर्दा, यहाँ ३०२४ x १९६४ पिक्सेल रिजोल्युसन, १२०Hz एडप्टिभ रिफ्रेस रेट र १६०० निट्स ब्राइटनेस जस्ता फिचर भएको १४.२-इन्चको लिक्विड रेटिना एक्स डि आर डिस्प्ले दिएको छ । यस संगै म्याकबुक प्रो १४ ले १ बिलियन कलर सपोर्ट गर्नुको साथै, पी ३ वाइड कलर, ट्रीयु टोन टेक्नोलोजी जस्ता अन्य थुप्रै फिचरहरु पनि समावेश गरेको छ। 

डिजाइनमा भने एप्पलले यहाँ नचमा बाहेक कुनै ठूलो परिवर्तनहरु गरेको छैन र यसको डिजाइन पनि एप्पलको पुरानो मोडेल संग मिल्दोजुल्दो रहेको छ। यस्तै गरि यहाँ तपाइले स्पेस ग्रे र सिल्भर गरि दुइओटा कलर अपशनहरु पाउनु हुन्छ भने एम३ प्रो र एम३ म्याक्समा सिल्भर ब्ल्याकको कलर अपशन पनि दिएको छ। 

ब्याट्रिमा भने एप्पलको म्याकबुक प्रो १४ को एम३ भेरियन्टमा ९६वाट फास्ट चार्जिङ सपोर्ट संगै ७०Wh Li-Po सेल जडान भएको छ। त्यस्तै, एम३ प्रो र एम३ म्याक्समा ७२.४Wh ब्याट्रि र ९६W फास्ट चार्जिङ सपोर्ट पाउन सकिन्छ र कम्पनिको अनुसार ल्यापटपले एक पटकको फुल चार्जमा २२ घण्टा सम्मको ब्याट्रि लाइफ दिन सक्ने छ। 

यसबाहेक कनेक्टिभिटिको लागि वाईफाई ६E, ब्लुटुथ ५.३, थण्डरबोल्ट ४.४ पोर्टहरू, म्यागसेफ ३, HDMI पोर्ट, र SDXC कार्ड स्लटहरु दिएको छ। साथै ल्यापटपमा मागिक किबोर्ड, १०८०पी फेसटाइम वेबक्याम, सिरी र टच आईडी जस्ता अन्य थुप्रै सुविधाहरू पाउन सकिन्छ। 

एप्पल म्याकबुक प्रो १४ (एम३) को बिशेषता(Specifications):

डिस्प्ले (Display)१४.२- इन्च Liquid रेटिना XDR डिस्प्ले, १६०० निट्स ब्राइटनेस
रिजोल्युसन (Resolution)३०२४ x १९६४ पिक्सेल, 
चिप (Chip)एप्पल एम३ (३ एनएम)
सिपियु (CPU)एम३: ८-कोर
एम३ प्रो: १२-कोर सम्म
एम३ म्याक्स: १६-कोर सम्म
जिपियु (GPU)एम३: १०-कोर
एम३ प्रो: १८-कोर
एम३ म्याक्स: ४०-कोर
र्याम (RAM)एम३: ८/१६/२४जीबी
एम३ प्रो: ३६जीबी सम्म
एम३ म्याक्स: १२८जीबी सम्म
स्टोरेज (Storage)एम३: ५१२जीबी/१टीबी/२टीबी
एम३ प्रो: ५१२जीबी/१टीबी/२टीबी/४टीबी
एम३ म्याक्स: ८टीबी सम्म
आइ/ओ पोर्ट (I/O Ports)२x USB-C थन्डरबोल्ट ४.४ पोर्ट, SDXC, HDMI, ३.५ एमएम हेडफोन ज्याक
कनेक्टिभिटि (Connectivity)WiFi 6E (८02.११ a/b/g/n/ac/ax/6), ब्लुटुथ 5.3
ब्याट्रि (Battery)एम३: ७०Wh ब्याट्रि, २२ घण्टा सम्मको ब्याट्री
एम३ प्रो र एम३ म्याक्स: ७२.४Wh ब्याट्रि, १८ घण्टा सम्म ब्याट्री 
चार्जिङ(Charging)९६W USB-C पावर एडाप्टर
कलर अपशन (Color Options)सिल्भर ब्ल्याक (एम३ म्याक्समा मात्र), स्पेस ग्रे, सिल्भर

मूल्य र उपलब्धता  (Apple Macbook Pro 14 M3 Price in Nepal)

अमेरिकामा, म्याकबुक प्रो १४ को सुरुवाती मूल्य १५९९ डलर तोकिएको छ । नेपालमा भने उक्त ल्यापटपको मूल्य लन्च हुँदा रु २,८०,९९९ हुन सक्ने अनुमान गर्न सकिन्छ। 

एप्पल म्याकबुक प्रो १४ (एम३)अमेरिकामा मूल्य (आधिकारिक)नेपालमा मुल्य (Expected Apple Macbook Pro 14 M3 Price in Nepal)
एम३ ८- कोर सिपियु, १०-कोर जिपियु, ८/५१२ जीबी $ १,५९९ रु २,८०,९९९ 
एम३ ८-कोर सिपियु, १०-कोर जीपियु, ८जीबी/१टीबी$ १,७९९ रु ३,१५,९९९ 
एम३ प्रो ११-कोर सिपियु, १४-कोर जिपियु, १८/५१२जिबि $ १,९९९ रु ३,५०,९९९ 
एम३ प्रो १२-कोर सिपियु, १८-कोर जिपियु। १८जीबी/१टीबी $ २,३९९ रु ४,१५,९९९ 
एम३ म्याक्स १४-कोर सिपियु, ३०- कोर जिपियु, ३२जीबी/१टीबी$ ३,१९९ रु ५,६०,९९९ 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.