Asus Zenfone 10 2023- विवरण, उपलब्धता, अपेक्षित नेपाली मूल्य 

asus zenfone 10 nepal

ग्याजेट युजर हुनुहुन्छ भने तपाईँहरु Asus ब्रान्ड पक्कै पनि सुन्नुभएको होला। Apple ब्रान्ड जस्तै Asus ब्रान्ड पनि ती ब्रान्डहरु मध्येमा पर्छ जुनले ल्यापटप र मोबाइल फोन दुवै निर्माण गर्छ। तर जति Asus ब्रान्डको ल्यापटप चर्चित छन् त्यति Asus ब्रान्डको मोबाइल छैनन्।

Asus ले यसको ब्रान्ड अन्तर्गत Zenfone सिरिजको फोनहरु निकाल्ने गरेको छ। यस्तोमा Asus को Zenfone 9 मोबाइल फोन पछाडि Asus Zenfone 10 मोबाइल फोन यस सिरिजको अर्को मोबाइल फोन हो जुन Zenfone 9 जसरी नै ५.९ इन्चको साइज सहित एउटा कम्प्याक्ट फोनको रुपमा निर्माण भएको छ।

यो फोन हाल युरोपमा रिलिज भइसकेको छ र रिलिज यता यसले निकै नै राम्रो प्रशंसा बटुल्न सफल बनेको छ। यस आर्टिकलमा Asus Zenfone 10 को विवरण तथा नेपाली मार्केटमा यसको मुल्य कति पर्न सक्छ भन्ने कुराको जानकारी दिइएको छ। 

जनरल ओभरभ्यु (General Overview)

बिल्ड र डिजाइन (Build and Design)

बिल्ड र डिजाइनको कुरा गर्ने हो भने यस मोबाइल फोनको डिजाइन निकै आकर्षक रहेको छ। यहाँ तपाईँहरुले जीव-आधारित (bio-based) पोलिकार्बोनेट ब्याक कभर पाउनुहुनेछ र Asus ले पेट्रोकेमिकल प्रयोजनमा ५०% कमी ल्याएको कुरा खुलाएको छ।

Asus ले यस मोबाइल फोनलाई “Mighty on Hand” भन्ने ट्यागलाइन दिएको छ। अर्थात् यो मोबाइल फोन तपाईँहरुले हातमा सजिलै सँग प्रयोग गर्न सक्नुहुनेछ। यो किन भन्दा यो मोबाइल फोनको वजन मात्र १७२ ग्राम रहेको छ भने अर्को तिर यस फोनको साइज ५.९ इन्च रहेको छ। यस कारणले यो फोन निकै कम्प्याक्ट हुनुको साथै धेरै पावरफुल पनि छ। 

यसको बिल्ड क्वालिटिको कुरा गर्ने हो भने तपाईँहरुले यहाँ फ्रन्टमा ग्लास, साइड या छेउको लागि एलुमिनियम (aluminium) र पछाडिको लागि प्लास्टिक बिल्ड पाउनुहुनेछ। पछाडि पटि यहाँ दुईवटा ठुला किसिमका क्यामेरा रिङ्गहरु रहेको छ जुन निकै नै आकर्षक देखिन्छ।

त्यसैगरी यो मोबाइल IP68 डस्ट तथा वाटर रेजिस्टेन्ट (dust and water resistant) सर्टिफिकेसन प्राप्त भएको हुनाले यो मोबाइल पानीले पनि असर नगर्ने गरी डिजाइन गरिएको छ।

Asus ले यस फोनलाई ५ वटा कलर अपसनमा निकालेको छ जुन निकै आकर्षक देखिनुका साथै इको फ्रेन्डली (Eco Friendly) रहेका छन्। Asus ले यी कलरहरुलाई अरोरा ग्रीन (Aurora Green), इक्लिप्स रेड (Eclipse Red), कमेट वाइट (Comet White), स्टारि ब्लु (Starry Blue) र मिडनाइट ब्लाक (Midnight Black) नाम दिएको छ।

asus zenfone 10 colors

डिस्प्ले (Display)

यस मोबाइलमा तपाईँहरुले ५.९ इन्चको साइज रहेको छ जस कारणले तपाईँहरुले यो फोनलाई एक हातबाट पनि सरल तरिकामा प्रयोग गर्न सक्नुहुनेछ। यसको साथै यहाँ FHD+ (2400 x 1080p) Samsung AMOLED डिस्प्ले प्यानल रहेको छ जसले गर्दा तपाईँहरुको भिडियो तथा मुभि स्ट्रिमिङको अनुभव धेरै राम्रो हुनेछ।

यस फोनले १४४ हर्ट्जसम्मको स्क्रिन रिफ्रेस रेट अफर गर्दछ। हालाकि यो स्क्रिन रेट तपाईँहरुले गेम प्ले गर्नुभएको खण्डमा मात्र इनेबल गर्न सक्नुहुनेछ। यस फोनले ११०० निट्स (1100 nits) को अधिकतम ब्राइटनेस अफर गर्दछ र यतिको ब्राइटनेसले तपाईँहरुले डाइरेक्ट घाममा पनि सरलता पूर्वक मोबाइल चलाउन सक्नुहुनेछ। 

यहाँ फ्रन्ट स्क्रिन प्रोटेक्सनको लागि Corning Gorilla Glass Victus को प्रोटेक्सन प्रदान गरिएको छ। यस बाहेक यस फोनको डिस्प्ले अन्तर्गत १५१.९% sRGB color gamut, १०७% NTSC, HDR 10+ सर्टिफिकेसन लगायतका फिचरहरु पनि समावेश गरिएका छन्।

display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

कुनै पनि मोबाइलको पर्फमेन्सले त्यो मोबाइलको काम गर्ने क्षमता निर्धारण गर्दछ। यस फोनको लागि तपाईँहरुले यहाँ Qualcomm Snapdragon 8 Gen2 चिपसेट समावेश भएको पाउनुहुनेछ जुन अहिलेको चिपसेट मध्येको सबैभन्दा पावरफूल चिपसेट मध्येमा गनिन्छ। यो चिपसेट 4 nm फेब्रिकेसन टेक्नोलोजिबाट तयार पारिएको चिपसेट हो। 

यस चिपसेटले एउटा ३.२ गिगाहर्ट्जसम्मको क्लक स्पिड अफर गर्ने Cortex-X3 पर्फमेन्स कोर सहित अक्टा कोर सिपियु अर्थात् आठवटा कोर भएको सिपियु अफर गर्छ। यसैगरी जिपियुको लागि तपाईँहरुले यहाँ Qualcomm Adreno 740 GPU पाउनुहुनेछ। यस चिपसेट र जिपियुको साथमा तपाईँरुले हाइ पर्फमेन्स चाहिने प्रोग्रामहरु र पावरफुल गेमहरु रन गर्न सक्नुहुनेछ।

मेमोरीको कुरा गर्दा यो मोबाइल फोन सानो भेरियन्टको लागि ८ जिबि र माथिल्लो भेरियन्टको लागि १६ जिबि LPDDR5X RAM मेमोरीको साथ उपलब्ध छ। त्यसैगरी स्टोरेजको कुरा गर्ने हो भने यहाँ UFS 4.0 स्टोरेज पाउन सकिन्छ जुन डाटा स्टोरेज र रिड (read)/ राइट (write) स्पीडको लागि निकै फास्ट रहेको छ। इन्टरनल मेमोरीको लागि यहाँ तपाईँहरुले १२८ जिबि, २५६ जिबि र ५१२ जिबि गरी तीनवटा भेरियन्ट पाउनुहुनेछ।

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ र यसलाई Asus को Zen UI 10 युजर इन्टरफेसले सपोर्ट गरेको छ।

क्यामेरा (Camera)

ब्याक क्यामेराको लागि यहाँ डुवल क्यामेरा सेटप रहेको छ जहाँ ५० मेगापिक्सलको मेन क्यामेरा र ११३एफओभि या फिल्ड अफ भ्यु (120FOV) सपोर्ट गर्ने १३ मेगापिक्सलको अल्ट्रावाइड क्यामेरा (ultrawide camera) समावेश गरिएको छ।  

मेन क्यामेराको लागि यहाँ 6-axis Gimbal Stabilizer 2.0 समावेश गरिएको छ जुन एड्याप्टिभ इआईएस (adaptive EIS) सहित उपलब्ध छ। यसको Gimbal Stabilizer को सहायतामा तपाईँहरुले कुनै प्रकारको हलचल बाहेक राम्रो भिडियो खिच्न सक्नुहुनेछ।

त्यसैगरी यहाँ फ्रन्ट क्यामेराको लागि ३२ मेगापिक्सलको सेल्फि क्यामेरा समावेश गरिएको छ जुनबाट तपाईँहरुले सेल्फि खिच्ने र भिडियो कल गर्ने जस्ता कार्यहरु गर्न सक्नुहुनेछ। 

camera modules

ब्याट्रि र चार्जिङ (Battery and Charging)

ब्याट्रिको लागि यहाँ तपाईँहरुले 4300 mAh ब्याट्रि समावेश गरिएको छ। हालाकि अहिले 5000 mAh ब्याट्रि त हुनुपर्ने हो जस्तो लाग्न सक्छ तर यसको कम्प्याक्ट साइ हेर्ने हो भने यो पनि नराम्रो अफर हैन। Asus ले भनेको अनुसार यस मोबाइलको कम्पोनेन्टहरु पावर एफिसियन्ट हुने हुनाले यो ब्याट्रिले युजरहरुलाई निराश हुनुहुनेछैन। 

यस ब्याट्रिलाई चार्ज गर्न ३० वाटको HyperCharge सपोर्ट प्रदान गरिएको छ भने डिमान्ड अनुसार यसमा १५ वाटको वायरलेस चार्जिङ पनि समावेश गरिएको छ।

यसको ब्याक क्यामेराबाट तपाईँहरुले 8K UHD (7680 x 4320p)@ 24 fps सम्मको भिडियो रेकर्ड गर्न सक्नुहुनेछ भने 4K UHD (3840 x 2160p)@ 30/60 fps सम्मको भिडियो रेकर्डिङ त छँदै न छ। तर फ्रन्ट क्यामेराबाट चाहिँ यो अपसन FHD रेजोल्युसन@30 fps को लागि मात्र सिमित रहेको छ।  

अन्य स्पेसिफिकेसन (Other Specifications)

सिम कार्ड स्लटको कुरा गर्दा यहाँ तपाईँहरुले दुईवटा सिम कार्ड स्लट भेट्न सक्नुहुनेछ जुनले दुईवटा न्यानो सिम सपोर्ट गर्छन्। एक्सटर्नल मेमोरी कार्ड स्लटको लागि भने यहाँ डेडिकेटेड मेमोरी कार्ड स्लट उपलब्ध रहेको छैन, न त हाइब्रिड मेमोरी कार्ड स्लट नै। 

यहाँ तपाईँहरुले फिङ्गरपरिन्ट स्क्यानर साइडमा पाउनुहुनेछ। यदि यो मोबाइलको कुनै नराम्रो कुरा छ भने त्यो यहि हो किनकि यस मोबाइलको प्राइस रेन्जमा अन डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट सक्यानर समावेश गर्नुपर्ने थियो।  

अडियोको लागि यहाँ तपाईँहरुले डुवल स्टेरियो स्पिकरहरु भेट्नुहुनेछ जुनले Dirac HD साउन्ड सपोर्ट गर्छन्। त्यसैगरी अडियो आउटपुटको लागि यसमा Hi-Res अडियो सपोर्ट रहेको छ। त्यसैगरी यहाँ नोइज रिडक्सन टेक्नोलोजि (noise reduction technology) सहितको दुईवटा माइक्रोफोहरु भेट्न सकिन्छ।

अन्य स्पेसिफिकेसनहरुको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले यस फोनमा 5G तथा डुवल 4G VoLTE मोबाइल नेटवर्क कनेक्टिभिटि पाउनुहुनेछ। त्यसैगरी अन्य वायरलेस कनेक्टिभिटिको लागि Bluetooth 5.3 र WiFi-7 सम्मको कनेक्सन पनि यहाँ उपलब्ध रहेको छ।

Asus Zenfone 10 को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१४६.५ x ६८.१ x ९.४ मिलिमिटर, १७२ ग्राम
डिस्प्ले (Display)५.९ इन्च Samsung AMOLED डिस्प्ले प्यानल, FHD+ (2400 x 1080p) रेजोल्युसन,  १४४ हर्ट्ज स्क्रिन रिफ्रेस रेट, ११०० निट्स अधिकतम ब्राइटनेस, Gorilla Glass Victus प्रोटेक्सन
प्रोसेसर (Processor)Qualcomm Snapdragon 8 Gen 2 (4 nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@3.2 GHz CPU, Qualcomm Adreno 740 GPU
ओएस र युआई (OS and UI)Android 13, Asus Zen UI 10
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP f/1.9 Sony IMX766 मेन क्यामेरा, 13 MP f/2.2 FOV 120 अल्ट्रावाइड क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)32 MP सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)८/१६ जिबि LPDDR5X RAM मेमोरी र १२८/२५६/५१२ जिबि इन्टर्नल मेमोरी UFS 4.0 स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)4300 mAh ब्याट्रि, ३० वाट वायर्ड चार्जिङ सपोर्ट, १५ वाट वायरलेस चार्जिङ सपोर्ट 
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 5G नेटवर्क कनेक्टिभिटि, Dirac HD साउन्ड सहित डुवल स्टेरियो स्पिकर, Hi-Res Audio ३.५ मिलिमटर हेडफोन ज्याक

मुल्य र उपलब्धता (Price and Availability)

हाल यो मोबाइल फोन युरोपमा रिलिज भइसकेको छ र अन्य ठाउँमा रिलिज हुन भने बाँकी छ। युरोपमा यस फोनको बेस भेरियन्ट अर्थात् ८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टको आधिकारिक मुल्य EUR 799 रहेको छ।

नेपालको कुरा गर्दा यो मोबाइल फोन अझै कति समयमा नेपालमा रिलिज हुन्छ वा हुन्छ कि हुँदैन भन्ने कुराको पनि ठेगान छैन। तापनि युरोपमा तोकिएको आधिकारीक मुल्यको आधारमा यसको मुल्य नेपाल भित्रिदा यति हुन सक्ला भन्ने अनुमान गर्न सकिन्छ। 

Asus Zenfone 10युरोपमा अंकित मुल्य (Price in Europe)नेपालमा अपेक्षित मुल्य (Expected Price in Nepal)
८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीEUR 799रु. १,२५,४९९
८ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरीEUR 849रु. १,३३,४९९
१६ जिबि RAM र ५१२ जिबि इन्टर्नल मेमोरीEUR 929रु. १,४५,९९९

  

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.