५० हजार मुनिका ८ उत्कृष्ट ल्यापटपहरू [२०२३]।

best-laptops-nepal

कम्प्युटर र ल्यापटपहरुको आवश्यकता अहिले निकै बढ्दो देखिन्छ। विद्यार्थी र अफिसियल काममा संलग्न मानिसहरुलाई कम्प्युटर र ल्यापटपहरु आवश्यक ठानिन्छ। एकै मुल्यको लागि ल्यापटप भन्दा कम्प्युटर राम्रो हुने भएतापनि ल्यापटपको जतै पनि लैजान सकिने सुविधाले गर्दा मानिसहरु ल्यापटपलाई निकै रुचाउने गर्दछन्।

ल्यापटपको मुल्य ३० हजार तिरबाट सुरु भएर लाखको रेन्जसम्म रहेको हुन्छ। माथिल्लो रेन्जको ल्यापटपहरु उत्कृष्ट भएतापनि यतिको मुल्य पर्ने ल्यापटपहरु खरीद गर्न धेरैको सामर्थ्य हुँदैन भने धेरै थोरै पैसा पर्ने ल्यापटपहरुले दैनिक कार्यहरु धान्न पनि अप्ठ्यारो हुन सक्छ। 

यसो हुने हुँदा अहिलेको समय अनुसार ४० देखि ५० हजारको रेन्जमा पर्ने ल्यापटपहरु कम्तिमा चाहिने जस्तो  देखिन्छन्। यस विषयलाई मान्यता दिँदै यस आर्टिकलमा नेपालमा उपलब्ध हुने ५० हजार भन्दा कम मुल्य पर्ने ८ उत्कृष्ट ल्यापटपहरुको बारेमा केहि जानकारी दिइएको छ।

५० हजार मुनिका ८ उत्कृष्ट ल्यापटपहरु (सारांश)

ल्यापटपमुल्य
Lenovo V140रु. ४४,९९९
Asus Vivobook E410MAरु. ४५,०००
Asus Vivobook X415MAरु. ४९,२९९
Asus Vivobook E510रु. ४९,३९९
Dynabook Tecra A40रु. ३७,९९०
Dell Inspiron 3510रु. ४५,०००
Lenovo Ideapad L3 15ITL6रु. ४७,९९९
Dell Vostro 3400रु. ४९,९९९

Lenovo V140

lenovo v140

Lenovo V140 यस लिस्टमा एउटा स्थान ओगट्न सफल बनेको एउटा राम्रो ल्यापटप हो। यस ल्यापटपलाई Intel Celeron N4000 प्रोसेसरले पावर गरेको छ जुन २.६ गिगाहर्ट्जसम्म क्लक गरिएको छ । यस ल्यापटपमा यसको मुल्य रेन्जको लागि राम्रो फिचरहरु समावेश गरिएको छ। 

यस ल्यापटपले ६ घन्टा सम्मको ब्याट्रि रन टाइम दिन्छ। साथै यो ल्यापटप Trusted Platform Module (TPM) को साथ आउने हुँदा यो ल्यापटप सेक्युरिटिको लागि राम्रो छ जुनले तपाईँहरुको सेन्सिटिभ डाटा तथा पासवर्डहरुलाई सुरक्षित राख्न सहयोग पुर्याउँछ।  

यस ल्यापटपमा जिपियुको लागि Intel UHD 600 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १५.६ इन्चको HD एन्टि ग्लेयर (anti-glare) TN प्यानल पाउनुहुनेछ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र १२८ जिबिको SSD स्टोरेज समावेश गरिएको छ जुन क्रमस ८ जिबि र २५६ जिबिसम्म बढाउन सकिनेछ।  ब्याट्रिको लागि यहाँ ३७ वाट हावर (37 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३७५ x २५३ x २२.३ मिलिमिटर, १.८३ किलो 
डिस्प्ले (Display)१५.६ इन्च anti-glare TN प्यानल, HD (1366 x 768p) रेजोल्युसन
प्रोसेसर (Processor)Intel Celeron N4000 (@2.6 GHz, 4 MB क्याचे)
जिपियु (GPU)Intel UHD Graphics 600
र्याम (RAM) ४ जिबि DDR4-2400 MHz८ जिबि सम्म अपग्रेड गर्न सकिने
स्टोरेज (Storage)१२८ जिबि SSD स्टोरेज२५६ जिबि सम्म अपग्रेड गर्न सकिने 
अपरेटिङ सिस्टम (Operating System)Windows 10
अडियो (Audio)Dolby Audio, स्टेरियो स्पिकर
आईओ पोर्ट (I/O Port)१ x USB Type-A 3.2 Gen 1 (5 Gbps)१ x USB Type-A 2.0१ x HDMI१ x Card Reader SD, SDHC, SDXC१ x Ethernet LANपावर ज्याक
किबोर्ड (Keyboard)नम्बर प्याड सहितको फुल साइज किबोर्ड
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11acBluetooth 4.2
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)30 WHrs४५ वाट AC अड्याप्टर
मुल्य (Price)रु. ४४,९९९

Asus Vivobook E410MA

asus vivobook e410ma

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Asus Vivobook E410MA। यस ल्यापटपलाई Intel Celeron N4020 प्रोसेसरले पावर गरेको छ जुनले २ कोर (2 cores), 4MB क्याचे (cache) २.८ गिगाहर्ट्जसम्म क्लक स्पिड प्रदान गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD Graphics 600 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ १४ इन्चको HD anti-glare IPS LCD प्यानलको प्रयोग गरिएको छ भने यसको १.३ किलो वजनले यस ल्यापटपलाई यस लिस्टको सबैभन्दा हल्का ल्यापटप बनाउँछ। 

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र २५६ जिबि SSD स्टोरेज समावेश गरिएको छ । ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३२.५० x २१.७० x १.८० ~ १.८४ सेनटिमिटर, १.३ किलो
डिस्प्ले (Display)१४ इन्च anti-glare IPS प्यानल, HD (1366 x 768) रेजोल्युसन, ६० हर्ट्ज रिफ्रेस रेट, २०० निट्स ब्राइटनेस, 45% NTSC color gamut
प्रोसेसर (Processor)Intel Celeron N4020 (@2.8 GHz, 4 MB क्याचे, 2 cores)
जिपियु (GPU)Intel UHD Graphics 600
र्याम (RAM)४ जिबि DDR4 र्याम
स्टोरेज (Storage)२५६ जिबि PCIe Gen3 x2 SSD स्टोरेज
क्यामेरा (Camera)720p VGA क्यामेरा
आईओ पोर्ट (I/O Port)१ x USB 2.0 Type-A पोर्ट
१ x USB 3.2 Gen 1 Type-A पोर्ट
१ x USB 3.2 Gen 1 Type-C पोर्ट
१ x HDMI 1.4 पोर्ट
१ x 3.5mm हेडफोन ज्याक
१ x Micro SD card reader (सेलेक्टेड मोडलमा मात्र)
पावर ज्याक
किबोर्ड (Keyboard)Chiclet किबोर्ड
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 5(802.11 ac)
Bluetooth 4.1
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)42 WHrs, 3S1P, 3-cell Li-ion
33W चार्जिङ अड्याप्टर
मुल्य (Price)रु. ४५,०००

Asus Vivobook X415MA 

asus vivobook x415ma

Asus Vivobook X14MA यस लिस्टमा समावेश गरिएको एउटा राम्रो ल्यापटप हो। यस ल्यापटपलाई Intel Celeron N4020 डुवल कोर प्रोसेसरले पावर गरेको छ जुनले डुवल कोर तथा २.८ गिगाहर्ट्जसम्म क्लक स्पिड अफर गर्छ । 

यस ल्यापटपमा जिपियुको लागि Intel HD Graphics 520 समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ तपाईँहरुले १४ इन्चको HD एन्टि ग्लेयर (anti-glare) IPS प्यानल पाउनुहुनेछ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। यस ल्यापटपको र्याम मेमोरीलाई ८ जिबि जिबिसम्म बढाउन सकिनेछ।  ब्याट्रिको लागि यहाँ ३० वाट हावर (30 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३२.५४ x २१.६० x १.९९ ~ १.९९ सेन्टिमिटर, १.६ किलो 
डिस्प्ले (Display)१४ इन्च anti-glare TN प्यानल, HD (1366 x 768p) रेजोल्युसन, ४५% NTSC color gamut, २२० निट्स ब्राइटनेस
प्रोसेसर (Processor)Intel Celeron N4020 (@ 2.8 GHz, 4 MB क्याचे, 2 cores)
जिपियु (GPU)Intel HD Graphics 520
र्याम (RAM) ४ जिबि DDR4 SO-DIMM८ जिबि सम्म अपग्रेड गर्न सकिने
स्टोरेज (Storage)२५६ जिबि SSD स्टोरेज
क्यामेरा (Camera)720p
आईओ पोर्ट (I/O Port)१ x USB 3.2 Gen 1 Type-A१ x USB 3.2 Gen 1 Type-C२ x USB 2.0 Type-A१ x HDMI 1.4१ x 3.5mm Combo Audio Jack१ x DC-in१ x Micro SD कार्ड रिडर 
किबोर्ड (Keyboard)Chiclet किबोर्ड
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11acBluetooth 4.1 (dual band)
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)37 WHrs, 2S1P, 2-cell Li-ion
मुल्य (Price)रु. ४९,२९९

Asus Vivobook E510

asus vivobook e510

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Asus Vivobook E510। यस ल्यापटपलाई Asus Vivobook X415MA झैँ Intel Celeron N4020 प्रोसेसरले पावर गरेको छ जुनले २ कोर र २.८ गिगाहर्ट्जसम्म क्लक स्पिड अफर गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD 600 समावेश गरिएको छ। डिजाइनको कुरा गर्ने हो भने तपाईँहरुले यहाँ महँगो मुल्यको ल्यापटपमा देखिने डिजाइन पाउनुहुनेछ भने डिस्प्लेको लागि यहाँ १५.६ इन्चको HD एन्टि ग्लेयर (anti-glare) IPS प्यानलको प्रयोग गरिएको छ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ भने र्याम तपाईँहरुले ८ जिबिसम्म अपग्रेड गर्न सक्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३६.०२ x २३.६४ x १.८१ ~ १.८१ सेन्टिमिटर, १.६३ किलो 
डिस्प्ले (Display)१५.६ इन्च anti-glare IPS प्यानल, HD (1366 x 768p) रेजोल्युसन, ४५% NTSC, २०० निट्स ब्राइटनेस
प्रोसेसर (Processor)Intel Celeron N4020 (@2.6 GHz, 4 MB क्याचे)
जिपियु (GPU)Intel UHD Graphics 600
र्याम (RAM) ४ जिबि DDR4-2400 MHz८ जिबि सम्म अपग्रेड गर्न सकिने
स्टोरेज (Storage)२५६ जिबि PCle SSD स्टोरेज 
अपरेटिङ सिस्टम (Operating System)Windows 10 Home
आईओ पोर्ट (I/O Port)१ x USB 3.2 Gen 1 Type-A१ x USB 3.2 Gen 1 Type-C३ x USB 2.0 Type-A१ x HDMI 1.4१ x 3.5mm Combo Audio Jack१ x DC-in
किबोर्ड (Keyboard)Chiclet किबोर्डनम्बर प्याड सपोर्ट
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11acBluetooth 4.1 (dual band)
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)42 WHrs, 3S1P, 3-cell Li-ion 
मुल्य (Price)रु. ४९,३९९

Dynabook Tecra A40

dynabook tecra a40

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Dynabook Tecra A40। Dynabook ब्रान्ड पहिलाको Toshiba ब्राण्डबाट परिणत भएको हो। यस ल्यापटपलाई डुवल कोर Intel Celeron 5205U प्रोसेसरले पावर गरेको छ जुनले २ थ्रेड सहित १.९ गिगाहर्ट्जसम्म क्लक स्पिड अफर गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD Graphics समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ १४ इन्चको HD LCD प्यानल समावेश गरिएको छ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र १२८ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिस्प्ले (Display)१४ इन्च LCD प्यानल, HD (1366 x 768p) रेजोल्युसन
प्रोसेसर (Processor)Intel Celeron 5205U (@1.9 GHz, 2 MB क्याचे, 2 cores, 2 thread)
जिपियु (GPU)Intel UHD Graphics 
र्याम (RAM) ४ जिबि DDR4 र्याम
स्टोरेज (Storage)१२८ जिबि NVMe M.2 SSD स्टोरेज 
अपरेटिङ सिस्टम (Operating System)Windows 10 Pro
आईओ पोर्ट (I/O Port)१ x USB 3.1 Gen 1 Type-C२ x USB 2.0 Type-A१ x HDMI पोर्ट१ x 3.5mm Combo Audio Jack१ x SD कार्ड रिडर१ x DC-in
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11 a/b/n/ac/axBluetooth 5.0
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)42 WHrs, 3-cell Li-ion, 45W अड्याप्टर
मुल्य (Price)रु. ३७,९९०

Dell Inspiron 3510

dell inspiron 3510

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Dell Inspiron 3510। यस ल्यापटपलाई अगाडिका केहि ल्यापटपहरु जस्तै Intel Celeron N4020 प्रोसेसरले पावर गरेको छ जुनले २ कोर (2 cores), ४ थ्रेड (4 threads) र २.८ गिगाहर्ट्जसम्म क्लक स्पिड प्रदान गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD Graphics समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ १५.६ इन्चको HD एन्टि ग्लेयर (anti-glare) LED प्यानलको प्रयोग गरिएको छ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र १२८ जिबि  SSD स्टोरेज समावेश गरिएको छ भने र्याम तपाईँहरुले ८ जिबिसम्म अपग्रेड गर्न सक्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३५८.५० x २३५.५६ x १७.५ ~ १८.९ मिलिमिटर, १.६५ किलो 
डिस्प्ले (Display)१५.६ इन्च anti-glare IPS प्यानल, HD (1366 x 768p) रेजोल्युसन, ४५% NTSC, २२० निट्स ब्राइटनेस
प्रोसेसर (Processor)Intel Celeron N4020 (@2.8 GHz, 4 MB क्याचे, 2 cores, 2 threads)
जिपियु (GPU)Intel UHD Graphics 
र्याम (RAM) ४ जिबि DDR4-2400 MHz८ जिबि सम्म अपग्रेड गर्न सकिने
स्टोरेज (Storage)१२८ जिबि PCle SSD स्टोरेज 
अपरेटिङ सिस्टम (Operating System)Windows 10 Home
आईओ पोर्ट (I/O Port)२ x USB 3.2 Gen 1 पोर्ट१ x USB 2.0 पोर्ट१ x HDMI 1.4 पोर्ट१ x 3.5mm हेडफोन ज्याक१ x SD कार्ड रिडर१ x DC-in
किबोर्ड (Keyboard)नम्बर प्याड सहितको फुल साइज किबोर्ड
अडियो (Audio)2 x 2W स्पिकर 
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11acBluetooth 4.1
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)42 WHrs, 3-cell 
मुल्य (Price)रु. ४५,०००

Lenovo Ideapad L3 15ITL6

lenovo ideapad l3

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Lenovo Ideapad L3 15ITL6। यस ल्यापटपलाई Intel Celeron 6305 प्रोसेसरले पावर गरेको छ जुन माथिल्ला उल्लेखित Celeron-N सिरिज ल्यापटपहरु भन्दा पावरफूल छ। यस प्रोसेसरले २ कोर (2 cores), २ थ्रेड (2 threads) र १.८ गिगाहर्ट्जसम्म क्लक स्पिड प्रदान गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD Graphics समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ १५.६ इन्चको FHD एन्टि ग्लेयर (anti-glare) IPS प्यानलको प्रयोग गरिएको छ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ४ जिबि DDR4 र्याम र २५६ जिबि  SSD स्टोरेज समावेश गरिएको छ जुन क्रमश तपाईँहरुले ८ जिबि र ५१२ जिबिसम्म अपग्रेड गर्न सक्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ३६ वाट हावर (36 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३६३ x २५४.६ x २२.९ मिलिमिटर, २.२ किलो 
डिस्प्ले (Display)१५.६ इन्च anti-glare IPS प्यानल, FHD (1920 x 1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस
प्रोसेसर (Processor)Intel Celeron 6305 (@2.8 GHz, 4 MB क्याचे, 2 cores, 2 threads)
जिपियु (GPU)Intel UHD Graphics 
र्याम (RAM) ४ जिबि DDR4-2933 MHz८ जिबि सम्म अपग्रेड गर्न सकिने
स्टोरेज (Storage)२५६ जिबि SSD स्टोरेज ५१२ जिबिसम्म सपोर्ट गर्न सकिने
अपरेटिङ सिस्टम (Operating System)Windows 10 Home
क्यामेरा (Camera)720p क्यामेरा, प्राइभेसि सटर
आईओ पोर्ट (I/O Port)१ x Ethernet (RJ-45) पोर्ट१ x USB-C 3.2 Gen 1 (डाटा ट्रान्सफर सपोर्ट मात्र)१ x HDMI 1.4 पोर्ट२ x USB 3.2 Gen 1 पोर्ट१ x Headphone / microphone combo jack (3.5mm)१ x DC-in
किबोर्ड (Keyboard)फुल साइज किबोर्ड, नम्बर प्याड
अडियो (Audio)स्टेरियो स्पिकर, 2 x 1.5W, Dolby Audio 
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11 ac 2x2Bluetooth 5.0
ब्याट्रि र पावर सप्लाइ (Battery and Power Supply)36 WHrs Li-polymer65W चार्जिङ अड्याप्टर 
मुल्य (Price)रु. ४७,९९९

Dell Vostro 3400

dell vostro 3400

यस मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप रहेको छ Dell Vostro 3400। Dell Vostro 3400 ले यस लिस्टमा सबैभन्दा राम्रो ल्यापटपको स्थान ओगटेको छ। 

यस ल्यापटपलाई 11th Gen Intel Core i3-1115G4 प्रोसेसरले पावर गरेको छ जुन माथिल्ला उल्लेखित Celeron प्रोसेसरहरु भन्दा भन्दा पावरफूल छ। यो प्रोसेसर डुवल कोर नै भएतापनि यसले 6 MB क्याचे र ४.१ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ।

यस ल्यापटपमा जिपियुको लागि Intel UHD Graphics समावेश गरिएको छ। डिस्प्लेको लागि यहाँ १४ इन्चको HD एन्टि ग्लेयर (anti-glare) LCD प्यानलको प्रयोग गरिएको छ।  

मेमोरी र स्टोरेजको लागि यहाँ ८ जिबि DDR4 र्याम र २५६ जिबि  SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ३६ वाट हावर (36 Whr) ब्याट्रि समावेश गरिएको छ। 

यस ल्यापटपको समग्र फिचरहरु यस प्रकार रहेको छ।

डिमेन्सन र वजन (Dimension and weight)३२.८ x २३.९ x २ सेन्टिमिटर, १.५९ किलो 
डिस्प्ले (Display)१४ इन्च anti-glare LCD प्यानल, FHD (1920 x 1080p) रेजोल्युसन
प्रोसेसर (Processor)11th Gen Intel Core i3-1115G4 (@4.1 GHz, 6 MB क्याचे, 2 cores, 2 threads)
जिपियु (GPU)Intel UHD Graphics 
र्याम (RAM) ८ जिबि DDR4-2666 MHz१६ जिबिसम्म बढाउन सकिने
स्टोरेज (Storage)२५६ जिबि SSD स्टोरेज 
अपरेटिङ सिस्टम (Operating System)Windows 10 Home
क्यामेरा (Camera)720p HD webcam
आईओ पोर्ट (I/O Port)१ x Ethernet RJ-45 पोर्ट२ x USB-C 3.2 Gen 1 Type-A पोर्ट १ x USB 2.0 Type-A पोर्ट१ x HDMI 1.4 पोर्ट१ x audio jack (3.5mm)१ x SD card readerपावर ज्याक
किबोर्ड (Keyboard)फुल साइज किबोर्ड, नम्बर प्याड उपलब्ध छैन
अडियो (Audio)स्टेरियो स्पिकर, 2 x 2W 
नेटवर्क तथा कम्युनिकेसन (Network and Communication)Wi-Fi 802.11 ac Bluetooth 5.0
ब्याट्रि (Battery)42 WHrs, 3-cell ब्याट्रि 
मुल्य (Price)रु. ४९,९९९ 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.