नेपालमा उपलब्ध ६० देखि ९० हजार सम्मका राम्रा १० ल्यापटप

best laptop in nepal

अहिलेको समयमा ल्यापटपको अत्यावश्यकता निकै बढ्दो छ। यसको पोर्टेबलिटि अर्थात् एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने फिचरले यसलाई कम्प्युटरभन्दा धेरै सुलभ बनाउँछ। विद्यार्थीहरु देखि अफिसमा काम गर्ने मानिसहरुलाई ल्यापटपको धेरै आवश्यकता पर्ने देखिन्छ। 

यसबाहेक हाल नेपालमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थिहरुको वृद्धि भएको छ भने भिडियो एडिटिङ, ग्राफिक्स डिजाइनिङ, प्रोग्रामिङ जस्ता कम्प्युटरलाई फोकस गर्ने कार्यहरु पनि उत्तिकै बढेका छन्। यस्ता हेभि टास्कहरुको लागि सस्तो ल्यापटपहरुको पर्फमेन्सले धान्न गार्हो पर्ने हुँदा अलिक राम्रो पर्फमेन्सको लागि अहिले ६० हजार या सो भन्दा माथिका ल्यापटपहरु आवश्यक पर्ने देखिन थालेका छन्। 

यसै सेरोफेरोमा रहेर यस आर्टिकलमा नेपालमा उपलब्ध हुने ६० हजार देखि ९० हजार सम्मका १० वटा राम्रा ल्यापटपहरुको जानकारी दिइएको छ।

६० देखि ९० हजार सम्मका राम्रा ल्यापटप (सारांश)

ल्यापटपमुल्य
Dell Inspiron 3511रु. ६१,०००
HP Notebook 14-fq1051AUरु. ६५,०००
Asus Vivobook X515EAरु. ६५,०००
Acer Aspire 5 2021रु. ७४,०००
Lenovo Ideapad 3 2021रु. ७४,०००
HP Notebook 15-ef2127wmरु. ७८,०००
Dell Vostro 3510रु. ८२,०००
Acer Swift 3 2021रु. ८५,०००
Dell Inspiron 3511रु. ८९,०००
Dell Inspiron 15 5515रु. ९२,०००*
नोटः यस आर्टिकलमा १० वटा ल्यापटपलाई यिनीहरुको मुल्य अनुसार बढ्दो क्रममा राखिएको छ, विशेषता अनुसार हैन।

ल्यापटपमा रूचि राख्नुहुन्छ? यी आर्टिकलहरु पनि हेर्नुहोस्ः

Dell Inspiron 3511

dell inspiron 3511

यस लिस्टलाई सुरुवात गर्दै छ Dell Inspiron 3511 ले। ६५ हजार भन्दा कम मुल्यको लागि यो एउटा राम्रो ल्यापटप हो। यस ल्यापटपलाई 11th Gen Intel Core i3-1115G4 प्रोसेसरले पावर गरेको छ जुनले २ कोर (2 cores), ४ थ्रेड (4 threads) र ४.१ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ Intel UHD Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च IPS LCD डिस्प्ले पाउनुहुनेछ जुनले २२० निट्स ब्राइटनेस अफर गर्छ। रेजोल्युसनको लागि यहाँ FHD अर्थात् Full HD रेसोल्युसन भेट्नुहुनेछ। यस मुल्य सेग्मेन्टको लागि तपाईँहरुले स्ट्यान्डर्ड ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट भेट्न सक्नुहुनेछ।

RAM मेमोरीको लागि यहाँ तपाईँहरुले ४ जिबि RAM भेट्नुहुनेछ जुन १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ तपाईँहरुले २५६ जिबिको SSD स्टोरेज र १ टिबिको HDD स्टोरेज भेट्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ भने ब्याट्रि चार्जिङको लागि यहाँ ४५ वाटको AC अड्याप्टर उपलब्ध छ।

Dell Inspiron 3511 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५८.५ x २३५.५६ x १७.५ मिलिमिटर
  • वजन (Weight): १.८५ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च IPS LCD, FHD (1920x1080p) रेजोल्युसन, २२० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): 11th Gen Intel Core i3-1115G4 (2 cores/ 4 threads, 4.1 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Intel UHD Graphics 
  • र्याम (RAM): ४ जिबि DDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): ५१२ NVMe SSD, १ टिबि HDD स्टोरेज
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 1 Type-C पोर्ट, २x USB 3.2 Gen 1 Type-A पोर्ट, १x USB 2.0 पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्पिकर अडियो
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 42 Whr ब्याट्रि, ४५ वाट ACअड्याप्टर 
  • मुल्य (Price): रु. ६१,०००

HP Notebook 14-fq1051AU

HP Notebook 14-fq1051AU

६५ हजार मुल्य सम्मको लागि अर्को राम्रो ल्यापटप रहेको छ HP Notebook 14s-fq1051AU या HP 14s-fq1051AU। यस ल्यापटपलाई AMD Ryzen 3 5300U प्रोसेसरले पावर गरेको छ जुनले ४ कोर (4 cores), ८ थ्रेड (8 threads) र ३.८ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। कोर र थ्रेड बढाएर यहाँ क्लक स्पिडमा कम्प्रमाइज गरिएको छ। जिपियुको लागि यहाँ इन्टिग्रेटेड AMD Radeon Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले थोरै सानो साइजको १४ इन्च IPS LCD डिस्प्ले पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र स्ट्यान्डर्ड ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD अर्थात् Full HD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ तपाईँहरुले ४ जिबि RAM भेट्नुहुनेछ जुन १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ तपाईँहरुले २५६ जिबिको SSD स्टोरेज भेट्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४१ वाट हावर (41 Whr) ब्याट्रि समावेश गरिएको छ भने ब्याट्रि चार्जिङको लागि यहाँ ४५ वाटको AC अड्याप्टर उपलब्ध छ।

HP Notebook 14-fq1051AU को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३२.४ x २२.५ x १.७९ सेन्टिमिटर
  • वजन (Weight): १.४७ किलो
  • डिस्प्ले (Display): १४ इन्च IPS LCD, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 3 5300U (4 cores/ 8 threads, 3.8 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Integrated AMD Radeon Graphics 
  • र्याम (RAM): ४ जिबि DDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि NVMe M.2 SSD स्टोरेज
  • आईओ पोर्ट (I/O Ports): १x USB Type-C पोर्ट, २x USB Type-A पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्पिकर अडियो
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 41 Whr ब्याट्रि, ४५ वाट ACअड्याप्टर 
  • मुल्य (Price): रु. ६५,०००

Asus Vivobook X515EA

Asus Vivobook X515EA

६५ हजार मुल्यको सेरोफेरोको लागि अर्को राम्रो ल्यापटप हो Asus Vivobook X515EA। यस ल्यापटपलाई 11th Gen Intel Core i3-1115G4 प्रोसेसरले पावर गरेको छ जुनले २ कोर (2 cores), ४ थ्रेड (४ threads) र ४.१ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ Intel Iris Xe Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलै साइजको १५.६ इन्च IPS LCD डिस्प्ले पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ तपाईँहरुले ४ जिबि RAM भेट्नुहुनेछ जुन १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ तपाईँहरुले २५६ जिबिको SSD स्टोरेज भेट्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ३७ वाट हावर (37 Whr) ब्याट्रि समावेश गरिएको छ। 

Asus Vivobook X515EA को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३६ x २३.५ x १.९९ सेन्टिमिटर
  • वजन (Weight): १.८ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च IPS LCD, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): 11th Gen Intel Core i3-1115G4 (2 cores/ 4 threads, 4.1 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Intel Iris Xe Graphics 
  • र्याम (RAM): ४ जिबि DDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि SSD स्टोरेज (HDD बढाउन सकिने)
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 1 Type-C पोर्ट, १x USB 3.2 Gen 1 Type-A पोर्ट, २x USB 2.0 Type-A पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा
  • ब्याट्रि (Battery): 37 Whr ब्याट्रि, 2-cell Li-ion ब्याट्रि 
  • मुल्य (Price): रु. ६५,०००

Acer Aspire 5 2021

 Acer Aspire 5 2021 - Ryzen 5 Edition

८० हजार मुल्यको सेरोफेरेमा Acer Aspire 5 2021 एउटा राम्रो ल्यापटप हो। यस ल्यापटपलाई AMD Ryzen 5 5500U प्रोसेसरले पावर गरेको छ जुनले ६ कोर (6 cores), १२ थ्रेड (12 threads) र ४.० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ AMD Radeon Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च IPS LCD डिस्प्ले पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ तपाईँहरुले ८ जिबि RAM भेट्नुहुनेछ जुन ३२ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ तपाईँहरुले २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ भने तपाईँहरुले यहाँ एक्सपान्डेबल HDD स्टोरेज पनि भेट्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४८ वाट हावर (48 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

Acer Aspire 5 2021 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३६.३४ x २५.० x १.७९ सेन्टिमिटर
  • वजन (Weight): १.८ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च IPS LCD, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 5 5500U (6 cores, 12 threads, 4.0 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): AMD Radeon Graphics 
  • र्याम (RAM): ८ जिबि DDR4 RAM (३२ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि NVMe M.2 SSD स्टोरेज (HDD स्टोरेजलाई बढाउन सकिने)
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 1 Type-C पोर्ट, २x USB 3.2 Gen 1 Type-A पोर्ट, १x USB 2.0 पोर्ट, १x HDMI पोर्ट, १x RJ45 इथरनेट पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्टेरियो स्पिकर अडियो
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 48 Whr ब्याट्रि, ६५ वाट ACअड्याप्टर 
  • मुल्य (Price): रु. ७४,०००

Lenovo Ideapad 3 2021

lenovo ideapad 3

८० हजार भन्दा कम मुल्यको लागि Lenovo Ideapad 3 2021 सबैभन्दा उत्कृष्ट ल्यापटपहो भन्दा फरक नपर्ला। मुल्य अनुसारको स्पेसिफिकेसनको लागि कुरा गर्दा यो ल्यापटप यस मुल्य सेग्मेन्टको लागि सबैभन्दा उत्कृष्ट ठहरिन्छ। 

यस ल्यापटपलाई पनि AMD Ryzen 5 5500U प्रोसेसरले नै पावर गरेको छ जुनले ६ कोर (6 cores), १२ थ्रेड (12 threads) र ४.० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ AMD Radeon Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च TN डिस्प्ले प्यानल पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। TN प्यानल डिस्प्लेको लागि IPS प्यानल जतिको राम्रो नभए तापनि एक जनाको प्रयोजनको लागि यसको त्यति असर पर्दैन। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि RAM रहेको छ जुनलाई १२ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ४५ वाट हावर (45 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

यस मुल्य सेग्मेन्टमा Lenovo Ideapad 3 2021 मात्र यस्तो ल्यापटप हो जुनले फिङ्गरप्रिन्ट स्क्यानर अफर गर्छ। यस बाहेक क्यामेराको लागि यहाँ प्राइभेसि सटर पनि समावेश गरिएको छ। ओभरल पर्फेमेन्स र मुल्यको लागि यो ल्यापटप यस लिस्टको नै सबैभन्दा राम्रो ल्यापटपमा पर्न आउँछ।

Lenovo Ideapad 3 2021 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५९.२ x २३६.५ x १९.९ मिलिमिटर
  • वजन (Weight): १.६५ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च TN प्यानल, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 5 5500U (6 cores, 12 threads, 4.0 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Integrated AMD Radeon Graphics 
  • र्याम (RAM): ८ जिबि DDR4 RAM (१२ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि NVMe M.2 SSD स्टोरेज (HDD स्टोरेजलाई बढाउन सकिने)
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 1 Type-C पोर्ट, १x USB 3.2 Gen 1 Type-A पोर्ट, १x USB 2.0 पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, फिङ्गरप्रिन्ट रिडर, Dolby Atmos अडियो, डुवल स्टेरियो स्पिकर 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 45 Whr ब्याट्रि, ६५ वाट ACअड्याप्टर 
  • मुल्य (Price): रु. ७४,०००

HP Notebook 15-ef2127wm

HP Notebook 15-ef2127wm

८० हजार भन्दा मुनिको मुल्य सेग्मेन्टको लागि अर्को राम्रो ल्यापटप हो HP Notebook 15-ef2127wm। यस ल्यापटपलाई AMD Ryzen 5 5500U प्रोसेसरले पावर गरेको छ जुनले ६ कोर (6 cores), १२ थ्रेड (12 threads) र ४.० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ सिस्टम इन्टिग्रेटेड AMD Radeon Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च IPS LCD डिस्प्ले पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि RAM रहेको छ जुनलाई १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ४१ वाट हावर (41 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ४५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

उस्तै स्पेसिफिकेसन भएका Acer Aspire 5 र Lenovo Ideapad 3 भन्दा मुल्यमा केहि महँगो देखिए तापनि यो ल्यापटप पनि उत्तिकै राम्रो छ। 

HP Notebook 15-ef2127wm को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५.८५ x २४.२ x १.७९ सेन्टिमिटर
  • वजन (Weight): १.६९ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च IPS LCD, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 5 5500U (6 cores, 12 threads, 4.0 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Integrated AMD Radeon Graphics 
  • र्याम (RAM): ८ जिबि DDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि NVMe M.2 SSD स्टोरेज (HDD स्टोरेजलाई बढाउन सकिने)
  • आईओ पोर्ट (I/O Ports): १x Type-C पोर्ट, २x Type-A पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्पिकर अडियो
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 41 Whr ब्याट्रि, ४५ वाट ACअड्याप्टर 
  • मुल्य (Price): रु. ७८,०००

Dell Vostro 3510

dell vostro 3510

८० हजारकै सेरोफेरोमा Dell Vostro 3510 पनि एउटा राम्रो ल्यापटप हो। यस ल्यापटपलाई 11th Generation Intel Core i5-1135G7 प्रोसेसरले पावर गरेको छ जुनले ४ कोर (4 cores), ८ थ्रेड (8 threads) र ४.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ Intel Iris Xe Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च IPS LCD डिस्प्ले प्यानल पाउनुहुनेछ जुनले २२० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि RAM रहेको छ जुनलाई १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ भने यसको HDD लाई १ टिबिसम्म बढाउन पनि सक्नुहुनेछ। ब्याट्रिको लागि यहाँ ४१ वाट हावर (41 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

मुल्यको अनुसार यो ल्यापटप केहि महँगो भएतापनि यो एउटा राम्रो ल्यापटप हो भन्ने कुरालाई नकार्न सकिँदैन जसकारणले यो ल्यापटपले यस लिस्टमा आफ्नो स्थान बनाउन सकेको छ।

Dell Vostro 3510 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५८.५ x २३५.५६ x १८.९ मिलिमिटर
  • वजन (Weight): १.६९ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च IPS LCD डिस्प्ले प्यानल, FHD (1920x1080p) रेजोल्युसन, २२० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): 11th Generation Intel Core i5-1135G7 (4 cores, 8 threads, 4.2 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): Intel Iris Xe Graphics
  • र्याम (RAM): ८ जिबि DDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): २५६ जिबि SSD स्टोरेज, HDD स्टोरेजलाई १ टिबिसम्म बढाउन सकिने
  • आईओ पोर्ट (I/O Ports): २x USB 3.2 Gen 1 पोर्ट, १x USB 2.0 पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्टेरियो स्पिकर 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 41 Whr ब्याट्रि, ६५ वाट AC अड्याप्टर 
  • मुल्य (Price): रु. ८२,०००

Acer Swift 3 2021

acer swift 3 2021

८५ हजारको सेरोफेरोमा Acer Swift 3 2021 एउटा राम्रो ल्यापटप हो। प्रोसेसरको लागि तपाईँहरुले केहि कम मुल्यका ल्यापटपहरुमा पनि पाइने AMD Ryzen 5 5500U प्रोसेसर भेट्नुहुनेछ जुनले ६ कोर (6 cores), १२ थ्रेड (12 threads) र ४.० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ AMD Radeon Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले थोरै सानो साइजको १४ इन्च IPS LCD डिस्प्ले प्यानल पाउनुहुनेछ जुनले ३०० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। यस ल्यापटपको अर्को राम्रो पक्ष भनेको यसले ७२% NTSC color gamut प्रदान गर्छ जुन अहिले सम्मका सबै ल्यापटपहरुले अफर गरेका 45% NTSC color gamut भन्दा राम्रो छ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि RAM रहेको छ। स्टोरेजको लागि यहाँ ५१२ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ४८ वाट हावर (48 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

यस लिस्टको लागि फिङ्गरप्रिन्ट रिडर समावेश गर्ने यो दोस्रो ल्यापटप हो भने यसको १.२ किलो वजनले यस ल्यापटपलाई यस लिस्टको सबैभन्दा हलुका ल्यापटप बनाउँछ। 

Acer Swift 3 2021 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३२२.८ x २१२.२ x १५.९ मिलिमिटर
  • वजन (Weight): १.२ किलो
  • डिस्प्ले (Display): १४ इन्च IPS LCD डिस्प्ले प्यानल, FHD (1920x1080p) रेजोल्युसन, ३०० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 72% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 5 5500U (6 cores, 12 threads, 4.0 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): AMD Radeon Graphics
  • र्याम (RAM): ८ जिबि DDR4 RAM 
  • स्टोरेज (Storage): ५१२ जिबि SSD स्टोरेज
  • आईओ पोर्ट (I/O Ports): २x USB 3.2 Gen 1 पोर्ट, १x USB 3.2 Gen 2 Type-C पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, फिङ्गरप्रिन्ट रिडर, डुवल स्टेरियो स्पिकर 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 48 Whr ब्याट्रि, ६५ वाट AC अड्याप्टर 
  • मुल्य (Price): रु. ८५,०००

Dell Inspiron 3511

dell inspiron 3511 i5

९० हजारको सेरोफेरोमा पाइने अर्को राम्रो ल्यापटप हो Dell Inspiron 3511 । यस ल्यापटपलाई Dell Inspiron 15 3511 भनेर पनि जानिन्छ। यस ल्यापटपको नाम यस लिस्टमा अगाडि पनि आइसकेको छ तर यहाँ यस ल्यापटपको i5 भेरियन्टको कुरा गरिएको छ। 

यस ल्यापटपलाई 11th Generation Intel Core i5-1135G7 प्रोसेसरले पावर गरेको छ जुनले ४ कोर (4 cores), ८ थ्रेड (8 threads) र ४.२ गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ NVIDIA GeForce MX350 ग्राफिक्स समावेश गरिएको छ जुन Intel Iris Xe graphics भन्दा राम्रो जिपियु हो।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च WVA डिस्प्ले प्यानल पाउनुहुनेछ जुनले ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि LPDDR4 RAM रहेको छ जुनलाई १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ ५१२ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ४२ वाट हावर (42 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। 

भन्नु नै पर्दा यो ल्यापटप यसको स्पेसिफिकेसनको अनुसार महँगो छ। न त यसमा फिङ्गरप्रिन्ट रिडर छ न नै IPS LCD स्क्रिन। यसको एक मात्र राम्रो पक्ष भनेको यसको जिपियु हो जुनले २ जिबि VRAM अफर गर्छ। तर यहि ल्यापटपको NVIDIA GeForce MX350 जिपियु बाहेकको भेरियन्ट तपाईँहरुले केहि सस्तो मुल्यमा पनि भेट्न सक्नुहुनेछ। 

Dell Inspiron 3511 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५८.५ x २३५.५६ x १७.५० मिलिमिटर
  • वजन (Weight): १.८५ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च WVA डिस्प्ले प्यानल, FHD (1920x1080p) रेजोल्युसन, ६० हर्ट्ज रिफ्रेस रेट
  • प्रोसेसर (Processor): 11th Generation Intel Core i5-1135G7 (4 cores, 8 threads, 4.2 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): AMD Radeon Graphics
  • र्याम (RAM): ८ जिबि LPDDR4 RAM (१६ जिबिसम्म बढाउन सकिने)
  • स्टोरेज (Storage): ५१२ जिबि SSD स्टोरेज
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 1 Type-C पोर्ट, २x USB 3.2 Gen 1 Type-A पोर्ट, १x USB 2.0 पोर्ट, १x RJ45 इथरनेट पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, डुवल स्पिकर 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 42 Whr ब्याट्रि, ६५ वाट AC अड्याप्टर 
  • मुल्य (Price): रु. ८९,०००

Dell Inspiron 15 5515

dell inspiron 15 5515

यस लिस्टमा अन्तिम नाम रहेको छ Dell Inspiron 15 5515। यस लिस्टमा यो तेस्रो ल्यापटप हो जुन फिङ्गरप्रिन्ट रिडरको साथ आउँछ। 

यस ल्यापटपलाई AMD Ryzen 5 5500U प्रोसेसरले पावर गरेको छ जुनले ६ कोर (6 cores), १२ थ्रेड (12 threads) र ४.० गिगाहर्ट्ज सम्मको क्लक स्पिड प्रदान गर्छ। जिपियुको लागि यहाँ AMD Radeon Vega Graphics समावेश गरिएको छ।

डिस्प्लेको लागि यहाँ तपाईँहरुले ठुलो साइजको १५.६ इन्च WVA डिस्प्ले प्यानल पाउनुहुनेछ जुनले २५० निट्स ब्राइटनेस र ६० हर्ट्ज स्क्रिन रिफ्रेस रेट अफर गर्छ। रेजोल्युसनको लागि यहाँ पनि तपाईँहरुले FHD रेसोल्युसन भेट्नुहुनेछ। 

RAM मेमोरीको लागि यहाँ ८ जिबि LPDDR4 RAM रहेको छ जुनलाई १६ जिबिसम्म बढाउन सकिन्छ। स्टोरेजको लागि यहाँ २५६ जिबिको SSD स्टोरेज समावेश गरिएको छ। ब्याट्रिको लागि यहाँ ५४ वाट हावर (54 Whr) ब्याट्रि समावेश गरिएको छ र यसलाई चार्ज गर्न यहाँ ६५ वाटको AC अड्याप्टर पनि प्रदान गरिएको छ। मुल्य र स्पेसिफिकेसनको हिसाबले यो ल्यापटप पनि महँगो नै छ। तापनि यो ल्यापटप नराम्रो भने पक्कै हैन।

Dell Inspiron 15 5515 को विशेषताहरु

  • डिमेन्सन (Dimension): ३५६.०६ x २२८.९ x १४.६ मिलिमिटर
  • वजन (Weight): १.६४ किलो
  • डिस्प्ले (Display): १५.६ इन्च WVA डिस्प्ले प्यानल, FHD (1920x1080p) रेजोल्युसन, २५० निट्स ब्राइटनेस, ६० हर्ट्ज रिफ्रेस रेट, 45% NTSC Color Gamut
  • प्रोसेसर (Processor): AMD Ryzen 5 5500U (6 cores, 12 threads, 4.0 GHz सम्मको क्लक स्पिड)
  • जिपियु (GPU): AMD Radeon Vega Graphics
  • र्याम (RAM): ८ जिबि LPDDR4 RAM (१६ जिबि सम्म बढाउन सकिने) 
  • स्टोरेज (Storage): २५६ जिबि SSD स्टोरेज
  • आईओ पोर्ट (I/O Ports): १x USB 3.2 Gen 2 Type-C पोर्ट, २x USB 3.2 Gen 1 Type-A पोर्ट, १x HDMI पोर्ट, १x ३.५ मिलिमिटर हेडफोन ज्याक, १x AC चार्जिङ पोर्ट
  • अन्य फिचर (Other Features): 720p HD क्यामेरा, फिङ्गरप्रिन्ट रिडर, डुवल स्पिकर 
  • ब्याट्रि तथा पावर सप्लाइ (Battery and Power Supply): 54 Whr ब्याट्रि, ६५ वाट AC अड्याप्टर 
  • मुल्य (Price): रु. ९२,०००*

अन्त्यमा, 

ल्यापटप अत्यावश्यक र महँगो कुरा हुने हुँदा यसलाई राम्ररी जाँचेर र बुझेर मात्र खरिद गर्नुपर्ने हुन्छ। तपाईंहरुको सजिलोका लागि यस प्राइस रेन्जको लागि १० वटा ल्यापटपहरु यहाँ समावेश गरिएको छ। दराजको नयाँ वर्ष या दशैँ-तिहार अफरसम्म पर्खन सक्नुभयो भने तपाईँहरुले यी ल्यापटपहरुमा अझ भारी छुटहरु पाउन सक्नुहुनेछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.