३० हजार मुनिका उत्कृष्ट मोबाइल फोनहरु (२०२३)

Best Smartphon under 30000

मोबाइल मार्केटमा हुने प्रतिस्पर्धाको अनुसार अहिले राम्रो फिचरहरु हुने मोबाइल फोनहरुको लागि धेरै पैसा खर्च गर्नुपर्ने छैन र ३० हजार सम्ममा नै निकै राम्रा फिचरहरु भएका मोबाइल फोनहरु बजारमा उपलब्ध हुने गरेका छन्।

जति पैसा थपिँदै गयो उति नै अझै राम्रो फिचरहरु भएका मोबाइल फोनहरु भेट्न सकिन्छ। तर मार्केटमा हुने प्रतिस्पर्धाले,अहिले ३० हजार पनि खर्च नगरी निकै उत्कृष्ट फोनहरु बजारमा भेट्न सकिन्छ, मात्र राम्रा फोनहरु छान्न सक्नुपर्छ। 

यस लेखमा ३० हजार भन्दा कम मूल्य पर्ने उत्कृष्ट मोबाइल फोनहरुको बारेमा जानकारी प्रदान गरिएको छ।

३० हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु (सारांश)

मोबाइल मुल्य
Samsung Galaxy A24रु. २८,९९९ (६/१२८)
रु. ३१,९९९ (८/१२८)*
Redmi Note 124Gरु. २२,९९९ (४/१२८)
रु. २४,९९९ (६/१२८)
रु. २६,९९९ (८/१२८)
रु. २७,९९९ (८/२५६)
5Gरु. २९,९९९ (६/१२८)
रु. ३१,९९९ (८/२५६)*
Realme 10रु. २९,९९९  (८/१२८)
Vivo Y36रु. २८,९९९ (८/१२८)
Honor X8aरु. ३०,४९० (८/१२८)*

Honor X8a

यस लिस्टको सुरुवातमा हामीसँग अनर X8a रहेको छ। अनरको अरु स्मार्टफोन जस्तै यस फोनको मुख्य विशेषता भनेको यसको उत्कृष्ट डिजाइन हो। यहाँ तपाइले ६.७ इन्चको FHD+ LTPS LCD डिस्प्ले प्यानल र ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट जस्तो फिचर पाउनु हुन्छ। 

त्यस्तै फोनमा १०० मेगापिक्सलको म्मुख्य क्यामेरा, ५ मेगपिक्सलको अल्ट्रा-वाइड र २ मेगपिक्सलको म्याक्रो क्यामेरा गरि ट्रिपल ब्याक क्यामेरा सेटप पाउछौ। साथै आगाडीको भागमा पन्च होल (punch hole) डिजाइन सहित १६ मेगापिक्सलको सेल्फी क्यामेरा पाउछौ। 

उत्कृष्ट डिजाइनसँगै फोनको अर्को आकर्षण भनेको यसको १०० मेगपिक्सलको मुक्य क्यामेरा हो। प्रोसेसरको लागि भने यहाँ ‘Mediatek Helio G88’ पर्योग भएको छ। १२ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको यो प्रोसेसर मूल्य अनुसार त्यति शक्तिशाली भने हैन। अनर X8a यस लिस्टको उत्कृष्ट फोन भने हैन तपाईंले यो लिस्टबाट अन्य फोन पनि हेर्न सक्नुहुन्छ।

Honor X8a काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.७ इन्च स्क्रिन, LTPS LCD प्यानल, FHD+ (2220x1080p), पन्च होल (punch hole) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेसरेट
चिपसेट (Chipset)Mediatek Helio G88 4G (12nm)
ओएस/ युआइ (OS/UI)Android 12 / Magic UI 6.1
ब्याक क्यामेरा (Back Camera)१०० मेगापिक्सल, f/१.९ (वाइड)५ मेगापिक्सल, f/२.२ (अल्ट्रा-वाइड)२ मेगापिक्सल, f/२.४ (म्याक्रो)
फ्रन्ट क्यामेरा (Front Camera)१६ मेगापिक्सल, f/२.४५ (सेल्फि क्यामेरा)
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ जिबि र्याम र १२८ जिबि स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 5 ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1
ब्याट्रि र चार्जिङ (Battery & Charging)4500 mAh ब्याट्रि, २२.५ वाट चार्जिङ
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर
मुल्य (Price)रु. ३०,४९० (८/१२८)*

Vivo Y36

यस लिस्टमा समावेश गरिएको अर्को राम्रो मोबाइल फोन रहेको छ Vivo Y36 । एक्वा ग्लिटर र मेटोर ब्ल्याक गरि जम्मा दुइओटा करल अपशन भएको यो फोनमा भिभोले निकै आकर्षक देखिने प्लास्टिक ब्याक प्यानल प्रयोग गरेको छ, जसले फोनलाई आकर्षक र प्रिमियम देखाउ छ। 

त्यस्तै डिस्प्लेमा भने ६.६४ इन्चको “Ultra O” LCD स्क्रिन, ९० हर्ट्जको रिफ्रेसरेट,  ६५० निटसको ब्राइटनेस जस्तो फिचर पाउनु हुन्छ। त्यस बाहेक फोनको सिक्योरिटीको लागि साइडमा फिंगरप्रिन्ट सेन्सर दिएको छ। 

प्रोसेसरको लागि भने ६ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको ‘Qualcomm Snapdragon 680’ चिप्सेट प्रयोग भएको छ। यसलाई यो मूल्य रेन्जको लागि राम्रै प्रोसेसर मान्न सकिन्छ । डुवल क्यामेरा सेटप भएको यो फोनमा ५० मेगापिक्सलको मुक्य क्यामेरा र २ मेगापिक्सलको सेकन्डरी क्यामेरासंगै फ्रन्टमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउनु हुन्छ। मूल्य र विशेषताहरु हेर्ने हो भने यो फोन दैनिकी कामहरु गर्न ठिकै हुन्छ तर  हाई परफॉर्मेंस टास्कको लागि हाम्रो लिस्टकोअरु फोनहरु हेर्न सक्नु हुन्छ।    

Vivo Y36 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६४ इन्च स्क्रिन, FHD (1080 x 2388 p), ९० हर्ट्ज रिफ्रेसरेट
चिपसेट (Chipset)Qualcomm Snapdragon 680 (6nm)
ओएस/ युआइ (OS/UI)Android 13 / FunTouch OS 13
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 depth lens)
फ्रन्ट क्यामेरा (Front Camera)१६ मेगापिक्सल, f/२.५ (सेल्फि क्यामेरा)
मेमोरी र स्टोरेज (Memory & Storage)८ जिबि र्याम र १२८ जिबि स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.1
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, ४४ वाट चार्जिङ
मुल्य (Price)रु. २८,९९९ (८/१२८)*

Realme 10

यस लिस्टको तेस्रो स्थानमा रहेको छ Realme 10, स्मार्टफोनमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले, ९० हर्ट्जको रिफ्रेसरेट, १८० हर्ट्जको टच स्याम्प्लिङ रेट, ६०० निटस ब्राइटनेस जस्तो आकर्षक फिचरहरु समाबेश गरेको छ। आकर्षक फिचरहरुसंगै यसको उत्कृष्ट डिजाइननै फोन तेस्रो स्थानमा हुनुको एक मुख्य कारण हो। 

परफॉर्मेंसको हिसाबले फोनमा ‘Mediatek Helio G99’ पर्योग भएको छ। यो चिपसेट ६ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर भएको प्रोसेसर हो। यसमा ५० मेगपिक्सलको मुख्य र २ मेगपिक्सलको सेकन्डरी गरि डुवल क्यामेरा सेटप र अगाडी १६ मेगापिक्सलको सेल्फि क्यामेरा पाउनु हुन्छ। 

साथै फोनमा गोरिल्ला ग्लास ५ , फिंगरप्रिन्ट सेन्सर, ५००० mAhको ठुलो ब्याट्री जस्तो अन्य फिचरहरु पनि पाउनु हुन्छ। मूल्य र विशेषतामा अरु स्मार्टफोन भन्दा धेरै भिन्न नभए पनि यसको मुक्य आकर्षक यसको डिजाइन रहेको छ।  

Realme 10 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.४ इन्च सुपर एमोलेड डिस्प्ले, FHD+ (2400 x 1080 p), ९० हर्ट्ज रिफ्रेसरेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट, ६०० निटस ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio G99 (6nm)
ओएस/ युआइ (OS/UI)Android 12 / Realme UI 3.0 
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 2 MP f/2.4 depth lens) 
फ्रन्ट क्यामेरा (Front Camera)१६ मेगापिक्सल, f/२.५ (सेल्फि क्यामेरा)
मेमोरी र स्टोरेज (Memory & Storage)८ जिबि र्याम र १२८ जिबि स्टोरेज
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.3
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, ३३ वाट चार्जिङ
मुल्य (Price)रु. २९,९९९  (८/१२८)*

Redmi Note 12 (4G / 5G) 

यस लिस्टको दुस्रो स्थानमा रहेको छ Redmi Note 12 को 4G र 5G भेरियन्ट। रेड्मीको यी दुवै फोन हेर्दा र विशेषतामा तेस्तो धेरै कहिँ फरक छैन। यी दुवै फोनमा ६.६७ इन्चको एमोलेड डिस्प्लेसंगै १२०  हर्ट्जको रिफ्रेसरेट दिएको छ। 

डिजाइन हेर्दा उस्तै उस्तै देखिने यी फोनको मुक्य भिन्नता भनेको यसको प्रोसेसर हो। 4G भेरियन्तमा ‘Qualcomm Snapdragon 685’ चिप्सेट प्रयोग भएको छ भने 5G भेरियन्तमा ‘Snapdragon 4 Gen 1’ चिप्सेट प्रयोग भएको छ। यी दुवै चिपसेट ६ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको प्रोसेसर हो। Snapdragon 685 को AnTuTu 9 स्कोर 313884 रहेको छ भने Snapdragon 4 Gen 1 को AnTuTu 9 स्कोर 364933  रहेको छ। अर्थात् Snapdragon 4 Gen 1 Snapdragon 685 को तुलनामा थोरै अघि हुने छ र यसको परफॉर्मेंस पनि राम्रो हुने छ। दैनिक सामान्य प्रयोगको लागि Redmi Note 12 4G उत्तम विकल्प हुनेछ तर गेमिङ र हाई परफॉर्मेंस टास्कको लागि Redmi Note 12 5G उपयुक्त हुनेछ।

४/६/८ जिबि RAM र १२८/२५६ जिबि स्टोरेज गरि Redmi Note 12 4G को तपाइले चारओटा भेरियन्त पाउनु हुन्छ। त्यस्तै Redmi Note 12 5Gमा जम्मा ६/८ जिबि RAM र १२८/२५६ जिबि स्टोरेज गरि दुइओटा भेरियन्त पाउन सक्नुहुनेछ।

Redmi Note 12 4G / 5G काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.६७ इन्च स्क्रिन, एमोलेड डिस्प्ले प्यानल, १२० हर्ट्ज रिफ्रेसरेट
चिपसेट (Chipset)Snapdragon 4 Gen 1 5G (6nm)Qualcomm Snapdragon 685 4G (6nm)
ओएस/ युआइ (OS/UI)Android 12 / MIUI 14 (5G)Android 13 / MIUI 14 (4G)
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (48 MP मुख्य क्यामेरा, 8 MP अल्ट्रा-वाइड, 2MP म्याक्रो ) (5G)ट्रिपल क्यामेरा सेटप (50 MP मुख्य क्यामेरा, 8 MP अल्ट्रा-वाइड, 2MP म्याक्रो) (4G)
फ्रन्ट क्यामेरा (Front Camera)१३ मेगापिक्सल, f/२.४५ (hole-punch cutout)
मेमोरी र स्टोरेज (Memory & Storage)४/६ जिबि र्याम र १२८ जिबि स्टोरेज (5G)४/६/८ जीबी र्याम र ६४/१२८ जीबी स्टोरेज (4G)
ब्याट्रि र चार्जिङ (Battery & Charging)5000 mAh ब्याट्रि, ३३ वाट चार्जिङ
मुल्य (Price)रु. २९,९९९ (६/१२८)(5G)*रु. ३१,९९९ (८/२५६)(5G)*
रु. २२,९९९ (४/१२८)(4G)*रु. २४,९९९ (६/१२८)(4G)*रु. २६,९९९ (८/१२८)(4G)*रु. २७,९९९ (८/२५६)(4G)*

Samsung Galaxy A24

यस लिस्टमा समावेश गरिएको अर्को राम्रो मोबाइल फोन रहेको छ Samsung Galaxy A24। यस लिस्टमा समावेश गरिएका मोबाइल फोनहरु मध्ये यो सबैभन्दा उत्कृष्ट मोबाइल फोन हो। Samsung Galaxy A24 यस मुल्य सेग्मेन्टको लागि सबैभन्दा राम्रो फोन हो।

यस मोबाइल फोनको मुख्य फिचरहरु अन्तर्गत ६.५ इन्चको FHD+ Super AMOLED डिस्प्ले, Mediatek Helio G99 प्रोसेसर, २.२ गिगाहर्ट्जमा क्लक गरिएको अक्टा कोर सिपियु, ५० मेगापिक्सल मेन क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटप, ५००० एमएएच ब्याट्रि आदि पर्दछन्।

यस मोबाइलको नराम्रो फिचर भनेको यसको स्क्रिनमा रहेको तलको बेजल (bezel) ठुलो छ भने सामसङको अन्य फोनहरु झैँ यहाँ इन्फिनिटि-यु नच (Infinity-U notch) रहेको छ।

Samsung Galaxy A24 काे विशेषताहरु

स्क्रिन डिस्प्ले (Screen Display)६.५ इन्च Super Amoled प्यानल, इन्फिनिटि यु नच (Infinity U notch), FHD+ (2340x1080p) रेजोल्युसन, ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, १००० निट्स अधिकतम ब्राइटनेस
चिपसेट (Chipset)Mediatek Helio G99 (6 nm)
सिपियु(CPU)/ जिपियु(GPU)Octa-Core@ 2.2 GHz/ Mali-G57 MC2
ओएस/ युआइ (OS/UI)Android 13/ One UI 5.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी (OIS), 5 MP f/2.2 अल्ट्रावाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.2 सिङ्गल सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory & Storage)६/८ LPDDR4X जिबि RAM र १२८ जिबि स्टोरेज (१ टिबिसम्म बढाउन सकिने) 
कनेक्टिभिटि (Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.3, USB Type C 2.0, OTG, 4G
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, २५ वाट फास्ट चार्जिङ सपोर्ट 
अन्य फिचर (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट रिडर, 3.5 mm हेडफोन ज्याक
मुल्य (Price)रु. २८,९९९ (६/१२८)रु. ३१,९९९ (८/१२८)*

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.