१५ देखि २५ हजारसम्म नेपालमा पाइने उत्कृष्ट फोनहरु यस्ता छन्।

best phones under 25000

बजारमा दिनानुदिन नयाँ फोनहरु निस्किने क्रम जारी छ। यस्तो हुँदा फोनहरुको बिचमा बजारमा धेरै प्रतिस्पर्धा हुने गरेको छ। लेभल फ्लाग्सिप फोनहरुको लागि होस्, मिड रेन्ज फोनहरुको लागि होस् या बजेट फोनहरुको लागि सबै रेन्जका फोनहरुको लागि मार्केटमा उत्तिकै प्रतिस्पर्धा हुन्छ।

ब्रान्डहरु नै खोज्ने हो भने बजारमा अनगिन्ती ब्रान्डहरु भेटिन्छन्। नेपालमा पनि फोनहरुको प्रतिस्पर्धा उत्तिकै छ। प्राय जसो नेपाली मार्केटमा सस्तो दाम पर्ने फोनहरु र २५ हजार वा बढी मूल्य पर्ने मिड रेन्ज फोनहरुको बढी बिक्री हुने गर्छ। यसको कारण भनेको नेपाली नागरिकको औसत आर्थिक स्रोत कम हुनु हो।

फोन खरीद गर्दा थोरै पैसामा राम्रो फिचरहरु भएको फोनहरु खरीद गर्ने इच्छा जसको पनि हुन्छ। नाम चलिएको ब्रान्ड छ भन्दैमा त्यस ब्रान्डको हरेक फोन राम्रो हुन्छ भन्ने छैन। यस आर्टिकलमा १५ देखि २५ हजारसम्मको रेन्जमा नेपाली मार्केटमा उपलब्ध हुने केहि राम्रा फोनहरुको जानकारी दिइएको छ। आउनुहोस् हेरौँ।

Infinix Hot 12 Play

यसको प्राइस सेग्मेन्टको लागि ६.८ इन्चको डिस्प्ले, ९० हर्टजको स्क्रिन रिफ्रेस रेट उपलब्धता, पन्च होल नच (punch hole notch), राम्रो बेन्चमार्क स्कोर प्राप्त गरेको चिपसेट र ६००० एमएएच (mAh) ब्याट्रि लगायत राम्रा फिचरहरु यसमा समावेश गरिएकाे छ जुन यतिको प्राइसका मोबाइलमा भेट्न गार्हो छ।

बजेट फोन र राम्रो गेम प्ले सपोर्ट गर्ने प्रोसेसर खोज्दै हुनुहुन्छ भने यो मोबाइल फोन तपाईँहरुको लागि राम्रो रोजाइ हुनेछ। यसका मुख्य फिचरहरु समग्रमा यसप्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१७१ x ७८ x ८.९ मिलिमिटर
वजन (Weight)२०९ ग्राम
बडि (Body)पान्डा ग्लास फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.८ इन्च
डिस्प्लेको प्रकार (Display Type)आइपिएस एलसिडि (IPS LCD)
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)१८० हर्ट्ज
रेजोल्युसन (Resolution)एचडि‌+ (HD+), १६१२x७२० पि
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)XOS 10
चिपसेट (Chipset)UNISOC T610
सिपियु (CPU)2.3 Ghz Octa-Core
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी  
स्टोरेज (Storage)eMMC 5.1
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (५१२ जिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा (13 MP, f/1.8 प्राइमेरी क्यामेरा र 2 MP एआइ क्यामेरा)1080p@30fps भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)8 MP सिङ्गल क्यामेरा1080p@30fps भिडियो रेकर्डिङ, एलइडि फ्लास
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, वाइफाइ डिरेक्ट
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.०
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)जिपिएस (GPS)
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरजाइरोमिटर (Gyrometer), एक्सेलेरोमिटर (Accelerometer), प्रोक्सिमिटि (Proximity), कम्पास (Compass) 
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), HSPA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)६००० एमएएच (mAh)
चार्जर (Charger)१० वाट चार्जिङ अड्याप्टर

यस प्राइस सेग्मेन्टमा एउटा फोनमा सबै राम्रो कुरा मात्र हुन्छ भन्ने हुँदैन। यसको नराम्रो पक्षको कुरा गर्ने हो भने यसको क्यामेरा र फूल एचडि डिस्प्ले उपलब्ध नहुनु हो। यस बाहेक यसको ब्याट्रिको लागि १० वाटको चार्जिङ पनि यसको अर्को नराम्रो पक्ष हो।

प्राइस (Price)

infinix को आधिकारीक वेबसाइट अनुसार नेपालमा उक्त मोडलको मोबाइलको प्राइस यस प्रकार छ।

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. १६,६९९
४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. १७,७९९

Realme Narzo 50A 

रु. २०,००० भित्र पर्ने अर्को राम्रो मोबाइल फोनको नाम रहेको छ Realme Narzo 50A। पर्फमेन्सलाई हेर्ने हो भने यसलाई Mediatek Helio G85 चिपसेटले सपोर्ट गरेको छ जुन यतिको प्राइस रेन्जको लागि राम्रो चिपसेट मध्येमा पर्छ।

यसका अन्य फिचरहरुको कुरा गर्ने हो भने यसमा ६.५ इन्चको स्क्रिन, ६००० एमएएच (mAh) को ब्याट्रि, फास्ट फिङ्गरप्रिन्ट सेन्सर, ५० मेगापिक्सलको ट्रिपल क्यामेरा सेटप, १८ वाटको चार्जिङ स्पिड आदि पर्दछन्।

यसको प्रोसेसरले तपाईँहरुले राम्रो गेमिङ एक्सपेरियन्सको अनुभव लिन सक्नुहुनेछ। यसको २.० गिगा हर्ट्जको म्याक्सिमम क्लक र पावरफुल ARM Mali-G52 MC2 GPU ले राम्रो गेमिङ पर्फमेन्सको अनुभव तपाईँहरुले पाउनुहुनेछ। 

त्यसमाथि यसको ६००० एमएएच ब्याट्रिले लामो समयसम्म गेमप्ले तथा इन्टर्नेट स्ट्रिमिङको एक्सपेरियन्स लिन सक्नुहुनेछ। कम्पनीका अनुसार तपाईँहरुले यसमा लगातार २७ घन्टाको युट्युब, १११ घन्टाको स्पटिफाइ, ४८ घन्टाको कल टाइम, २६ घन्टाको वाट्सअ्याप च्याटिङ तथा ८ घन्टाको गेमिङ गर्न सक्नुहुनेछ। 

समग्रमा यो एउटा ब्याट्रि टिकाउ फोन हो। यसकाे अन्य फिचरमा सुपर पावर सेभिङ मोड पर्दछ। यस मोडमा तपाईँहरुले ५% ब्याट्रिमा पनि १४४ मिनेटको टक टाइम पाउनुहुनेछ। यी बाहेक यसका अन्य फिचरहरु पनि छन्।  यसका मुख्य फिचरहरु हेरौँ।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६४.५ x ७५.९ x ९.६ मिलिमिटर
वजन (Weight)२०७ ग्राम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.६ इन्च
डिस्प्लेको प्रकार (Display Type)आइपिएस एलसिडि (IPS LCD)
ब्राइटनेस (Brightness)५७० निट्स (nits) अधिकतम ब्राइटनेस
रिफ्रेस रेट (Refresh Rate)६० हर्ट्ज
रेजोल्युसन (Resolution)एचडि + (HD +), १६००x७२० पि
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)Realme UI 2.0
चिपसेट (Chipset)Mediatek Helio G85 (12 nm)
सिपियु (CPU)Octa-Core (2×2.0 GHz Cortex A75 + 6×1.8 GHz Cortex A55) 
जिपियु (GPU)Mali-G52 MC2
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी 
स्टोरेज (Storage)eMMC 5.1
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (२५६ जिबिसम्म बढाउन सकिने)
क्यामेरा
मेन क्यामेरा (Main Camera)ट्रिपल क्यामेरा (50 MP f/1.8 प्राइमेरी लेन्स, 2 MP f/2.4 म्याक्रो लेन्स, 2MP f/2.4 पोट्रेट लेन्स)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)8 MP सेल्फि लेन्स (वाटर ड्रप नच)1080p@30fps भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.०
युएसबि (USB)USB Type-C 2.0, ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS,AGPS,GLONASS,BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)ब्याक फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरएक्सेलेरोमिटर (Accelerometer), प्रोक्सिमिटि (Proximity) सेन्सर, म्याग्नेटिक इन्डक्सन (Magnetic Induction), लाइट (Light) सेन्सर 
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), HSPA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)६००० एमएएच (mAh)
चार्जर (Charger)१८ वाट चार्जिङ 

यस डिभाइसको नराम्रो पक्षमा यस डिभाइसको यसको एचडि डिस्प्ले हो। यो प्राइस रेन्जमा एफएचडि डिस्प्ले प्रदान हुँदा राम्रो हुन्थ्यो। यस बाहेक यसको क्यामेरा सेटअपमा वाइड एङ्गल लेन्स भेटिँदैन भने क्यामेरा पनि ठिकै मात्र छ।  

यसको र्याम पनि ४जिबिमा मात्र सिमित रहेको छ।

प्राइस (Price)

नेपालि मार्केटमा Realme Narzo 50A को प्राइस यस्तो छ। 

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. १९,४९९
४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २१,१९९

Redmi 10 

यस लिस्टमा अर्को नाम रहेको छ Redmi 10। यो Redmi 10 पहिलो पटक रिलिज भएको हैन। यो भन्दा अगाडि नै Helio G88 सँग यो रिलिज भइसकेको हो। नेपालमा भने यो फोन Redmi 10 (2022) भनेर उपलब्ध गराइएको हो तर Snapdragon चिपसेटको साथ। कुनै ठाउँमा यो Redmi 10C को नामले पनि जानिन्छ।

यसको फिचरहरुको कुरा गर्ने हो भने यसमा स्न्यापड्रागन ६८० (Snapdragon 680) प्रोसेसर, ६.७१ इन्चको डिस्प्ले साइज, ६००० एमएएचको ब्याट्रि, वाइडभाइन एल१ (Widevine L1) सपोर्ट, गोरिला ग्लास प्रोटेक्सन, वाटर ड्रप नच (water drop notch) जस्ता फिचरहरु पर्दछन्।

यस डिभाइसको प्राइस रेन्जमा गेमरहरुको लागि स्न्यापड्रागन ६८० प्रोसेसर बेन्चमार्क स्कोरको आधारमा एउटा राम्रो प्रोसेसर हो। भन्नै पर्दा यो डिभाइसको प्रोसेसरले नै यसलाई राम्रो यो रेन्जको लागि उत्कृष्ट बनाउँछ। साथै यसको ६००० एमएएच ब्याट्रिले गरेर यसमा चार्ज छिटो सकिएला भनेर चिन्ता लिनु पर्दैन। 

यस बाहेक यसमा ५० मेगा पिक्सलको मेन क्यामेरा र दुई मेगा पिक्सलको देप्थ (depth )सेन्सर लेन्स प्रदान गरिएको छ। समग्रमा यस प्राइसमा यो एउटा राम्रो फोन हो।    

यस डिभाइसका मुख्य फिचरहरु यस प्रकार छन्।    

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६९.५९ x ७६.५६ x ९.१३ मिलिमिटर
वजन (Weight)२०३ ग्राम
बडि (Body)गोरिला ग्लास ३ फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.७१ इन्च
डिस्प्लेको प्रकार (Display Type)आइपिएस एलसिडि (IPS LCD)
ब्राइटनेस (Brightness)४०० निट्स (nits) अधिकतम ब्राइटनेस
रिफ्रेस रेट (Refresh Rate)६० हर्ट्ज
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)१८० हर्ट्ज
रेजोल्युसन (Resolution)एचडि + (HD +), १६४८x७२० पि
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)MIUI 13
चिपसेट (Chipset)Qualcomm Snapdragon 680
सिपियु (CPU)Octa-Core (4×2.4 GHz Cortex-A73 + 4×1.9 GHz Cortex-A53)
जिपियु (GPU)Adreno 610
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी 
स्टोरेज (Storage)UFS 2.2
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (५१२ जिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा (50 MP f/1.8 प्राइमेरी लेन्स, 2 MP f/2.4 पोर्ट्रेट लेन्स)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)5 MP सेल्फि क्यामेरा (वाटर ड्रप नच)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.०
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS,AGPS,GLONASS,BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)ब्याक फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरजाइरोमिटर (Gyrometer), एक्सेलेरोमिटर (Accelerometer), प्रोक्सिमिटि (Proximity), कम्पास (Compass), लाइट (Light) सेन्सर, भाइब्रेसन मोटर (Vibration Motor) 
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), HSPA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)६००० एमएएच (mAh)
चार्जर (Charger)१० वाट चार्जिङ अड्याप्टर (१८ वाट सम्मको चार्जिङ सपोर्ट)

यसको नराम्रो पक्षको कुरा गर्ने हो भने यसले स्लो चार्जिङ सपोर्ट गर्छ। ६००० एमएएचको लागि १० वाटको चार्जरले चार्ज गर्न धेरै समय लाग्छ नै। यसै गरी यसको भिडियो रेकर्डिङको स्टेबलाइजेसन अर्थात् स्थिरताको अभाव पनि यसको नराम्रो पक्ष नै हो। यसको क्यामेरा पिक्चर पनि अन्डर पर्फमेन्सलाई यसको तेस्रो नराम्रो कुरा भन्न सकिन्छ। 

प्राइस (Price)

नेपाली मार्केटमा Redmi 10 डिभाइसको प्राइस यसरी उपलब्ध रहेको छ।

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. १८,९९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २१,९९९ 

Redmi 10 Prime 2022

यस लिस्टमा रहेको अर्को नाम छ Redmi 10 Prime। यस्तै प्राइस रेन्जमा Redmi को प्रतिस्पर्धी Realme Narzo 50A भन्दा यसका फिचरहरु राम्रा छन्। जसकारण यस फोनले यो लिस्टमा आफ्नो स्थान बनाउन सफल भएको छ।

यसको फिचरहरुको कुरा गर्ने हो भने यसको FHD + डिस्प्ले, ५० मेगापिक्सल सहितको क्बाड क्यामेरा सेटअप, Helio G88 प्रोसेसर, ६००० एमएएचको ब्याट्रि, ९० हर्ट्जको रिफ्रेस रेटअर्को मोबाइल फोन, हाइएर इन्जिन गेम टेक्नोलोजि २.०, डुवल स्टेरियो स्पिकर, डुवल माइक, २ जिबि सम्मको र्याम बढोत्तर, १८ वाटको चार्जिङ आदि पर्दछन्।

पर्फमेन्समा यो फोन पछि पर्दैन। यसको मिडियाटेक हाइपर इन्जिन २.० ले गर्दा कन्जेस्टेड(congested) नेटवर्कको अवस्थामा पनि यसले राम्रो पर्फमेन्स दिन्छ। यसैगरी यसले सिपियु, जिपियु र अन्य प्रोसेसिङ कम्पोनेन्टलाई राम्रो ब्यालेन्स गर्छ। गेमिङको कुरा  गर्दा यसको फास्ट टच रेस्पोन्स र कम ल्याटेन्सि (latency) ले गेमिङ एक्सपेरियन्स राम्रो बनाउँछ।

थप फिचरहरुमा यसको सनलाइट मोड र रिडिङ मोड ३.० पनि पर्दछन्। भन्नै पर्दा Redmi 10 भन्दा यसमा अलिक धेरै फिचर अपडेट हुनुपर्ने थियो जुन भएन। एक-दुईवटा फिचरमा त यो Redmi 10 भन्दा पछि पर्छ। तर यो मोबाइल फोन नराम्रो छ भन्ने हैन। 

यसका मुख्य फिचरहरु यसप्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६२.० x ७५.६ x ९.६ मिलिमिटर
वजन (Weight)१९२ ग्राम
बडि (Body)गोरिला ग्लास ३ फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.५ इन्च
डिस्प्लेको प्रकार (Display Type)आइपिएस एलसिडि (IPS LCD)
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज अड्याप्टिभ (adaptive) रिफ्रेस रेट
रेजोल्युसन (Resolution)एफएचडि + (FHD +), २४००x१०८० पि
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)MIUI 12.5
चिपसेट (Chipset)Mediatek Helio G88
सिपियु (CPU)Octa-Core (2×2.0 GHz Cortex-A75 + 6×1.8 GHz Cortex-A55)
जिपियु (GPU)Mali-G52 MC2
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी २ जिबिसम्म र्याम एक्सपान्सन
स्टोरेज (Storage)eMMC 5.1
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (५१२ जिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा, 8 MP f/2.2 FOV 120o अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 देप्थ (depth) सेन्सर)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)8 MP f/2.0 सेल्फि क्यामेरा (पन्च होल क्यामेरा डिस्प्ले)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, वाइफाइ डिरेक्ट
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.१
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS,AGPS,GLONASS,BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)डुवल स्टेरियो (Dual Stereo) स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरएक्सेलेरोमिटर (Accelerometer), प्रोक्सिमिटि (Proximity), इलेक्ट्रोनिक्स कम्पास (Electronic Compass), एम्बियन्ट लाइट (Ambient Light) सेन्सर, आइआर ब्लास्टर (IR Blaster) 
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), HSPA (3G), 4G, 4G +
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)६००० एमएएच (mAh)
चार्जर (Charger)२२.५ वाट चार्जिङ अड्याप्टर (१८ वाट सम्मको चार्जिङ सपोर्ट)

यस फोनको नराम्रो पक्षको कुरा गर्ने हो भने यसको म्याक्सिमम क्लक स्पिड २.० गिगा हर्ट्ज सम्म मात्र प्रदान गरिएको जब कि Redmi 10 मा नै २.४ गिगा हर्ट्जको म्याक्सिमम क्लक स्पिड प्रदान गरिएको थियो। यस बाहेक यसको क्यामेरा पनि इम्प्रूभमेन्टको कमि देखिन्छ र यसको स्टोरेज पनि eMMC मा झारिएको छ।

प्राइस (Price)  

नेपाली मार्केटमा Redmi 10 Prime 2022 को प्राइस यसरी उपलब्ध रहेको छ।

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २०,४९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २३,९९९ 

रेड्मिको अथराइज डिलर या अनलाइन स्टोरहरुमा यो फोन उपलब्ध रहेको छ। यसको सानो भेरियन्ट अर्थात् ४ जिबि भेरियन्टमा प्राइस ड्रप गरिएको छ जुन थोरै अगाडि २०,९९९ पर्न जान्थ्यो।

Poco M5

यस लिस्टमा रु. २०००० सम्मको रेन्जमा यो फोन सबैभन्दा राम्रो फोन या दोस्रो मध्येमा पर्दछ। यस प्राइस सेग्मेन्टका फोनहरु भन्दा यसले केहि राम्रा फिचरहरु प्रदान गरेको छ। एउटा फिचर एन्ड्रोइड १२ हो। यस प्राइस रेन्जमा एन्ड्रोइड १२ भएको फोन भेट्न गार्है छ तर Poco M5 ले एन्ड्रोइड १२ समावेश गराएको छ।

यसको अन्य फिचरहरुमा 6nm Mediatek G99 चिपसेट, ९० हर्ट्ज रिफ्रेस रेट, एफएचडि (FHD) डिस्प्ले, गोरिला ग्लास प्रोटेक्सन, ५००० एमएएचको ब्याट्रि, ५० मेगापिक्सलको एआइ ट्रिपल क्यामेरा, २.२ गिगा हर्ट्जसम्मको क्लक स्पिड, २४० हर्ट्जको टच स्याम्प्लिङ रेट आदि पर्दछन्।

गेमिङको लागि मात्र हैन यो फोन समग्रमा हेर्दा अलराउन्ड पर्फमेन्समा उत्कृष्ट फोन हो। चाहे गेमिङ भन्नुहोस्, क्यामेरा भन्नुहोस्, रिफ्रेस रेट भन्नुहोस्, डिस्प्ले भन्नुहोस्, सबै क्षेत्रमा यो फोन निकै राम्रो छ। यस बाहेक रिडिङ मोड र डिसि डिमिङ जस्ता थप फिचरहरु पनि यसमा समावेश गरिएका छन्। 

प्राइसमा कमी छ र २० हगारको हाराहारीमा फोन लिँदै हुनुहुन्छ भने यो निकै राम्रो फोन रहेको छ। यसको मुख्य फिचरहरु यसप्रकार रहेका छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६३.९९ x ७६.०९ x ८.९ मिलिमिटर
वजन (Weight)२०१ ग्राम
बडि (Body)पान्डा ग्लास फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.५८ इन्च
डिस्प्लेको प्रकार (Display Type)आइपिएस एलसिडि (IPS LCD)
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज अड्याप्टिभ रिफ्रेस रेट
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)२४० हर्ट्ज
रेजोल्युसन (Resolution)एफएचडि + (FHD+), २४०८x१०८० पि
ब्राइटनेस (Brightness)५०० निट्स पिक ब्राइटनेस
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड १२
युजर इन्टरफेस / युआइ (UI)MIUI 13
चिपसेट (Chipset)Mediatek Helio G99 (6 nm)
सिपियु (CPU)Octa-Core (2×2.2 GHz Cortex A76 + 6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G57 MC2
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी  
स्टोरेज (Storage)UFS 2.2
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा (50 MP, f/1.8 प्राइमेरी क्यामेरा र 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 देप्थ(depth) सेन्सर)1080p@30fps भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)5 MP f/2.2 सिङ्गल क्यामेरा1080p@30fps भिडियो रेकर्डिङ, एलइडि फ्लास
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, वाइफाइ डिरेक्ट
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.३
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS, GLONASS, GALILEO, BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरएम्बियन्ट लाइट (Ambient Light), एक्सेलेरोमिटर (Accelerometer), प्रोक्सिमिटि सेन्सर (Proximity sensor)
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), WCDMA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)५००० एमएएच (mAh)
चार्जर (Charger)१८ वाट चार्जिङ (२२.५ वाट चार्जिङ अड्याप्टर)

यस डिभाइसको नराम्रो पक्षको कुरा गर्ने हो भने पहिलो त यसको ५०० निट्सको ब्राइटनेस हो जुन यस्तै रेन्जमा अन्य फोनमा धेरै ब्राइटनेस पाउन सकिन्छ। दोस्रो कुरा भनेको यसको क्यामेराको डिसेन्ट पर्फमेन्स हो। यसै गरी यसमा वाटर ड्रप नच रहेको छ। 

यति कुरालाई बाइपास गर्न सकियो भने यो यस प्राइस रेन्जको लागि धेरै उत्कृष्ट फोन हो। 

प्राइस (Price)

नेपाली मार्केटमा Poco M5 को प्राइस यस प्रकार रहेको छ। 

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २०,४९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २३,९९९ 

Samsung Galaxy F22

Samsung ब्रान्डका फोनहरु प्रायजसो महँगो मूल्यका फोनको लागि बढी प्रख्यात छन्। सस्तो फोनहरु र ३० हजार सम्मको दाम पर्ने फोनहरु सामसङ फोनहरु प्राय चर्चामा आउँदैनन्। तर केहि समयदेखि सामसङले २० देखि ४० हजार मूल्य भित्र पर्ने गरी केहि राम्रा फोनहरु निकालि रहेको छ।

सामसङले यस मोडलमा केहि नसोचेका कुराहरु थपेको छ जसअन्तर्गत सबै भन्दा उत्कृष्ट कुरा भनेको सुपर एमोलेड (Super Amoled) डिस्प्ले हो। २५ हजार भन्दा कम प्राइसको फोनमा यो पाइन गार्है छ र यो फोनको मूल्यमा त झनै गार्हो।

यस बाहेक यस फोनमा ९० हर्ट्जको डिस्प्ले, ६००० एमएएचको ब्याट्रि, ४८ मेगापिक्सलको क्वाड क्यामेरा सेटप, Mediatek helio G80 प्रोसेसर, फास्ट फिङ्गर प्रिन्ट स्क्यानर र फेस अनलक, गोरिला ग्लास ५ प्रोटेक्सन जस्ता फिचरहरु पनि रहेका छन्। 

यसको सुपर एमोलेड डिस्प्लेले तपाईँहरुले राम्रो कलर कन्ट्रास्टका साथ मल्टिमिडियाको अनुभव लिन सक्नुहुनेछ। यस फोनको दाम भन्दा कम दाम पर्ने फोनहरुमा यो भन्दा राम्रो प्रोसेसर पाइए तापनि यो फोनको प्रोसेसर नराम्रो भन्ने छैन। गेमरहरुको लागि यो  उत्कृष्ट नभएपनि अन्य कार्यहरुको लागि यो चिप राम्रो छ। 

समग्रमा यस फोनको सबैभन्दा राम्रो फिचर भनेको यसको सुपर एमोलेड डिस्प्ले हो। यस फोनको मुख्य फिचरहरु यस प्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६०.० x ७४.० x ९.४ मिलिमिटर
वजन (Weight)२०३ ग्राम
बडि (Body)गोरिला ग्लास ५ फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.४ इन्च
डिस्प्लेको प्रकार (Display Type)sAMOLED / Super AMOLED
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज रिफ्रेस रेट
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)१८० हर्ट्ज
रेजोल्युसन (Resolution)एचडि + (HD+), १६००X७२० पि
ब्राइटनेस (Brightness)६०० निट्स ब्राइटनेस
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)One UI Core 3.1
चिपसेट (Chipset)Mediatek Helio G80 (12 nm)
सिपियु (CPU)Octa-Core (2×2.0 GHz Cortex A75 + 6×1.8 GHz Cortex A55)
जिपियु (GPU)Mali-G52 MC2
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी  
स्टोरेज (Storage)eMMC 5.1
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (48 MP f/2.0 प्राइमेरी क्यामेरा, 8 MP f/2.2 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 देप्थ(depth) सेन्सर, 2 MP f/2/4 म्याक्रो सेन्सर)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)13 MP f/2.2 सिङ्गल क्यामेरा, इन्फिनिटि-यु नच (infinity-U notch)1080p@30fps भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, वाइफाइ डिरेक्ट
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.०
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS, GLONASS, GALILEO, BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरजाइरोसेन्सर (Gyro Sensor), भर्चुवल लाइट सेन्सर (Virtual Light Sensor), एक्सेलेरोमिटर (Accelerometer), भर्चुवल प्रोक्सिमिटि सेन्सर (Virtual Proximity sensor), जियोम्याग्नेटिक सन्सर (Geomagnetic Sensor)
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), UMTS (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)६००० एमएएच (mAh)
चार्जर (Charger)२५ वाट फास्ट चार्जिङ सपोर्ट (१५ वाट चार्जिङ अड्याप्टर)

यस फोनको नराम्रो पक्षमा यसको चार्जिङ टाइम पर्छ। २५ वाटको चार्जिङ सपोर्ट गर्ने भएतापनि मात्र १५ वाटको चार्जर फोनसँग आउँछ। यस बाहेक कम लाइटमा यसको क्यामेरा पर्फमेन्स राम्रो छैन। अर्को तिर गेमिङको लागि यसको पर्फमेन्स पनि त्यति राम्रो छैन। 

प्राइस (Price)

नेपाली मार्केटमा Samsung Galaxy F22 को प्राइस यस प्रकार रहेको छ। 

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २०,९९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २४,४९९ 

Tecno Pova 3

यस लिस्टमा अर्को नाम रहेको छ Tecno Pova 3। Tecno ब्रान्डका फोनहरु त्यति चर्चामा आएका छैनन्। यो भन्दैमा मार्केटमा टेक्नो ब्रान्डका कुनै प्रतिस्पर्धा दिने फोन छैन भन्ने हैन। यस प्राइस रेन्जमा टेक्नो कम्पनीको यो फोन निकै राम्रो छ।

सबै भन्दा पहिला त यसको डिजाइन नै उत्कृष्ट छ। यो फोनको तीन कलर भेरियन्टमा यसको इलेक्ट्रिक ब्लु कलर तपाईँहरुलाई आकर्षक लाग्ने छ। यसको कारण भनेको मोबाइल चार्जिङ हुँदा, फोन आउँदा या नोटिफिकेसन आउँदा यस फोनको पछाडि रहेको स्ट्राइपमा नोटिफिकेसन लाइट बल्छ। अन्य कलर भेरियन्टमा पनि यो स्ट्राइप छ तर यिनीहरुमा एलइडि लाइटिङ छैन।

यस फोनका अन्य फिचरहरुमा ६.९ इन्चको स्क्रिन, ९० हर्ट्जको रिफ्रेस रेट, एफएचडि प्लस रेजोल्युसन, Mediatek Helio G88 प्रोसेसर, ५० मेगा पिक्सलको एआइ ट्रिपल क्यामेरा सेटप, डुवल स्टेरियो स्पिकर, ७००० एमएएचको ब्याट्रि, ३३ वाटको फास्ट चार्जिङ आदि रहेका छन्। यस प्राइस रेन्जमा यसको स्क्रिन साइज सबैभन्दा ठूलो छ।  

यसको ब्याट्रि चाँडो सकिन्छ भनेर चिन्ता लिनु पर्दैन। यस डिभाइसको गेमिङ स्पेसले गेमिङ एक्सपेरियन्स राम्रो बनाउँछ र यसको पावरफूल ग्राफाइट कुलिङ सिस्टमले मोबाइलमा भारी लोड पर्दा पनि स्थिर पर्फमेन्स दिन सहयोग पुर्याउँछ। यसको Z-axis लिनियर मोटरले 4D भाइब्रेसन मोटरले तपाईँहरुको टाइपिङ र गेमिङ अनुभव उत्तिकै राम्रो बनाउँछ। 

यसको हेल्थ मोडल पनि अर्को नौलो फिचर हो जस अन्तर्गत एन्टि अडिक्सन रिमाइन्डर (anti addiction reminder), आइ केयर मोड (eye care mode), रेस्ट पोजिसन एलर्ट (rest position alert) आदि पर्दछन्। यस फोनका मुख्य फिचरहरु यस प्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१७३.१ x ७८.४६ x ९.४४ मिलिमिटर
बडि (Body)ग्लास फ्रन्ट, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
डिस्प्ले (Display)IPS LCD
साइज (Size)६.९ इन्च
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज रिफ्रेस रेट
रेजोल्युसन (Resolution)एफएचडि + (FHD+), २४६०x१०८० पि
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)HIOS
चिपसेट (Chipset)Mediatek Helio G88 (12 nm)
सिपियु (CPU)Octa-Core (2×2.0 GHz Cortex A75 + 6×1.8 GHz Cortex A55)
जिपियु (GPU)Mali-G52 MC2
मेमोरी र स्टोरेज
मेमोरी ( Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी  
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट 
स्टोरेज (storage)eMMC
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/2.0 प्राइमेरी क्यामेरा, अन्य दुईवटा स्पेसिफाइ नभएका क्यामेरा, क्वाड फ्लास)1440p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)8 MP सिङ्गल क्यामेरा, डुवल फ्लास, पन्च होल 1080p@30fps सम्मको भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi), ब्लुटुथ (Bluetooth), युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS, GALILEO, BDS
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)डुवल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरजाइरोसेन्सर (Gyro Sensor), एम्बियन्ट लाइट सेन्सर (Ambient Light Sensor), प्रोक्सिमिटि सेन्सर (Proximity sensor), इलेक्ट्रोनिक कम्पास (Electronic Compass)
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), UMTS (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)७००० एमएएच (mAh)
चार्जर (Charger)२५ वाट फास्ट चार्जिङ रेट (३३ वाट चार्जिङ अड्याप्टर)

यस डिभाइसको नराम्रो पक्षमा यसको भिडियो रेकर्डिङ पर्दछ। तपाईँहरुले हाइ क्वालिटिमा भिडियो रेकर्ड गर्न पाउनु भएतापनि यसको भिडियो स्टेबलाइजेसन राम्रो छैन र भिडियो क्वालिटि पनि खासै राम्रो नभएको भेट्नुहुनेछ। यस बाहेक यसको युजर इन्टरफेस पनि अन्य ब्रान्डहरुको जस्तो सरल नभएको जस्तो लाग्न सक्छ। 

यस डिभाइसमा प्रि-इन्सटल भएका ब्लोटवेर अर्थात् नचाहिने अ्यापहरु धेरै छन्। हुन त यो अहिले धेरै मोबाइलमा हुने गर्छ। यस प्राइस रेन्जमा यसको eMMC स्टोरेज अर्को नराम्रो पक्ष हो जुनले डाटा ट्रान्सफर स्पिड स्लो बनाउँछ।  

प्राइस (Price)

नेपाली मार्केटमा यस डिभाइसको प्राइस यस्तो छ।

६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरीरू. २३,९९०

Realme Narzo 50

यस प्राइस रेन्जमा Realme Narzo 50 राम्रो मोबाइल हो। Realme 9i पनि यो प्राइस रेन्जमा भेटिन्छ तर 9i भन्दा Narzo 50 को राम्रो पर्फमेन्स र कम प्राइसको कारणले यसले यो लिस्टमा स्थान बनाएको छ।    

यसको राम्रा फिचरहरुमा ६.६ इन्चको डिस्प्ले, १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट, १८० हर्ट्जको टच स्याम्प्लिङ रेट,   Mediatek Helio G96 गेमिङ प्रोसेसर, एफएचडि प्लस (FHD +) रेजोल्युसन, ५००० एमएएचको ब्याट्रि, ३३ वाटको डार्ट चार्जिङ, ५० मेगा पिक्सलको एआइ ट्रिपल क्यामेरा आदि पर्दछ।

गेमरहरुले यसको प्रोसेसर र रिफ्रेस रेटको कारणले राम्रो गेम प्लेको अनुभव बटुल्न सक्नेछन्। यसको साथै यसको ६ लेभलको फ्रेम स्विचिङले अटोमेटिक डिस्प्लेको रिफ्रेस रेट स्विच गर्ने हुँदा यसमा गेम प्ले गर्दा इनर्जि एफिसियन्सि पनि बढ्छ। यसको साथै यसको सुपर पावर सेभिङ मोडले तपाईँहरुले ५% मा पनि झन्डै ३८ घन्टाको स्ट्यान्ड-बाइ टाइम पाउनुहुनेछ भनेर कम्पनीले दावा गर्छ।

यसका मुख्य फिचरहरु यस प्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१६४.१ x ७५.५ x ८.५ मिलिमिटर
वजन (Weight)१९४ ग्राम
बडि (Body)ग्लास  फ्रन्ट, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेम
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.६ इन्च
डिस्प्लेको प्रकार (Display Type)IPS LCD
रिफ्रेस रेट (Refresh Rate)१२० हर्ट्ज रिफ्रेस रेट
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)१८० हर्ट्ज
रेजोल्युसन (Resolution)एफएचडि + (FHD+), २४१२x१०८० पि
ब्राइटनेस (Brightness)६०० निट्स सम्मको  पिक ब्राइटनेस
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)Realme UI 2.0
चिपसेट (Chipset)Mediatek Helio G96 (12 nm)
सिपियु (CPU)Octa-Core (2×2.05 GHz Cortex A76 + 6×2.0 GHz Cortex A55)
जिपियु (GPU)Mali-G57 MC2
मेमोरी र स्टोरेज
मेमोरी (Memory)४/६ जिबि र्याम र ६४/१२८ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याममा ५ जिबि सम्मको भर्चुवल एक्सपान्सन  
स्टोरेज (Storage)UFS 2.1
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (50 MP f/1.8 प्राइमेरी क्यामेरा,, 2 MP f/2/4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 B&W लेन्स)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)16 MP f/2.05 सिङ्गल क्यामेरा, पन्च होल सेल्फि1080p@30fps भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.१
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS,AGPS, GLONASS, GALILEO, BEIDOU
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)सिङ्गल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, फेस अनलक
अन्य सेन्सरजाइरोसेन्सर (Gyro Sensor), लाइट सेन्सर ( Light Sensor), एक्सेलेरोमिटर (Accelerometer), प्रक्सिमिटि सेन्सर (Proximity sensor),म्याग्नेटिक इन्डक्सन सेन्सर (Magnetic Induction Sensor)
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), WCDMA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)५००० एमएएच (mAh)
चार्जर (Charger)३३ वाट डार्ट चार्जिङ अड्याप्टर

यस फोनको नराम्रो पक्षको कुरा गर्ने हो भने यसको क्यामेरा पर्फमेन्सको कुरा नै आउँछ। यसमा तपाईँहरुले बढीमा 1080p सम्मको भिडियो मात्र रेकर्ड गर्न पाउनुहुनेछ र यसमा स्टेबलाइजेसन सपोर्ट पनि छैन। क्यामेरा कै कुरा गर्दा तपाईँहरुले यसमा अल्ट्रा वाइड लेन्स पनि पाउनु हुने छैन। 

यस बाहेक यसमा भएको सिङ्गल स्पिकर पनि अर्को नराम्रो पक्ष हो भने यसमा नोइज क्यान्सिलेसनको फिचर पनि छैन। IPS डिस्प्लेको कुरा गर्दा पनि हुन्थ्यो तर १२० हर्ट्जको रिफ्रेस रेट र राम्रो प्रोसेसरको लागि यो एउटा कम्प्रमाइज हो। अर्को कुरा भनेको यसको दुई पटकको मूल्य बृद्धिको कारणले यो थोरै महँगो भएको छ।

प्राइस (Price)

नेपाली मार्केटमा Realme Narzo 50 को प्राइस यस प्रकार रहेको छ। 

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २३,९९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २७,४९९ 

Xiaomi Redmi Note 11

यस लिस्टमा अर्को नाम रहेको छ Xiaomi Redmi Note 11। यसको फिचरहरुमा ६.४३ इन्चको फुल एचडि प्लस AMOLED डिस्प्ले, 6 nm Snapdragon  680 प्रोसेसर, ५० मेगा पिक्सलको एआइ क्वाड क्यामेरा सेटप, ५००० एमएएचको बयाट्रि, ३३ वाटको फास्ट चार्ज आदि पर्दछन्। 

यस प्राइस रेन्जमा यसको मेजर पोइन्ट भनेको डिस्प्लेलाई नै लिन सकिन्छ। सानो स्क्रिन साइज भए तापनि यसको AMOLED स्क्रिनमा राम्रो कलर कन्ट्रास्ट र कलर सार्पनेसको साथ मल्टिमिडियाको अनुभव लिन सक्नुहुनेछ। यस बाहेक यसको डुवल स्पिकरले राम्रो साउन्ड सेपरेसनका साथ तपाईँहरुले म्युजिक वा भिडियो हेर्न सक्नुहुनेछ।

यस बाहेक यसमा तपाईँहरुले १००० निट्स सम्मको पिक ब्राइटनेस सम्मको फिचर पाउनुहुनेछ भने आँखाको कम्फर्टको लागि तपाईँहरुलाई यसमा सनलाइट मोड र रिडिङ मोड ३.० पनि उपलब्ध गराइएको छ। पर्फमेन्समा यस फोनको Snapdragon 680 प्रोसेसरले दिनानुदिनको अ्याक्टिभिटिहरको लागि केहि समस्या पाउनुहुने छैन।

यस डिभाइसको अन्य फिचरहरुमा तपाईँहरुले मेमोरी एक्सटेन्सन, NFC सपोर्ट, IR Blaster, Z axis लिनियर मोटर आदि उपलब्ध रहेका छन्। यस डिभाइसका मुख्य फिचरहरु यसप्रकार छन्।

मुख्य फिचरहरु

मोबाइलको बाहिरी फिचर
डिमेन्सन (Dimension)१५९.८७ x ७३.८७ x ८.०९ मिलिमिटर
वजन (Weight)१७९ ग्राम
बडि (Body)गोरिला ग्लास ३ फ्रन्ट प्रोटेक्सन, प्लास्टिक ब्याक, प्लास्टिक फ्रेमIP53 धुलो र स्प्लास रेजिस्टेन्ट 
सिम (Sim)डुवल सिम (न्यानो सिम)
मोबाइल स्क्रिन फिचर
साइज (Size)६.४३ इन्च
डिस्प्लेको प्रकार (Display Type)AMOLED
रिफ्रेस रेट (Refresh Rate)९० हर्ट्ज रिफ्रेस रेट
टच स्याम्प्लिङ रेट/टिएसआर (TSR)१८० हर्ट्ज
रेजोल्युसन (Resolution)एफएचडि + (FHD+), २४००x१०८० पि
ब्राइटनेस (Brightness)१००० निट्स सम्मको  पिक ब्राइटनेस
सिस्टम फिचर
अपरेटिङ सिस्टम / ओएस (OS)एन्ड्रोइड ११
युजर इन्टरफेस / युआइ (UI)MIUI 13
चिपसेट (Chipset)Snapdragon 680 (6 nm)
सिपियु (CPU)2.4 GHz Octa-Core 
जिपियु (GPU)Adreno 610
मेमोरी र स्टोरेज
मेमोरी (Memory)४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी
स्टोरेज (Storage)UFS 2.2
एक्सटर्नल मेमोरी (External Memory)डेडिकेटेडे मेमोरी  कार्ड स्लट (१ टिबिसम्म बढाउन सकिने)
क्यामेरा
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (50 MP f/1.8 वाइड क्यामेरा, 8 MP f/2.2 FOV 1180 अल्ट्रा वाइड क्यामेरा, 2 MP f/2.4 म्याक्रो क्यामेरा, 2 MP f/2.4 देप्थ(depth) क्यामेरा)1080p@30fps सम्मको भिडियो रेकर्डिङ
सेल्फि/फ्रन्ट क्यामेरा (Selfie/front Camera)13 MP f/2.4 सिङ्गल क्यामेरा, पन्च होल सेल्फि1080p@30fps भिडियो रेकर्डिङ
कनेक्टिभिटि
वाइफाइ (Wi-Fi)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड
ब्लुटुथ (Bluetooth)ब्लुटुथ ५.०
युएसबि (USB)युएसबि टाइप सि (USB Type C), ओटिजि (OTG)
नेभिगेसन (Navigation)GPS, GLONASS, GALILEO, BDS
अडियो
इयरफोन कनेक्टिभिटि३.५ मिलिमिटर इयरफोन ज्याक
स्पिकर (Speaker)डुवल स्पिकर
सेन्सर
मोबाइल अनलक (Mobile Unlock)साइड फिङ्गरप्रिन्ट रिडर, एआइ फेस अनलक
अन्य सेन्सरजाइरोस्कोप (Gyroscope),एम्बियन्ट लाइट सेन्सर (Ambient Light Sensor), एक्सेलेरोमिटर (Accelerometer), प्रक्सिमिटि सेन्सर (Proximity sensor), इलेक्ट्रोनिक कम्पास (Electronic Compass), आइआर ब्लास्टर (IR Blaster)
मोबाइल नेटवर्क 
नेटवर्क टेक्नोलोजिGSM (2G), WCDMA (3G), 4G LTE
ब्याट्रि र चार्जिङ
ब्याट्रि (Battery)५००० एमएएच (mAh)
चार्जर (Charger)३३ वाट फास्ट चार्जिङ सपोर्ट (३३ वाट अड्याप्टर)

यस डिभाइसको नराम्रो पक्षको कुरा गर्ने हो भने यसको प्रोसेसर नै पहिलो कुरा हो। यस डिभाइसको प्राइस रेन्जमा उपलब्ध हुने कुनै डिभाइसहरुको तुलनामा यसको प्रोसेसरको बेन्चमार्क स्कोर कम छ। दोस्रो कुरा भनेको यसको भिडियो रेकर्डिङ हो जुन 1080p सम्म मात्र रेकर्ड गर्न सकिने फिचर यहाँ रहेको छ।

अर्को कुरा भनेको यस प्राइस रेन्जमा उपलब्ध अन्य डिभाइसको तुलनामा यसको स्क्रिन पनि सानो रहेको छ। यसको नाइट मोडको पर्फमेन्स त्यति धेरै उत्कृष्ट छैन।

प्राइस (Price)

नेपाली मार्केटमा Xiaomi Redmi Note 11  को प्राइस यस प्रकार रहेको छ। 

४ जिबि र्याम र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २३,९९९
४ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टरु. २४,९९९
६ जिबि र्याम र १२८ जिबि इन्टर्नल मेमोरि भेरियन्टरु. २७,९९९ 

महत्त्वपूर्ण रेकमेन्डेसन

यस प्राइस रेन्जमा एउटा फोन रेकमेन्ड गर्नै पर्ने हुन्छ र त्यो हो Infinix Note 12।

Infinix Note 12

Infinix Note 12 यस लिस्टको लागि अर्को राम्रो मोबाइल फोन हो। यसको रेकमेन्डेसनमा पर्नुको कारण भनेको यसको ६ जिबि र्याम र १२८ जिबि इन्टर्नल भेरियन्ट उपलब्ध रहेको र यसको ४ जिबि भेरियन्ट नेपालमा छ कि छैन भन्ने अन्योलताले मात्र हो।

यसको ६ जिबि भेरियन्टको मूल्य हाल रु. २५,९९९ रहेको छ जुन यस लिस्टको २५००० भित्र पर्ने मोबाइलहरु भन्दा बाहिर जान पुग्छ। तर तपाईँहरु १००० रुपियाँ बढी हाल्न सक्नुहुन्छ भने यो धेरै राम्रो फोन हो। त्यसमाथि यसको ४ जिबि भेरियन्ट रु. २५००० भित्र नै पर्न जान्छ।

यसको मुख्य फिचरहरुमा ६.७ इन्चको AMOLED स्क्रिन सहितको फूल एचडि डिस्प्ले, १००० निट्सको ब्राइटनेस, 1440p@30fps सम्मको भिडियो रेकर्डिङ, डुवल स्पिकर, ५० मेगा पिक्सलको ब्याक क्यामेरा, १६ मेगा पिक्सलको फ्रन्ट क्यामेरा, Mediatek Helio G88 प्रोसेसर आदि पर्छन्।

यदि यसको ६ जिबि भेरियन्टको लागि २६ हजार रुपियाँ खर्च गर्न सक्नुहुन्छ भने यो यस प्राइस सेग्मेन्टको लागि एउटा राम्रो फोन हो।

अन्त्यमा, 

धेरै प्रख्यात ब्रान्डहरु छन् भन्दैमा यिनीहरुको प्रोडक्ट राम्रो हुन्छ भन्ने हुँदैन। Oppo, Vivo, One Plus आदि जस्ता चलेका ब्रान्डका प्रोडक्टहरु बजारमा उपलब्ध छन् भन्दैमा पैसा खर्च गरिहाल्नु हुँदैन। प्रोडक्ट राम्रो भए तापनि यिनीहरुमा पैसाको भ्याल्यु हुँदैन। 

रेड्मि, रियलमि जस्ता ब्रान्डका फोनहरुसँग मिल्दोजुल्दो फिचर भएका ओपो, भिभो ब्रान्डको फोनहरु तुलनात्मक रुपमा निकै महँगो हुन्छन्। त्यसैले विचार गरेर मात्र मोबाइल खरिद गर्नुपर्छ। नेपाली मार्केटमा १५ देखि २५ हजार सम्मको प्राइस रेन्जका लागि दशवटा उत्कृष्ट फोनहरु माथि लेखिए अनुसार छन्।    

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.