बिगिनरहरुको लागि राम्रा ६ वटा भिडियो एडिटिङ सफ्टवेयर

BEST VIDEO EDITING SOFTWARE

भ्लगर (vlogger), कन्टेन्ट क्रिएटर (content creator), इन्फ्लुएन्सर (influencer) लगायत विभिन्न पेशामा संलग्न मानिसहरुले भिडियो एडिटिङ गर्ने गर्छन् भने साधारण युजर माझ पनि भिडियो एडिटिङको प्रयोग बढ्दो छ। यस बाहेक कुनै पनि कम्पनीको एड्भर्टाइज गर्न पनि भिडियो जस्तो सरल र प्रभावकारी माध्यम अरु नहुने हुँदा भिडियो एडिटिङको महत्त्व यहाँ पनि देखिन्छ।

जस्तो कार्यको लागि भएतापनि राम्रो भिडियो एडिटिङ गर्नलाई एउटा भिडियो एडिटिङ सफ्टवेयरको आवश्यकता पर्दछ। भिडियो एडिटिङमा चाहे तपाईँहरु बिगिनर लेभलको हुनुहोस् या प्रोफेसनल लेभलको हुनुहोस्, भिडियो एडिटिङ गर्न तपाईँहरुलाई भिडियो एडिटिङ सफ्टवेयरको आवश्यकता पर्छ नै। 

भिडियो एडिटिङ सफ्टवेयरहरु मार्केटमा धेरै संख्यामा उपलब्ध छन्। यसमा कुनै भिडियो एडिटिङ सफ्टवेयरहरु सरल हुन्छन् र बिगिनर फ्रेन्डली हुन्छन् अर्थात् बिगिनरहरुले यस्ता भिडियो एडिटिङ सफ्टवेयर सरल तरिकामा सिक्न सक्छन् भने कुनै भिडियो एडिटिङ सफ्टवेयरहरु निकै कम्प्लेक्स (complex) हुन्छन् र यस्ता भिडियो एडिटिङ सफ्टवेयरहरु प्रोफेसनल भिडियो एडिटरहरुलाई फोकस गरेर बनाइएको हुन्छ।

यस आर्टिकलमा १० वटा राम्रा बिगिनर फ्रेन्डली भिडियो एडिटिङ सफ्टवेयरहरुको बारेमा जानकारी दिइएको छ। 

यो पनि हेर्नुहोस्ः

Video Editor – Movie Maker

movie maker

यस लिस्टमा पहिलो नाम रहेको छ Video Editor – Movie Maker या Movie Maker। Windows 7 र यो भन्दा अगाडिका विन्डोजको लागि यो सफ्टवेयर Windows Movie Maker को नामले जानिन्छ भने Windows 8 र सो भन्दा पछाडिका विन्डोजको लागि यो सफ्टवेयर Video Editor को नामले भेटिन्छ। यो एउटा बेसिक लेभलको भिडियो एडिटिङ सफ्टवेयर हो र बिगिनरहरुलाई नै टार्गेट गरेर बनाइएको छ।

भइरहेको भिडियोलाई एडिट गर्न या फोटो, भिडियो क्लिप र म्युजिकको प्रयोगमा नयाँ भिडियो तयार पार्न यो सफ्टवेयरको प्रयोग गर्न सकिन्छ। यस सफ्टवेयरको सामान्य भिडियो एडिटिङ फिचर अन्तर्गत भिडियो कट गर्ने, ट्रिम गर्ने, रोटेट गर्ने, जोड्ने, म्युजिक तथा साउन्ड ट्राकलाई भिडियोमा जोड्ने, टेक्स्ट, इमोटिकन (emoticon) तथा फोटो ओभरले (photo overlay) थप्ने जस्ता फिचरहरु पर्दछन्।

यस सफ्टवेयरले प्रदान गर्ने एड्भान्स लेभलका फिचरहरु अन्तर्गत इमेज फिल्टर, ट्रान्जिसन एफेक्ट, प्यान-जुम एफेक्ट, अडियो भोल्युम एड्जस्टमेन्ट आदि पर्दछन्। यस सफ्टवेयरले mp4, wmv, mkv, mov, avi, mpeg, mp3 लगायत अन्य थुप्रै मिडिया फर्म्याटहरु सपोर्ट गर्दछ भने यस सफ्टवेयरमा एडिट गर्नुभएका भिडियोलाई तपाईँहरुले HD तथा FHD रेजोल्युसनमा एक्सपोर्ट गर्न अर्थात् बाहिर निकाल्न सक्नुहुनेछ र यसमा कुनै वाटरमार्क लाग्दैन। 

यो सफ्टवेयर फ्रि तथा प्रो गरी दुई भर्जनमा उपलब्ध छ। यसको प्रो भर्जनको लागि तपाईँहरुले अन्य फिचरहरु पनि पाउन सक्नुहुनेछ। यो सफ्टवेयर मात्र विन्डोज प्लाटफर्ममा अर्थात् विन्डोज युजरहरुको लागि उपलब्ध छ। यो सफ्टवेयर Windows 10 र Windows 11 दुवैमा काम गर्छ।

iMovie

imovie

बिगिनर फ्रेन्डली भिडियो एडिटिङ सफ्टवेयरको लागि अर्को राम्रो नाम रहेको छ iMovie। यो सफ्टवेयर एपल डिभाइस र एपल डिभाइस युजरहरुको मात्र सिमित छ र विन्डोज युजरहरुको लागि यो सफ्टवेयर उपलब्ध छैन। iOS र MacOS दुवै प्लाटफर्ममा यो सफ्टवेयर उपलब्ध छ।

यो एपले सरल ड्राग-ड्रप युजर इन्टर्फेस अफर गर्दछ। यस सफ्टवेयरले तपाईँहरुलाई थोरै स्टेपमा टाइटल, ट्रान्जिसन र म्युजिक सहितको स्टाइलिश (stylish) भिडियो तयार पार्ने इन्टर्फेस प्रदान गर्छ। भिडियो ट्रिमिङ (trimming), स्प्लिटिङ (splitting) जस्ता फिचरहरु बाहेक यस सफ्टवेयरले तपाईँहरुले म्युजिक लाइब्रेरीबाट कुनै मिडिया अपलोड गर्नुभएपछि त्यस मिडियाको राम्रो पार्ट छानेर अटोमेटिक एडिट गर्छ।

यस बाहेक तपाईँहरुले भिडियो एडिटिङको लागि २० वटा भन्दा धेरै स्टाइलहरु पाउनुहुनेछ। यो सफ्टवेयरको राम्रो पक्ष भनेको यसले 4K रेजोल्युसनमा भिडियो एडिटिङ अफर गर्छ। यो सफ्टवेयरले क्लाउड फिचर पनि प्रदान गर्छ जसले गर्दा यस तपाईँहरुले सफ्टवेयरमा म्याक डिभाइसबाट कार्य गर्दै हुनुहुन्छ भने तपाईँहरुले सोहि कार्य आइफोन र आइप्याडमा पनि गर्न सक्नुहुनेछ। 

यस सफ्टवेयरले बिल्ट-इन म्युजिक, साउन्ड एफेक्ट्स र भोइसओभर रेकर्डिङ पनि प्रदान गर्छ र यसको सहायतामा तपाईँहरुले पिक्चरमा आवाज हाल्न सक्नुहुनेछ। यसको एड्भान्स फिचरमा तपाईँहरुले स्पीड कन्ट्रोल फिचर पनि भेट्न सक्नुहुनेछ जसले गर्दा तपाईँहरुले भिडियोको कुनै भागलाई छिटो र कुनैलाई ढिलो बनाउन सक्नुहुनेछ।  

iMovie सफ्टवेयरमा पनि कुनै प्रकारको वाटरमार्क लाग्दैन र यो सफ्टवेयर एपल डिभाइस युजरहरुले फ्रिमा प्रयोग गर्न सक्नुहुनेछ।

Shotcut

shotcut

यस लिस्टमा तेस्रो भिडियो एडिटिङ सफ्टवेयर रहेको छ Shotcut। भिडियो एडिटिङ क्षेत्रमा Shotcut निकै कहलिएको सफ्टवेयर हो। यो एउटा ओपन-सोर्स र क्रस प्लाटफर्म सफ्टवेयर भिडियो एडिटिङ सफ्टवेयर हो। ओपन सोर्स सफ्टवेयर भएको कारण तपाईँहरुले यसको लागि कति पनि मुल्य तिर्नुपर्ने छैन र फ्रिमा प्राप्त गर्न सक्नुहुनेछ भने क्रस प्लाटफर्म भएकाले यो सफ्टवेयर Windows, Mac र linux तीनवटै प्लाटफर्ममा चलाउन सकिन्छ।

यो सफ्टवेयरको राम्रो कुरा भनेको यहाँ सफ्टवेयर चलाउन सिकाउनलाई ट्युटोरियल भिडियोहरु समावेश गरिएको छ। यो सफ्टवेयरको इन्टर्फेस बिगिनर फ्रेन्डली नै रहेको छ र यो सफ्टवेयरले पनि कुनै प्रकारको वाटरमार्क जेनरेट गर्दैन।

यस सफ्टवेयरले पनि धेरै प्रकारका मिडिया फर्म्याटहरु सपोर्ट गर्छ जस अन्तर्गत FFmpeg, 4K, ProRes जस्ता फर्म्याट पनि पर्छन्। यो सफ्टवेयरले अडियो एडिटिङको लागि राम्रो अपसनहरु प्रदान गर्छ जसले गर्दा यो सफ्टवेयर अडियोफाइल (audiophile) हरुको लागि एउटा राम्रो रोजाइ हुन जान्छ।

Shotcut को आफ्नै टाइमलाइन एडिटिङ फिचरले गर्दा युजरहरुले भिडियो फाइललाई मिडिया लाइब्रेरीमा अपलोड नगरी डाइरेक्ट प्रोजेक्ट फाइलमा अपलोड गर्न पाउनेछन्। यसको मल्टिफर्म्याट टाइमलाइनको प्रयोगमा युजरहरुले यसमा रेजोल्युसन र फ्रेम रेटहरु मिक्स गर्न पनि सक्नेछन्। अन्य फिचरहरुको लागि यहाँ तपाईँहरुले कलर ग्रेडिङ, स्पिड कन्ट्रोल जस्ता फिचरहरु पाउनुहुनेछ। यो सफ्टवेयरको अर्को राम्रो कुरा भनेको तपाईँहरुले यो सफ्टवेयरबाट डाइरेक्ट युट्युबमा भिडियोहरु अपलोड गर्न सक्नुहुनेछ।

VSDC Free Video Editor

vsdc

यस लिस्टमा समावेश गरिएको अर्को सफ्टवेयर रहेको छ VSDC Free Video Editor। यो भिडियो एडिटर सफ्टवेयर फ्रि र पेड भर्जन दुवैमा उपलब्ध रहेको छ र यसको पेड भर्जन VSDC Pro को नामले भेट्न सकिन्छ। यो सफ्टवेयर तपाईँहरुले Windows प्लाटफर्ममा मात्र भेट्न सक्नुहुनेछ। 

हेर्दा जटिल जस्तो देखिएला तर यसको युजर इन्टर्फेस निकै सरल छ र यो सफ्टवेयर प्रयोग गर्न सिक्नलाई त्यति असजिलो नहोला। VSDC को फ्रि भर्जनमा फिचरहरु कम हुने भएतापनि एडिटिङको लागि चाहिँ यसमा त्यति धेरै फिचर छुटेका छैनन्। यसको फ्रि भर्जनमा मास्क टुल (mask tool) र ग्रिन स्क्रिन एफेक्टको लागि क्रोमा कि (chroma key) जस्ता फिचरहरु समावेश गरिएको छ।

यस सफ्टवेयरमा तपाईँहरुले भिडियो, अडियो र टेक्स्ट एडिटिङको लागि धेरै फिचरहरु पाउन सक्नुहुनेछ। भिडियो एडिटिङ फिचर अन्तर्गत यहाँ तपाईँहरुले एड्जस्टमेन्ट,फिल्टर, ट्रान्सप्यारेन्सि, स्पेसियल एफेक्ट्स, 360 र 3D एडिटिङ, ट्रान्जिसन एफेक्ट जस्ता फिचरहरु पाउनुहुनेछ भने अडियो एफेक्टको लागि यहाँ एम्प्लिट्युड (amplitude), डिले (delay), फिल्टर, टाइम स्ट्रेच/ पिच सिफ्ट (Time stretch/ Pitch shift) लगायतका फिचरहरु समावेश गरिएको छ।

यस सफ्टवेयरमा फेसबुक, युट्युब, इन्सटाग्राम, ट्विटर र भिमेयो (Vimeo) जस्ता सोसियल मिडिया प्लाटफर्मको लागि डाइरेक्ट लिंक रहने हुँदा यसमा तपाईँहरुले एडिट गर्नुभएको भिडियोलाई डाइरेक्ट सोसियल मिडियामा सेयर पनि गर्न सक्नुहुनेछ। यस सफ्टवेयरबाट पनि तपाईँहरुले कुनै वाटरमार्क बिना नै भिडियोहरु तयार पार्न सक्नुहुनेछ।

Openshot

openshot

यस लिस्टको लागि छैटौँ नाम रहेको छ Openshot भिडियो एडिटिङ सफ्टवेयर। यो सफ्टवेयर बिगिनर र इन्टरमिडिएट एडिटरहरुको लागि वाटरमार्क बिनाको भिडियो एडिट गर्ने एउटा राम्रो सफ्टवेयर हो र यो सफ्टवेयर Windows, Mac तथा Linux तीनैवटा प्लाटफर्महरुमा उपलब्ध छ। Openshot एउटा ओपन सोर्स सफ्टवेयर भएकोले यसको फुल प्रोडक्ट नै फ्रिमा पाउन सकिन्छ।

यस सफ्टवेयरले अनलिमिटेड ट्राक्सहरु अफर गर्दछ जसकारणले तपाईँहरुले आफ्नो भिडियोमा अनलिमिटेड लेयरहरु थप्न सक्नुहुनेछ, चाहे त्यो साउन्ड ट्राक होस्, भिडियोको ओभरल्यापिङ होस् या कस्टम इमेज नै किन नहोस्। यसको सरल ड्राग-ड्रप इन्टरफेसले बिगिनरहरुले पनि यसलाई सजिलैसँग प्रयोग गर्न सक्छन्।

यसमा भिडियो एड्जस्टमेन्ट अन्तर्गत क्रप, ट्रिम, स्न्याप, स्केल, रोटेट, रिसाइज जस्ता फिचरहरु समावेश गरिएको छ भने क्रेडिट स्क्रोलिङ (credit scrolling), फ्रेम स्टेपिङ (frame stepping), ट्रान्जिसन, टेक्स्ट, टाइम म्यापिङ (time stepping), अडियो एडिटिङ, रियल टाइम प्रिभ्यु (real time preview) को लागि पनि यसमा अप्सनहरु रहेका छन्। डिजिटल भिडियो एफेक्ट्स अन्तर्गत ब्राइटनेस, गामा, ग्रेस्केल र ग्रिन स्क्रिन एफेक्ट लागि क्रोमा कि कम्पोजिटिङ (Chroma Key Compositing) फिचर पनि यसमा समावेश गरिएको छ।

यसको कस्टमाइजेबल टाइटल कार्ड टेम्प्लेट प्रयोग गरेर तपाईँहरुले भिडियो सुरु हुनु अगाडि भिडियोको बारेमा केहि टेक्स्ट डिस्प्ले पनि तयार पार्न सक्नुहुनेछ। यसको बिल्ट-इन एनिमेसन फ्रेमवर्कले यसलाई फरक बनाउँछ जहाँ फ्रेम भित्र प्रायः सबै कुरालाई फेड, बाउन्स, स्लाइड या एनिमेट गर्न सकिन्छ।  

HitFilm Express

hitfilm express

यस लिस्टमा अर्को भिडियो एडिटिङ सफ्टवेयर रहेको छ HitFilm Express। यो सफ्टवेयर बिगिनर लेभलका युजरहरुलाई थोरै एड्भान्स लाग्न सक्छ त्यसैले यो सिक्न थोरै अप्ठ्यारो हुन सक्छ तर यो फ्रिमा उपलब्ध भिडियो एडिटिङ सफ्टवेयर मध्येमा पाइने सफ्टवेयरहरु मध्ये सबैभन्दा राम्रो मध्येमा गनिने हुँदा यो कुरालाई मध्यनजर गर्न सकिन्छ।

यस सफ्टवेयरको एनिमेसन टुल्स फिचरले तपाईँहरुलाई कुनै प्रकारको कम्पोजिट सट (composite shots) बिना नै अडियो र भिडियो ट्रान्जिसनहरु एडिट गर्न र बनाउन सक्नुहुनेछ जसले गर्दा भिडियो एडिटिङको क्रममा निकै समय बचत हुन्छ। यहाँ तपाईँहरुले म्युजिक भिडियो, युट्युब भिडियो तथा फिल्मको लागि पनि राम्रा 3D एफेक्ट्सहरु पाउनुहुनेछ। 

यस बाहेक तपाईँहरुले यस सफ्टवेयरमा पेड भर्जनमा उपलब्ध हुने सफ्टवेयरहरुमा मात्र पाइने 4K भिडियो, ३६०o भिडियो एडिटिङ लगायत अन्य थुप्रै एड्भान्स एफेक्टहरु पाउन सक्नुहुनेछ। यहाँ तपाईँहरुले मोसन ट्राकिङ, कलर पिकर र क्रपिङ टुलहरुको प्रयोगमा प्रोफेसनल भिडियो एडिट गर्न सक्नुहुनेछ। 

यसको थप फिचरमा तपाईँहरुले VFX फिचरहरु समेत पाउन सक्नुहुनेछ जस अन्तर्गत ग्रिन सक्रिन एफेक्टको लागि क्रोमा कि (chroma key) फिचर, पार्टिकल एफेक्ट लगायत प्रोफेसनल भिडियो एफेक्टहरु समावेश गरिएका छन्। यस बाहेक तपाईँहरुले अटो स्टेबलाइजर फिचरको प्रयोगमा कुनै हल्लिएको भिडियोलाई सरल बनाउन सक्नुहुनेछ। यसको अर्को राम्रो पक्ष भनेको 

यो सफ्टवेयर फ्रि र पेड दुवै भर्जनमा उपलब्ध रहेको छ भने यो सफ्टवेयर Mac र Windows दुवै प्लाटफर्ममा भेट्न सकिन्छ।

अन्त्यमा,

बिगिनरहरुको लागि राम्रा भिडियो एडिटिङ सफ्टवेयरहरु यतिमा मात्र सिमित छैनन् र अरु थुप्रै भिडियो एडिटिङ सफ्टवेयरहरु पनि मार्केटमा उपलब्ध छन्। तर यहाँ उल्लेखित गरिएका सफ्टवेयरहरु बिगिनर फ्रेन्डली हुनुको साथै फ्रिमा उपलब्ध छन्। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.