६ दिने ‘क्यान इन्फोटेक, २०२३’ को जमघटमा भयो सूचना तथा सञ्चार क्षेत्रको विकास प्रदर्शन र रणनीति निर्माण अन्तरक्रिया! 

CAN INFOTECH 2023

मिति २०७८ साल, माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा डिसहोम फाइबरनेट सँगको सहकार्यमा, क्यान इन्फोटेकको २७ औं संस्करण सफलता पूर्वक समाप्त भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधि प्रदर्शनी, इनोभेसन र स्टार्टअपलाई प्राथमिकता दिने तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य बोकेर संचालन गरीएको यस ६ दिने टेक एक्स्पोमा १५० वटा भन्दा बडी स्टलहरू रहेका थिए जसमा इनोभेसन र स्टार्टअपलाई निःशुल्क स्टलहरू समेत उपलब्ध गराइएको क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। 

क्यान इन्फोटेक, २०२३ लाई अवसर परेर मेलामा प्रदर्शनीकर्ता कम्पनीहरूले ‘क्यान इन्फोटेक अफर’ दिँदै र रमाइला खेलहरू सञ्चालन गरी आफ्ना प्रोडक्ट तथा सेवा उपभोक्तामाझ प्रस्तुत गरेका थिए। प्रदर्शनीमा सफ्टवेयर कम्पनी, कम्प्युटर एक्सेसरिज, इन्टरनेट सेवाप्रदायक, आईटी ट्रेनिङ इन्स्टिच्युट, स्टार्टअप, मोबाइल फोन तथा इनोभेसन लगायतका स्टलहरुमा अवलोकनकर्ताको बढी चासो देखिएको थियो। यसका साथै, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको निकै आकर्षण देखिएको थियो।   

सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि आयोजना गरिएको यस टेक एक्स्पोमा अवलोकनकर्तालाई कान्तिपुर सिटी कलेजले विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको, एनसेल कम्पनीले फ्री मा सिम प्रदान गरेको र आइएमई पेले अवलोकनकर्ताको केवाईसी भेरिफाइ गर्नुका साथै निःशुल्क भिसा कार्ड प्रदान गरेको कार्य निकै नै प्रशंसनीय रहेको छ।   

क्यान इन्फोटेक, २०२३ को एसोसिएट स्पोन्सरमा डिसहोम फाइबरनेट रहेको थियो भने डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का र डिजिकम रहेका थिए। बैकिङ्ग पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्सुरेन्स पार्टनरमा आई एम ई जनरल इन्सुरेन्स, टिकेट पार्टनरमा पेवेल, ट्रेनिङ्ग पार्टनरमा इन्टरनेशनल स्कुल फर स्किल्स, फुड एण्ड बेभरेज पार्टनरमा र्याकेट बार एण्ड इभेन्ट्स, एसएमएस पार्टनरमा स्पारो एसएमएस, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, भर्चुअल एक्जिबिसन पार्टनरमा मण्डला सिस्टम र सीसीटीभी पार्टनरमा ई थ्रिरी सेल्स एण्ड सर्भिसेज रहेका थिए।  

सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास, स्टार्टअप तथा इनोभेसनहरुलाई उपभोक्तामाझ पुर्याउने प्रयासले संचालन गरीएको क्यान इन्फोटेक, २०२३ माघ २३ गते सफलता पुर्वक अन्त्य भएको थियो र यस मेलामा सहभागी भएका प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्नो प्रडक्ट र सेवाहरु आफ्नो ग्राहकमाझ पेश गर्नुका साथै राम्रो व्यापार गर्न समेत सफल भएको महासचिव चिरञ्जीवी अधिकारी बताउनुहुन्छ। साथै, क्यान इन्फोटेकले यस टेक एक्स्पो मार्फत सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार तथा सर्वेक्षण गर्ने, ग्राहकहरुका आवश्यकता थाहा पाउने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकहरु सँग राम्रो सम्बन्ध स्थापना गर्ने सुनौलो प्रदान गरेको छ। क्यान इन्फोटेक २०२३ आईसीटीमा प्रविधि उद्योग र एकेडमीबीच अन्तर, ब्लकचेन प्रविधि, फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम जस्ता विषयमा सेमिनार पनि सञ्चालन गरिएको थियो। सूचना तथा सञ्चार क्षेत्रलाई ग्राहकमाझ जोड्दै अन्त्य भएको क्यान इन्फोटेक, २०२३ अवलोकनकर्ताका साथै प्रदर्शनीकर्ता कम्पनीहरूका लागि निकै नै फलदायक हुन पुगेको छ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.