टिकटक भिडियोबाट कार ह्याक गर्न जानेपछि ह्युन्डाई र किया ले सफ्टवेयर ल्याउँदै।

tiktok car hack

टिकटकमा करोडौँ मानिसहरुले भिडियो हरु पोस्ट गर्ने गरेका छन्। कुनै भिडियोहरु सकारात्मक तथा ज्ञान दिने खाल्का हुन्छन्, कुनै भिडियोहरु मनोरञ्जनात्मक एवम् टाइमपासको लागि बनाइएका हुन्छन् भने कुनै भिडियो त्यस्ता पनि हुन्छन् जसले मानिसहरुलाई बहकाउने गर्दछन् या नकरात्मक मेसेज दिन्छन्। यस्ताे बहकाउने भिडियो अन्तर्गतमा कार ह्याकको भिडियो हामी लिन सक्छौँ।

कार ह्याक गर्ने भिडियोहरु हामीले पक्कै टिकटकमा या युट्युब सर्ट्समा देखेका छौँ । यस भिडियोमा चाबिको बिना नै कारको ढोका खोलेको देखाइएको हुन्छ। तर यस्तो भिडियोको सम्भाव्यतालाई हामीले नकार्छौँ वा यस्तो हुन नसक्ने कुरा भन्दै यस्ता भिडियोहरु इग्नोर गर्छौँ । अब सुन्दा अचम्म लाग्न सक्छ तर टिकटकमा देखाइएको यस भिडियोको साँचोपन सावित भएको छ। 

यस्तै कार ह्याकसँग सम्बन्धी एउटा भिडियो इन्टर्नेटमा निकै भाइरल बनेको थियो। त्यसमाथि यो ह्याक ह्युन्डाई र किया जस्ता विश्वप्रख्यात कम्पनिका गाडिमा गरिएको थियो। यो भिडियो टिकटकमा “किया च्यालेन्ज” को नाममा रेकर्ड गरिएको थियो जुनमा “किया बोइज” ले युएसबि कर्ड (USB Cord) युज गरेर कार ह्याक गरेका थिए। यो भिडियोको रिलिज डेट हेर्ने हो भने यो भिडियो गत २०२२ को मे महिनामा बनेको पाइन्छ। भिडियो रिलिज भएयता धेरै किया कारहरु र ह्युन्डाई कारहरुको चोरीको रिपोर्टहरु सुन्न थालिए। चोरीको साथै १४ वटा क्रासहरु र ८ मृत्यु पनि रेकर्ड गरिएपछि यसले गम्भीर मोड लियो।

धेरै जसो पुरानो मोडलका किया र ह्युन्डाई कारहरुमा इम्मोबिलाइजर(Immobilizer) नहुने कारणले चाबि बिना पनि यस्ता गाडीहरु स्टार्ट हुन सक्दा रहेछन्। त्यसैले २०११ देखि २०२१ सम्मका किया कम्पनिका कारका मोडलहरु र २०१६ देखि २०२१ सम्मका ह्युन्डाई कारका मोडलहरुमा कार ह्याकको सम्भावना धेरै रहेको छ। संख्यामा कुरा गर्ने हो भने करिब ३.८ मिलियन ह्युन्डाई  र ४.५ मिलियन किया कारहरुमा इम्मोबिलाइजर नरहेको पाइन्छ।    

कार मालिकहरुले कार चोरीको बारेमा थाहा पाएर किया र ह्युन्डाई कार म्यानुफ्याक्चररहरु माथि व्यवहार प्रति जिम्मेवार नभएको भन्दै चार्ज पनि हाल्नुभयो। यसलाई लिएर ह्युन्डाई र कियाले सोमबार अर्थात् २०२२ फेब्रुवरी १३ मा सफ्टवेयर अपडेट निकालेको छ। तर अहिलेको लागि यो १ मिलियन गाडिहरुमा उपलब्ध पारिएको छ जबकी अझै ३.५ मिलियन कारहरुमा यो रिलिज गरिन बाँकि नै छ। 

ह्युन्डाईले एउटा रिलिजमा भन्यो, “२०१७ देखि २०२० सम्मको ह्युन्डाई इलान्ट्रा मोडल, २०१५ देखि २०१९ सम्मकाे ह्युन्डाई सोनाटा मोडल र २०२० देखि २०२१ सम्मका ह्युन्डाई भेन्यु मोडलका कार मालिकहरुले लोकल डिलरसिपमा भिजिट गरेर एन्टी थेफ्ट अपडेट हाल्न सक्नुहुनेछ।” यस अपडेटमा अट्याक रोक्न एन्टी थेफ्ट स्टिकर, लामो अलार्म तथा गाडि स्टार्ट गर्न पुस स्टार्टको ठाउँमा एउटा चाबि पनि समावेश गरिएकाे छ। अन्य साधनको लागि पनि २०२३ को जुन सम्ममा अपडेट उपलब्ध हुने कुरा खुलाइएको छ।

नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसन (National Highway Traffic Safety Administration) का अनुसार उक्त समयमा, किया र ह्युन्डाईले चोरीलाई नियन्त्रण गर्न करिब २६,००० व्हिल लक पनि उपलब्ध गराएका छन्।     

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.