कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

corn smartwatch nepal

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली बजारमा कोर्न स्थपित भएको प्रमाणीत गर्छ भने यही अवस्था आयातकर्ताको टाउको दुखाई बन्न थालेको छ । चीनको मोबाईल एक्सेसोरीज् निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई नेपाली बजारमा केमियो इन्टरनेशनले भित्र्याएको हो ।


कोर्नको सफलताका पछाडी मुख्य तिन कारणहरु रहेका छन् । यसका उत्पादनमा निहित गुणस्तरीयता, विक्री पश्चातको सेवामा कम्पनी तथा आयातकर्ताको तादरुकता र प्रतिस्पर्धी मूल्य निर्धारण । कोर्नका उत्पादनको गुणस्तरीयताको प्रत्याभूतीका लागि कोर्नले आफ्ना हरेक उत्पादनमा एक बर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने, प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नको युएसपी नै हो । आफ्ना हरेक उत्पादनको प्रतिस्पर्धी मूल्य कायम गर्नमा निकै सजकता अपनाउने कोर्नले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिंदै आएको छ भने आयातकर्ता केमियोले पनि आफ्नो मूनाफामै सम्झौता गरेर भएपनि सुलभ मूल्य कायम गर्दै आएको छ । विक्री पश्चातको सेवाका क्षेत्रमा कोर्नले देखाएको तादरुकताको जति प्रसंसा गरेपनि कमै हुन्छ । सानो आकारको बजारका बाबजुत कोर्नले नेपाली बजारमा डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा रिसिभ भएर समस्या समाधान नभए रिप्लेसमेन्टनै दिने नीति लिएको छ ।


कोर्नको नेपाली बजारमा प्राप्त सफलताको अर्को महत्वपूर्ण यसको प्रडक्ट डिजाईन र यसले कायम गरेको प्रोडक्ट लाईफसाईकल हो । इनोभेटिभ डिजाईन र फिचरका उत्पादन बजारमा ल्याउने मात्र होईन त्यसलाई निरन्तर अपडेट र परिमार्जन गर्दै जानुले पनि कोर्नका उत्पादहरु डिजाईनका हिसावले फ्रेस र अपडेटेड रहने गरेका छन् ।
आफ्नो पछिल्लो उत्पादनको रुपमा कोर्नले ऋध्ड ःब्ह् स्मार्टवाच नेपाली बजारमा ल्याएको छ । एप्पल वाच
अल्ट्राको डिजाईन बाट इन्सपायर्ड यो ऋध्ड ःब्ह् को युजर इन्टरफेस एण्डरोईड थिममा रहेको छ । आईफोन र एण्डरोईड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाईन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्ट कहिं कतै सम्झौता गरिएको छैन । मेटल बडि भएको यो स्माट वाच झण्डै २ इन्च ठूलो एचडी डिस्प्ले को प्रयोग गरिएको छ । रिअल टाइम हेल्थ मनिटरिङ्ग गर्ने क्षमता भएको यो स्मार्टवाच ब्लड पे्रसर मनिटरिङ्ग, ब्लड अक्सिजन मनिटरिङ्ग, हर्ट रेट मनिटरिङ्ग लगायतका सुविधाहरु प्रदान गरिएको छ भने यसले प्रयोगकर्ताको स्लिप मनिटरिङ्गको समेत सक्षमता राख्छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.