DALL-E 2!!! ग्राफिक्स आर्टिस्टले अझ तेज हुनुपर्ने।

DALL-E2

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआइ(AI) प्रोग्रामहरुले विश्व टेक्नोलोजि जगतलाई एउटा नयाँ बाटो देखाएका छन्। गत दुइ तीन महिना यता च्याट जिपिटि नामक एक एआइ प्रोग्रामले विश्व जगतमा तहल्का ल्याएको छ। २०२२ नोभेम्बरमा रिलिज भएको यस च्याटबटले दुई महिनामा नै १० करोड भन्दा बढी युजर संख्या बटुलेर छोटो समयमा नै सबै भन्दा बढी युजर संख्या बढाउन सफल प्रोग्राम बनेको छ।

च्याट जिपिटिलाई लञ्च गर्ने कम्पनी ओपनएआइ(OpenAI) ले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अग्रसर रुपमा काम गरिरहेको छ भने यसको सबैभन्दा छिटो सबैभन्दा बढी चर्चित भएको प्रोग्राम च्याट जिपिटि नै पर्छ। तर च्याट जिपिटि लञ्च हुनु अगाडि यसले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एउटा इमेज या आर्ट डिजाइन गर्न सक्ने ड्याल-इ (DALL-E) नामक प्रोग्राम २०२१ को जेनुवरी ५ मा लञ्च गरेको थियो। 

आफूलाई चाहिएको इमेज वा आर्टको विवरण टेक्सट बक्समा लेखेपछि यसले स्वतः चारवटा १०२४ X १०२४ रेजोल्युसनको इमेजहरु बनाइदिन्छ। यसरी मानविय ल्याङ्ग्वेज बुझेर इमेज बनाउन सक्नेयस प्रोग्रामलाई निकै युजरहरुले चलाउनु हुन्छ। 

२०२२ को नोभेम्बरमा ओपनएआइ कम्पनीले यस प्रोग्रामको भर्जन २ को अपडेट निकाल्यो जुनलाई ड्याल-इ २ (DALL-E 2) भनियो।

ड्याल-इ २(DALL-E 2)

DALL-E 2 एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम हो जसले मानव लिखित टेक्स्टको आधारमा एउटा यथार्थपरक इमेज वा आर्टको डिजाइन बनाउन सक्छ। 

DALL-E 2 मा जानुहोस

DALL-E 2 का विशेषता

१) यसले अलग-अलग स्टाइल र अलग-अलग कन्सेप्टलाई जोडेर नयाँ खालको इमेज बनाउन सक्छ। उदाहरुणको लागि Man riding a donkey on top of a train लेख्नुभयो भने यसले ट्रेन माथि मानिसले गधा चढेको रियल देखिने इमेज बनाइदिन्छ। 

२) यसले एउटा क्यान्भासमा रहेको इमेजलाई बढाउन सक्छ। उदाहरणको लागि ओरिजिनल क्यान्भासमा एउटा घर मात्र छ भने त्यस घरको छेउमा एउटा रुख थप्न मिल्छ। यसरी क्यान्भासमा जस्तो इमेज भएपनि त्यसलाई बढाउन मिल्छ।

३) ओरिजिनल इमेजमा पनि थाहा नहुने एडिटहरु गर्न मिल्छ। DALL-E 2 बाट ओरिजिनल इमेजमा केहि कुरा थप्न र हटाउन पनि मिल्छ। यसो गर्दा यसले छाँया, रिफ्लेक्सन आदिलाई हेरेर फरक थाहा नपाइने गरी एडिट गर्छ।

४) एउटा ओरिजिनल इमेजलाई प्रेरणा बनाएर ओरिजिनल भन्दा फरक इमेजको निर्माण गर्न सक्छ। उदाहरणको लागि मोना लिसाको इमेजलाई प्रेरणा मान्दै यसले फरक महिलाको फोटो बनाइदिन्छ।  

DALL-E 2 ले DALL-E भन्दा यथार्थपरक र सही इमेजहरु बनाउन सक्छ भने यसले बनाएका इमेजको रेजोल्युसन पनि DALL-E को भन्दा चार गुना बढी रहेको छ। यसका साथै क्यापसन म्याचिङ र फोटोरियलिजमको लागि पनि युजरहरुले DALL-E भन्दा DALL-E 2 नै रुचाएका छन्। ७१.७% सहभागीहरुले क्याप्सन म्याचिङ र ८८.८% सहभागीहरुले फोटोरियलिजमको लागि DALL-E 2 लाई रोज्नुभयो। 

DALL-E 2 ले ग्राफिक्स डिजाइनिङमा ल्याउन सक्ने असर

DALL-E 2 मात्रै बजारमा उपलब्ध भएको एउटा मात्रै एआइ इमेज डिजाइनर होइन। मिडजोर्नी (Midjourney),  

स्टेबल डिफ्युजन (Stable Diffusion) जस्ता अरु एआइ मोडलहरु पनि बजारमा पाइन्छन्। तर मानिसहरु धेरै DALL-E 2 मै फोकस गरिरहेका छन्। एउटा कुरा त यसकाे सुविधा र इमेजको क्चालिटि हो भने अर्को कुरा भनेको ओपनएआइले सार्वजनिक गरेको, युजरहरुले कुनै लिमिटेसन बिना आफ्ना सिर्जनाहरु बेच्न सक्छन् भन्ने कुराले हो।

यसले ग्राफिक्स डिजाइनरहरुलाई जानिँदो या नजानिँदो रुपमा असर पार्दछ। एकातिर ग्राफिक्स डिजाइनिङ नजानेका मान्छेहरुले पनि उनीहरुलाई कम्पिटिसन दिन सक्छन् भने अर्को तिर ग्राफिक्स डिजाइनरको आवश्यक्तामा कमी आउन सक्ने परिस्थिति पनि सिर्जना हुन सक्छ। किनभने यस प्रोग्रामले स्वतः इमेज बनाउन सक्ने हुँदा बिजनेसहरु आफैँले नै ग्राफिक्स डिजाइनर नराखी इमेज बनाउन सक्छन्।

केहि हद सम्म यसले ग्राफिक्स डिजाइनरहरुमा प्रेसर उत्पन्न गराउन सक्छ। तर यसका नकारात्मक पक्ष नभएका होइनन्। यो एउटा मानव होइन त्यसैले मानिसको जस्तो सोच्न सक्ने क्षमता यसमा हुँदैन। टेस्टिङहरुमा पनि यसका कैयौँ गल्तीहरु देखिएका छन्। जस्तै यसले स्पेलिङमा गल्ती गर्न सक्छ। साथै यसले बनाएको आर्ट पनि हरेक पटक एक्युरेट हुन्छ भन्ने हुँदैन।

केहि गल्तीहरु त हुन्छन् नै। तर भविष्यका नयाँ भर्जनहरुमा यी गल्तीहरुमा पक्कै पनि सुधार गरिन्छ। त्यसैले ग्राफिक्स डिजाइनरहरुले आफ्नो दक्षता बढाउन अत्यावश्यक देखिन्छ।     

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.