अब आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्ट पैसा तिरेर भेरिफाइड गर्न पाइने

फेसबुक र इन्स्टाग्रामको पेरेन्ट कम्पनी “मेटा” ले आइतवार आफ्नो प्लेटफर्महरूका लागि सशुल्क “भेरीफिकेसन” गर्न मिल्ने सदस्यताको घोषणा गर्‍यो , जसले प्रयोगकर्ताहरूलाई निलो चिन्ह भएको खाता “भेरीफाइड” खाता पाउनका लागि भुक्तान गर्न अनुमति दिनेछ।

मेटाका सीईओ मार्क जुकरबर्गले आइतवार बिहानको फेसबुक पोस्टमा “मेटा भेरिफाइड” गर्ने सेवाको घोषणा गरे। मेटा प्रयोगकर्ताहरु माझ फेसबुक तथा इन्स्टाग्रामको अथेनटिसिटि र सुरक्षा बडाउनका लागि यो पेड सब्सक् प्सन् ल्याइएको उनी बताउँछन्। खाता “भेरीफाइड” गर्ने सब्सप्सन्, इन्टरनेट ब्राउजर तथा एन्डरोइड मार्फत प्रयोगकर्ताहरूले $११.९९, मा लिन सक्नेछन् भने मेटा आईओएस एप मार्फत $१४.९९ मा लिन सक्नेछन्।

प्रोफाइलहरूमा नीलो ब्याज पाउनुको अतिरिक्त, मेटाले भेरीफाइड ग्राहकहरूको लागि लाइभ एजेन्ट प्रदान गराउने छ जसको मदतले आफ्नो अकाउन्टमा केहि पनि समस्या आएमा एजेन्टले समाधान गरिदिने छ साथै, “भेरीफाइड” खाताको अरु साधारण खाता भन्दा बढी पहुँच पनि हुनेछ। सदस्यहरूले उनीहरूको प्रोफाइल नाम र फोटोसँग मेल खाने सरकारी आईडी पनि पेश गर्नुपर्छ, जुन कम्तिमा पनी १८ बर्ष पुरानो हुनुपर्छ।

“मेटा भेरीफाइड” भएका नयाँ सदस्यहरूले आफ्नो कुनै पनि प्रोफाइल विवरणहरू जस्तै की आफ्नो तस्वीर वा युजरनेम परिवर्तन गर्नु परेमा फेरी मेटा भेरीफाइड प्रमाणित सदस्यता र प्रमाणीकरण आवेदन प्रक्रियामा नगई गर्न पाउने छैनन्। तर, पहिले नै भेरीफाइड भएका इन्स्टाग्राम र फेसबुक खाताहरूमा भने कुनै परिवर्तन हुने छैन। हालको लागी व्यवसायहरूले भने मेटा भेरीफाइड गर्न आवेदन दिन पाउने छैनन्। “हामी यस हप्ता अष्ट्रेलिया र न्यूजील्याण्डमा, “र चाँडैअन्य देशहरूम पनि यो सुविधा सुरु गर्नेछौ,” जुकरबर्गले भने।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.