फेसबुकले आफ्नो नाम मेटामा परिणत गरेको कुरामा त हामी अवगत नै छौँ। मेटा प्लाटफर्म वा मेटा, एउटा अमेरिकन कम्पनी हो र यो कम्पनीको प्रोडक्ट र सर्भिस अन्तर्गत फेसबुक, वाट्सएप, इन्सटाग्राम जस्ता सोसियल मिडिया प्लाटफर्महरु सबै समावेश छन्।
फेसबुकले नाम परिवर्तन यसै गरेको हैन। फेसबुकले मेटामा नाम परिवर्तन गर्नुको कारण फेसबुकले मेटाभर्सलाई आत्मसात् गर्ने प्रयास हो। मेटाभर्सलाई सजिलोसँग बुझ्ने हो भने यो भर्चुवल रियालिटिमा आधारित एउटा नयाँ संसार हो। फेसबुकले आफ्नो नाम मेटामा परिवर्तन गर्नुको कारण भनेको यसले मेटाभर्स तर्फको दिशा रोजेको जनाउनु हो।
फेसबुकले २०२० मा मात्रै २९ बिलियन नाफा कमाएको थियो। तर यस दिनानुदिन परिवर्तन हुने टेक्नोलोजिको संसारमा एक सालको भारि नाफा अर्को सालको भारी घाटामा परिणत हुन खासै समय लाग्दैन। सो कारणले मार्क जुकर्बर्ग (फेसबुक, हाल मेटाका सिइओ) र कम्पनिले भविष्यलाई फोकस गरेर फेसबुकको मेटाभर्समा प्रवेश भएको स्पष्टिकरण दिँदै फेसबुकलाई मेटामा परिणत गर्नुभयो।
यस कुरालाई मार्क जुकर्बर्गले आफ्नो शब्दमा नै खुलाउनु भएको छ। वहाँले खुलाउनुभयो, “हामीले सुरुवात गर्दा सोसियल नेटवर्किङ मान्छेहरुलाई कनेक्ट गराउने माध्यम बने जस्तै अब मान्छेहरुलाई कनेक्ट गर्ने माध्यम मेटाभर्स हो। समय अनुसार हामी मेटाभर्स कम्पनीको नामले परिचित हुन्छौँ भन्ने आशा मैले राखेको छु।.”
तर विगतै फेसबुक मेटाले आफ्नो कामदारु हटाउने कुरा सुन्नमा आएको छ। फेसबुक जस्तो ठुलो कम्पनिले पनि के भोग्नुपर्यो र यसले आफ्ना कामदारहरुलाई हटाउनु पर्ने अवस्था सिर्जना भयो?
यसको परिस्थिति उत्पत्ति हुनमा मुख्यतुा दुई कुराले प्रभाव पारेको देखिन्छ जुनमा पहिलो कुरा हो कोभिड । आउनुहोस् यसबारेमा केहि जानीराखौँ।
कोभिडले फेसबुकमा पारेको असर
कोभिड एउटा विश्चव्यापी प्यान्डेमिकको रुपमा २०१९ देखि देखा परेको थियो। यसले मानिसहरुलाई बाटोमा पनि हिँड्न डरमर्दो अवस्था सिर्जना गर्यो र मानिसहरु आफ्ना घरहरु नै बस्न बाध्य भए। यसले पनि मानिसहरुलाई आफ्नो कामहरु गर्नबाट वञ्चित पार्न सकेन।
कोभिडको समयमा मानिसहरु आफ्ना घरमै बसेर कार्य सञ्चालन गर्न लागे। फिजिकल रुपमा भन्दा इन्टर्नेट मार्फत सबै कामहरु गर्न थालियो। अनलाइन ट्रयान्ज्याक्सनहरुमा निकै वृद्धि भयो। फेसबुक पनि यसबाट पर रहन सकेन। कोभिडको समयमा फेसबुकको युजमा पहिलेको भन्दा करिब ७% ले बढोत्तर भयो।
२०२० मा फेसबुकले २९ बिलियन डलरको प्रोफिट नै कमायो। कोभिड पश्चात विश्वको ट्रेन्ड आंकलन गरिँदा विश्व समुदाय अब इन्टर्नेटमा नै भर पर्ने देखिएर फेसबुकलाई मेटाभर्सको बाटोमा लग्न थालियो। यस ग्लोबल प्यान्डेमिकको अन्त्य पछि पनि इन्टर्नेटको युजमा बृिद्धिदर हुने अजुमानमा सोसियल मिडिया कम्पनीहरुले वर्कफोर्सहरु भारी मात्रामा भित्र्याउन थाले। फेसबुककै कुरा गर्ने हो भने फेसबुकको ग्लोबल वर्कफोर्सको संख्या ८७,३१४ को हाराहारी मा रहेको थियो जुन फेसबुक मेटाको अहिले सम्मको सर्वाधिक कामदार संख्या पनि हो।
तर ग्लोबल प्यान्डेमिक कोभिडको लकडाउन पछि अनलाइन कमर्स पनि पहिलेकै स्थितिमा आयो भने मानिसहरु इन्टर्नेट भन्दा बाहिरी बजार नै चहार्न थाले र अनलाइन ट्रेन्डमा गिरावट आयो।
दोस्रो कुरा भनेको मेटाभर्समा भएको भारी इन्भेस्टमेन्ट हो। मेटाभर्सले डाउनसाइजमा कसरी असर पार्यो त ? आउनुहोस् यस विषयमा केहि थाहा पाइराखौँ।
मेटाभर्स र डाउनसाइजिङ
गत वर्षको रिपोर्टमा मेटाले खुलाको जानकारीकाे आधारमा क्पनीभित्र मेटाभर्समा काम सञ्चालन गरिरहेको रियालिटि ल्याब्सले ३.३६ बिलियन डलरको अपरेटिङ नोक्सानी बेहोर्नुपरेको थियो। यसका साथै रियालिटि ल्याब्सले २०२० को अन्तिम क्वार्टर पछिको सबैभन्दा कम रेभेन्युको अनुभव गरेको पनि जानकारी दिएको थियो भने २०२२ मा कम्पनीको अपरेटिङ नोक्सानी झन् धेरै बढ्ने अनुमानित थियो।
अन्त्यमा,
कोभिडले विश्वमा ल्याएको असर, मेटाभर्सको भारी इन्भेस्टमेन्ट तथा रेभेन्युको गिरावटले फेसबुक मेटाको कामदार हरुमा १३% डाउनसाइजिङको बाटो खुलायो। यो संख्यामा हेर्दा ११,०० कामदारहरु हटाइने जस्तो देखिन्छ।
यसलाई दर्साउँदै मार्क जुकर्बर्गले भन्नुभयो, “ दुर्भाग्यवश मैले सोचेजस्तो हुन सकेन। अनलाइन कमर्स पहिलेको ट्रेन्डमा पुग्यो नै, र यसका साथ आर्थिक मन्दी, उच्च कम्पिटिसन र एड सिग्नलको नोक्सानीले हाम्रो रेभेन्युमा मैले सोचे भन्दा निकै घाटा भयो। मैले गलत अनुमान गरेँ र यसको रेस्पोन्सिबिलिटि पनि म नै लिन्छु।”
यसका साथै मार्क जुकर्बर्गले हटाइने कामदारहरुसँग पनि क्षमा याचना प्रकट गर्नुभयो।