फेसबुकमा फोटो तथा  भिडियो क्वालिटि राम्रो राख्न यी विधि अपनाउनुहोस्।

facebook photo quality

सोसियल मिडिया पलाट्फर्महरुमा पुरानो मध्येमा गनिने फेसबुक विश्व जनसमुदायले निकै रुचाएका छन्। सोसियल मिडिया प्लाटफर्महरुमा फेसबुक संसारको सबैभन्दा बढी प्रयोग गरिने सोसियल मिडिया हो। सबैभन्दा बढी चलिने सोसियल मिडिया, फेसबुकमा, हरेक महिना झन्डै ३ बिलियनकै हाराहारीमा एक्टिभ युजर्सहरुको संख्या रहने गरेको छ।

फेसबुक आफूले चिनेजानेका इस्टमित्रहरुसँग कनेक्ट हुनलाई एउटा राम्रो माध्यम हो। साथीभाईसँग कुराकानी गर्नुको साथै यसमा फोटोहरु अपलोड गरी आफ्ना रमाइला स्मृतिहरुलाई अरु सामु पस्किन वा अरु समक्ष सेयर गर्न यो निकै लोकप्रिय बनेको छ। 

तर फेसबुकको एउटा नराम्रो पक्ष भनेको यसमा पोस्ट भएको फोटोले ओरिजिनल फोटोको क्वालिटि कायम राख्न नसक्नु हो। धेरै युजरहरुले यो कुरा पक्कै पनि थाहा पाइसक्नुभएको छ। १०८० पिक्सेल सम्मको फोटोमा यो लागु नभएपनि त्यो भन्दा राम्रो क्वालिटिका फोटोहरुमा तपाईँहरुले पक्कै फरक पाउनुहुनेछ। राम्रो क्यामेराबाट फोटो खिच्यो अनि चाहेको बेलामा त्यो फोटो अरुलाई ओरिजिनल फोटोको क्वालिटिमा देखाउन नसक्दा पक्कै पनि मन खिन्न हुन्छ।

फेसबुकमा के राम्रो फोटोहरु पोस्ट गर्नै सकिँदैन त ? हाइ क्वालिटिका फोटोहरुमा क्वालिटि घट्छ नै तर यो भन्दैमा यस्तो हुँदैन कि फेसबुकमा राम्रो क्वालिटिको फोटोहरु हाल्नै मिल्दैन। यस आर्टिकलमा फेसबुकमा कसरी राम्रो क्वालिटिको फोटोहरु राख्न सकिन्छ भन्ने विषयमा केहि प्रकास पार्न खोजिएको छ।

फेसबुक युजरहरु फेसबुक मोबाइल एपमा मात्र सिमित छैनन् र यसको वेब ब्राउजर पनि चलाउने गर्छन्। यसका साथै मिडियम डिभाइस युजरहरुले फेसबुक लाइट पनि चलाउने गर्छन्। यी सबैको लागि यस आर्टिकलमा कुरा गरिएको छ।

फेसबुकमा राम्रो क्वालिटिको फोटो अपलोडको कुरा गर्नु अघि फेसबुकमा के कारणले फोटो क्वालिटिमा खराबी आउँछ भन्ने जानकारी पनि लियौँ।

के कारणले फेसबुकमा फोटो र भिडियो क्वालिटि घट्छ ?

फेसबुकको अनुसार फेसबुक आफैँले युजरहरुको मोबाइल डाटा सेभ होस् भनेर फोटोको क्वालिटि घटाएको हुन्छ। फोटो मात्र नभइ फेसबुकले ब्यान्डविथ घटाउन भिडियो पनि कम्प्रेस गरेको हुन्छ जसकारण राम्रो क्वालिटिको फोटो फेसबुकमा अपलोड हँदैन।

फेसबुकमा फोटोको क्वालिटि परिवर्तन नहुन फोटोको रेजोल्युसन १०८० पिक्सेल वा सो भन्दा कमको हुनुपर्छ भने एचडि भिडियोको साइज १० जिबि वा कम हुनुपर्छ।

यो बाहेक अर्को कुरा भनेको नेटवर्क कनेक्सन  या इन्टर्नेट कनेक्सन हो। यदि तपाईँहरुको इन्टरनेट कनेक्सन कमजोर छ भने यसले पनि फोटोहरुको क्वालिटि घटाउँछ। त्यसैले फोटो पोस्ट गर्दा राम्रो इन्टर्नेट कनेक्सनको आवश्यकता पर्छ।

कसरी फेसबुकमा राम्राे क्वालिटिको फोटो र भिडियो अपलोड गर्ने ?

मोबाइलमा फेसबुक एप युजरहरुले के गर्ने

फेसबुकको मोबाइल एपको हरेक अपडेट पछि यसको सेटिङमा पनि फरक देखिन्छ। पहिलेको सेटिङ्गमा अपलोड एचडि फोटो वा अपलोड एचडि भिडियो भनेर सिधै सेलेक्ट गर्न सकिन्थ्यो भने अहिलेको भर्जनको सेटिङ्गसबाट यो हटाइएको छ। 

फेसबुक एपमा क्वालिटि फोटो अपलोड गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्। 

१) आफ्नो मोबाइल स्क्रिनमा सबैभन्दा दाँयाँपटिको माथिल्लो कुनामा रहेको तीनवटा तेर्सो लाइन अर्थात् मेनु आईकनमा ट्याप गर्नुहोस्।

२) मेनु भित्र Settings and Privacy मा ट्याप गर्नुहोस् र फेरी Settings मा ट्याप गर्नुहोस्।

३) सेटिङ्गस भित्र तपाईँहरुले Preferences सेक्सन भित्र Media अंकित भएको देख्नुहुनेछ। Media मा प्रवेश गर्नुहोस्।

४) भिडियो क्वालिटि भित्र Optimized सेलेक्ट गर्नुहोस्।  

फोटोको लागि खासै केहि अप्सन छैन। सिस्टमबाट नै अहिले कन्ट्रोल भएर फोटो तथा भिडियो अपलोड हुने हुँदा हामीले गर्न सक्ने कुरा मुख्यतया यति मै सिमित छ। बाँकी भनेको राम्रो इन्टर्नेट कनेक्सन हो। फोटो वा एचडि भिडियो अपलोड गर्दा राम्रो इन्टर्नेट कनेक्सन चाहिन्छ नै चाहिन्छ।

यो बाहेक तपाईँहरुले फेसबुकको पुरानो भर्जन चलाउँदै हुनुहुन्छ भने पक्कै पनि त्यसमा Upload HD Photo Upload HD Video को लागि अप्सनहरु पाउनु हुनेछ। 

मोबाइलमा फेसबुक लाइट युजरहरुले के गर्ने

लो रेन्जका फोन युजर्सहरुले फेसबुक लाइट पनि चलाउने गर्नु भएको छ र फेसबुक लाइटका युजरहरुको सङ्ख्या धेरै नै छ।  फेसबुक लाइटको सेटिङ्गस र फेसबुकको सेटिङ्गस भिन्दै छ। यस कारणले फेसबुक लाइटमा क्चालिटि फोटो अपलोड गर्ने अप्सन तपाईँहरुले भेट्न सक्नुहुन्छ। 

फेसबुक लाइटमा राम्रो फोटो तथा भिडियो अपलोड गर्न स्टेप्सहरु के-के हुन् त ? आउनुहोस् हेरौँ।

१) आफ्नो स्क्रिनको सबैभन्दा दायाँपटिको माथिल्लो कुनामा सर्च आइकनको छेउमा रहेको तीनवटा तेर्साे लाइन अर्थात् मेनु आइकनमा ट्याप गर्नुहोस्।

२) मेनुमा Settings and Privacy भित्र रहेको Settings मा ट्याप गर्नुहोस्।    

३) Preferences सेक्सन भित्र रहेको Media मा प्रवेश गर्नुहोस्। 

४) मिडिया भित्र तपाईँहरुले Photo Quality Video Quality लेखिएको देख्नुहुनेछ। फोटो क्वालिटिलाई High बनाउनुहोस् र भिडियो क्वालिटिलma Optimize मा ट्याप गर्नुहोस्।

फेसबुक लाइटमा यति गरे पश्चात तपाईँहरुले अवश्य पनि राम्रो क्वालिटिको फोटोहरु अपलोड गर्न सक्नुहुनेछ। यसका साथै राम्रो इन्टर्नेट कनेक्सन छ भनेर पनि ध्यान पुर्याउनु पर्दछ।

फेसबुक वेब युजरहरुले के गर्ने

फेसबुकको वेब प्रायः मोबाइल युजरहरुले चलाउनु हुन्न। किनकी मोबाइलको लागि फेसबुकको एप नै प्रयोग गरिन्छ। फेसबुक वेब भनेको कम्प्युटर युजरहरुले धेरै प्रयोग गर्नुहुन्छ। 

मोबाइलमा भन्दा फेसबुक वेबमा पक्कै केहि सेटिङ्गसहरु भिन्दै होलान्। जसमध्ये मिडियाको सेटिङ्गस पनि वेब भर्जनमा अलग छ। फेसबुकको वेब भर्जनमा मिडिया फाइलहरु स्वतः रुपमा अप्टिमाइज हुने हुँदा यसमा मिडियाको लागि सेटिङ्गस भेटिँदैन। तर यसकाे लागि तपाईँहरुले आफ्नो इन्टर्नेट कनेक्सन बलियो छ भनेर सुनिश्चित गर्नुपर्ने हुन्छ।       

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.