फ्लाईटमा कोहि आउँदै हुनहुन्छ ? ट्र्याक गर्न प्रयोग गर्नुस यी एप्स!!!

Flight Tracking Apps

विदेश जाने क्रममा तथा विदेशबाट फर्किँदा फ्लाईटमा बसिसकेपछि नउत्रिन्जेल सम्म कुराकानी गर्न गार्हो छ। त्यो बेलामा अभिभावकलाई निकै चिन्ता लाग्न सक्छ। आफ्ना छोराछोरी कहाँ पुगे भन्ने कुराको जानकारी पाउन कसलाई मन हुँदैन र ? 

अचम्म लाग्न सक्छ तर फ्लाईट कहाँ छ भनेर जान्न मन लागेको छ भने यसको ट्र्याक राख्न सकिन्छ। केहि एपहरुको सहयोगमा तपाईँहरुले यसको पत्ता लगाउन सक्नुहुन्छ। अझ एयरपोर्टमा नै पिकअपको लागि जाँदै हुनुहुन्छ भने तपाईँहरुको समयपनि यसले बचन गर्छ।

आउनहोस् केहि यस्ता एपहरुको जानकारी लियौँ।

फ्लाईट रेडार२४(FlightRadar24)

Flight Radar
FlightRadar

करिब १५० देशहरुमा फ्लाईट ट्र्याकिङको लागि यसलाई सबैभन्दा राम्रो एप मानिएको छ। यसको राम्रो पक्ष भनेको यसले विश्वमा आकाशमा उडिरहेका प्लेनहरुलाई थ्रीडि म्यापमा देखाउँछ। तपाईँहरुले यसमा फ्लाईट सेलेक्ट गरेर त्यस प्लेनको रुट, आइपुग्ने समय, हाईट, स्पिड आदिको जानकारी पाउन सक्नुहुन्छ। 

व्यक्तिगत फ्लाईटहरुको जानकारी तपाईँहरुले यसमा फ्लाईट नम्बर, एयरपोर्ट वा एयरलाईन मार्फत पनि पाउन सक्नुहुन्छ।

यसका फ्लाईट हिस्टोरी जसता थप सुविधाको लागि भने तपाईँहरुले यसको सब्स्क्रिप्सन लिनु पर्ने हुन्छ। यो एप आइओएस र एन्ड्रोइड दुबैमा उपलब्ध छ।

फ्लाईट रेडार२४ एनड्रोइड मा डाउनलोड गर्नुहोस

फ्लाईट रेडार२४ आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

फ्लाईट स्ट्याट्स(FlightStats)

Flight Stats
Flight Stats

यो एपपनि लाईभ फ्लाईट ट्राकिङको लागि राम्रो मानिन्छ। फ्लाईट नम्बर, एयरपोर्ट वा रुट मार्फत तपाईँहरुले संसारको जहाँबाट पनि फ्लाईटको ट्र्याक राख्न सक्नुहुन्छ। फ्लाईटको जानकारी यस एपको माई फ्लाईट भन्ने ट्याबमा सेभ भएर बस्दछ।

यसले फ्लाईटको ट्र्याक राख्न प्रदान गर्ने लाईभ म्याप यसको राम्रो सुविधा हो। फ्लाईटको जानकारी पनि यसबाट नै डाइरेक्ट सेयर गर्न सकिन्छ।

एपल वाचका युजर्सहरुले वाच स्क्रिनमा नै फ्लाईट जानकारी हेर्र सक्नुहुन्छ र बेलाबेला फोन खोलिराख्नु पर्दैन। यो एप आइओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ।

फ्लाईट स्ट्याट्स एनड्रोइड मा डाउनलोड गर्नुहोस

फ्लाईट स्ट्याट्स आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

द फ्लाईट ट्र्याकर(The Flight Tracker)

The Flight Tracker
The Flight Tracker

तपाईँहरुले यसमा फ्लाईट ट्र्याक गर्नुका साथै डिपार्चर र आइपुग्ने समयको जानकारीका साथै प्लेनको जानकारी र सिटको म्याप पनि पाउन सक्नुहुन्छ।

उडानमा रहँदा एपले अटोमेटिक ट्रिपल्ट अकाउन्ट(Triplt Account) सँग लिङ्क गराउने हुँदा बिजनेस यात्रिको लागि यो सबैभन्दा उचित ठहरिन्छ। जानकारी सेभ गरेर टेक्स्ट या सोसियल मिडियामा सेयर पनि गर्न सकिन्छ।

धेरै परियोजनका लागि पुस नोटिफिकेसन पनि उपलब्ध छ जसबाट तपाईँहरुले आइपुग्ने समयको लागि रिमाइन्डर पनि राख्न सक्नुहुन्छ।

एड बिना चलाउनलाई यसको प्रो भर्जनको सब्स्क्रिप्सन पनि लिन सक्नुहुन्छ।  यो एप आइओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ।

द फ्लाईट ट्र्याकर एनड्रोइड मा डाउनलोड गर्नुहोस

द फ्लाईट ट्र्याकर आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

फ्लाईट अवेर(FlightAware)

Flight Aware
FlightAware

युजर्सहरुले रूट, एयरलाईन, फ्लाईट नंबर या एयरपोर्ट कोडबाट फ्लाईट पत्ता लगाउन सक्नुहुन्छ। यो एप मार्फत तपाईँहरुले फ्लाईटहरुको पुरा स्क्रिन म्याप र जानकारी पाउनुहुन्छ।

यो एपमा पनि तपाईँहरुले कुनै एक फ्लाईटको डिपार्चर र आइपुग्ने समयको साथै त्यसको क्यान्सिलेसन, गेट परिवर्तन, ढिलाई र डाईभर्जनको लागि पुस नोटिफिकेसन पाउनुहुन्छ।

आइओएस र एन्ड्रोइड दुवैमा यो एप फ्रि र प्रिमियम भर्जनमा उपलब्ध छ।

फ्लाईट अवेर एनड्रोइड मा डाउनलोड गर्नुहोस

फ्लाईट अवेर आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

प्लेन्स लाईभ(Planes Live)

एयरप्लेन मोडल, एयरलाइन्स कम्पनी, आइपुग्ने एयरपोर्ट, डिपार्चर एयरपोर्ट आदिबाट तपाईँहरुले प्लेन फिल्टर गर्न सक्नुहुन्छ।  अन्य एपहरु जसतै यसमा पनि तपााईँहरुले फ्लाईटको स्पिड, हाईट र पार गरेको दुरीको जानकारी पाउन सक्नुहुन्छ भने मौसम पनि बुझ्न सक्नुहुन्छ।

थोरै सुविधामा तपाईँहरुले फ्रि भर्जन पनि चलाउन सक्नुहुन्छ भने यसको सबै सुविधाको उपयोग गर्न यसको प्रिमियम भर्जन चाहिनेछ।

प्लेन्स लाईभ एनड्रोइड मा डाउनलोड गर्नुहोस

प्लेन्स लाईभ आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

फ्लाईट बोर्ड(Flight Board)

Flight Board
FlightBoard

यस एपको नाममा नै अंकित भए अनुसार तपाईँहरुले यसमाविश्वको लगभग सबै एयरपोर्टको लागि डिपार्चर र आइपुग्ने समय सहितको बोर्ड देख्नुहुनेछ। यो बोर्ड प्रत्येक मिनेट रियल-टाइम जानकारीका साथ अपडेट भईरहन्छ।

यसमा १६,००० एयरपोर्ट र १४०० एयरलाइन भन्दा बढीको लागि जानकारी समावेश गरिएको हुन्छ।

कुनै फ्लाईटलाई नंबर, आइपुग्ने ठाउँ वा एयरलाईनका आधारमा खोज्न सकिन्छ। यसमा एयरपोर्टको अराइभल र डिपार्चर बोर्ड बिचमा साटासाट गर्न सकिन्छ।

     आइओएस र एन्ड्रोइड दुवैमा यो एप फ्रि भर्जनमा उपलब्ध छ।

फ्लाईट बोर्ड एनड्रोइड मा डाउनलोड गर्नुहोस

फ्लाईट बोर्ड आइ.ओ.यस मा डाउनलोड गर्नुहोस

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.