गेम लाइभ स्ट्रिमिङ्ग गर्न सामान्यता कस्तो हार्डवेयरको आवश्यकता पर्छ?

Game Livestreaming Requirements

गेमहरुले सोचेभन्दा बढी चर्चा पाएको कुरा त हामी सबै अवगत नै छौँ। पछिल्लो केहि समयमा क्लास अफ क्ल्यान्स, पब्जि, फ्रि फायर, कल अफ ड्युटि, गेन्सिन इम्प्याक्ट जस्ता गेमहरुले युवावर्ग माझ आफ्नै स्थान बनाउन सफल बनेका छन्। 

यस्ता गेमहरुले यति चर्चा पाए कि खेल्नु त छँदै छ, यसका साथै यस्ता गेमहरुको लाईभ स्ट्रिमिङ्ग गरेर युट्युबमा भिडियोहरु अपलोड गरिन थालिए। अपलोड गरिएको भिडियो पनि मान्छेहरुले उत्तिकै रुचाएर हेर्न थाले। यसरी एउटा युट्युब च्यानल खोली लाईभ स्ट्रिमिङ्गको भिडियो अपलोड गरेको भरमा मात्र पनि धेरैले मिलियन सस्क्राइबर्स कमाउन सफल हुनुभएको छ।

गेम लाईभ स्ट्रिमिङ्ग गर्न सामान्यतया केहि हार्डवेयरहरुको आवश्यकता पर्छ। यिनै हार्डवेयरहरुको बारेमा तल छलफल गरिएको छ। आउनुहोस् हेरौँः-

पावरफुल कम्प्युटर

सबैभन्दा पहिलो आवश्यकता भनेको एउटा पावरफुल कम्प्युटर हो। गेमिङ्ग र स्ट्रिमिङ्ग दुबै कामहरुको लोड एकै चोटि धान्नुपर्ने हुनाले एउटा पावरफुल कम्प्युटर चाहिन्छ। एउटा पावरफुल कम्प्युटर निम्नलिखित कुराहरुले निर्धारण गर्दछन्ः- 

प्रोसेसर

एउटा प्रोसेसर वा सिपियुले कम्प्युटरले काम गर्नलाई चाहिने प्रोसेसिङ्ग पावर प्रदान गर्छ। त्यसैले प्रोसेसर जति धेरै बढी पावरको र अपडेटेड छ त्यति नै राम्रो मानिन्छ। एउटा राम्रो प्रोसेसर चिन्न मुख्यतया त्यस प्रोसेसरको क्लक सपिड र कोर हेर्ने गरिन्छ।

गेमिङ्गको लागि मुख्यतया ३.५ देखि ४.५ गिगाहर्ट्जको क्लक स्पिड र ६ देखि ८ कोर भएको प्रोसेसर राम्रो मानिन्छ। 

इन्टेल कोर आई ७ (Intel Core i7) र एएम्डि राईजन ७(AMD Ryzen 7) हेभि लोडिङ्गको लागि राम्रो प्रोसेसरहरु मानिन्छन्। 

भिडियो कार्ड (ग्राफिक्स कार्ड)

भिडियो कार्ड अथवा ग्राफिक्स कार्डले ग्राफिक्सको क्वालिटि इम्प्रुभ गर्दछ। एउटा राम्रो गेमिङ्ग एक्सपेरियन्स वा स्मुथ गेमिङ्गको लागि भिडियो कार्डको महत्त्व देखिन्छ। त्यसरी नै भिडियो स्ट्रिमिङ्गमा पनि लागि यसले भिडियो क्वालिटि राम्रो बनाउन मद्दत गर्छ।

एन्भिडिया जिफोर्स आरटिएक्स ३०६० टि (Nvidia GeForce RTX 3060 Ti) गेमिङ्गको लागि राम्रो ग्राफिक्स कार्ड हो। 

मेमोरी

कम्प्युटरमा जति धेरै रेम मेमोरी क्यापासिटि हुन्छ त्यति नै छिटो र सरल तरिकामा कम्प्युटरले एप्प्लिकेसन प्रोसेस गर्दछ। गेमिङ्ग र स्ट्रिमिङ्गको लागि पनि धेरै मेमोरी हुनु राम्रो मानिन्छ र ८ जिबि(8 gb) सम्मको रेम चाहिन्छ नै।

माइक्रोफोन

एउटा लाइभ स्ट्रिमिङ्गलाई मनोरञ्जनात्मक बनाउन आवाज पनि सँगसँगै हाल्नुपर्छ। यस्ता भिडियोहरुमामा बाहिरबाट आएको आवाज मिसियो भने नराम्रो सुनिन्छ र हेर्ने भ्युवर्सहरुलाई पनि मजा आउँदैन। 

त्यसैले माइक्रोफोन जडान गर्दा नोइज क्यान्सिलेसनको सुबिधा भएको मात्र जडान गर्नेपर्छ। 

क्यामेरा

आवाज मात्र नभई भिडियो पनि लाइभमा हाल्दा स्ट्रिमर्सहरुले आफुले बनाएका रियाक्सन पनि सँगसँगै हेर्न पाउँछन्। त्यसैले भिडियो बिनाको स्ट्रिमिङ्गभन्दा भिडियो सहितको स्ट्रिमिङ्गलाई नै बढी रुचाउने गर्दछन्।

भिडियो पनि देखियो तर लो क्वालिटिको भयो भने त्यो राम्रो हुँदैन। यस कारण राम्रो क्वालिटि भिडियोलाई मध्यनजर गरेर क्यामेरा छान्नुपर्दछ।

हेडसेट

गेमिङ्ग गर्दा राम्रो क्वालिटिको हेडसेटले धेरै फरक पार्दछ। पब्जी र फ्रि फायर जस्ता गेममा स-साना कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ जस्तै फुटस्टेप्स, गोलिको आवाज आदि। 

त्यसैले हेडसेट छान्दा पनि राम्राे नोइज क्यान्सिलेसन सिस्टम भएको लिनु बेस ठहरिन्छ।

स्ट्यान्ड/ट्राइपड

स्ट्यान्डले क्यामेरा अड्याउन भूमिका निर्वाह गर्छ। राम्रो सट्यान्डबाट तपाईँहरुले जस्तो एङ्गलमा पनि क्यामेरा टिल्ट गर्न सक्नुहुन्छ र आफ्नो भिउ पनि चेन्ज गर्न सक्नुहुन्छ।

क्यामेराको साथै स्ट्यान्डमा लाइटिङ्ग पनि अड्याउन सकिन्छ।

लाइटिङ्ग

लाइटिङ्गले भिडियोको ओभरल क्वालिटि राम्रो पार्ने काम गर्छ। लाइटिङ्गको प्रयोग गरेर तपाईँहरुले आफ्नो स्ट्रिमलाई एउटा स्टेडि र प्रोफेसनल लुक प्रदान गर्न सक्नुहुनेछ। लाइटिङ्गको बिना स्ट्रिमको क्वालिटि अवश्य पनि डिग्रेड हुनेछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.