गुगलले हालै सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा सेयर मूल्यमा भारी गिरावट ! 

alphabet google bard share

आफ्नो एक विज्ञापनमा गल्ती भएपछि, गुगलले प्रयोगकर्ताहरूलाई आश्वस्त पार्न कोसिस गरिरहेको छ। कम्पनीले बुधबार आयोजना गरेको एआई शर्ट्स इभेन्ट्समा उक्त च्याटबटले गलत जवाफ दिएपछि कम्पनीको शेयरमा १०० बिलियन डलर गिरावट आएको हो।

नँया च्याटबटको प्रचार गर्न आयोजना गरिएको उक्त कार्यक्रमको भिडियो युट्युबमा लाइभ गइरहेको बेला नै च्याटबटबाट गलत जवाफ आएपछि आलोचना सुरु भएको थियो। उक्त घटना पछि कम्पनीको शेयर मूल्य ८% ले घटेर प्रति शेयर ९९.४० पुगेको छ।

गुगलले बार्टको प्रचार गर्दै उक्त च्याटबटले जटिल प्रस्नको उत्तर सहि तरिकाले दिने दावी गरेको थियो। सोमबार जारी गरिएको उक्त विज्ञापनमा नौवर्षीया बालकले जेम्स वेब स्पेस टेलिस्कोपको खोजबारे च्याटबटलाई प्रश्न सोधेको देखाइएको छ। जवाफमा, च्याटबटले बताउँछ, यो टेलिस्कोपले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिर लियो। तर, खगोलविद्हरूले यो जानकारीलाई गलत भन्दै पहिलोपटक, तस्विर खिच्ने उपलब्धि सन् २००४ मा युरोपमा निकै ठूलो टेलिस्कोपको नाममा भएको बताएका थिए। यसपछि बुधवार मूल कम्पनी अल्फाबेटको सेयर सात प्रतिशतले घट्दा कम्पनीलाई १०० बिलियन डलर घाटा भएको छ।

इन्टरनेट जगतका दुई गुगल र माइक्रोसफ्टबीच एउटा एपलाई लिएर प्रतिस्पर्धा भइरहेको छ। माइक्रोसफ्टको च्याटबट ‘ChatGPT’ चर्चामा छ, जसले परीक्षा दिनेदेखि कविता लेख्नेसम्म सबै काम गर्न सक्छ। ChatGPT को ठूलो सफलता पछि, गुगल एआई दौडमा प्रवेश गर्‍यो, यसलाई बार्डसँग पछाडी पार्ने आशाका साथ। सोमबार, च्याटबट अनावरण गर्दै, सीईओ सुन्दर पिचाईले एक ब्लग पोस्टमा लेखेका थिए, “बार्ड रचनात्मकताको लागि आउटलेट र जिज्ञासाको लागि लन्चप्याड हुन सक्छ।”

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.