“पिक्सल ८”: ७ वर्षको ओएस अपडेटको साथ सार्वजनिक भयो गुगलको नयाँ फ्ल्यागशीप स्मार्टफोन

Google Pixel 8 Price in Nepal

गुगलले हिजो न्यूयोर्कमा भएको मेड बाई गुगल २०२३ कार्यक्रममा आफ्नो नयाँ फ्ल्यागशीप स्मार्टफोन पिक्सल ८ र पिक्सल ८ प्रो सार्वजनिक गरेको छ । यस लेखमा भने हामी पिक्सल ८ को सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Google Pixel 8 Price in Nepal) बारेमा बताउने छौँ। 

‘गुगल पिक्सल ८’ बिस्तृतमा

गुगल पिक्सल ८ डिजाइनको बारेमा कुरा गर्नु पर्दा, यसको डिजाइनलाई पिक्सल ६ र ७ बाट फरक बनाउन डिजाइनलाई अलिकति ट्वीक गरिएको छ। जस्तै यसको कर्नसलाई पहिला भन्दा थप गोलाकार बनाइएको छ तर पनि डिजाइन हेर्दा पुरानो पिक्सल फोन भन्दा धेरै भिन्न देखिदैन। यस्तै मेटल फ्रेम र अगाडि-पछाडि भएको स्क्र्याच-प्रतिरोधी गोरिल्ला ग्लास भिक्टस २ ले फोनलाई अझै टिकाउ र बलियो बनाउँछ। 

त्यस्तै पिक्सल ८ मा गत वर्षको ६.३ इन्च स्क्रिनको सट्टा ६.२ इन्चको डिस्प्ले जडान भएको छ, जसले गर्दा पुरानो पिक्सल फोनहरु भन्दा पिक्सल ८ अलिकति सानो छ। यससंगै नयाँ डिस्प्लेमा १२० हर्ज़ रिफ्रेस रेट रहेको छ, यस अघिको पिक्सल ७ मा भने जम्मा ९० हर्ज़को रिफ्रेस रेट दिएको थियो । ब्राइटनेसमा भने गुगलले यहाँ १४०० निट्स सम्मको ब्राइटनेस दिएको छ तर बाहिर घाममा यसले २००० निट्स सम्म को उच्चतम ब्राइटनेस प्रदान गर्न सक्छ। साथै पिक्सल ७ मा जस्तै पिक्सल ८ मा पनि १०८०x२४०० डिस्प्ले रिजोल्युसन दिएको छ। 

गुगल पिक्सल ८ को क्यामेराको कुरा गर्दा, यहाँ डुअल क्यामेरा सेटअप दिएको छ। जसमा पछाडी f/१.७ एपर्चरको साथ ५० मेगापिक्सलको मुख्य क्यामेरा र f/२.२ एपर्चरको साथ १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामेराहरु रहेको छ भने अगाडी भिडियो कल र सेल्फीको लागि f/२.२ एपर्चरको साथ १०.५ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ । यस्तै गुगलले पिक्सल ८ को नयाँ मुख्य क्यामेरा पिक्सल ७ को तुलनामा २१ प्रतिशत बढी लाईट सेन्सेटि भएको दाबी गरेको छ र यहाँ पिक्सल ८ प्रो मा प्रयोग भएको सेन्सर नै प्रयोग गरिएको छ। 

यसबाहेक गुगलको सबैभन्दा महत्त्वपूर्ण फिचर क्यामेराको हार्डवेयरसँग सम्बन्धित नभएर गुगल फोटो एपमा देख्न सकिन्छ। गुगल I/O इभेन्टमा घोषणा गरिएको म्याजिक इरेजर सुविधा पिक्सल ८ को लन्च पछि उपलब्ध हुने भएको छ। यस सुविधाबाट तपाइले वरिपरि भएको वस्तु परिवर्तन गरेर फोटोलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्नु हुन्छ। यस्तै यहाँ पिक्सल ८ ले बेस्ट टेक फिचर पनि ल्याएको छ, जसले खिचिएका फोटोहरु संयोजन गरेर सबैले क्यामेरामा हेरिरहेको र एकै समयमा मुस्कुराउँदै गरेको बनाउँछ। 

स्मार्टफोनमा टेन्सोर्स जी३ प्रोसेसर जडान भएको छ, जुन ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित नोना-कोर भएको चिपसेट हो। गुगलले जी३ मा एआई मेसिन लर्निङ मोडेल प्रयोग गरेको छ, जुन पिक्सल ६ मा प्रयोग भएको टेन्सरको पहिलो पुस्ताको तुलनामा १० गुणा जटिल कार्य गर्न सक्ने छ। यस्तै फोनमा स्प्याम कलहरू फिल्टर गर्ने, भिडियो रेकर्डिङहरूबाट नचाहिने ब्याकग्राउण्ड अडियो मेटाउने, कलहरूलाई अझ स्पष्ट बनाउने र भ्वाइस ट्रान्सक्रिप्सन प्रयोग गर्दा धेरै भाषाहरू बिच सिमलेस स्विच गर्न मिल्ने छ। 

यससंगै पिक्सल ८ एन्ड्रोइड १४ को साथ आउने छ भने गुगलले सात वर्षको ओएस र सेक्युरिटी अपडेटहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । जुन अघिल्लो पिक्सेल फोनहरूले प्राप्त गरेको भन्दा दुई गुणा बढी हो र अन्य कुनै पनि एन्ड्रोइड फोन निर्माताले यति लामो समय सम्मको अपडेटहरू दिने प्रतिबद्धता गरेको छैन। यस्तै ब्याट्रिमा भने गुगलले २७वाट वायर्ड र १८वाट वायर्डलेस चार्जिङ सपोर्टको साथ ४५७५mAh ब्याट्रि दिएको छ। जुन पिक्सल ७ को तुलनामा ब्याट्री क्षमता लगभग ५ प्रतिशतले बढेको हो, किनभने यस अघि गुगलले पिक्सल ७ मा जम्मा ४३५५mAh को ब्याट्रि दिएको थियो। 

गुगल पिक्सल ८ को बिशेषता:

डिस्प्ले (Display)६.२ इन्च OLED स्क्रीन, १२० हर्ज़ रिफ्रेस रेट, १४०० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)१०८० x २४०० पिक्सल, २०:९ रेसिओ, ~४२८ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)गुगल टेन्सर जी३ (४ एनएम)
जिपियु (GPU)Immortalis-G715s MC10
ओएस र युआई (OS and UI)एनड्रोइड १४ ()
क्यामेरा (Camera)५० मेगापिक्सल, f/१.७, २५ एमएम (वाइड)
१२ मेगापिक्सल, f/२.२ (अल्ट्रा वाइड)
फ्रन्ट क्यामेरा (Front Camera)१०.५ मेगापिक्सल, f/२.२, २० एमएम (अल्ट्रा वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज
फिचर (Features)फिंगरप्रिन्ट(under display, अप्टिकल) एक्सेलेरोमिटर, गाइरो, प्रोक्सिमिटी, कम्पास, ब्यारोमिटर
ब्याट्रि र चार्जिङ (Battery and Charging)४५७५mAh ब्याट्रि, २७वाट वायर्ड चार्जिङ, १८वाट 
कलर अपशन (Color Options)ओब्सिडियन, हेजल, रोज 

मूल्य र उपलब्धता (Google Pixel 8 Price in Nepal and Availability)

गुगल पिक्सल ८ को ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्ट USD ६९९ मूल्यका साथ प्रि-अर्डरको लागि उपलब्ध हुने छ । नेपालमा भने यसको मूल्य रु ९८,९९९ हुन सक्ने अनुमान गर्न सकिन्छ। 

गुगल पिक्सल ८अमेरिकामा मूल्य (आधिकारिक)नेपालमा अपेक्षित मुल्य (Expected Google Pixel 8 Price in Nepal)
८/१२८ जीबी USD ६९९ रु ९८,९९९ 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.