“गुगल पिक्सल ८ प्रो” बारे हामीलाई थाहा भएको सबै कुरा

Google Pixel 8 Pro Rumors Price in Nepal

गुगलको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पिक्सल ८ प्रो अघिल्लो पिक्सल ७ प्रो भन्दा पनि धेरै नयाँ सुविधाहरू र सुधारहरूको साथ आउने अफवाह चलिरहेको छ। त्यसैले आज यस लेखबाट हामी तपाईँलाई पिक्सल ८ प्रो (Google Pixel 8 Pro Rumors Price in Nepal) मा हुन सक्ने डिजाइन, डिस्प्ले, क्यामरा, पर्फमेन्स, सफ्टवेयर र अन्य फीचरहरूको बारेमा थाहा भएका सबै कुराहरू बताउँछौँ ।

गुगल पिक्सल ८ प्रो अफवाहहरू:

पिक्सल ८ प्रो को डिजाइन र डिस्प्लेको कुरा गर्दा यो पिक्सल ७ प्रो जस्तै हुने अपेक्षा गरिएको छ। यहाँ त्यहि ६.७ इन्च LTPO एमोलेड डिस्प्ले, २९९२ x १३४४-पिक्सल रिजोलुसन, १२० हर्ज़ रिफ्रेस रेट संगै मेटल फ्रेम र ग्लास ब्याक जस्ता फिचरहरु यो फोनमा समावेश हुन सक्ने छ। यस्तै केहिँ अफहवा अनुसार पिक्सल ८ प्रो मा १४०० निट्स ब्राइटनेसलाई १६०० निट्स ब्राइटनेसमा अपग्रेड गर्न सक्ने छ, जुन हालै लन्च भएको आइफोन १५ प्रो भन्दा ४०० निट्सले कम हो। साथै यो फोन जेड (हरियो), लिकोरिस (कालो) र ब्लु (नीलो) गरी तिनओटा कलर अपशनहरुमा उपलब्ध हुन सक्छ। 

यस्तै पिक्सल ८ प्रो मा पनि पिक्सल ७ प्रो जस्तै क्यामेरा बारमा एलईडी फ्ल्यास र सेन्सर सहितको ट्रिपल क्यामेरा सेटअप हुनेछ। जसमा OIS सहितको ५० मेगापिक्सलको मुख्य क्यामेरा, ६४ मेगापिक्सलको अल्ट्रा-वाइड र ४८ मेगापिक्सलको टेलिफोटो जस्ता लेन्सहरु जडान हुने छ। यस्तै भिडिओ कल र सेल्फी लिनका लागि अगाडी ११ मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउन सक्नु हुन्छ।

यसबाहेक गुगलले फोनमा गुगल टेन्सर जी३ चिपका साथ प्रोसेसर अपग्रेड गर्ने अपेक्षा गरिएको छ, जसमा अघिल्लो टेन्सर जी२ चिपको तुलनामा ठूलो सुधार हुनेछ। फोनमा प्रयोग भएको नयाँ चिपसेटले गर्दा पिक्सल ८ प्रो बजारमा सबैभन्दा छिटो स्मार्टफोनहरू मध्य एक हुने अपेक्षा पनि गरिएको छ। साथै फोन १२ जीबी को र्याम संगै १२८ जीबी / २५६ जीबीको स्टोरेज गरि दुइओटा भेरियन्टमा उपलब्ध हुन सक्ने छ। यस्तै पिक्सल ८ प्रो अहिलेको नयाँ एनड्रोइड १४ ओएस संग आउन सक्ने सम्भावना रहेको छ। 

त्यसैगरी, गुगलले यो फोनमा बिल्ट-इन थर्मोमिटर फिचर पनि जडान गर्ने अफवा बाहिरिएको छ। अर्थात् गुगलको अब आउने यो फ्ल्यागशिप फोनको क्यामेरा मोड्युलको छेउमा इन्फ्रारेड थर्मोमिटर राखिने छ, जसको प्रयोग गरेर शरीरको तापक्रम मापन गर्न मिल्ने छ। 

नेपालमा मूल्य र उपलब्धता (Google Pixel 8 Pro Rumors Price in Nepal and Availability)

गुगल पिक्सल ८ प्रो यहि अक्टोबर ४, २०२३ मा लन्च हुने छ। र यसको मूल्य $८९९ हुन सक्ने अनुमान गरिएको छ। 

स्मार्टफोन USA मा अपेक्षित मुल्यनेपालमा अपेक्षित मुल्य (Google Pixel 8 Pro Rumors Price in Nepal)
आइफोन १५$८९९रु. १,२०,०००

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.