नेपालमा फोनको ग्रे मार्केट किन बढ्यो? MDMS ले ग्रे फोन आयात कसरी कम गर्छ?

mdms nepal

नेपालमा ग्रे फोनहरुको संख्या बढ्दो छ। ग्रे फोनहरुको संख्या बढ्नुले नेपालमा फोनको ग्रे मार्केट फस्टाउँदै गएको कुरा जनाउँछ। ग्रे मार्केट बढ्नु कुनै पनि देशको लागि राम्रो कुरा हैन। यसले देशको रेभेन्युमा पनि असर पुर्याउँछ र देशको नाफा कम गर्छ।

ग्रे मार्केट बढ्नुमा जनताको पनि उत्तिकै दोष छ। ज्ञात भएर पनि या अज्ञात रुपमा भए तापनि मानिसहरु ग्रे फोनहरु उपयोग गर्ने गर्छन्। तथ्याङ्क अनुसार नेपालमा १० लाख फोनहरुको आयातमा २.५ वा अढाई लाख फोनहरु ग्रे फोनहरुको रुपमा भित्रिएका हुन्छन् अर्थात् नेपाली मोबाइल मार्केटको फोन सेयरमा करिब ३०% फोनहरु ग्रे फोन अन्तर्गत पर्दछन्।

ग्रे फोन र ग्रे फोन मार्केटको कुरा त गरियो तर कस्ता फोनहरुलाई ग्रे फोन भनिन्छ त? यस बारेमा पनि केही जानकारी थाहा पाइराखौँ।

ग्रे फोन र ग्रे फोन मार्केट

सरल तरिकामा बुझ्ने हो भने ग्रे फोन भनेको एउटा यस्तो फोन हो जुन कुनै प्रकारको अधिकार या कुनै प्रकारको अनुमति बिना अन्य देशहरुबाट आयात गरेर बेच्ने गरिन्छ। यस्ता फोनहरुले न त फोनको आधिकारिक कम्पनीबाट बेच्ने अधिकार पाएका हुन्छन् न त आफ्नै देशको सरकारको अनुमति नै।

यस्ता फोनहरु देशमा बेचिने सोही मोडलका अन्य फोनहरु भन्दा सस्तोमा बेचिने गरिन्छ।  यस्ता फोनहरु बाहिरबाट अनैतिक रुपमा मँगाई त्यसमा थोरै फाइदा राखेर बेच्ने गरिन्छ जस कारणले यी फोनहरुको मूल्य कम नेपालमा भित्रिने आधिकारिक फोनहरुको तुलनामा सस्तो हुने गर्दछ। यस्ता फोनलाई ग्रे फोन भनिन्छ र यस्ता फोन डिस्ट्रब्युट गर्ने मार्केटलाई ग्रे मार्केट भनेर चिनिन्छ।

ग्रे फोनहरु र आधिकारिक फोनहरुमा केही फरक हुन्छन्। पहिलो फरक भनेको ग्रे फोनहरुमा वारेन्टी नपाइन सक्छ। अथोराइज नभएको हुनाले यो स्वभाविक मान्न सकिन्छ। अर्को कुरा भनेको अथोराइज फोनहरुमा पाइने सफ्टवेयर अपडेट र सपोर्ट ग्रे फोनमा नपाइन सक्छ। यसको कारण भनेको जुन देशमा ग्रे मार्केटबाट फोन बिक्री गरिन्छ त्यस देशको लागि म्यानुफ्याकचर कम्पनीले सफ्टवेयर अपडेट र सपोर्ट समावेश नगरेको हुन सक्छ।

ग्रे फोन र ग्रे मार्केटले देशको रेभन्यु कम गराउँछन्। दुखेसो त्यहाँ हुँदैन कि ग्रे मार्केट फस्टाउँदै गएको छ। दुखेसो त्यहाँ पर्छ कि मानिसहरु ग्रे फोनहरुलाई वेवास्ता गरी खरिद गरिरहेका छन्। अथोराइज नहुने हुँदा ग्रे फोनहरु सबै राम्रा हुन्छन् र सुरक्षित हुन्छन् भनेर पनि भन्न सकिँदैन।

ग्रे फोनहरु नेपालमा भित्रिनुको कारण के हो?

ग्रे फोनहरु र ग्रे मार्केट नेपालमा बढ्नु पछाडि या भित्रिनु पछाडि केही कारणहरु रहेका छन्। ती कारणहरु यस प्रकार रहेका छन्।

भारतबाट फोन तस्करी वा फोनको अवैध रुपमा आयात

नेपाल र भारत बीचको खुला सिमाना रहेको कारणले यहाँ भारतबाट दिनहुँ रुपमा तस्करी हुन्छ। तस्करी गरेर ल्याएका फोनहरु सरकारी ट्याक्स छलेर भित्रिएका हुन्छन्। यस्ता फोनहरुमा केही फाइदा राखेर डिलरहरुले बजार रेट भन्दा कम रेटमा बेच्दछन्।

कम पैसामा केही कुरा पाइयो भने हामी स्वभाविक रुपमा सस्तो कुरामा आकर्षित हुने गर्दछौँ। यही कुरा ग्रे फोनहरुको लागि पनि लागु हुन्छ। यस कारणले मानिसहरु ग्रे फोन किन्दछन् र ग्रे मार्केट फस्टाउँछ।

नेपालमा फोन महँगो हुने

नेपालमा फोन भित्रँदा भारत र इन्टरनेसनल मूल्यको तूलनामा रु. ५,००० देखि रु.२५,००० सम्म पनि मूल्य वृद्धि हुने गरेको छ। यसको कारण सरकारी कर हो या यो अन्य कुनै कारणले हो भनेर भन्न सकिँदैन। प्राय हरेक फोनको लागि यो कुरा लागु हुन्छ।

यहि फोन गैरकानुनी तवरले भित्राइयो भने केही सस्तो पर्न सक्छ। त्यसैले सस्तोमा फोहरु पाइने आशामा मानिसहरु बोर्डर पारि गएर भारतको सिमानाबाट पनि फोनहरु खरिद गर्दछन्। यी फोनहरु पनि ग्रे फोन अन्तर्गत पर्दछन्।

नेपालमा फोनहरु समयमा रिलिज नहुने या रिलिज नै नहुने

नेपालमा फोनको ग्रे मार्केट बढ्नुको अर्को कारण भनेको नेपालमा फोनहरु ढिलो भित्रिनु हो। इन्टरनेसनल मार्केटमा फोन रिएिज भएको करिब दुई देखि तीन महिना भित्रमा मात्र नेपालमा सोहि फोन रिलिज हुन्छ। सबैभन्दा नराम्रो कुरा भनेको आफूलाई मन परिरहेको फोन नेपालमा नै रिलिज नहुनु हो।

सामसङ नेपालले समयमा नै रिलिज गर्ने सामसङ फोनहरु बाहेक अन्य फोनहरु रिलिज हुन केही समय लगाउँछन्। यस्तो हुँदा नेपालमा फोन रिलिज हुन्छ या हुँदैन भन्ने ठेगान नहुने हुँदा या रिलिज हुने समयभन्दा अगावै फोन पाइन सक्ने हुँदा ग्रे फोनको बिक्रि बढ्छ।

विदेशबाट फोनहरु मँगाउने

नेपालका दक्ष जनशक्तिहरु प्राय विदेश पलायन भएका हुन्छन्। विद्यार्थीहरुको पहिलो र अन्तिम रोजाइ अष्ट्रेलिया, अमेरिका लगायतका देशहरु तिर गएका हुन्छन् भने अन्य जनशक्तिहरु खाडी मुलुक तिर गएका हुन्छन्। नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने कुराहरु मध्ये रेमिटेन्स पनि पर्दछ। यसबाट पनि नेपालका धेरेै जनशक्ति विदेश तिर रहेका छन् भन्ने कुरा थाहा पाउन सकिन्छ।

यसरी विदेश गएका मानिसहरुलाई नेपाल फर्कँदा आफ्नो लागि मोबाइल ल्याइदिन धेरै जनाको आग्रह हुने गरेको छ। यसै सिलसिलामा विदेशबाट फर्किएका २००० मानिसहरुलाई सोध्दा करिब १००० जनाले आफूसँग फोन लिएर आएकाे तथ्याङ्क पनि रहेको छ। यसले बाहिरबाट नेपाल फर्कँदा झन्डै ५०% को दरमा मानिसहरुले फोन बोकेर आउने गर्दा रहेछन् भन्ने कुरा जनाउँछ। 

यहाँबाट पनि कति मानिसहरुले विदेशबाट फर्कँदा पैसा लिएर आउँछन् भन्ने कुरा थाहा हुन्छ। यसरी विदेशबाट मँगाएका जति पनि फोनहरु छन् ती सारा फोनहरुलाई ग्रे फोनहरु भनेर विभाजन गरिन्छ।

ग्रे फोन मार्केट विरुद्ध अपनाइएकाे नीति

यसरी ग्रे फोनहरुको बारेमा हामी अज्ञात हुँदाहुँदै पनि यस्ता फोनहरु प्रयोग गरिरहेका हुन्छौँ। यस्ता फोनहरुले देशको रेभन्युमा असर पारिरहेका हुन्छन्। ग्रे फोनको प्रयोग र ग्रे फोन मार्केटलाई सन्तुलनमा ल्याउन नेपाल सरकारले यस विरुद्ध पाइला अगाडि बढाएको छ।

नेपाल सरकारले ग्रे फोन मार्केट विरुद्ध केही नीति अपनाउने निर्णय गरेको छ जसको नाम रहेको छ “MDMS” अर्थात् Mobile Device Management System (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम)। 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम या MDMS नेपाल सरकारले ग्रे फोनको प्रयोगलाई नियन्त्रण गर्न अपनाइएको नीति हो।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालमा परिचालित हुने हरेक फोनहरुको तिनीहरुको लोकेसन सहित ट्र्याक राख्न सकिन्छ। यो सिस्टमको प्रयोग गरेर नेपालमा अथोराइज गरिएका डिभाइसहरु र अथोराइज नगरिएका डिभाइसहरु छुट्याउन सकिन्छ।

यो सिस्टम कार्यान्वयन भएपछि संलग्न अथोरिटिले अथोराइज नभएका फोनहरु थाहा पाई अर्थात् यस्ता फोनहरुलाई ट्र्याक गरी ती मोबाइलहरुमा नेटवर्क सर्भिसहरु हटाइदिन पनि सक्छ। अर्थात् मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको प्रयोगमा कुनै पनि मोबाइल डिभाइसलाई मोबाइल नेटवर्कको प्रयोगबाट वञ्चित गराउन सकिन्छ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयन गर्ने र यसलाई म्यानेज गर्ने सरकारी निकाय भनेको नेपाल दुरसञ्चार प्राधिकरण (अर्थात् नेपाल टेलिकम्युनिकेसन अथोरिटि) हो।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात् MDMS ले फोन आयातले ग्रे फोन मार्केटमा रोक लगाउने बाहेक ग्रे फोन आयातमा कमी ल्याउने देखिन्छ।

MDMS ले ग्रे फोन आयात कसरी कम गर्छ?

सन् २०२३ जेनुवरी १ देखि नेपाल दुरसञ्चार अथोरिटिले नेपालमा MDMS परिचालनमा ल्याउने प्लानिङ गरेको थियो। यस प्लानिङ अन्तर्गत बाहिरबाट ल्याएका फोन नेपाल दुरसञ्चार प्राधिकरणमा रेजिस्टर गर्नुपर्ने हुन्छ। 

MDMS परिचालनमा आएपछि नेपाली या विदेशीहरुले नेपालमा ल्याउने कुनै पनि नयाँ फोन रेजिस्ट्रेसन नगरिकन १५ दिन पछाडि काम नगर्न सक्छ। नेपाल दुरसञ्चार प्राधिकरणले MDMS परिचालन गर्नुको कारण फोनहरुको तस्करी रोक्न र सेक्युरिटी बढाउन भनेर खुलाएको छ।  

MDMS को परिचालनले गर्दा बाहिरबाट फोन नै लिएर आउन नपाउने भन्ने हैन। बाहिरबाट आउने मान्छेहरुले एउटा फोन लिएर आउन पाउने छन् तर त्यसबाहेक हरेक दोस्रो मोबाइल सेटको लागि ट्याक्स तिर्नुपर्ने हुन्छ। यस अन्तर्गत हरेक दोस्रो फोनको लागि ५% एक्साइस ड्युटि (5% excise duty) र १३% भ्याट (13% VAT)  तोकिएको छ। 

यस बाहेक नेपाल दुरसञ्चार प्राधिकरणले दुईवटा फोन भन्दा धेरै फोनहरु ल्याइएको छ भने ती फोनहरु जफत गरिने र अक्सन गरिने चेतावनी पनि दिएको छ।

नेपाल दुरसञ्चा प्राधिकरणमा रेजिस्टर नगरिएका फोनहरुमा नेपालका सबै प्रकारका क्यारियर नेटवर्क या टेलिकम्युनिकेसन सेवा प्रदारक कम्पनी (अर्थात् एनसेल, एनटिसि) ले प्रदान गर्ने हरेक प्रकारका सुविधाहरु बन्द गरिनेछन्। यसको अर्थ रेजिस्टर नगरिएका फोनहरुमा फोन गर्ने, मेसेज गर्ने र डाटा चलाउने जस्ता सुविधाहरु हटाइनेछ।       

यति मात्र नभई रेजिस्टर नगरिएका फोनहरु पोलिस रिपोर्ट गर्नलाई पनि अधिकार युक्त भइनेछैन। अर्थात् एक पटक फोन हराएपछि त्यो फोन खोज्ने सबै काम हाम्रो नै हुन्छ र पोलिस सहयोग पाइनेछ भन्नु पर्दैन। यसको लागि मोबाइल फोन MDMS मा रेजिस्टर गरिएको हुनुपर्छ।

यसरी फोन आयात गर्दा MDMS मा रेजिस्ट्रेसन नगर्दा मोबाइल नेटवर्क सुविधा अन्तर्कत कुनै फिचरहरु नचल्ने, दोस्रो फोन ल्याउँदा ट्याक्स र एक्साइस ड्युटि तिर्नुपर्ने र दुईवटा मोबाइल फोन बाहेक अन्य फोनहरु जफत हुने जस्ता कारणले बाहिरबाट फोन आयात गरेर ल्याउनुको तात्पर्य रहँदैन। यी कारणहरुले गर्दा MDMS ले ग्रे फोन आयात कम गर्छ।

अन्त्यमा,

MDMS नेपाल मोबाइल बिजनेस बढाउन र समग्र देशको रेभेन्यु बढाउन एउटा राम्रो थालनी हो तर नेपाल बाहिर र भित्र रहेका मानिसहरुको लागि यो राम्रो कुरा नहोला। भित्र रहनेलाई त खासै फरक नपर्ला तर बाहिरबाट आउने मानिसहरुलाई यो कुरा राम्रो लाग्ने छैन। यसै कारणले MDMS को रेस्पोन्समा धेरै मानिसहरुले यस विरुद्ध सोसियल मिडियामा कटाक्ष गरेका थिए।

MDMS ले देशको रेभेन्यु बढाउन एउटा राम्रो थालनी भएतापनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अहिले यो कार्यान्वयनमा ल्याइएको छैन। मानिसहरुको प्रतिक्रिया र यसले ल्याउन सक्ने परिवर्तनलाई विचार गरेर होला MDMS अहिले रोकिएको छ। तर केही समय पछि यो परिचालनमा आउने निकै सम्भावना छ।   

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.