चाडपर्वको सिजन नजिकिदै गर्दा, विभिन्न ब्रान्डहरूले चाडपर्वका अफरहरू दिन थालेका छन्। अनरले पनि यहि आउदै गरेको चाडपर्वलाई लक्षित गरेर आफ्ना ग्राहकहरुका लागि “अनरको बाहर, चाडपर्वमा उपहारै उपहार” नाम गरेको क्याम्पेन सुरु गरेको छ। यो अफर अक्टोबर १ देखि नोभेम्बर २० सम्म, करिब दुई महिनासम्म चल्ने छ। जहाँ एक जना भाग्यशाली ग्राहकले ब्रान्ड-न्यु भेस्पा स्कुटर जित्ने मौका पाउने छन्। यस अफर अन्तर्गत ग्राहकहरुले भेस्पा स्कुटर बाहेक अनर स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार र बम्पर उपहारहरु पनि पाउने छन्।
दैनिक उपहार | अनर एअरबड्स X५ अनर ब्याण्ड ६ |
मेगा उपहार | अनर ९० अनर ४३” टिभी अनर वाच ४ |
बम्पर उपहार | थाइल्याण्ड टुर ल्यापटप |
भेस्पा गिफ्ट | भेस्पा स्कुटर |
अनरले यस क्याम्पेनलाई चारओटा भागहरुमा बिभाजन गरेको छ। जहाँ पहिलो रहेको छ, दैनिक उपहार जसमा ग्राहकहरुले हरेक दिन अनरको रु ५,९९० पर्ने नयाँ एरबड्स X5 र रु ६,४९० पर्ने अनर ब्यान्ड ६ जित्न सक्नेछन्। यस्तै दोस्रो मेगा उपहार अंतर्गत ग्राहकहरुले अनरको वाच ४, अनर ब्यान्ड ६ र ४३ इन्चको स्मार्ट टिभी जित्न सक्नेछन्। त्यस्तै तेस्रोमा नयाँ ल्यापटप र थाइल्याणको टुर रहेको छ भने अन्तिममा एक भाग्शाली विजेताले भेस्पा स्कुटर जित्ने मौका पाउने छन्।
कसरी भाग लिने?
यस क्याम्पेनमा भाग लिन तपाइले यी स्टेपहरू अपनाउनु पर्छ।
- सबै भन्दा पहिला ग्राहकहरूले अनरको कुनै पनि एउटा स्मार्टफोन खरिद गर्नु पर्ने हुन्छ।
- यसपछि फोनमा प्राप्त भएको IMEI नम्बरलाई HONOR<space>IMEI नम्बर टाइप गरेर ३५००१ मा SMS पठाउनु पर्ने हुन्छ।
- खरिदकर्ताहरुले IMEI 1 पठाउनुपर्नेछ।
भाग्यशालि विजेताहरूको नाम अनरको सोसियल मिडिया ह्यान्डलहरू मार्फत घोषणा गरिने छ। यस्तै विजेताहरूले पुरस्कार दाबी गर्नको लागि घोषणा भएको १५ दिन भित्रमा सम्पर्क गर्नु पर्ने हुन्छ।
यो पनि पढ्नुहोस्ः
- “पिक्सल ८”: ७ वर्षको ओएस अपडेटको साथ सार्वजनिक भयो गुगलको नयाँ फ्ल्यागशीप स्मार्टफोन
- मेड बाई गुगल २०२३: पिक्सल ८ र पिक्सल वाच २ लन्च इभेन्ट लाइभ कसरी हेर्ने
- “गुगल पिक्सल ८ प्रो” बारे हामीलाई थाहा भएको सबै कुरा
- प्रि-बूकिंगका लागि उपलब्ध अल्टिमा वाच म्याजिक प्रो
- “वाच सर्कल”: आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक हुदै अल्टिमाको स्मार्टवाच
- लाईकाको ब्रान्डेड क्यामेराहरूको साथ लन्च गरियो “शाओमी १३ टि”