लिंकहरु एउटै ब्राउजरबाट खोल्ने बनाउन अर्थात् डिफल्ट ब्राउजर बनाउन यसरी सक्नुहुन्छ।

how to make default browser

के हो त डिफल्ट ब्राउजर भनेको ? कुनै वेब पेज या वेब लिंक खोल्दा जुन ब्राउजरले त्यस लिंक या वेब पेजलाई खोल्दछ, त्यो वेब ब्राउजर नै डिफल्ट ब्राउजर हो। जुनसुकै वेब ब्राउजरले जुनै लिंक पनि खोल्न सक्छ। त्यसो हुँदा सबै वेब ब्राउजर नै डिफल्ट ब्राउजर हुन् त?

त्यसो होइन। यहाँ वेब ब्राउजर भित्रबाट लिङ्क खोल्ने भन्दा पनि वेब ब्राउजर नखोली बाहिरबाट नै लिङ्क रन गर्ने कुरा जनाउन खोजिएको हो। उदाहरणको लागि कुनै साथीले तपाईँलाई कुुनै साइटको लिङ्क मेसेन्जर अ्यापमा पठायो भने मेसेन्जर अ्याप भित्रबाट नै त्यस लिङ्कमा ट्याप गर्दा जुन ब्राउजरबाट त्यो लिङ्क खोलिन्छ, सोहि ब्राउजर तपाईँको डिभाइसको डिफल्ट ब्राउजर हुनेछ।   

विन्डोजको लागि इन्टरनेट एक्सप्लोरर र हाल माइक्रोसफ्ट एज, म्याक ओएस र आइओएसको लागि सफारी, लिनक्सको लागि मोजिला फायरफक्स र एन्ड्रोइडको लागि गूगल क्रोम डिफल्ट ब्राउजर हुन्।

डिफल्ट ब्राउजर एउटा डिभाइसको लागि पहिले नै सेट भइसकेको हुन्छ। तर त्यसो हुँदैमा त्यही ब्राउजरलाई डिफल्ट ब्राउजरको रुपमा जीवनभर प्रयोग गर्नुपर्ने भन्ने छैन। तपाईँलाई आफ्नो डिभाइसको डिफल्ट ब्राउजर राम्रो लाग्दैन भने अरु ब्राउजरलाई नै डिफल्ट ब्राउजर बनाउन सक्नुहुनेछ।

यस आर्टिकलमा विभिन्न वेब ब्राउजरहरुलाई डिफल्ट ब्राउजर कसरी बनाउन सकिन्छ भन्ने जानकारी दिइएको छ। आउनुहोस् हेरौँ।

गुगल क्रोमलाई कसरी डिफल्ट ब्राउजर बनाउने ?

गुगल क्रोमलाई डिफल्ट ब्राउजर बनाउन निम्नलिखित स्टेपहरु पछ्याउनुहोस्।

१) गुगल क्रोम खोलेर यसको माथिल्लो दायाँ कुनामा देखिने तीनवटा थोप्लामा अर्थात् मेनु आइकनमा क्लिक गर्नुहोस्।

२) यहाँबाट Settings मा जानुहोस्।

३) Settings को पेजमा रहेको Default Browser मेनुमा क्लिक गर्नुहोस्।

४) Default Browser सेक्सन भित्र रहेको Make default मा क्लिक गर्नुहोस्।

५) विन्डोज ११ को लागि तपाईँहरु Default Apps पेजमा रिडिरेक्ट हुनुहुनेछ। यहाँबाट स्क्रोल डाउन गरेर Google Chrome मा क्लिक गर्नुहोस्।

६) Google Chrome पेजमा सबैभन्दा माथि देखिने Make Google Chrome your default browser को छेउमा रहेको Set default मा क्लिक गर्नुहोस्।  

माइक्रोसफ्ट एजलाई डिफल्ट ब्राउजर कसरी बनाउने ?

माइक्रोसफ्ट एजलाई डिफल्ट ब्राउजर बनाउन निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) माइक्रोसफ्ट एज भित्र माथिल्लो दायाँ कुनामा रहेको तीनवटा थोप्लामा अर्थात मेनु आइकनमा क्लिक गर्नुहोस् र

मेनु लिस्टबाट Settings मा जानुहोस्।

वा, एजको होम पेजमा रहेको दायाँ तिरको साइडबारबाट सेटिङ्स आइकनमा क्लिक गर्नुहोस्। 

३) Settings को मेनुबाट Default Browser मा जानुहोस्।

४) Default Browser सेक्सनमा Make Microsoft Edge your default browser लेखिएको देख्नुहुनेछ। यसको साइडमा रहेको Make default मा क्लिक गर्नुहोस्।

ब्रेभ ब्राउजरलाई डिफल्ट ब्राउजर कसरी बनाउने ?

ब्रेभ ब्राउजरलाई डिफल्ट ब्राउजर बनाउन निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) ब्रेभ ब्राउजरको माथिल्लो दायाँ कुनामा देखिने तीनवटा तेर्सो धर्कामा अर्थात् मेनु आइकनमा क्लिक गर्नुहोस् र Settings मा जानुहोस्।

२) Settings को मेनुबाट Get started मा जानुहोस्।

३) Get started को Default browser को सेक्सन भित्र Make default मा क्लिक गर्नुहोस्।

मोजिला फायरफक्सलाई डिफल्ट वेब ब्राउजर कसरी बनाउने ?

मोजिला फायरफक्सलाई डिफल्ट ब्राउजर बनाउन निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।

१) मोजिला फायरफक्स ब्राउजरको होमपेजमा माथिल्लो दायाँ कुनामा रहेको तीनवटा तेर्सो धर्कामा अर्थात् मेनु आइकनमा क्लिक गर्नुहोस् र Settings मा जानुहोस्।

वा, मोजिलाको होमपेजमा मेनु आइकनको तल देखिने सेटिङ्स आइकनमा क्लिक गर्नुहोस् र Manage more settings मा क्लिक गर्नुहोस्।

२) General पेजमा Startup सेक्सन भित्र Firefox is not your default browser को दायाँपट्टि Make Default लेखिएको हुन्छ, त्यसमा क्लिक गर्नुहोस्।

ओपेरालाई डिफल्ट वेब ब्राउजर कसरी बनाउने ?

ओपेरालाई डिफल्ट वेब ब्राउजर बनाउन निम्नलिखित स्टेपहरु फलो गर्नुहोस्।

१) ओपेराको बायाँ साइडमा रहेको साइडबार बाट सेटिङ्स आइकन सेलेक्ट गर्नुहोस्।

२) Privacy and Security मा क्लिग गरेर थोरै स्क्रोल डाउन गर्नुभएपछि Default Browser सेक्सन देख्नुहुनेछ। यस Default Browser सेक्सन भित्र Make Default मा क्लिक गर्नुहोस्।

यसरी जुनै वेब ब्राउजरलाई पनि तपाईँहरुले डिफल्ट ब्राउजर बनाउन सक्नुहुनेछ। यति उल्लेखित ब्राउजर बाहेक अरु नै वेब ब्राउजरको लागि पनि त्यसको सेटिङ्स भित्र डिफल्ट ब्राउजर बनाउनलाई अप्सन भेट्नुहुनेछ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.