च्याटजिपिटि को प्रयोग कसरी गर्ने ?

HOW TO USE CHATGPT

हुन त एआइले विगत केही वर्षदेखि नै चर्चा नपाएको हैन । शब्दहरू बुझेर त्यसलाई फोटोमा बदल्ने खालका एआइहरूको चर्चा भैसकेको थियो । शब्दहरूलाई बुझेर त्योबाट विभिन्न कन्टेन्ट राइटिङ र कपि राइटिङहरू गर्ने, लोगो बनाउने जस्ता एआइहरूको पनि चर्चा नभएको हैन । 

तर च्याटजिपिटि आएपछि चाहिँ साँच्चिकै यसले ठूलै (सकारात्मक वा नकारात्मक) असर पार्छ भन्ने आम मानिसलाई पार्ने गरी एआइको चर्चा भएको छ । च्याटजिपिटि इतिहासकै सबैभन्दा द्रूत गतिमा प्रयोगकर्ता बढेको एप्लिकेशन हो । यो लञ्च भएको केही महिनामै करोडौँ प्रयोगकर्ता पुगिसकेका छन् ।

तपाईंकन्टेन्ट राइटर वा कपि राइटर नै हुनु पर्दैन । अन्य थुप्रै कामको लागी पनि च्याटजिपिटिको प्रयोग तपाईँ गर्न सक्नुहुन्छ । तर यदी तपाईंलाई यसको प्रयोग नै गर्न आउँदैन भने हामीले यो लेखमा विशेष गरेर तपाईँ जस्तै मानिसहरूको लागी यो प्रयोग गर्ने तरिकाको बारेमा विस्तृतमा लेख्दैछौँ । 

के च्याटजिपिटि निशुल्क छ ?

आजको मितिसम्म च्याटजिपिटि निशुल्क नै छ तर यसको पछिल्लो संस्करण जिपिटि फोर को लागी चाहीँ पैसा तिर्नुपर्छ जुन च्याटजिपिटि प्लसमा मात्रै उपलब्ध छ । तर यो भन्दा अघिको संस्करण र यसका सेवाहरू सबैको लागी निशुल्क नै उपलब्ध छ । त्यसको लागि ओपनएआइको वेबसाइटमा गएर च्याटजिपिटिको लागि खाता खोल्नुपर्छ । 

तपाईंले या त त्यसकै लागि छुट्टै खाता खोल्न सक्नुहुन्छ या त गूगलको वा माइक्रोसफ्टको खाताकै प्रयोगले पनि काम चल्छ । च्याटजिपिटि प्लसको लागि भने तपाईंले प्रति महिना २० डलर तिर्नुपर्छ । पैसा तिर्दा तपाईंले माग उच्च भएतापनि प्राथमिकता पाउनुहुन्छ, उत्तर छिटै आउँछ र नयाँ फिचर प्रयोग गर्न पाउनुहुन्छ ।

च्याटजिपिटि कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिला तपाईं आफ्नो डिभाइसबाट कुनै पनि ब्राउजरमा ओपनएआइको वेबसाइटमा जानुस् । त्यहाँ तपाईंलाई लग इन (Log in) गर्न वा साइन अप (Sign up) गर्नको लागी सोध्छ ।

ChatGPT Sign up Log In

माथि भनिए झैँ आफ्नो इमेलको वा गूगल वा माइक्रोसफ्टको खाता प्रयोग गरेर साइन अप गर्न तपाईँले सक्नुहुन्छ ।  OpenAI Sign up

लग इन गरेपछि अब तपाईँले च्याटजिपिटि प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा टेक्स्ट बक्स हुन्छ जहाँ तपाईँले केही कुरा सोध्न सक्नुहुन्छ वा कुनै शीर्षकमा लेख लेख्न लगाउन सक्नुहुन्छ । त्यसपछि बाण जस्तो सङ्केतमा क्लिक गर्ने वा त्यत्तिकै किबोर्डमा इन्टर (Enter) थिच्न सक्नुहुन्छ ।  ChatGPT Type Text Enter

त्यसपछि तपाईं तुरून्तै उत्तर पाउनुहुन्छ । यसले उत्तर सिर्जना गर्दागर्दै तलपट्टि Stop generating मा क्लिक गरेर त्यो प्रक्रिया त्यहीँ रोक्न पनि सक्नुहुन्छ यदी तपाईंलाई त्यो उत्तर चित्त बुझेन भने । तर फेरी तपाईँले Regenerate response मा क्लिक गरेर अर्कै उत्तर पाउन पनि सक्नुहुन्छ । 

यो विकल्प तपाईंले जति पटक पनि प्रयोग गर्न सक्नुहुन्छ । र पहिलेको उत्तर पनि हेर्न सक्नुहुन्छ । 

तपाईंलाई मन परेको वा नपरेको बारे प्रतिक्रिया दिन सक्नुहुन्छ बुढी औँलाको चिन्हमा । 

त्यसपछि त्यसमा थप प्रतिक्रिया दिने वा प्रश्न सोध्ने वा उत्तर भनेजस्तो नआए फेर्न लगाउने लगायतका कामहरू तपाईंले गर्न सक्नुहुन्छ । यसले तपाईंसँग गरेका कुराहरू सम्झिन सक्छ । 

तपाईंले यो वेबसाईटमा फेरि आउनको लागि बुकमार्क पनि गर्न सक्नुहुन्छ । 

तपाईंलाई कुनै उत्तर मन पर्यो र त्यो अन्तै कतै प्रयोग गर्नुपर्यो भने कपि गरेर कतै पेष्ट गर्ने वा पिडिएफ वा पिएनजिमा डाउलोड पनि गर्न सक्नुहुन्छ ।

 ChatGPT Answer

च्याटजिपिटिको संवाद कसरी सेभ गर्ने ?

तपाईंसँग गरेका संवाद यसले आफै सेभ गरेर राख्छ र पछि चाहिएको बेलामा खोलेर हेर्न सक्नुहुन्छ । यसको बाँयाँ छेउमा तपाईँले चाहिएको संवाद खोल्न सक्नुहुन्छ । संवादको पहिलो शब्दहरूको आधारमा यसले आफैले नाम तय गरेर सेभ गर्ने गर्छ । 

प्रत्येक पटक जब तपाईं च्याटजिपिटिमा संवाद गर्नुहुन्छ, यसले त्यो सूचीमा राख्ने गर्छ । तपाईंले पूरानो संवादलाई फेरी निरन्तरता दिन पनि सक्नुहुन्छ । 

मोबाइलको ब्राउजरमा चाहिँ तपाईंले बाँयाँ छेउको तीनवटा तेर्सो धर्कामा ट्याप गर्नुपर्छ । 

संवाद हटाउनको तपाईंले जुन हटाउन लागेको हो त्यहीँ माउसको चिह्न लग्नुपर्छ र त्यहाँ डिलिटको चिह्न देखा पर्छ जसलाई क्लिक गरेपछि त्यो संवाद हट्छ । तर तपाईं सबै संवादहरू हटाउन चाहनुहुन्छ भने Clear conversations मा क्लिक गर्नुपर्छ ।  ChatGPT Clear Conversation

तपाईंले यो लग इन गरेपछि जुनसुकै बेलामा आफ्ना पुराना संवाद हेर्न, निरन्तरता दिन वा हटाउन सक्नुहुन्छ ।

के च्याटजिपिटिले तपाईंको डेटा सेव गरेर राख्छ ?

भन्न त ओपनएआइले तपाईंसँगको व्यक्तिगत कुराकानीलाई यसले सेभ गरेर राख्दैन भन्ने गर्छ तर हामी तपाईँलाई त्यो कुरा नपत्याउन सल्लाह दिन्छौँ । आफ्नो देशका प्रयोगकर्ताको विवरण लिक भएपछि इटालीले  च्याटजिपिटिलाई प्रतिबन्ध लगाइदिएको थियो । 

तर कम्पनीले चाहिँ तपाईंले डिलिट नगरून्जेल तपाईंको खातामा मात्रै सेभ हुन्छ तर डिलिट गरेपछि सधैँको लागी डिलिट हुन्छ भन्ने गर्छ । खासमा प्राय: सबै कम्पनीहरूले तपाईंका विवरणहरू भविष्यको प्रयोगको लागी राख्ने गरेको तथ्य प्रविधि जगतमा “ओपन सेक्रेट” नै हो । 

त्यसैले हामी तपाईंलाई त्यसमा आफ्नाबारेका गोपनीय र संवेदनशील कुराहरू नखोल्न सुझाव दिन्छौँ । साथै यसमा अश्लील कुराहरू सकेसम्म नलेख्न र आफ्ना स्वभावहरू यसले थाहा नपाओस् भन्नेमा चनाखो रहन सल्लाह दिन्छौँ । 

के च्याटजिपिटिको मोबाइल एप छ ?

तपाईंले एप्पल वा गूगल स्टोरहरूमा च्याटजिपिटि लेखिएका थुप्रै एपहरू देख्न सक्नुहुन्छ तर खासमा ती आधिकारीक भने हैनन् र तिनले काम पनि यसले जस्तो नगर्लान् । खासमा च्याटजिपिटिको लोकप्रियता र चर्चाको कारण यसको नाममा ओपनएआइ बाहेक अरू नै कम्पनीहरुले यस्ता एपहरू बनाएर हालेका हुन् । 

यद्यपि मोबाइलको ब्राउजरमा यसलाई मज्जाले चलाउन भने सकिन्छ । अनि डेस्कटप एप भने यसको छ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.