तपाँईको मर्मत विशेषज्ञ-आइ फिक्स इट !

iFixIt Repair

हामीले चलाउने कुनै पनि सामानहरुको ग्यारेन्टि हुँदैन। आज राम्ररी चलिरहेको सामान भोलि बिग्रिन सक्छ। मुखयतः बइक, कार जस्ता मेक्यानिकल चिजहरु र मोबाइल, वासिङ मसिन, कम्प्युटर आदि जस्ता इलेक्ट्रोनिक्स ग्याजेटहरु चल्दा चल्दै खराब हुन सक्छन् र बनाउन लैजानु पर्ने हुन्छ।

सानो कुरा बिग्रेको खण्डमा पनि बनाउन लैजाँदा महँगो मुल्य तिर्नुपर्ने हुन्छ। यसरी सामान्य कुराको खराबी हुँदा हामी आफैँले बनाउन सकियो भने केहि पैसा बचाउनका साथै त्यसको अभ्यास पनि बटुल्न सकिन्छ।

यसरी तपाईँको मर्मत विशेषज्ञको रुपमा आएको छ आइ फिक्स इट। यो एउटा अमेरिकन ई-कमर्स वेबसाइट हो जुनले रिपेयर पार्टस बेच्नुको साथै धेरै थरिका उपकरणहरुकाे लागि रिपेयर गाइड पनि उपलब्ध गराउँछ। आइ फिक्स इट मार्फत तपाईँहरुले धेरै सामानहरुको मर्मतको लागि समाधान भेट्न सक्नुहुनेछ। 

के छ त आइ फिक्स इटमा?

मुख्यतः आइ फिक्स इट तीन भागमा विभाजित छ। पहिलो भागमा रहेको छ स्टेप-बाइ-सटेप गाइड्स जुनमा तपाईँहरुलाई विभिन्न कुराहरुका लागि गाइडहरु र समाधान उपलब्ध गराईएको छ।दोस्रो भागमा क्वालिटि पार्ट्स र टुल्सहरुको किनबेचका लागि स्टोर रहेको छ भने तेस्रो  भागमा रहेको छ फिक्सर्सहरुको समुदाय। 

यि तीन भागहरुमा के हुन्छ, आनुहोस् विस्तार गरौँः-

स्टेप-बाइ-स्टेप गाइड(Step by Step Guide):

यसमा सामान बनाइसकेका मानिसहरुले लेखेर छोड्नुभएको समाधानको गाइड तपाईँहरुले भेट्न सक्नुहुन्छ। सरल र साधारण गरी लेखिएको हुनाले लेखेको कुरा बुझि सामान मर्मत गर्न केहि अप्ठ्यारो हुँदैन।

उपकरणहरु मात्र नभई यसमा तपाईँहरुले यहाँ पहिरन, गाडि, गेम कन्सोल, घरायसिका साथै जसतो सुकै क्षमता अर्थात स्किलका लागि समाधान भेट्न सक्नुहुन्छ।

आइ फिक्स इटको तथ्याङ्क अनुसार यसमा ९१,३९३ वटा फ्रि गाइड (Manual), १९८,१८७ वटा समाधान (solutions) र ४१,५५४ वटा डिभाइसहरु रहेका छन्।

स्टोर(Store):

आइ फिक्स इटको स्टोरमा तपाईँहरुले लाइफटाइम गयारेन्टिका साथ राम्रा क्वालिटिका टुल्स र हजारौँ पार्टसहरु किन्न सक्नुहुनेछ।

यहाँ प्रेसिजन टुल्स, मेजरिङ टुल्सहरुका साथै काम अनुसार धेरै प्रकारका टुल्सहरु तपाईँहरुले यहाँ किन्न सक्नुहुनेछ भने उपकरणहरुका लागि एक हजार भन्दा बढी पार्ट्सहरु यहाँ उपलब्ध छन्।

फिक्सर्स समुदाय(Fixers Community):

सबै जनालाई सबै कुरा बनाउन आउँदैन तर हरेक जनालाई केहि न केहि बनाउन आउँछ भन्ने सोचका साथ आइ फिक्स इटले एउटा फिक्सर्स समुादाय बनाएको छ। 

यहाँको समुदायमा राखिएको प्रश्नको उत्तर जो कोहि आउने व्यक्तिले दिन सक्छन्। साथै तपाईँहरुलाई केहि कुराको मर्मत गर्न सक्नुहुन्छ भने त्यसको नयाँ गाइड पनि सिर्जना गर्न सक्नुहुनेछ।

यसका साथै पहिले नै छाडिएका गाइडमा केहि नमिल्दो जस्तो देखिएमा त्यसलाई जो कोहिले सँच्च्याउन पनि सकिन्छ र बेग्लै भाषामा अनुवाद पनि गर्न सकिन्छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.