६०००mAh को ठूलो ब्याट्री का साथ Infinix Hot 12 Play नेपालमा सार्वजनिक

Infinix Hot 12 Play Price in Nepal Availability Where to buy

Infinix ब्रान्ड त्यस्तो ब्रान्ड हो जुनले कम मूल्य सेग्मेन्टमा राम्रा विशेषता भएका मोबाइल फोनहरु म्यानुफ्याक्चर गर्दछ। २० हजार भन्दा कम मूल्यको लागि Infinix ले यस्तै एउटा राम्रो फोन निकालेको छ जुन Infinix Hot 12 Play को नामले चिनिन्छ।

यस फोनलाई हामीले २० हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु शीर्षकको आर्टिकलमा पनि समावेश गरेका थियौँ। यस फोनको मूल्य सेग्मेन्टको लागि यसमा ६००० एमएएच (6000mAh) ब्याट्रि, ६.८ इन्चको IPS LCD डिस्प्ले, पन्च होल डिस्प्ले, ९० हर्ट्ज स्क्रिन रिफ्रेस रेट आदि यस फोनका मुख्य फिचरहरु हुन्।

यस आर्टिकलमा Infinix Hot 12 Play फोनको मुख्य विवरणहरु, मूल्य र यसको उपलब्धताको बारेमा चर्चा गरिएको छ।    

Infinix Hot 12 Play को विशेषताहरु

डिस्प्ले (Display)६.८२ इन्च IPS LCD, HD+ (1612x720p) डिस्प्ले, ९० हर्ट्ज रिफ्रेस रेट, १८० हर्ट्ज टच स्याम्प्लिङ रेट, पान्डा ग्लास फ्रन्ट (Panda Glass Front) प्रोटेक्सन
प्रोसेसर (Processor)UNISOC T610 (12nm)
ओएस र युआई (OS and UI)Android 11/ XOS 10
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा (13 MP f/1.8 प्राइमेरी क्यामेरा र 2 MP एआइ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)8MP
मेमोरी र स्टोरेज (Memory and Storage)४/६ जिबि RAM र ६४/१२८ जिबि eMMC 5.1 इन्टर्नल मेमोरी (५१२ जिबिसम्म स्टोरेज बढाउन सकिने) eMMC 5.1 स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)6000mAh ब्याट्रि, १० वाट चार्जिङ
वायरलेस कनेक्टिभिटि (Wireless Connectivity)Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Wi-Fi Direct, Bluetooth 5.0
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), ब्याक फिङ्गरप्रिन्ट रिडर, FM Radio सपोर्ट (हेडफोन आवश्यक), USB Type C, OTG

बिल्ड र डिजाइन (Build and Design)

यस फोनको बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यस फोनमा तपाईँहरुले अगाडिको भागमा ग्लास पाउनुहुनेछ भने छेउ र पछाडिको भागमा प्लास्टिक बिल्ड पाउनुहुनेछ।

यस फोनको समग्र डिजाइन निकै राम्रो छ। यस फोनमा ६.८ इन्चको निकै ठुलो स्क्रिन साइज रहेको छ। यसकाे साथै यस फोनको अगाडिको भागमा तपाईँहरुले पन्च होल (punch hole) डिस्प्ले पाउनुहुनेछ जुन यस मूल्यको फोनको लागि एउटा राम्रो कुरा हुन जान्छ। 

पछाडिको भागमा यहाँ तपाईँहरुले LED फ्लास सहितको डुवल क्यामेरा सेटप र एउटा Infinix लोगो भेट्नुहुनेछ। यसको साथै तपाईँरुले यस फोनको पछाडिको भागमा फिङ्गरप्रिन्ट स्क्यानर पनि भेट्न सक्नुहुनेछ। 

यस बाहेक यस फोनमा तपाईँहरुले अगाडिको भागमा पातला बेजलहरु (bezels) पाउनुहुनेछ जसले गर्दा तपाईँहरुले ठुलो डिस्प्ले पाउनुहुनेछ।

तपाईँहरुले यस फोनलाई चारवटा कलर अपसनमा भेट्नुहुनेछ जुनलाई Infinix ले डेलाइट ग्रीन (Daylight Green), होरिजन ब्लु (Horizon Blue), रेसिङ्ग ब्लाक (Racing Black) र स्याम्पेन गोल्ड (Champagne Gold) भनेर नाम दिएको छ।

infinix hot 12 play

डिस्प्ले (Display)

यस फोनमा ६.८ इन्चको पन्च होल IPS LCD डिस्प्ले समावेश गरिएको छ। रेजोल्युसनको कुरा गर्ने हो भने यस डिस्प्लेले HD+ (1612x720p) रेजोल्युसन अफर गर्छ। यस फोनको डिस्प्ले रेजोल्युसन अहिलेको समय अनुसार लागि थोरै कम छ तर यसको मूल्य सेग्मेन्टको अनुसार यो ठिकै पनि लाग्नेछ। 

यहाँ तपाईँहरुले ९० हर्ट्जको स्क्रिन रिफ्रेस रेट र १८० हर्ट्जको टच स्याम्प्लिङ रेट पाउनुहुनेछ जुन यस मूल्यको लागि राम्रो ठान्नुपर्छ। यस कारण तपाईँहरुले यसमा राम्रो गेमिङ अनुभव प्राप्त गर्नुहुनेछ। यस बाहेक यस फोनले ४८० निट्स (480 nits) ब्राइटनेस अफर गर्दछ।

यस फोनमा तपाईँहरुले अगाडिको लागि पान्डा ग्लासको प्रोटेक्सन (panda glass protection) प्राप्त गर्नुहुनेछ जुन यस फोनको एउटा राम्रो पक्ष हो।    

infinix hot 12 play display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस फोनमा UNISOC T610 चिपसेट समावेश गरिएको छ जुन १२ न्यानोमिटर (12 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको चिपसेट हो। यो चिपसेटले १.८ गिगाहर्ट्जमा क्लक गरिएको दुईवटा Cortex-A75 कोर र १.८ गिगाहर्ट्जमै क्लक गरिएको ६ वटा Cortex-A55 कोर अफर गर्छ। 

मूल्यको लागि यो कुरा मध्यनजर गर्न सकिन्छ तर यो चिपसेट त्यति उत्कृष्ट चिपसेट भने हैन। तापनि तपाईँहरुलाई यसमा हलुका गेमिङ गर्न र साधारण कार्यहरु सम्हाल्न केहि अप्ठ्यारो पर्ने छैन। 

अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 समावेश गरिएको छ र यसलाई XOS 10 युजर इन्टरफेसले सपोर्ट गरेको छ। 

मेमोरीको लागि यहाँ तपाईँहरुले ४/६ जिबि RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। यहाँ छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध छ र यसको सहायतामा तपाईँहरुले यस फोनको मेमोरीलाई ५१२ जिबिसम्म बढाउन सक्नुहुनेछ भने भर्चुवल RAM एक्सपान्सनले गर्दा तपाईँहरुले RAM लाई ७ जिबिसम्म पनि बढाउन सक्नुहुनेछ। 

क्यामेरा (Camera)

ब्याक क्यामेराको लागि यहाँ तपाईँहरुले डुवल क्यामेरा सेटप पाउनुहुनेछ। यहाँ तपाईँहरुले f/1.8 सहित १३ मेगापिक्सलको प्राइमेरी क्यामेरा र 2 MP को एउटा सेकन्डरी एआई क्यामेरा प्राप्त गर्नुहुनेछ।    

फ्रन्ट क्यामेराको लागि भने यहाँ तपाईँहरुले 8 मेगापिक्सलको एउटा सेल्फि क्यामेरा भेट्नुहुनेछ। भिडियो रेकर्डिङको कुरा गर्ने हो भने तापईँहरुले यस मोबाइलको ब्याक क्यामेरा र फ्रन्ट क्यामेरा दुवैबाट 1080p रेजोल्युसनमा 30fps सम्मको भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ।

infinix hot 12 play camera modules

ब्याट्रि र चार्जिङ (Battery and Charging)

Infinix Hot 12 Play मोबाइल फोनमा 6000mAh ब्याट्रि समावेश गरिएको छ जुन निकै ठुलो ब्याट्रि हो। यस कारण तपाईँहरुले यसमा ब्याट्रि सकिहाल्ने चिन्ता लिनु पर्दैन। 

तर यो ब्याट्रि चार्ज गर्न यहाँ १० वाट चार्जिङ सपोर्ट मात्र उपलब्ध रहेको छ। यसले गर्दा यस फोनलाई चार्ज गर्न निकै समय लाग्न सक्छ। चार्जिङ पोर्टको लागि यहाँ USB Type C चार्जिङ पोर्ट समावेश गरिएको छ। 

अन्य स्पेसिफिकेसन (Other Specifications)

अडियोको कुरा गर्ने हो भने यहाँ अडियो आउटपुट (audio output) को लागि यहाँ सिङ्गल स्पिकर समावेश गरिएको छ भने इयरफोन जडान गर्न यहाँ ३.५ मिलिमिटरको हेडफोन ज्याक पनि भेट्न सकिन्छ।

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट, डुवल ब्यान्ड Wi-Fi 802.11 a/b/g/n/ac सपोर्ट, Bluetooth 5.0, FM Radio सपोर्ट पाउनुहुनेछ।

मूल्य र उपलब्धता (Price and Availability)

नेपालमा यो मोबाइल फोन ४ जिबि भेरियन्टमा मात्र उपलब्ध रहेको छ। यसको ४ जिबि RAM र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टलाई रु. १६,६९९ मूल्य अंकित गरिएको छ भने यस फोनको ४ जिबि RAM र १२८ जिबिको माथिल्लो भेरियन्टलाई दराजमा रु. १८,३०० मूल्य तोकिएको छ।

फोनको उपलब्धताको कुरा गर्दा तपाईँहरुले यो फोन दराज (Daraz) ई-कमर्स वेबसाइटमा र Infinix कै आधिकारीक विक्रेताहरुबाट प्राप्त गर्न सक्नुहुनेछ।  

मोबाइल भेरियन्ट (Mobile Variant)नेपाली मूल्य (Price in Nepal)
४ जिबि RAM र ६४ जिबि इन्टर्नल मेमोरीरु. १६,६९९
४ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. १८,३००

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.