मेड बाई गुगल २०२३: पिक्सल ८ र पिक्सल वाच २ लन्च इभेन्ट लाइभ कसरी हेर्ने

Made By Google 2023

गुगलले आफ्नो मेड बाई गुगल २०२३ (Made By Google 2023) कार्यक्रम आज बुधवार बिहान १० (10am ET) बजे न्यूयोर्कमा गर्ने कुरा सार्वजनिक गरेको छ। यस कार्यक्रममा गुगलले पिक्सल ८, पिक्सल वाच २ जस्तै अन्य प्रोडक्ट अनाउस्मेन्ट गर्ने सम्भावना रहेको छ। यद्यपि गुगलको पिक्सल ८ को केहि अफवा र झलकहरु हामीले पहिले नै थाहा पाईसकेका छौँ तर पनि यस इभेन्ट मार्फत लाइभ हेर्न सकिने अपेक्षा गर्न सक्छौं। 

मेड बाई गुगल २०२३ कार्यक्रम प्रत्यक्ष कसरी हेर्ने?

धेरै वर्षदेखि यसरी नै, गुगलले अक्टोवरमा आफ्नो पिक्सल डिभाईसेसको नयाँ पुस्ता लन्च गर्न यस्तो वार्षिक कार्यक्रम आयोजना गर्दै आएको छ। त्यस्तै यस वर्षको लागि भने यो कार्यक्रम अक्टोबर ४ बिहान १० बजे ET को लागि सेट गरिएको छ, जुन नेपालमा साझको समय ७:४५  बजे हुन आउछ। अर्थात् यो कार्यक्रम तपाइले नेपालबाट साझ ७:४५ बजे हेर्न सक्नु हुन्छ। 

यो कार्यक्रम गुगलको युटुब च्यानलमा पहिलेनै लाइभ स्ट्रिमको लागि सेड्यूल भैसकेको छ । यसलाई तपाइले आफ्नो युटुबमा नोटिफाई मि बटनमा क्लिक गरेर उक्त कार्यक्रमको बारेमा रिमाइन्डर सेट गर्न सक्नु हुन्छ।  जसले गर्दा युटुब एपले तपाईंलाई कार्यक्रम सुरु हुनुभन्दा केही मिनेट अघिनै रिमाइन्डर पठाई दिन्छ।

मेड बाई गुगल २०२३ कार्यक्रमबाट के अपेक्षा गर्ने?

यस कार्यक्रममा गुगलले आफ्नो थुप्रै नयाँ प्रोडक्टहरु अनावरण गर्ने अपेक्षा गरिएको छ तर कार्यक्रमको मुख्य आकर्षण भने गुगलको पिक्सल ८ सिरिज हुने छ। यहाँ गुगलको नयाँ  स्मार्टफोन पिक्सल ८ र पिक्सल ८ प्रो आधिकारिक रुपमा सार्वजनिक गरिने छ। यसबाहेक उक्त प्रोडक्टहरुलाई  प्रि-अर्डरहरूको लागि विभिन्न प्ल्याटफर्महरुमा उपलब्ध हुने छ। 

यस्तैगरी यस इभेन्टको अर्को मुख्य हाईलाइट गुगलको पिक्सल वाच २ हुने छ। गुगलले जारी गरेको टिजर भिडियोमा स्मार्टवाचको डिजाइन स्पष्ट रूपमा देख्न सकिन्छ । साथै यहि कार्यक्रममा गुगल पिक्सेल बड्स प्रो का लागि पनि नयाँ कलर अपशनहरु दिन सक्ने छ । यससंगै गुगलको एन्ड्रोइड १४ को स्थिर संस्करण पनि यहि कार्यक्रममा रोल आउट हुने अपेक्षा गर्न सकिन्छ।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.