उत्कृष्ट क्यामेरा फोनहरूको कम्प्युटिङ पावर बढ्दै जाँदा इमेज एडिटिङ एपहरू व्यक्तिगत र व्यावसायिक दुबै प्रकारका फोटोग्राफरहरूको लागि उपलब्ध भएका छन्।
यस लेखमा, हामी प्रयोगको सहजता, पावरफूल एडिटिङ टूलहरू र निर्बाध शेयर गर्न मिल्ने क्षमताहरूलाई ध्यानमा राख्दै, स्मार्टफोनका लागि उपलब्ध उत्कृष्ट इमेज एडिटिङ एपहरूको बारेमा चर्चा गर्छौँ ।
यद्यपि यहाँ हाम्रो शीर्ष छनोट गुगल फोटोज छ, यसको सहज प्रयोगका कारण, तर पनि हामीले तपाईँलाई उत्तिकै सहज र उत्कृष्ट एपहरूको बारेमा गहन खोज गरेर ती बारे केही लेख्दैछौँ । यीमध्ये कतिपय एपहरूमा एआइ प्रविधिको प्रयोग पनि गरिएको छ । त्यसकारण पूरै लेख पढ्न हामी आग्रह गर्छौँ ।
गुगल फोटोज (Google Photos)
गुगल फोटोज एक यस्तो एप हो जुन प्रायः क्लाउडमा तपाईंको फोटोहरू स्टोर गर्न दिने भनेर विज्ञापन गरिन्छ । तर यो मोबाइल एपले दुवै पुराना र नयाँ फोटो एडिटिङ टूलहरू पनि हुन्छ भनेर कतिपयलाई थाहा नहुन सक्छ।
Google One को सब्स्क्रिप्शन स्टोरेज प्राइसिङ (subscription storage pricing) मा साइन अप गर्नेहरूले Google Photos मा नि:शुल्क प्रयोगकर्ताहरू भन्दा धेरै सुविधाहरू पाउँछन्, जसमा डायनामिक, HDR, Luminous, Radiant र Airy जस्ता विशेष रूपमा प्रभावकारी फिल्टरहरू छन्।
नि: शुल्क प्रयोगकर्ताहरूले अझै पनि एक्सपोजर, कन्ट्रास्ट, र क्रपिङ समायोजन गर्नका लागि एडिटिङ टूलहरूको पूरै सेट पाउँछन्, साथै टेक्स्ट र ड्रइङ ओभरलेहरू थप्न, र भर्खरै आएको अपडेटेड कोलाज टेम्प्लेटहरू पनि।
यदि त्यतिले तपाईँलाई पुगेन भने, एउटा मेनुले तपाईंलाई अर्कै कुनै फोटो एडिटिङ एप, जस्तै PicsArt, मा इमेज पठाउन दिन्छ, यदि तपाईंले यसलाई आफ्नो मोबाइलमा इन्स्टल गर्नुभएको छ भने।
ठाउँहरू, व्यक्तिहरू र वस्तुहरूमा आधारित इमेजहरू व्यवस्थित गर्न र फेला पार्नको लागि यो एप उत्कृष्ट छ। र मेमोरी फिचरले तपाईंलाई राम्रो समयको सम्झना दिलाउँछ, जुन AI द्वारा निर्धारण गरिन्छ।
पिक्सआर्ट (PicsArt)
PicsArt फोटो एडिटिङ एपहरूको लागि एक उत्कृष्ट छनोट हो किनभने यसले रचनात्मक नियन्त्रण, इमेज एडिटिङ टूलहरू, र फिल्टरहरूको व्यापक विविधता प्रदान गर्दछ।
यसमा स्टिकरहरू, टेक्स्टहरू थप्ने र कोलाजहरू सिर्जना गर्ने विकल्प पनि छ। प्रयोगकर्ताहरूले रिमिक्स च्याट मार्फत शेयर र सहकार्य गर्न सक्छन् र प्रतिस्पर्धाहरूमा भाग लिन सक्छन्। समग्रमा, PicsArt ले उपभोक्ता फोटोग्राफरहरूको लागि पहुँचयोग्य र रमाइलो टूलहरू प्रदान गर्दछ।
एडोब फोटोशप क्यामरा (Adobe Photoshop Camera)
एडोब फोटोशप क्यामरा एक उत्कृष्ट फोटो सम्पादन एप हो जसले स्पेशल ईफेक्ट र फोटो करेक्शनहरू लागू गर्नको लागि स्मार्टफोन क्यामेराबाट फोटो खिच्नु अघि वा पछि एआइको प्रयोग गर्दछ ।
एपले “लेन्स” भनिने फिल्टरहरू प्रदान गर्दछ जसले कलर, लाइटिङ र क्ल्यारिटि (clarity) एडजष्ट गर्न सक्छ। Adobe Sensei ले फोटोको प्रकार स्वचालित रूपमा पहिचान गर्छ र अनुहार जस्ता मूख्य कुराहरूको लागि मास्कहरू सिर्जना गर्दछ।
यो एपले परिष्कृत एज ब्रश (edge brush) र रोटेट क्यानभास (rotate canvas) सहित निकै प्रयोगपरक डेस्कटप सुविधाहरू प्रदान गर्दछ, र नियमित रूपमा नयाँ लेन्सहरू थप्ने वाचा पनि गर्दछ । केही सेलिब्रेटी कलाकारहरू र प्रतिभाशाली डिजिटल क्रिएटरहरू ले यसको बेलाबेला प्रयोग गर्ने गर्छन् ।
स्न्यापसीड (Snapseed)
Snapseed एउटा यस्तो प्रचलित एप हो जुन चलाउन ज्यादै सहज इन्टरफेस र अनेक थरी विकसित टूलहरू भएकाले डेस्कटप फोटो एडिटरहरूलाई समेत टक्कर दिने सामर्थ्य राख्छ ।
यसको विशिष्टता भनेको यो पहिल्यै राखिरहेको प्रिसेट फिल्टरहरू (preset filters) सँगै आउँछ जुन आफैले पनि पछि एडिट गर्न सकिन्छ र तपाईंले सुरूबाटै चाहेका फिल्टरहरू सिर्जना गर्न सक्नुहुन्छ।
यसले क्रपिङ, सीधा गर्ने, फ्रेमहरू र टेक्स्ट जस्ता क्लासिक टूलहरू पनि प्रदान गर्दछ। यसले मास्किङ, selective adjusting tools, र तपाइँको एडिट हिस्टोरी सेभ (save) गर्दछ । त्यसकारण तपाइँलाई तपाइँको अघिल्लो एडिटेड इमेजहरू कुनै पनि बेलामा परिमार्जन गर्न दिन्छ।
एडोब फोटोशप एक्सप्रेश (Adobe Photoshop Express)
Adobe Photoshop Express त्यस्तो फोटो एडिटिङ एप हो जसले डेस्कटप भर्जनको सफ्टवेयरमा जस्तै मोबाइलमा प्रयोग गर्न सजिलो हुँने गरी विभिन्न प्रकारका एड्भान्स्ड फीचरहरू प्रदान गर्दछ।
यसका टूलहरूमा क्रपिङ, रेड आई करेक्शन (red eye correction), brightness, कन्ट्रास्ट, saturation, फिल्टरहरू, बोर्डरहरू, र स्मार्ट फिल्टरहरू इत्यादि पर्छन् जसले एक्सपोजर र रङको टेम्प्रेचर (color temperature) जस्ता सामान्य समस्याहरूलाई ठिक पार्छ।
प्रयोगकर्ताहरूले आफ्नो डिभाइस वा Adobe Creative Cloud अकाउन्टबाट फोटोहरू अपलोड गर्न सक्छन् र नि:शुल्क Adobe ID खाता क्रिएट गरेपछि मात्र आफ्ना एडिट गरिएका फोटोहरू अन्य सामाजिक सञ्जाल एपहरूमा सेयर गर्न सक्छन्।
इन्स्टाग्राम (Instagram)
इन्स्टाग्राम एक नि:शुल्क सोशल मिडिया एप हो जसले फोटोहरू एडिट र शेयर गर्न प्लेटफर्म प्रदान गर्दछ। यसमा कलर ब्यालेन्सिङ स्लाइडर, शार्पनेस, स्ट्रक्चर इत्यादि हुन्छन् र फोटोहरूको आउटलुक परिवर्तन गर्न फिल्टरहरूको चयन पनि सित्तैमा गर्न सकिन्छ ।
सामाजिक सञ्जालमा अपलोड गर्नको लागि राम्रो र उपयुक्त हुने भएकाले धेरै प्रयोगकर्ताहरूले पोस्ट गर्नु अघि यो एप भित्र फोटोहरू एडिट गर्छन्। यद्यपि, यसको एउटा कमजोरी भनेको यसमा हाइ रिजोल्युसन (high resolution) मा फोटो डाउनलोड गर्न सकिँदैन, जुन व्यावसायिक फोटोग्राफरहरूको लागि समस्या हुन सक्छ।
पिक्सलर (Pixlr)
भर्खर-भर्खर फोटो एडिट गर्न थालेका प्रयोगकर्ताको लागी Pixlr सबैभन्दा राम्रो फोटो एडिटिङ एप हो जुन प्राय: पोर्टेबल डिभाइसहरू, जस्तै मोबाइल, ट्याब इत्यादिको लागि ज्यादै अनुकूल हुन्छ ।
यसले सजिलो र गाह्रो दुबै खालका एडिट गर्न मिल्ने टुलहरू प्रयोग गर्न दिन्छ । जस्तै कलर स्प्ल्याश र फोकल ब्लर (color splash and focal blur) । यो एपले डबल एक्सपोजर र अटोमेटिक फिक्स टुल्स र फिल्टर र ओभरले जस्ता थरीथरीका व्यापक टूलहरू पनि प्रदान गर्दछ।
यसको इन्टरफेस राम्रोसँग डिजाइन गरिएको हुँदाहुदै पनि Pixlr सबै मामिलामा उत्तम छ त भन्न मिल्दैन । तर पनि यो अझै पनि स्मार्टफोन र ट्याब्लेटहरूमा फोटोहरू एडिट गर्नको लागि उत्कृष्ट विकल्प हो।