मोबाइल भिडियोग्राफि गर्नुहुन्छ भने तपाईँलाई काम लाग्ने कुरा यस्ता छन्।

Mobile videography

भिडियोग्राफि भन्नाले क्यामेरा, भिडियो टेप जस्ता इलेक्ट्रोनिक मिडियामा भिडियो रेकर्ड वा भिडियो क्याप्चर गर्नु हो। तर यी बाहेक भिडियो एडिटिङ र भिडियो प्रोडक्सनका कुरा पनि भिडियोग्राफिमा नै समावेशित छन्।

भिडियोग्राफी धेरै मानिसहरुले रुचाउनुहुन्छ। एउटा करियर अप्सन त छँदै छ त्यो बाहेक रमाइलोको लागि पनि मानिसहरु भिडियोग्राफिमा संलग्न भइरहेका हुन्छन्। 

भिडियोग्राफिको लागि प्रयोग गरिने डिजिटल मिडियाहरु धेरै छन्। कोही क्यामेराबाट भिडियोग्राफि गर्नुहुन्छ भने कोहि मोबाइल फोनबाट पनि। अहिले मोबाइलको क्यामेराले नै उच्च क्चालिटिको फोटो तथा भिडियो तयार पार्ने हुँदा मोबाइलबाट भिडियोग्राफि गर्ने मानिसहरुको संख्या बढिरहेको छ। 

मोबाइलबाट भिडियोग्राफि गर्न मोबाइल क्यामेरा भएर मात्र पुग्दैन। यसमा धेरै कुराहरु चाहिने हुन्छन्। यस आर्टिकलमा मोबाइल भिडियोग्राफिको लागि के-कस्ता कुराहरु चाहिन्छन् भन्ने विषयमा जानकारी दिइएको छ। आउनुहोस् हेरौँ।

मोबाइल स्टेबलाइजर (Mobile Stabilizer) 

मोबाइल स्टेबलाइजरले तपाईँको मोबाइललाई स्थिर राख्न सहयोग पुर्याउँछ। मोबाइल भिडियोग्राफिको लागि मोबाइल फोन स्थिर भयो भने राम्रो क्वालिटिको भिडियो तयार हुन्छ। भिडियोग्राफिको क्रममा हातबाट मोबाइल पकडेर जति नै राम्रो भिडियो तयार पार्छु भने पनि भिडियो हल्लिन्छ नै। 

अहिलेका फोनहरुको क्यामेरामा इन-बिल्ट स्टेबलाइजर भएतापनि यतिले मात्र पुग्दैन। यो बाहेक आफूमात्र फ्रेममा रहेर राम्रो क्वालिटिको भिडियो तयार पार्नलाई मेन क्यामेरा या सेल्फि क्यामेरालाई आफूतिर फर्काएर मोबाइल फोन अड्याउनु पर्ने हुन्छ। यसलाई मोबाइल स्टेबलाइजरले सहयोग पुर्याउँछ।

मोबाइल स्टेबलाइजरमा ट्राइपड मोबाइल गिम्बल जस्ता डिभाइसहरु पर्दछन्। एउटा फिक्स ठाउँको ट्राइपड उपयुक्त हुन्छ। उदाहरणको लागि ट्राइपडलाई टेबल माथि राखेर कुनै कोठाभित्र भिडियो बनाउन सकिन्छ। यसैगरी तपाईँहरु बाहिरी लोकेसनमा हिँड्दा-हिँड्दै भिडियो बनाउने सोचमा हुनुहुन्छ भने गिम्बल उपयुक्त रोजाइ हुन्छ।  

माथिको पिक्चरमा देखिए अनुसार ट्राइपडलाई कुनै ठोस सर्फेसमा अड्याउन सकिन्छ। यसलाई बायाँ पिक्चरमा दर्शाइएको छ। गिम्बललाई हातमा नै पकड्नुपर्ने हुनाले बाहिरी लोकेसनमा हिँड्दा-हिँड्दै भिडियो तयार पार्नलाई मोबाइल गिम्बल राम्रो ठहरिन्छ। गिम्बललाई दायाँ पिक्चरमा दर्शाइएको छ।

एक्सटर्नल माइक्रोफोन (External Microphone)

यो चाहिन्छ नै भन्ने छैन। तर भिडियोको लागि राम्रो अडियो या साउन्ड क्वालिटिको चाहनुहुन्छ भने एक्सटर्नल माइक्रोफोनको प्रयोग गर्नु उचित हुन्छ। 

मोबाइलमा नै फिक्स गर्न सकिने माइक्रोफोन बजारमा उपलब्ध छ जसकारणले माइक्रोफोनको लागि छुट्टै स्ट्यान्ड प्रयोग गर्नुपर्छ भन्ने छैन। एक्सटर्नल माइक्रोफोन आवश्यक नै नभए पनि राम्रो क्वालिटि अडियो कसलाई मन पर्दैन र? 

लाइटिङ (Lighting)

बाहिरी लोकेसनको लागि लाइटको त्यति वास्ता हुँदैन किनकी सुर्यको लाइट नै बाहिर काफी हुने गर्छ। तर कुनै कोठाभित्र भिडियोग्राफि गर्दै हुनुहुन्छ भने लाइट नपुगेको या भिडियो जति उज्यालो हुनु पर्ने थियो त्यति उज्यालो नभएको अनुभव हुनसक्छ। यो हुनुको कारण भनेको मोबाइल फोनको क्यामेराले कम लाइटमा त्यति राम्रो प्रदर्शन गर्न नसक्नु हो।

यसको लागि एक्सटर्नल लाइटिङको आवश्यकता पर्छ। लाइटिङले तपाईँको भिडियोलाई प्रोफेसनल बनाउँछ।   एक्सटर्नल लाइटिङको लागि तपाईँहरुले रिङ लाइट्स, स्टुडियो किट्स, एलइडिज (LEDs) आदि मार्केटमा भेट्न सक्नुहुनेछ।   

फिल्मिङ अ्याप्स (Filming Apps)

भिडियोग्राफिको लागि मोबाइल फोनमा आउने डिफल्ट क्यामेरा प्रयोग गर्नु उचित मानिँदैन। भिडियोग्राफिमा लागि पर्नुभएको छैन र सामान्य प्रकारको भिडियो तयार पार्नुहुन्छ भने मोबाइलको क्यामेराबाट भिडियो रेकर्ड गर्दा केहि फरक पर्दैन। तर भिडियोग्राफिमा सिरियस हुनुहुन्छ भने बाहिरी अ्यापहरु प्रयोग गर्नु राम्रो हुन्छ।

मोबाइल फोनको इन-बिल्ट क्यामेरामा म्यानुवल कन्ट्रोलको सुविधा लिमिटेड हुन्छ र यो यसको नराम्रो पक्ष हो। त्सैले फिलमिङ अ्याप यसको बदलामा राम्रो रोजाइ हुन्छ। तल केही राम्रा फिल्म यापहरुको बारेमा विवरण दिइएको छ।

फिल्मिक प्रोः मोबाइल सिने क्यामेरा (Filmic Pro: Mobile Cine Camera)

फिल्मिक प्रो एउटा राम्रो फिल्मिङ याप हो। यो यापबाट तपाईँहरुले मोबाइलबाट नै प्रोफेसनल सिनेमा क्यामेराबाट तयार पारिएको जस्तो भिडियो रेकर्ड गर्न सक्नुहुनेछ। मोबाइलको डिफल्ट क्यामेरा अ्यापबाट म्यानुवल कन्ट्रोल गर्न नसकिने कुराहरु फिल्मिक प्रो याप मार्फत कन्ट्रोल गर्न सकिन्छ।

आइफोन तथा एन्ड्रोइड दुवै डिभाइसहरुको लागि उपलब्ध यो  यापमा तपाईँहरुले अडियो कन्ट्रोल (अडियो कन्ट्रोल), एक्पोजर (exposure), फोकस (focus), जुम (zoom), वाइट ब्यालेन्स (white balance), कलर टेम्परेचर (color temperature), रेजल्युसन (resolution), सटर स्पिड (shutter speed), फ्रेम रेट (frame rate) र अन्य धेरै फिचरहरुलाई कन्ट्रोल गर्दै प्रोफेसनल भिडियो तयार पार्न सक्नुहुनेछ।

फिल्मिक प्रो भर्जन ७ को पूरा फिचरहरु सब्सक्रिप्सन बिना नै प्रयोग गर्न सकिन्छ तर फाइललाई एक्सपोर्ट गर्न र सेयर गर्न भने मिल्दैन। यसको लागि सब्सक्रिप्सन लिनु पर्ने हुन्छ।   

सिनेमा एफभि-५ लाइट (Cinema FV-5 Lite)

सिनेमा एफभि-५ लाइट पनि एउटा राम्रो भिडियो क्रिएसन अ्याप हो जसले प्रोफेसनल भिडियो कन्ट्रोल फिचरहरुलाई तपाईँको मोबाइल मै उपलब्ध गराउँछ।   

यसको फिचरहरुको कुरा गर्ने हो भने यसमा तपाईँहरुले एक्सपोजर, आइएसओ (ISO), फोकस, वाइट ब्यालेन्स, लाइट मिटरिङ मोड आदि आफ्नै रोजाइ अनुसार कन्ट्रोल गर्न सक्नुहुन्छ। यस बाहेक यसको जुम, रेजोल्युसन, कलर टेम्परेचर, ग्रिड अप्सन, साउन्ड मिटरिङ, अडियो अप्सन र अन्य थप फिचरहरुले यसलाई एउटा राम्रो फिल्मिङ अ्याप बनाउँछ।

छोटो र मिडियम साइजको भिडियो प्रोडक्सनको लागि सिनेमा एफभि-५ लाइट एउटा राम्रो अ्याप हो। यो अ्याप एन्ड्रोइड डिभाइसहरुमा मात्र उपलब्ध छ। सिनेमा एफभि-५ लाइट तपाईँहरुले फ्रिमा नै भेट्नुहुन्छ भने यसको पूरा भर्जन अर्थात् सिनेमा एफभि-५  (Cinema FV-5) को लागि सब्सक्रिप्सन लिनुपर्ने हुन्छ।

प्रोटेक – मोबाइल सिनेमा क्यामेरा (Protake – Mobile Cinema Camera)  

प्रोटेक पन फ्रिमा सिनेमा लेभलका भिडियो रेकर्ड गर्न एउटा राम्रो एप हो। यो अ्याप तपाईँहरुले आइओएस र एन्ड्रोइड दुवै डिभाइसहरुको लागि उपलब्ध छ।

भ्लगर, कमर्सियल डिरेक्टर या फिल्म डिरेक्टर सबैले प्रोटेकको सुविधाहरुको फाइदा पाउन सक्नुहुनेछ जस अन्तर्गत वेभफर्म, हिस्टोग्राम र अन्य मोनिटरिङ टुलहरु, वाइट ब्यालेन्स, एक्सपोजर, फोकस, जुम, रेकर्डिङ अप्सन, फ्रेम रेट परिवर्तन र अन्य फिचरहरु पर्दछन्। 

प्रोटेक तपाईँहरुले फ्रिमा प्रयोग गर्न सक्नुहुन्छ। यसको प्रोटेक ‌‌‍‍+ (protake +) भर्जनको लागि भने सब्सक्रिप्सन लिनु पर्ने हुन्छ।

फिल्म एडिटिङ अ्याप्स (Film Editing Apps)

भिडियो रेकर्ड गर्नु मात्र भिडियोग्राफि होइन। फिल्म रेकर्ड गर्दा केही नदेखिने त्रुटिहरु उत्पन्न भएको हुनसक्छ। यस्ता त्रुटिहरु हटाउन र यसको साथै भिडियो ट्रिम गर्न, एनिमेसनहरु थप्न, साउन्ड वा अडियो एडिट गर्न र अन्य धेरै प्रयोजनको लागि फिल्म एडिटिङ अ्यापको आवश्यकता पर्छ। 

केही फ्रि फिल्म एडिटिङ अ्यापहरुको बारेमा तल केही जानकारी दिइएको छ। आउनुहोस् हेरौँ।

क्यापकट – भिडियो एडिटर (CapCut – Video Editor) 

क्यापकट भिडियो एडिटरको साथै एउटा भिडियो मेकर अ्याप पनि हो। यसको युजर इन्टरफेस सजिलो छ र यसलाई युज गर्न केहि अप्ठ्यारो हुने छैन।

भिडियो एडिटिङ, टेक्स्ट, स्टिकर्स, म्युजिक, कलर, जुम, रिभर्स, फ्रिज जस्ता साधारण फिचरहरु बाहेक यसले एडभान्स फिचरहरु पनि प्रदान गर्छ जसअन्तर्गत किफ्रेम एनिमेसन, स्लो मोसन एफेक्ट, क्रोमा कि, पिक्चर-इन-पिक्चर, स्टेबलाइजेसन आदि पर्दछन्।

स्पेसल फिचरहरुको लागि यसमा अटो क्याप्सन, ब्याक्ग्राउन्ड परिवर्तन, थ्रिडि जुम, अटो भेलोसिटि जस्ता फिचरहरु पनि उपलब्ध रहेका छन्। यसमा भिडियोलाई  4K रेजोल्युसनसम्म एक्सपोर्ट गर्न सकिन्छ भने अ्याप भित्रबाट नै फर्म्याट मिलाएर यसलाई टिकटक या कुनै अन्य सोसियल मिडियामा सेयर गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।

बिगिनरहरुले केही छिन मै क्यापकट स्टार्ट गर्न सक्नुहुन्छ भने एड्भान्स युजरहरुले पनि क्यापकटको सबै फिचरहरु प्रयोग गरेर हाइ क्वालिटि भिडियोहरु तयार पार्न सक्नुहुन्छ। ५० करोड भन्दा बढी युजरहरुले यो अ्याप चलाउनु हुन्छ। 

क्यापकट एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्मको लागि उपलब्ध छ। एन्ड्रोइड डिभाइसहरुको गूगल प्ले स्टोरको २०२३ को मार्चको अपडेट अनुसार क्यापकट #1 top free video players & editors स्थान ओगट्न सफल बनेको छ भने पेड भर्जनको लागि यो #7 top grossing in video players & editors स्थानमा रहेको छ।

किनेमास्टर-भिडियो एडिटर&मेकर (KineMaster-Video Editor&Maker)

किनेमास्टर पनि मोबाइल भिडियोग्राफरहरुको लागि एउटा राम्रो अ्याप हो। क्यापकट झैँ किनेमास्टर पनि भिडियो एडिटरको साथै भिडियो मेकर अ्याप पनि हो।

फिचरहरुको कुरा गर्ने हो भने भिडियोको सामान्य एडिटिङको लागि कट, ट्रिम, स्लाइस, मर्ज, क्रप, जुम आदि जस्ता फिचरहरु यसमा उपलब्ध छन्। यो बाहेक अन्य फिचरहरुमा इमेज, टेक्स्ट, स्टिकर, साउन्ड एफेक्ट्स, ट्रानजिस्टर एफेक्ट्स, अडियो एफेक्ट्स जस्ता विभिन्न थरिका एफेक्ट्सहरु, कलर फिल्टर आदि जस्ता फिचरहरु पनि यसमा भेट्न सकिनेछ।

यसको एड्भान्स फिचरहरुको कुरा गर्ने हो भने यसमा क्रोमा कि (ग्रिन स्क्रिन), स्पिड कन्ट्रोल (स्लो मोसन, फास्ट फर्वार्डिङ), भोइस चेन्जर, रिभर्स भिडियो, ब्याकग्राउन्ड हटाउने जस्ता फिचरहरु पर्दछन्। भिडियोको रेजोल्युसनको कुरा गर्ने हो भने यसमा तपाईँहरुले 4K मा भिडियो सेभ गर्न सक्नुहुनेछ भने सोसियल मिडिया सेयरिङको अप्सन पनि यसमा प्रदान गरिएको छ।

एन्ड्रोइड तथा आइओएस दुवै प्लाटफर्ममा किनेमास्टर उपलब्ध छ। गूगल प्ले स्टोरको २०२३ को मार्च अप्डेट अनुसार किनेमास्टर #17 top free video players & editors को स्थानमा छ भने यसको पेड भर्जन #4 top grossing in video players & editors स्थानमा रहेको छ।

भिएन भिडियो एडिटर मेकर (VN Video Editor Maker)

भिएन एउटा प्रयोग गर्न सरल भिडियो एडिटिङ अ्याप हो। यसको सहज इन्टरफेसले यसलाई बिगिनरहरुले पनि कुनै एक्सपेरियन्स बिना नै भिएन प्रयोग गर्न सक्नुहुनेछ। प्रोफेसनल र हाइ क्बालिटि भिडियो बनाउन यसले सारा फिचरहरु प्रदान गर्दछ जुन बिगिनर र एड्भान्स युजरहरु दुवैले प्रयोग गर्न सक्नुहुनेछ।  

यसको फिचरहरुको कुरा गर्ने हो भने यसमा भिडियो कट, ट्रिम, स्टिकर, टेक्स्ट, पिक्चर-इन-पिक्चर, स्टिकर्स, जुम, कि फ्रेम एड्जस्टमेन्ट, म्युजिक बिट थप्न सकिने, भोइस ओभर, स्पिड कर्भ, ट्रान्जिसन एफेक्ट्स, फिल्टर आदि फिचरहरु प्रदान गरिएको छ।

यसको एड्भान्स फिचरहरुको कुरा गर्ने हो भने यसमा किफ्रेम एनिमेसन कस्टमाइजेसन, रिभर्स र जुम, फ्रेम फ्रिजिङ, टेम्प्लेट्स कस्टमाइजेसन जस्ता फिचरहरु पर्छन्। यसमा भिडियो रेजोल्युसन 4K सम्म सेट गर्न मिल्छ भने सेयरिङको लागि पनि यसमा अप्सन रहेको छ।

भिएन भिडियो एडिटर एन्ड्रोइड तथा आइओएस दुवै प्लाटफर्मको लागि उपलब्ध छ। २०२३ को मार्च अप्डेट अनुसार भिएन अ्याप गूगल प्ले स्टोरमा #24 top free video players & editors स्थानमा रहेको छ भने यसको पेड भर्जन #50 top grossing in video players & editors स्थानमा रहेको छ।

अन्य केही मोबाइल फिल्म एडिटर अ्यापहरु

राम्रा फिल्म एडिटरहरु यति मात्र छैनन्। यस्तै राम्रा फिचरहरु भएका र चलाउन सरल केही मोबाइल भिडियो एडिटरहरु यस प्रकार छन्।   

  • युकट – भिडियो एडिटर & मेकर (YouCut – Video Editor & Maker)

युकट पनि एउटा राम्रो भिडियो एडिटर र मेकर अ्याप हो जुन एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध छ। हालको अप्डेटसम्म यो गूगल प्ले स्टोरमा #25 top free video players & editors स्थानमा रहेको छ भने पेड भर्जनमा  #15 top grossing in video players & editors स्थानमा रहेको छ।

  • फिल्मोरा – भिडियो एडिटर & मेकर (Filmora – Video Editor & Maker)

फिल्मोरा एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध छ र राम्रो भिडियो एडिटर तथा भिडियो मेकर यापकाे लिस्टमा यसको नाम पनि आइरहेको हुन्छ। गूगल प्ले स्टोरमा यो  #60 top free video players & editors स्थानमा रहेको छ भने पेड भर्जनमा  #9 top grossing in video players & editors स्थानमा रहेको छ।
नोटः युजरहरुको रेटिङ र रिभिउ अनुसार गूगल प्ले स्टोरको २०२३ को मार्च अप्डेट अनुसार यहाँ सिफारिस गरिएका भिडियो एडिटरहरु उक्त पोजिसनमा रहेका छन्। युजरहरुको रेटिङले अ्यापको स्थानलाई निर्धारण गर्ने हुँदा यिनीहरु पछाडिको अप्डेट अनुसार बदलिन पनि सक्छन्।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.