माेबाईल भर्सेस डेक्सटप सिपियु: के छ भिन्नता

Mobile vs Desktop CPU

सामान्यतया डेस्कटप सिपियुहरूलाई ज्यादै शक्तिशाली र धेरै कार्यक्षमता भएको मानिन्छ तर समयक्रममा मोबाइल सिपियुहरूको विकास हुन थालेपछि त्यो धारणामा प्रश्नचिह्न खडा भैसकेको छ । अझ खासगरी एप्पलले एम वान चिप निकालेपछि । 

यहाँ मोबाइल सिपियु भन्नाले ल्यापटपहरूमा प्रयोग हुने सिपियुलाई बुझ्नुपर्छ जुन डेस्कटपमा प्रयोग हुने सिपियुभन्दा बिलकुलै फरक हुन्छ। 

कम्पनीले यो सिपियुको नाम डेस्कटप र ल्यापटप दुबैमा एउटै राखेतापनि खासमा यसको पावर खपत, कार्यक्षमता, फर्म फ्याक्टर र सफ्टवेयर प्रयोगमा धेरै नै फरक हुन्छ । 

हामी यो लेखमा मोबाइल र डेस्कटप सिपियुहरू (Mobile vs Desktop CPU) बीच खास के-के भिन्नताहरू छन् भन्नेबारे चर्चा गर्नेछौँ । 

कार्यक्षमता

डेस्कटप सिपियुको कार्यक्षमता मोबाइल सिपियुको भन्दा धेरै हुन्छ । तिनीहरूले प्राय: जसो धेरै क्लक स्पीड, धेरै कोर र ठूलो क्याशहरू प्रदान गर्छन् जसले गर्दा तिनले अधिक स्रोत खपत गर्ने काम सजिलै गर्न सक्छन् । 

डेस्कटप सिपियु शक्तिशाली कार्यक्षमता प्रदान गर्ने हिसाबले बनाइएको हुन्छ जसले गर्दा गेमिङ, भिडियो एडिटिङ र सायन्टिफिक सिमुलेशन गर्न तिनीहरू उपर्युक्त हुन् । 

अत्यन्त बोझिलो र धेरै कामहरू ह्यान्डल गर्न सक्ने भएकाले डेस्कटप कम्प्युटरलाई प्रोफेसनलहरूले उत्च कार्यक्षमताको लागी रूचाउने गर्छन् । 

अर्को तिर मोबाइल सिपियु चाहिँ समग्र कार्यक्षमताको साटो पावर एफिसियन्सी र ताप व्यवस्थापनको लागी भनेर बनाइएको हुन्छ । हुन त पछिल्ला वर्षहरूमा तिनीहरूमा अत्यधिक सुधार गरिएको छ तर सामान्यतया यिनीहरूको कम क्लक स्पीड र कम कोरहरू हुन्छन् । 

यस्तो डिजाइनको कारण मोबाइल डिभाइसहरूमा देखा पर्ने कम ब्याट्री लायुइफ र अधिक ताप सिर्जना जस्ता मूख्य समस्याहरूलाई कम गर्छ । मोबाइल सिपियु हामीले दैनिक प्रयोग गर्ने कामहरू जस्तै वेब ब्राउजिङ, भिडियो स्ट्रिमिङ, सोसल मिडिया इत्यादीको लागी अनुकुलन गरिएको हुन्छ । 

यो पनि पढ्नुहोस्ः

पावर एफिसियन्सी

डेस्कटप सिपियु र मोबाइल सिपियु बीचको अर्को आधारभूत फरक भनेको पावर एफिसियन्सी पनि हो । मोबाइल सिपियु विशेषत: स्मार्टफोन र ट्याबलेट जस्ता मोबाइल डिभाइसहरूको सीमित पावरमा सञ्चालन हुने गरि अनुकुलन गरिएको हुन्छ । 

मोबाइल सिपियुले विभिन्न खालका पावर वचत गर्ने तरिकाहरूको प्रयोग गर्छन् । जस्तै एग्रेसिभ भोल्टेज स्केलिङ, डाइनामिक फ्रिक्वेन्सी स्केलिङ र आइडल स्टेट अप्टिमाइजेशन । यस्ता तरिकाहरूले मोबाइल डिभाइसहरूको ब्याट्री लाइफ र उपयोगीता बढाउन सहयोग गर्छन् । 

तर डेस्कटप सिपियुले चाहिँ धेरै पावर खपत गर्छ । खासमा डेस्कटपले वाल आउटलेटबाट धेरै पावर तान्छ र धेरै खान्छ पनि र ब्याट्रीमा भर पर्दैन । धेरै पावर खानाले यसले धेरै कार्यक्षमता पनि देखाउँछ ।

ताप

फर्म फ्याक्टर र विविध उपयोगको कारणले गर्दा डेस्कटप सिपियु र मोबाइल सिपियुमा हुने ताप सम्बन्धी मामिलामा धेरै नै अन्तर छ । 

मोबाइल सिपियुले मोबाइल डिभाइसभित्रको सीमित स्थान र तापीय समस्याहरूसँग जुझ्नुपर्छ । ताप व्यवस्थापन गर्नको लागी मोबाइल सिपियुहरू कम भोल्टेज र क्लक फ्रिक्वेन्सीमा पनि काम गर्न सक्ने गरी बनाइएका हुन्छन् ।

साथै मोबाइल डिभाइसहरूले अधिक तात्ने समस्या घटाउन र लामो समयसम्म टिकाउन heat sinks, heat pipes र thermal throttling mechanisms हरूको प्रयोग गर्छ। 

उतातिर डेस्कटप सिपियुमा चाहिँ ठूला फर्म फ्याक्टर र सुधारिएका चिस्याउने प्रणाली हुने हुनाले अत्यधिक तापीय भार पनि थाम्न सक्छ । तिनीहरूमा बलिया चिस्याउने प्रविधिहरू जस्तै ठूला हिट सिङ्क, धेरै फ्यान र लिक्विड कुलिङ सेटपहरू हुन्छन् । 

यसै कारण कामको भार र ओभरक्लक हुँदा पनि यसले डेस्कटप सिपियुले राम्रो कार्य गर्न सक्छ । साथै यसले मोबाइल सिपियुको भन्दा ज्यादा ताप सिर्जना गर्ने भएतापनि आधुनिक कुलिङ सिस्टमको कारणले गर्दा यसले स्थिर कार्यक्षमता प्रदर्शन गर्छ । 

फर्म फ्याक्टर र अपग्रेडेबिलिटि

डेस्कटप सिपियु विस्तार गर्न सकिने कन्फिगरेशन भएका ठूला प्रणालीहरूको भाग भएकाले सजिलै अपग्रेड गर्न सकिने हुन्छन् । प्रयोगकर्ताले कार्यक्षमता बढाउन सिपियु साट्न, र्याम थप्न, ग्राफिक्स कार्ड अपग्रेड गर्न र थप स्टोरेज ड्राइभ थप्न सक्छन् ।

सामानहरू साट्न र थप्न मिल्ने भएकैले गर्दा डेस्कटप सिपियु भविष्यमा अपग्रेड हुने प्रविधिसँग पनि सजिलै कम्प्याटिबल बनाउन मिल्छ ।

तर मोबाइल सिपियु चाहिँ मदरबोर्ड लगायतका विभिन्न कम्पोनेन्टहरूसँग मज्जाले समायोजन गरिने हुनाले यसको अपग्रेड गर्न सकिदैन वा गर्नको लागी पूरै डिभाइस नै फर्नुपर्छ । मोबाइल डिभाइसको डिजाइन नै कम्प्याक्ट फर्म फ्याक्टर र पोर्टेबिलिटिलाई ध्यानमा राखेर बनाइएको हुन्छ । यसमा थप्न मिल्ने भनेको मेमोरीकार्ड मात्रै होला । 

उपयोगीता

उच्च कम्प्युटेशनल पावर चाहिने कामहरू जस्तै गेमिङ, भिडियो एडिटिङ, व्यावसायिक कामहरू इत्यादीको लागी डेस्कटप सिपियुले धेरै राम्रो काम गर्छ । तिनीहरूको श्रेष्ठ कार्यक्षमता, धरै कोरहररू र उच्च क्लक स्पीडको कारणले धेरै कामहरू र अधिक स्रोत चाहिने अ्याप्लिकेशनहरू चलाउन सजिलो हुन्छ । 

जस्तै भिडियो एडिटिङ, थ्रीडि मोडलिङ, गेमिङ, सायन्टिफिक सिमुलेशन जस्ता अधिक भार चाहिने कामहरू डेस्कटप सिपियुले राम्रो गर्न सक्छ । 

उता मोबाइल सिपियु चाहिँ एनर्जी एफिसियन्सी र पोर्टेबिलिटि अनुकुलन हुने गरी बनाइएको हुन्छ । तिनीहरूले वेब ब्राउजिङ, सोसल मिडिया, भिडियो स्ट्रिमिङ लगायतका हल्का भार हुने काम, जो दिनदिनै गर्नुपर्छ, सजिलै गर्न सक्छन् । 

स्मार्टफोन र ट्याबलेट जस्ता मोबाइल डिभाइसहरूलाई पावर एफिसियन्सी र कार्यक्षमता सन्तुलनमा राखेर ब्याट्री लाइफ जोगाउने हिसाबले कार्य गर्नुपर्ने हुन्छ । मोबाइल सिपियुले मोबाइल अ्यापहरू र सामान्य गेमहरूको लागी सजिलै काम गर्न त सक्छ तर धेरै भार पर्ने कामहरू भने यसले गर्न सक्दैन । 

स्रोत: टेकिवर्मको सहयोगमा

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.