विश्वका सबैभन्दा महँगा एप्स यस्ता छन्।

expensive apps

मोबाइल र कम्प्युटर दुवैलाई पूर्ण गर्ने काम एपहरुले गरेका हुन्छन्। मोबाइल र कम्प्युटरमात्र छ तर एप र सफ्टवेयरहरु छैनन् भने मोबाइल र कम्प्युटरको कुनै सामर्थ्य रहँदैन।

अहिले हरेक कामका लागि एपहरु बनेका छन्। सोसियल मिडिया, भिडियो, म्युजिक, इ-कमर्स, इ-बैङ्किङ, शैक्षिक एपहरु लगायत अहिले हरेक क्षेत्रको लागि एपहरु भेट्न सकिन्छ।

यस्तोमा एपहरु फ्रि र पेड भर्जनमा भेटिन्छन् भन्ने कुरामा त हामी पक्कै अवगत नै छौँ। कुनै एपहरु पुरै फ्रि हुने गरेका छन्, कुनै एपहरु फ्रि र पेड दुवै भर्जनमा उपलब्ध हुन्छन् भने कुनै एपहरु पुरै पेड भर्जनमा मात्र उपलब्ध हुन्छन्। 

यस्तो हुँदा पेड भर्जनमा पनि महँगा एपहरु हुने गरेका छन्। यस आर्टिकलमा विश्वका सबैभन्दा महँगा एपहरुको जानकारी दिन खोजिएको छ। यद्यपी यी एपहरू सबैभन्दा महँगा भन्दा पनि ती मध्येमै पर्छन् । ती एपहरु यस प्रकार छन्।

Tintinalli’s Emergency Med Man

tinitnalli's-emergency-medicine-manual

महँगा एपहरुको लिस्टमा Tintinalli को इमर्जेन्सि मेडिकल म्यानुवल रहेको छ। यो एउटा पोर्टेबल इमर्जेन्सि मेडिकल म्यानुवल हो। यस म्यानुवलमा आवश्यक इमेर्जेन्सि मेडिकल कन्टेन्टहरु समावेश गरिएको छ। 

यस म्यानुवलले धेरै प्रकारका समस्याको लागि सरल, सान्दर्भिक र दक्ष इमर्जेन्सि बिरामी उपचार र हेरचाह जस्ता कुराहरु समावेश गर्दछ भने बच्चा देखि ठुला सबै उमेर समुहका बिरामीहरुलाई यस म्यानुवलले सपोर्ट गर्दछ। 

यस म्यानुवलको हरेक च्यापटरमा रोग या बिरामीको विशेषता, इमर्जेन्सि म्यानेजमेन्ट, उपचार लगायत अन्य कन्टेन्टहरु यसमा राखिएको छ। यी कन्टेन्टहरु यस म्यानुवलमा पूरा कलर र टेबल, फोटो र लाइन डाइग्रामहरुको साथ समावेश गरिएको हुन्छ।

यस एपको कम्प्याटिबिलिटिको कुरा गर्ने हो भने यो एप आइओइस, म्याक, एन्ड्रोइड गरी प्राय सबै प्लाटफर्महरुको लागि सपोर्टेड छ। यो एप फ्रि भर्जनमा उपलब्ध भएतापनि यसलाई पूर्ण रुपमा चलाउन एप भित्रबाट यसका फिचरहरु खरीद गर्नुपर्ने हुन्छ।

एप्पलको एप स्टोरमा लेखिएको अनुसार यसको तीन महिने सब्सक्रिप्सनको लागि ३७.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ भने यसको एक वर्षको सब्सक्रिप्सनको लागि ७४.९९ अमेेरिकी डलरको तिर्नुपर्ने हुन्छ।

Atlas of Internal Medicine

atlas-of-internal-medicine

महँगा एपहरुको लिस्टमा अर्को नाम रहेको छ Atlas of Internal Medicine। यो एप प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध छ। अर्थात् एन्ड्रोइड र आइफोन दुवै डिभाइसहरुको लागि यो एप उपलब्ध छ। एन्ड्रोइड डिभाइसको प्ले स्टोरमा यो एप The Color Atlas of Internal Medicine को नामले भेट्न सकिन्छ।  

यस एपमा क्लिनिकल (clinical), मोर्फोलोजिकल (morphological) अर्थात् आकारविज्ञान सम्बन्धीत, रेडियोलोजिकल (radiological) र ल्याबोरेटरी (laboratory) अन्तर्गत २००० भन्दा धेरै पिक्चरहरु समावेश गरिएको छ। यी पिक्चरहरुले मानिसहरुमा प्राय देखिरहने रोगहरुलाई जनाएका हुन्छन्।

यस एपले यी पिक्चरहरुबाट २०० भन्दा बढी रोगहरुको दृश्यात्मक रुपमा सहि र छिटो निदान दिन खोजेको छ। यस एपको पाठहरुको कुरा गर्ने हो भने यसको हरेक पाठहरुमा विरामीका लक्षण, इपिडेमियोलोजि (epidemiology), इटियोलोजि (etiology), डायगनोसिस (diagnosis), म्यानेजमेन्ट, प्रग्नोसिस (prognosis), फलो अप (follow up), विरामी शिक्षा (patient education) जस्ता कुराको जानकारी दिइएको छ।

यस एपको प्रयोग गर्न कुनै प्रकारको इन्टरनेट कनेक्सन चाहिने छैन र यसको सरल युजर इन्टरफेसको कारणले युजरहरुलाई यस एपमा रहेका अलग शीर्षक बिचमा नेभिगेट गर्न कुनै समस्या पर्ने छैन। एप स्टोरमा यो एपको मुल्य ९९.९९ अमेरिकी डलर भनेर अंकित गरिएको छ।

Fuster and Hurst’s The Heart

fuster-and-hurst's-the-heart

मेडिकल  या मेडिसिन सम्बन्धी एपहरु महँगा हुने हुँदा यसै अन्तर्गत यस लिस्टमा अर्को मेडिकल एप रहेको छ Fuster and Hurst’s The Heart। यो एपपनि किताबको रेफरेन्समा बनाइएको एप हो।

यो एपले Fuster and Hurst’s The Heart नामक किताबको च्यापटरहरुलाई समावेश गर्छ जुन मुख्यतया कार्डियोभ्यास्कुलर (cardiovascular) क्षेत्रतिर आधारित छ। यस एपले कार्डियोभ्यास्कुलर विदामा अन्तर्गत हुने महत्त्वपूर्ण शीर्षकहरुलाई समावेश गरेको छ।

यस एपमा यी शीर्षकहरुको विशेषतादेखि लिएर तिनीहरुलाई कसरी म्यानेज या नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी दिइएको छ। युजरहरुले सरल तरिकामा बुझ्नसकुन् भनेर यसमा १२०० भन्दा धेरै पिक्चरहरु, कार्डियोभ्यास्कुलर रोगहरुले गर्न सक्ने खतरा र मुख्य परिक्षण तथा गाइडलाइनहरुको सारांश पनि समावेश गरिएको छ।

यो एप एप स्टोरमा उपलब्ध छ र आइफोन र आइप्याड जस्ता डिभाइसहरुको लागि उपलब्ध छ। एप स्टोर अनुसार यस एपको मुल्य १७९.९९ अमेरिकी डलर रहेको छ। 

Pharmacotherapy Principles

pharmacotherapy-principles

यस लिस्टमा अर्को नाम रहेको छ Pharmacotherapy Principles। यो एप एन्ड्रोइड र एपल दुवै डिभाइसहरुमा उपलब्ध रहेको छ।

सोहि नामको किताबको आधारमा यो एप निर्माण भएको हो जुन फार्मेसि क्षेत्र या मेडिकेसनसँग सम्बन्धीत छ। यस एपको सहायतामा मेडिकेसन थेरापि विकास गर्न, कार्यान्वयन गर्न, मोनिटर गर्न या रेखदेख गर्न र विश्लेषण गर्न सकिनेछ।

रोगहरुको फर्म्याकोथेरापि (pharmacotherapy) र यसको एप्लिकेसन बारेको जानकारी यस एपले प्रदान गर्दछ। यस एपमा इन्ट्रोडक्सन सेक्सन बाहेक जम्मा ५ वटा सेक्सनहरु रहेका छन् जस अन्तर्गत ९५ भन्दा बढी रोगहरु सम्बन्धी फर्म्याकोथेरापिको शीर्षकहरु समावेश गरिएका छन्।

यसको हरेक सेक्सनहरु फिजिसियन (Physicians), नर्स प्राक्टिस गर्नेहरु (Nurse Practitioners), फार्मेसिस्ट्स (Pharmacists) तथा आफ्नो क्षेत्रमा कहलिएका रिसर्चर (researchers) हरुले लेखेर यसलाई रिभ्यु गरेका हुन्छन्। एप स्टोरमा यो एपको मूल्य १८९.९९ अमेरिकी डलर रहेको छ।

Zollinger Atlas of Surgery

zollinger's-atlas-of-surgical-operations

यस लिस्टमा अर्को नाम रहेको छ Zollinger Atlas of Surgery। यो पनि एउटा मेडिकल एप नै हो जुन सोहि नामले दुवै एन्ड्रोइड र एपल जस्ता डिभाइसहरुको लागि सोहि नामले उपलब्ध छ।

यो एप सोहि नामको किताब माथि आधारित छ। सर्जिकल अपरेसनको क्षेत्रमा Zollinger Atlas of Surgery ५० वर्षदेखि यता सबैभन्दा बढी रुचाइने किताबहरु मध्येमा पर्दछ। यसै आधारमा यो एप निर्माण गरिएको हुनाले यस एप पनि उत्तिकै राम्रो छ भन्दा कुनै दोहराय पर्दैन।

यस एपले सामान्य सर्जिकल प्रक्रियाहरुलाई कसरी सम्हाल्ने भन्ने कुरालाई सुरक्षित र स्थापित तरिकाहरुको जानकारी दिँदै विश्लेषण गरेको छ। यस एपको लेआउटको कुरा गर्ने हो भने यसमा कन्टेन्ट (Content), इन्डेक्स (Index), सर्च (Search), बुकमार्क (Bookmark) तथा नोट्स (Notes) मेनु आदि समावेश गरिएका छन्।

यसले २३० भन्दा धेरै प्रक्रियाहरु समावेश गरेको छ भने यसमा १६०० वटा रङले हाइलाइट गरिएका टेक्स्टहरु रहेका छन् जसको कारण महत्त्वपूर्ण कुराहरु थाहा पाउन सकिनेछ। यसमा समावेश गरिएको विषयवस्तुको कुरा गर्दा यसमा संकेतहरु, अपरेसन अगाडिको तयारी, पोजिसन, इन्सिजन र एक्सपोजर (incision and exposure), अपरेसन तयारी, अन्त्य र अपरेसन पश्चातको हेरचाह लगायतका जानकारी रहेका छन्।

एपलको एप स्टोर र एन्ड्रोइडको प्ले स्टोर अनुसार यो एपको मूल्य २०९.९९ अमेरिकी डलर भनेर अंकित गरिएको छ।

DDS GP

dds-gp

महँगा एपहरुको लिस्टमा अर्को नाम रहेको छ DDS GP। यो एप डेन्टल अर्थात् दाँतको क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरिएको एप हो। यो एप आइफोन, आइप्याड र म्याक जस्ता प्लाटफर्महरुमा उपलब्ध छ।

डेन्टल सम्बन्धी इलाज सस्तो छैन न नै यस विषयलाई आधार मानेर निर्माण गरिएको यो एप। डेन्टल क्षेत्रको लागि निर्माण गरिएको यो एपको प्रयोग गरेर डेन्टिस्टहरु अर्थात् दन्त चिकित्सकहरुले आफ्ना पेसन्टहरु या विरामीहरुलाई उनीहरुको अवस्था र उपचार देखाउन सक्नेछन्।

यस एपमा २०० भन्दा बढी अलग तरिकाको डेमोन्स्ट्रेसन या प्रदर्शनहरु समावेश गरिएको छ। यस एपमा ट्याप र ड्राग गरेर सरल तरिकामा दाँत कुहिनुको अवस्था, दाँतमा भएका दरारहरुको साथै अन्य थुप्रै अवस्था तथा प्रक्रियाहरु यसमा हेर्न सकिन्छ।

यसका साथै यस एप भित्रबाट आफ्नो स्क्रिनमा आफ्नो औँलाबाट केहि चित्र बनाउन पनि सकिन्छ र सोलाई सेभ पनि गर्न सकिन्छ। यस बाहेक यसमा आफ्नै इमेज या पिक्चरहरु थप्न सकिने फिचरपनि समावेश गरिएको छ र यहाँबाट पेसन्टहरुलाई उपचार प्लानहरु पनि पठाउन सकिन्छ।

समयसँग अपडेट भइरहने यो एपले धेरै पुरस्कारहरु र धेरै राम्रो रिभ्युहरु पाउन सफल भएको छ। डेन्टल क्षेत्रमा विरामीहरुलाई कन्सल्ट गर्न यो एप धेरै महत्त्वपूर्ण र राम्रो छ। एपलको एप स्टोरमा यो एपको मूल्य ३९९.९९ अमेरिकी डलर भनेर अंकित गरिएको छ।    

CyberTuner  

cybertuner

यस लिस्टमा मेडिकल क्षेत्रमा संलग्न नभएको एप र यस लिस्टमा रहेको सबैभन्दा महँगो एप हो Cyber Tuner। यो एप आइफोन, आइप्याड र आइपड टच जस्ता डिभाइसहरुमा उपलब्ध छ।

यो एप प्रोफेसन पियानो (piano) टेक्निसियनहरुको लागि निर्माण गरिएको एप हो। पियानो ट्युनिङ एपहरुमा CyberTuner सबैभन्दा महँगो एप हो र यस लिस्टमा रहेको सबैभन्दा महँगो एप पनि। यो एप सेटप प्रोफेसनलहरुको लागि बनाइएको एप हो।

यस एपले यी प्रोफेसनलहरुलाई सरल युजर इन्टर्फेस सहित कस्टमाइजेसन (customization) को लागि धेरै अपसनहरु प्रदान गर्दछ। यो एप पियानोका प्रोफेसनल टेक्निसियनहरुको रिभ्युबाट तयार भएको एप हो। एपलको एप स्टोरमा अंकित भए अनुसार यस एपको मूल्य ९९९.९९ अमेरिकी डलर भनेर तोकिएको छ भने वार्षिक अपडेटको लागि ७९.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।                

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.