तपाईँको फोनमा हुनै पर्ने ५ नेपाली एप्सहरु।

nepali apps

हरेक काम र प्रयोजनको लागि अहिले मोबाइल एप्सहरु भेट्न सकिन्छ। मोबाइल एपहरु बिना अहिलेको समयमा मोबाइल भएर पनि केहि गर्न सकिँदैन। मोबाइलको हार्डवेयर र पर्फमेन्स पार्ट बाहेक मोबाइललाई पूरा बनाउने काम मोबाइल एपहरुले पार्छन्।

प्राय सबै देशहरुले एप निर्माण गर्दछन्। यस्तोमा अहिले नेपालमा पनि धेरै एपहरु निर्माण भएका छन्। विदेशी अ्यापहरु सँग नेपाली एपहरु तुलना गर्न सकिँदैन। हामीले प्राय चलाउने एपहरु विदेशी एपहरु हुन्छन्। यस्तो किन भन्दा नेपालमा बन्ने एपहरु प्राय नेपाली जनसमुदायलाई फोकस गरेर बनेका छन् र विदेशी एपहरु विश्व जनसमुदायलाई फोकस गरेर बनाइएको हुन्छ।

नेपालको लागि मात्र फोकस भएतापनि अहिले नेपाली मार्केट धेरै राम्रा एपहरु भेट्न सकिन्छ। कुनै नेपाली एपहरु यस्ता छन् जुन हरेक नेपाली स्मार्टफोन युजरहरुको मोबाइलमा हुनैपर्छ।

यस आर्टिकलमा हरेक नेपाली प्रयोग गर्नुपर्ने ५ वटा नेपाली एपहरुको जानकारी दिइएको छ। ती अ्यापहरु यस प्रकार छन्।

हाम्रो पात्रो (Hamro Patro)

हाम्रो पात्रो एउटा राम्रो नेपाली क्यालेन्डर एप हो। मुख्यतया मोबाइलबाट नै पात्रो र नेपाली क्यालेन्डर हेर्न सकियोस् भन्ने सोचका साथ यो एप तयार पारिएको हो।

यस एपमा समावेश गरिएको क्यालेन्डर डिजाइन भित्ते क्यालेन्डरको डिजाइनसँग मिल्दछ जुनमा नेपाली मिति, अङ्ग्रेजी तारिख र तिथि लेखिएको हुन्छ। पञ्चाङ्गमा आधारित भएर यो एपको क्यालेन्डर तयार पारिने हुँदा यस एपमा भेटिने तिथिहरु प्राय सहि हुने गरेको पाइएको छ।

क्यालेन्डर बाहेक यस एपमा राशिफल, कुण्डली, रेडियो, फोरेक्स, न्युज, युनिट कन्भर्जन, डेट कन्भर्जन, भिडियो फिड लगायत अन्य फिचरहरु पनि समावेश गरिएकाे छ।

नेपालको क्यालेन्डर एपमा हाम्रो पात्रो प्ले स्टोरमा #2 top free in productivity स्थानमा रहेका छन्। हाम्रो पात्रो एप अहिले मोबाइलमा हुँनु आवश्यक देखिन्छ। 

इसेवा (eSewa)

इसेवा नेपालमा निर्मित भएकाे उत्कृष्ट डिजिटल वालेट एप हो। डिजिटल वालेट एपहरु अहिलेको समयमा अत्यावश्यक एपहरु मध्येमा पर्दछन्। यस कारणले इसेवा पनि अहिले मोबाइलमा नभई नहुने एपहरुमा पर्दछ।  

डिजिटल वालेट एपहरु महत्त्व अहिले निकै बढेको छ। कोभिड २०१९ को समयमा यस्ता एपहरुको प्रयोगमा धेरै वृद्धि भएको थियो। कोभिडको लकडाउनको समयमा घर भित्रबाटै प्राय सबै पेमेन्ट गर्न सकिने हुनाले यी एपहरुको प्रयोगमा वृद्धि भएको थियो।

यस्ता एपमा पनि इसेवा सबैभन्दा धेरै प्रयोग भएको डिजिटल वालेट एपमा पर्दछ। इसेवा डिजिटल वालेटको प्रयोग गरेर युजरहरुले आफ्नो बैंकलाई मोबाइल वालेटमा लिंक गराएर छिनमै पैसा पठाउन र पाउन सक्नुहुनेछ। यस वालेट एपमा तपाईँहरुले आफ्नो बैंक खाता लिंक गरेर छिनमै पैसा लोड गरी ट्रान्सफर सुरु गर्न सक्नुहुनेछ।

यस बाहेक इसेवाको प्रयोगमा बत्तीको बिल, इन्स्युरेन्स, स्कुल फि तिर्न सकिन्छ भने होटल, फ्लाइट, बस र मुभि बुकिङ पनि गर्न सकिन्छ। यस्ता प्रयोजनहरु सबै घर बसेरै गर्न सकिने र स्कुल, बैंक तथा अन्य कुनै ठाउँहरु नधाउनुपर्ने हुनाले यो एप तपाईँहरुको मोबाइलमा हुनै पर्ने एपमा गनिन्छ।

हाम्रो किबोर्ड (Hamro Keyboard)

आजकालका जनसमुदायलाई जति अङ्ग्रेजि भाषा बढि सरल लाग्छ, त्यति नै हाम्रा आमाबुबा र हामी भन्दा केहि अगाडिका मानिसहरुलाई नेपालीमा लेख्न सहज हुन्छ। 

सोसियल मिडिया प्रयोग गर्दा नेपाली रोमनमा लेख्दा पनि असहज लाग्ने युजरहरुलाई हाम्रो किबोर्ड एपले नेपालीमा लेख्न सहजता पुर्याउँछ। अहिलेका प्राय सबै एन्ड्रोइड डिभाइसहरुमा अगाडिबाटै नेपाली किबोर्ड समावेश हुने भएतापनि पुराना फोनहरुमा यो सुविधा उपलब्ध नहुन सक्छ। 

यस बाहेक अहिलेका डिभाइसहरुको किबोर्डमा डिफल्टमा नेपाली भाषाको समावेशित गरिए तापनि हाम्रो किबोर्डले अफर गर्ने फिचरहरु डिफल्ट किबोर्डमा भेट्न गार्हो छ। हाम्रो किबोर्डले तीनवटा किबोर्ड लेआउट अफर गर्छ जस अन्तर्गत युनिकोड लेआउट, रोमनाइज लेआउट र ट्रेडिसनल लेआउट पर्दछन्। 

नेपाली टाइपिङको लागि तपाईँहरुले ट्रेडिसनल या युनिकोड किबोर्ड लेआउट प्रयोग गर्न सक्नुहुनेछ। यस किबोर्डमा तपाईँहरुले न्युमेरिक किप्याड र इमोजि अपसन पनि पाउनुहुनेछ। हाम्रो किबोर्डको उपयोगमा तपाईँहरुले अप्ठ्यारो लागी-लागी रोमन टाइपिङ गर्नुपर्ने छैन र सरल नेपाली टाइपिङ गर्न सक्नुहुनेछ।

नागरिक एप (Nagarik App)

यस लिस्टमा अर्को नाम आउँछ नागरिक एप। नेपाल सरकारले नेपालका नागरिकलाई ध्यानमा राखेर तयार पारिएको एउटा सरकारी एप हो। नागरिक एपबाट तपाईँहरुले नेपाल सरकारको सरकारी कार्यलयमा रकम भुक्तानी गर्नुभएको छ भने त्यस कार्यालयको रकम भुक्तानी विवरण तपाईँहरुले हेर्न सक्नुहुन्छ।

यस बाहेक यसमा नागरिकता, प्यान आइडि, पासपोर्ट र अन्य डक्युमेन्टहरु स्टोर या लिङ्क गर्न सकिन्छ। यस बाहेक तपाईँहरुले नागरिक अ्यापबाट प्यानको लागि रेजिस्टर गर्न पनि सक्नुहुनेछ। यहाँ तपाईँहरुको डक्युमेन्ट स्टोर हुने हुँदा ती डक्युमेन्ट अत्यावश्यक नपर्दा आफुसँग लिएर हिँड्नुपर्ने जरुरत पर्दैन।

यसमा तपाईँहरुले PAN, Police Clearance Report, Vehicle Tax, Health Insurance Tax लगायत अन्य यस्ता अपसनहरु भेट्नुहुनेछ। यी अपसनहरुबाट तपाईँहरुले सरकारी जानकारी पाउन सक्नुहुनेछ। 

उदाहरणको लागि PAN बाट तपाईँहरुले यस एपमा आफ्नो प्यान डिटेल हाल्नुभएको दिनबाटको प्यान कार्डसँगको जानकारी पाउन सक्नुहुनेछ। यस अन्तर्गत तपाईँहरुको आय रकम या ट्याक्सको डिटेल यसबाट हेर्न सक्नुहुनेछ। नागरिक एपबाट आफ्नो कर डिटेल सरल तरिकाबाट हेर्न सकिन्छ। नागरिक एप थिएन भने तपाईँहरुले करको स्टेटमेन्ट निकाल्न कर कार्यलय नै धाउनु पर्ने हुन्थ्यो।   

यसैगरी तपाईँहरुले गाडीको कर लगायत अन्य थुप्रै सरकारी निकाय अन्तर्गत पर्ने कुराहरुको जानकारी पाउन सक्नुहुनेछ। 

यसको अर्को राम्रो कुरा भनेको तपाईँहरुले पुलिस क्लियरेन्स रिपोर्टको लागि नागरिक एपबाट नै अनुरोध गर्न सक्नुहुनेछ। यसको लागि तपाईँहरुलाई कतै जानुपर्ने आवश्यकता पर्नेछैन। समग्रमा नेपाली नागरिक हुनुहुन्छ भने यो तपाईँहरुको मोबाइलमा हुनुपर्ने एप हो।

नेपाली शब्दकोश डिक्स्नेरी (Nepali Shabdakosh Dictionary)

पहिलाको नेपाली जनसमुदायको तुलनामा अहिलेको युवावर्गहरु मात्र नभई अहिलेका मानिसहरु आफ्नै राष्ट्रिय भाषा नेपाली भाषाबाट पनि पर हुँदैछन्। नेपाली भाषा बोल्न नआउने र अर्थ ठम्याउन नजान्ने मानिसहरु अहिले धेरै छन्। यस कारणले नेपाली शब्दको अर्थ बुझ्नलाई नेपाली शब्दकोश डिक्स्नेरी एप एउटा राम्रो एप हो।

यस एपबाट नेपाली शब्दको अर्थ जान्न त सकिन्छ नै तर यस बाहेक अङ्ग्रेजी शब्दलाई पनि नेपालीमा त्यसलाई के भनिन्छ र त्यसको अर्थ के हो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ। अर्थात् यो एपले इङ्लिस-नेपाली डिक्सनेरीको पनि काम गर्छ।

यो एपको युजर इन्टर्फेस निकै सरल छ र यो एप प्रयोग गर्दा तपाईँहरुलाई केहि असहजता महसुस हुने छैन। यसको अन्य फिचरहरुमा Recent र Favourite जस्ता फिचरहरु पनि समावेश गरिएका छन् जसमा Recent ले तपाईँहरुले भर्खरै खोज्नुभएको शब्दहरु देखाउँछ भने आफूलाई राम्रो लागेका शब्दहरु Favourite मा राख्न सकिन्छ।

यस बाहेक तपाईँहरुले कुनै शब्द वर्णानुक्रममा खोज्नुपर्यो भने त्यसको लागि यहाँ नेपाली र अङ्ग्रेजि दुवैको लागि वर्णानुक्रम अनुसार शब्द छुट्याइएको छ भने यसको थप सुविधाहरुमा नेपाली अनुप्रास र नेपाली उखान टुक्का पनि यसमा समावेश गरिएको छ।

गूगल प्ले स्टोरमा यो एप #6 top free in books and reference स्थानमा रहेको छ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.